प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन

२०८०-०८-२३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ । आज कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवा भन्ज्याङ यात्रा अभियान कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित उक्त कार्यक्रममा कार्यक्रम स्थल, आवागमन मार्ग लगायतका स्थानहरुमा प्रहरी परिचालन गरी  कुनै अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका साथै त्यस्ता अवान्छित क्रियाकलाप भएमा तत्काल नियन्त्रणमा लिन निर्देशन दिनु भएको छ । यसका साथै   जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको बर्तमान शान्ति सुरक्षाको अवस्था र उक्त कार्यक्रम अवधिभर मिलाएको समग्र सुरक्षा अवस्थाको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।