ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०७९-११-१३
- A
- A-
- A+
मोरङको बिरटनगर महानगरपालिका-१८ स्थितमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । हिजो राती ७ बजे UP 21BN 1619 नम्बरको भारतिय ट्रकले साईकल यात्री जहदा गाउँपालिका-१ का ३५ बर्षीय शिब नारायण राजबंशीलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएका राजबंशीको उपचारको लागि कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक भारत भुर्दाबादका २३ बर्षीय मो. आसिफलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।