प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध ओसार पसारमा संलग्न २ जनालाई गोली प्रहार गरी नियन्त्रण

२०८१-१०-२३

  • A
  • A-
  • A+
Share

झापाको कनकाई नगरपालिका-४ स्थितबाट लागूऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । माघ २२ गते बेलुकी साढे ६ बजे लागुऔषध ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-४ स्थित कुमरखोद-सुरुङगा भित्री सडक खण्डमा चेकजाँचको क्रममा २ जना सवार रहेको BR37AA8498 नम्वरको मोटरसाईकललाई संका लागी रोक्न खोज्दा नरोकी भगाए पछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । खुट्टामा गोली लागी घाईते भएका मोटरसाईकल चालक भारत बिहार डिगल बैंकका २८ बर्षीय अन्जर आलमको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ भने बरामद भएको ३० ग्राम ६९० मिलिग्राम ब्राउनसुगर र मोटरसाईकल पछाडि सवार रहेका उनका भाई १९ बर्षीय युसुब आलमलाई नियन्त्रणमा लिएको छ । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यलय अनारमनीबाट थप अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न
२०८३-०२-२८

मोरङको विराटनगर स्थित विग होटलमा मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न भएको छ । जेठ २८ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुलीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा मनसुन जन्य घटना र विपद व्यवस्थापन सम्बन्धि बिस्तृत छलफल भएको थियो । बैठकमा मोरङको विराटनगर महानगरपालिका-१६ र झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको होल्डिङ सेन्टरलाई संचालन गरेर लागू औषध दुर्व्यवसनीमा परेका युवा, युवतीहरुलाई उपचार केन्द्रकोरुपमा (सुधारकेन्द्र/पुनर्स्थापना केन्द्र) प्रयोग गर्नको लागी कार्यदल गठन गरी संघिय सरकार समक्ष अनुरोध गर्ने,   गत वर्ष वर्षातको कारण इलाममा क्षेति ग्रस्त भएका घरहरु पुनःनिर्माण गर्न लागत रकम स्विकृतको लागी सिफारिस गर्ने तथा विगतमा भएका मनसुनजन्य विपद्का घटनाहरुमा भएका मानवित तथा भौतिक क्षेतिको घटनाहरुको बिस्तृत अध्ययन गरी विपदको समयमा आईपर्न सक्ने समस्या र चुनौतीको विश्लेषण गरी क्षेती न्यूनीकरणको लागी बाढी, पहिरोबाट जोखिम युक्त क्षेत्रहरुको पहिचान, सुरक्षित स्थानको व्यवस्था, मनसुनजन्य विपदमा तत्काल आवश्यक उद्धार सामाग्रीहरुको व्यवस्था, विपद उद्धार सम्बन्धि तालिम प्राप्त प्रहरी कर्मचारीहरु परिचालनको व्यवस्था तथा सम्पूर्ण निकाय, सम्वन्धित सरोकारवाला संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी विपद उद्दार सामग्रीहरु सहित तयारी अवस्थामा रहने व्यवस्था मिलाउने लगायतका बिषयमा विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, प्रदेश स्तरीय सुरक्षा समितिका पदाधिकारीहरु तथा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०२-२७

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दिपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बराहक्षेत्र–१ स्थितबाट पक्राउ गरेको भने प्रहरीको सोही टोलीले बराहक्षेत्र–२ स्थित पटनाली जंगलमा बेवारिसे अवस्थामा रहेको को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा रहेको  ४३० किलोग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू पदार्थ सेवन गर्ने १४ जना नियन्त्रणमा
२०८३-०२-२६

मोरङको विराटनगर महानगरपालिका-१६ स्थित सिमा क्षेत्रमा चेकजाँचको क्रममा ला.प.से. गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN)” अन्तरगत जेठ २५ गते लागू पदार्थ सेवन तथा प्रयोग समेतलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर-१६ स्थित सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साधन तथा संकित व्यक्तिहरुलाई लक्षित गरी गरेको ला.प.से. चेकजाँचको क्रममा १२ जना सिटी सफारीका चालक, १ जना अटोटेम्पो चालक र १ जना पैदल यात्रीले ला.प.से. गरेको फेला पारेको थियो । लागू पदार्थ सेवन गर्ने १४ जनालाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०२-२६

झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०२-२५

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ८ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती स्थितबाट गौरीगञ्ज गाउँपालिका–१ का २० वर्षीय जीवन राजवंशीलाई १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर सहित, ताप्लेजुङ्गको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई प्रतिबन्धित औषधि NITZASCEN ७ चक्की सहित र इलाका प्रहरी कार्यालय अनारमनीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ स्थित राजु राजवंशीलाई उनकै घरबाट ३ ग्राम ब्राउन सुगर फेला पारी राजु राजवंशी र संलग्न ३० वर्षीय अभिनास चौधरीलाई पक्राउ गरेको छ । सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–७ स्थित २५ वर्षीय रवि श्रेष्ठलाई उनकै घरबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, N10 लेखिएको १६३ पिस प्रतिबन्धित चक्की, नगद ४५ हजार ९ सय रुपैया तथा एक थान डिजिटल तराजु सहित पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र त्रियुगा नगरपालिका–३ लच्काका ३० वर्षीय फिलेमान शाहको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।