प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सहकर्मीसंग एक पल “Tea With Team” कार्यक्रम तथा “साप्ताहिक प्रहरी कार्यक्रम” भाग- १०० प्रसारणको शुभकामना कार्यक्रम सम्पन्न

२०८१-११-२३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सहकर्मीसंग एक पल “Tea With Team” कार्यक्रम तथा “साप्ताहिक प्रहरी कार्यक्रम” भाग- १०० प्रसारणको शुभकामना कार्यक्रम सम्पन्न  भएको छ । फागुन २३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सहकर्मीसंग एक पल “Tea With Team” कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई  नृत्य, कविता तथा हाजिरी जवाफ प्रतियोगितामा सहभागी गराईएको थियो भने KNOW YOUR FELLOW कार्यक्रम अन्तरगत दिन रात प्रहरी संगठनको निम्ति तल्लिन रहनु हुने कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी शिव कुमार राईको जीवनीमा आधारित भिडियो क्लिप समेत सहकर्मीहरु विच प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्वोधनको क्रममा  प्रमुख अतिथि अधिकारीले व्यस्त व्यवसायीक जीवन शैली तथा कार्यबोझका कारण प्रहरी कर्मचारीहरु बीचमा कायम हुनु पर्ने आपसी भातृत्व शिष्टचार र सद्‍भावपूर्ण वातावरण समेत अपेक्षाकृतरुपमा सुदृढ गर्न, प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउन, सामुहिक भावनाको विकास लगायत तनाव व्यवस्थापनको निम्ति यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने बताउनु भयो । वहाँले प्रहरी संगठनमा गहन जिम्मवार बोकेका उर्जावान प्रहरी कर्मचारीहरुको प्रतिभालाई प्रस्फुटन गर्न र आपसी भावना साटासाट गर्न यस कार्यक्रमले मद्दत मिल्ने बताउनु भयो ।

साथै यस कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नै स्टुडियोको स्थापना गरी आफ्नै जनशक्तिबाट साप्ताहिकरुपमा प्रहरी कार्यक्रम निर्माण गरी NTV ईटहरी च्यानल लगायत स्थानीय टेलिभिजनहरुबाट प्रसारण गर्दै आईरहेको कार्यक्रम  आजैबाट १०० औँ भाग सम्म सिमित साधन स्रोतका वावजुद अथक प्रयासका साथ निरन्तरुपमा प्रसारण गरेको शुभ अवसरमा सम्पूर्ण टिमलाई बधाई दिनुका साथै आगामी दिनहरुमा समेत उत्कृष्ट प्रहरी कार्यक्रम सम्पादन गरी आम नागरिकहरुमा सचेतना अभिवृद्धि गर्ने कार्यमा लगनशिल र ईमान्दारीताका साथ अगाडि बड्न निर्देशन समेत दिनु भयो । साथै सहकर्मीसंग एक पल “Tea With Team” कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगितामा सही जवाफ दिने प्रहरी कर्मचारीहरु,२४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना महिला प्रहरी कर्मचारीहरु तथा प्रहरी कार्यक्रमको १०० औ भागको अवसरमा सुचना समन्वयशाखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो भने “साप्ताहिक प्रहरी कार्यक्रम” भाग- १०० प्रसारणको सु-अवसरमा प्रदेश प्रहरी प्रमुख अधिकारीद्वारा प्रहरी कार्यक्रम भाग-१०० लेखिएको केक काट्नु भई कार्यक्रमलाई हर्सोल्लासका साथ सम्पन्न बनाईएको थियो । साथै उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारीद्वारा उपस्थित प्रहरी कर्मचारीहरुलाई आफैले खाजा समेत वितरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी उपरीक्षक दिपक पोखरेल, प्रहरी उपरीक्षक हरि डंगोल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०२-२६

झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू पदार्थ सेवन गर्ने १४ जना नियन्त्रणमा
२०८३-०२-२६

मोरङको विराटनगर महानगरपालिका-१६ स्थित सिमा क्षेत्रमा चेकजाँचको क्रममा ला.प.से. गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN)” अन्तरगत जेठ २५ गते लागू पदार्थ सेवन तथा प्रयोग समेतलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर-१६ स्थित सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साधन तथा संकित व्यक्तिहरुलाई लक्षित गरी गरेको ला.प.से. चेकजाँचको क्रममा १२ जना सिटी सफारीका चालक, १ जना अटोटेम्पो चालक र १ जना पैदल यात्रीले ला.प.से. गरेको फेला पारेको थियो । लागू पदार्थ सेवन गर्ने १४ जनालाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०२-२५

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ८ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती स्थितबाट गौरीगञ्ज गाउँपालिका–१ का २० वर्षीय जीवन राजवंशीलाई १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर सहित, ताप्लेजुङ्गको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई प्रतिबन्धित औषधि NITZASCEN ७ चक्की सहित र इलाका प्रहरी कार्यालय अनारमनीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ स्थित राजु राजवंशीलाई उनकै घरबाट ३ ग्राम ब्राउन सुगर फेला पारी राजु राजवंशी र संलग्न ३० वर्षीय अभिनास चौधरीलाई पक्राउ गरेको छ । सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–७ स्थित २५ वर्षीय रवि श्रेष्ठलाई उनकै घरबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, N10 लेखिएको १६३ पिस प्रतिबन्धित चक्की, नगद ४५ हजार ९ सय रुपैया तथा एक थान डिजिटल तराजु सहित पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र त्रियुगा नगरपालिका–३ लच्काका ३० वर्षीय फिलेमान शाहको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०२-२०

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ११ जना पक्राउ परेका छन । झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका-१० का सुरज राय र विराटनगर-३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-७ का बिनोद मगर, भोजपुर हतुवागढी गाउँपालिका-४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका-८ का रबिन माझी, दुर्गा राई, पवन खत्री र कानेपोखरी गाउँपालिका-५ का रमल नेपालीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटा साँगुरीगढी गाउँपालिका-९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।