प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२०७९-०१-१९

  • A
  • A-
  • A+
Share

मोरङको कानेपोखरी गाउँपालिका-७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-१६ का रुपक श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-११

सुनसरी, झापा, मोरङ र धनकुटाबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले बेबारीसे अवस्थामा रहेको ४ सय १३ किलो ९८ ग्राम गाँजा बरामद गरेको छ । भदौ १० गते बिहान सुनसरीको देवानगंज गाँउपालिका-०१ मध्यहर्षाही स्थित राम जानकी मन्दिर पछाडी रहेको गाई गोठमा को कसले लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालो पलाष्टिकले बेरेर सेतो बोरा भित्र राखेको ४ सय १३ किलो ९८ ग्राम औषध गाँजा बरामद गरे संगै गोठको पछाडी बेबारीसे अवस्थामा रोकेर राखेको BR 38 R 0558 नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको प्रहरी चौकी शरणामती र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका-५ स्थितबाट बिर्तामोड नगरपालिका-२ चारपाने का २८ वर्षीय सनम श्रेष्ठ र मोरङको मिक्लाजुङ गाउँपालिका-१ जितपुर का २१ वर्षीय संगीत राईलाई ४ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहास्थितबाट कानेपोखरी गाउँपालिका-५ का २७ वर्षीय सन्देश राईलाई २ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका-६ का ३३ वर्षीय रमेश वि.कलाई २ सय ९५ ग्राम गाँजा सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०५-१०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक सुवास हमाललाई साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक सुवास हमालले साउन १० गते सुनसरीको देवानगंज गाउँपालिका-३ कप्तानगंज स्थितमा विभिन्न समुदायका व्यक्तिहरूबीच झडप हुँदा उत्पन्न भएको हिंसात्मक तथा ध्वंसात्मक घटनामा तत्काल निज प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी परिचालित भई साउन २७ गतेसम्म उक्त स्थानमा खटिई प्रभावकारी, चुस्त, दुरुस्त तवरले जनशक्ति परिचालन, संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा/कर्फ्यु कार्यान्वयन गरी सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी तथा तोडफोड र जनधनको क्षति हुनबाट जोगाई समन्वय र सहकार्यमा उक्त स्थानमा हिंसा हुन नदिई उक्त घटनामा मृत्यु भएका शहिदहरूको दाहसंस्कार समेतको प्रकृयामा उचित सुरक्षा प्रबन्ध मिलाई देवानगञ्ज क्षेत्रमा थप जनधनको क्षति हुनबाट जोगाउने कार्यमा अहोरात्र खटिएको साथै इटहरी उप-महानगरपालिकाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर २३.१३ ग्राम सहित उल्लेख्य संख्यामा लागू औषध कारोवारी पक्राउ गर्न सफल भएको र विभिन्न स्थानहरुबाट भन्सार छलि गरी ल्याइएका कपडा लगायत खाद्यान्न सामाग्रीहरु बरामद गरी भन्सार कार्यालय सुनसरीमा दाखिला गराएको हुँदा दिईएको जिम्मेवारीलाई अनुशासित, व्यावसायिक र कर्तब्यनिष्ठ तवरले उच्च मनोवलका साथ प्रहरी सेवा प्रवाह गर्दै आम सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभुति दिलाउने कार्य गरी प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि त्रुटीरहित तवरले उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षक सुवास हमालबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल साउन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ । भदौ ०९ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थितमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्दा ई-रिक्शाको ह्यान्डलभित्र लुकाई छिपाई राखेको ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित ई-रिक्शा चालक मेचीनगर नगरपालिका-१० बस्ने १९ वर्षीय सञ्जय दासलाई पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-१ भुटाहास्थितमा विराटनगरबाट कुल्हरियातर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००४ ह ४१३४ नम्बरको ई-रिक्शालाई चेकजाँच गर्दा २६ किलो ३३० ग्राम गाँजा फेला पारी सिटी सफारी चालक सोही स्थान बस्ने १९ वर्षीय विजय कुमार सरबरियालाई सिटी सफारी सहित नियन्त्रणमा लिइएको छ । त्यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-११ भुसकलुवास्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका समीर विश्वकर्मालाई ट्रामाडोल १ हजार ६८० ट्याब्लेट र डाइसाइक्लोमाइन १ हजार ५७० ट्याब्लेट सहित र २४ वर्षीय आशिष सरदारलाई ट्रामाडोल ८० ट्याब्लेट र डाइसाइक्लोमाइन ४० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी खनारले को २ ह ४९७२ नम्बरको अटोमा सवार धरान उप-महानगरपालिका-२० का २१ वर्षीया अञ्जली राईलाई १० किलो ३० ग्राम गाँजा सहित अटो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ५० वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको छ भने अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-५ देउरालीका २२ वर्षीय सूर्य लावतीलाई ट्रामाडोल १५० चक्की, डेकोलिक ५० चक्की र एन्जिन २५-  १०० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-०९

उदयपुर, झापा, सुनसरी र मोरङबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । भदौ ०८ गते झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकस्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले इलाम चुलाचुली नगरपालिका-१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकस्थितमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मुसहरीटोलस्थितमा हातमा धारिलो हतियार तरवार बोकी स्थानीयलाई त्रसित बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले १८ वर्षीय मनोज मुसहर र जिल्ला सुनसरी रामधुनी नगरपालिका-५ हात्तिसारका ३० वर्षीय मनिराज राईलाई ट्रामाडोल-२१० पिस र नाईट्रोसन - ५० पिस प्रतिबन्धित औषधी र धारिलो हतियार तरवार सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०८

उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । उदयपुरको कटारी नगरपालिका-४ स्थितमा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा  प्रहरीले बरामद गरेको छ । भदौ ८ गते राती विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी-४ मरुवा खोला स्थितमा बेतिनीबाट कटारी तर्फ आउदै गरेको  ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै टिपर र चालक  कटारी-४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।  यसैगरी भदौ ०७ गते झापाको प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-१ बनियाभिट्टा स्थितबाट कचनकवल गाउँपालिका-१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल सहित, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानस्थित पूर्व-पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।  

प्रहरी कार्यक्रम प्रसारण गर्न सुर्योदय टेलिभिजनसंग सम्झौता
२०८३-०५-०८

समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा आम नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सुर्योदय टेलिभिजन बिर्तामोड, झापाबीच "प्रहरी कार्यक्रम" प्रसारण गर्ने सम्झौता भएको छ । भदौ ६ गते बिर्तामोड स्थित सुर्योदय टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र सुर्योदय टेलिभिजनको तर्फबाट कर्पोरेट निर्देशक यम नाथ बिमली बीच सुर्योदय टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ०६:३० बजे प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय तह तथा सञ्चार माध्यमहरूसँग निरन्तर सहकार्य गर्दै आईरको छ । यसै अभियान अन्तर्गत टेलिभिजन, रेडियो तथा डिजिटल माध्यमहरूबाट नियमित रूपमा प्रहरी कार्यक्रम मार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण हुँदा दुर दराज सम्म रहेका नागरिकहरुमा सचेतना अभिबृद्धि भई सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।साथै “प्रहरी कार्यक्रम”लाई अझ बढी परिष्कृत, उपयोगी र जनमुखी बनाउनका लागि यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागी कोशी प्रदेश प्रहरी हार्दिक अपेक्षा गर्दछ ।