प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित पक्राउ

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

भोजपुरको षडानन्द नगरपालिका-६ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका-६ का ६७ बर्षीय कुमार चाम्लिङ रहेका छन । हिजो बेलुकी ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानिय ब्यक्तिलाई धाक धम्कि दिई रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल सहित पक्राउ परेका चाम्लिङको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।