प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध गाँजा सहित पक्राउ

२०८०-०९-२१

  • A
  • A-
  • A+
Share

धनकुटाको शहिदभुमी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङ-हिले सडक खण्डमा प्रदेश १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा गाडीको हुटमा रहेको झोलामा लुकाई छिपाई राखेको ३ किलोग्राम गाँजा बरामद भए संगै गाडीमा सवार झोला धनी शहिदभुमी- ५ का आकाश राईलाई  नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यलाय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।