प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्याको आरोपमा २ जना पक्राउ

२०७९-०६-२५

  • A
  • A-
  • A+
Share

सुनसरीको ईटहरी उप-महानगरपालिका-५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका २ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी-५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी-६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् । पक्राउ परेका मध्ये भुजेल र मृतक चौधरीको ज्वाई जेठानको नाता रहेको र हत्या हुनु एक दिन अगाडी घरायशी बिबाद भई टोलका स्थानीयहरु बसी छलफल समेत भएता पनी सोही रिईसिबिका कारण असोज २२ गते भुजेलले आफ्नै अटोमा बोकेर ल्याएको धारिलो हतियारले ईटहरीको नेशनल गल्ली छेउमा चौधरीलाई प्रहार गर्दा चौधरीको बायाँ हात छिनेको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी धरान पठाएता पनी उपचारको क्रममा चौधरीको मृत्यु भएको थियो । घटना पश्चात तत्काल फरार रहेका भुजेललाई खोजतलासको लागी खटिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले भुजेललाई बिराटनगरको रानी एरियाबाट पक्राउ गरेको हो । भुजेललाई पक्राउ गरेसंगै भगाउन सहयोग गर्ने अर्का अटो चालक मण्डललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

सम्बन्धित समाचार
बिभिन्न मुद्दाका २४ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०७-२८

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक २७ गते मोरङबाट २२ जना र झापाबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १५ बर्ष ३ महिना ७ दिन कैद सजाय र १७ हजार ९ सय १७ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-२८

सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । कात्तिक २७ गते सुनसरीको कोशी गाउँपालिका-१, लौकहीस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१ का २५ वर्षीय अमर दर्जीलाई ५ ग्राम ३४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय भन्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का २९ वर्षीय हेम कुमार वि.क.लाई निट्राजेपाम ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी चौकी जनताबासीले इटहरी उप-महानगरपालिका-५ का २२ वर्षीय अबिनाश संकर र ४० वर्षीय रजन शंकरलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०७-२७

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित १० जनालाई पक्राउ गरिएको छ । कात्तिक २६ गते झापाको बिर्तामोड नगरपालिका-९ घौलापुल स्थितमा अस्थायि प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-७ का २० वर्षिय राहुल शेख र १९ वर्षिय समिर मियालाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-७ का ३० वर्षिय समुएल राईलाई १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी मधुबनले भोक्राहा नरसिंह गाउँपालिका-१ का २६ वर्षिय जिवन उराँवलाई ८१ मिलिग्राम ब्राउन सुगर सहित, अस्थायी प्रहरी चौकी तालतलैयाले इटहरी उप-महानगरपालिका-३ का रबिन भुजेल, २७ वर्षिय किशोर राई र २२ वर्षिय बिवेक माझिलाई प्रतिबन्धित औषधि निट्राजेपाम-९ ट्रयाब्लेट सहित र इलाका प्रहरी कार्यालय देवानगंज र इलाका प्रहरी कार्यालय साहेबगंजले प्र १-०२-००४ ह ९६६९  ई- रिक्सा,  को १५ प ९६५६ नम्बरको मोटरसाईकल र बि.आर ३८ ए.एन ५२६१ नम्बरको  भरतिय मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा बर्जु नगरपालिका-५ का २७ वर्षिय डोमा बस्नेत, २३ वर्षिय पवन कुमार यादव र भारत देश अररिया जिल्लाका २३ वर्षिय सोनु यादवलाई ४ किलो ५० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ ।

लागूऔषध सहित ४जना पक्राउ
२०८३-०७-२६

मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र लागूऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।कात्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले को २० प ४७२३ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक पथरीशनिश्चरे नगरपालिका–४ का ४१ वर्षीय जयराम राई र सोही स्थानकी २४ वर्षीया अस्मिता चौधरीलाई ट्रामाडोल–७५ र स्पास्पेन–७५ क्याप्सुल सहित पक्राउ गरेको हो।त्यस्तै, सुनसरीको प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको टोलीले को ३० प ८४७२ नम्बरको स्कुटर जाँच गर्दा चालक धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय बिगेश घोर्साने र २४ वर्षीय आशिष लिम्बुलाई ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-२४

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २३ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ बाट अस्थायी प्रहरी चौकी बाङगेले सोहि स्थानका सुमन बस्नेतलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने मोरङको बेलबारी नगरपालिका- ७ का अनिल कुमार चौधरीलाई प्रहरी चौकी बाहुनीले ट्रमाडोल र स्पास्पेन गरि जम्मा ८० चक्की सहित सोहि स्थानबाट पक्राउ गरेको हो । त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ बाट इलाका प्रहरी कार्यालय बेल्टारले सोहि स्थानका लक्ष्मण राई र रबिन्द्र राईलाई डाईक्लोमाईन ९० ट्याब्लेट र ट्रामाडोल ९० क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०७-२३

झापा र मोरङबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २२ गते मोरङको बेलबारी नगरपालिका- २ लालभित्तीका भोज बहादुर राईलाई इलाका प्रहरी कार्यालय बेलबारीले १८ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको हो भने लेटाङ नगरपालिका-८ र ९ बाट इलाका प्रहरी कार्यालय लेटाङ र अस्थायी प्रहरी चौकी जाँतेले ट्रामाडोल १६ ट्याब्लेट र स्पासपेन प्रो १६ ट्याब्लेट सहित बेचबिखनमा संलग्न अभिशेक क्षेत्री, करण मंग्राती, बिद्यानन्द सारु मगर, बसन्त मगर, बिनोद राई, हिमाल मगर र मनोज मगरलाई पक्राउ गरेको हो । त्यस्तै झापाको बिर्तामोड- ५ बाट पाँचथर हिलिहाङ गाउँपालिका- ७ का बिशाल राई र बिक्रम राईलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्दान भईरहेको छ ।