प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागिबाट करोडौको क्षति

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

पाँचथरको फाल्गुनन्द गाँउपालिका ५ भञ्ज्याङ स्थितमा आगोलागिबाट करोडौको क्षति भएको छ । आईतबार बिहान पौने ९ बजे पञ्च बहादुर चेम्जोङको घरको भान्छा कोठाबाट अचानक आगोलागि शुरु भई ढुङ्गामाटो,काठ र रडले बनेको टिनको छानो भएको तिन तले घर, घरभित्र रहेको ७ तोला सुन , ३० तोला चाँदी, नगद ५ लाख रुपैया, किराना पसलमा रहेका अन्नपात, भाँडावर्तन, काठपात, कागजपत्र लगायत घरमा  पार्किङ गरेर राखेको बा ७८ प ११३७, बा ५३ प ४०३८, मे ७ प १६८४  नम्बरको स्कुटी र तत्काल नम्बर नखुलेको १ थान मोटरसाईकल समेत पुर्णरूपमा जली नष्ट हुँदा अन्दाजि १ करोड ५० लाख मुल्य बराबरको क्षति भएको हो । उक्त आगो सोही दिन दिउँसो साढे ३ बजे पुर्णरूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।