प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कारद्धारा ट्राफीक प्रहरी सहायक हवल्दार पुरस्कृत

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

६८ औ प्रहरी दिवस २०८० को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकी प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई प्रदान गरिएको छ । २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट १ जना ट्राफिक प्रहरी कर्मचारीलाई ६८ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी सहायक हवल्दार भट्टराईले सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको र इटहरी उप-महानगरपालिकासंग समन्वय गरी फोटो भिडियो संकलनका लागी १ थान क्यामेरा समेत उपलब्ध गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी छन् । पुरस्कृत हुने सहायक हवल्दार भट्टराईलाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको छ ।
१८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत हुनु भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । साथै प्रहरी दिवसको अवसरमा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो  ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०८-१७

मोरङ जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर- १५ बैकं चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरु बिराटनगर- १६ का राहुल यादव र  कृष्ण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रतिबन्धित औषधी NITROSUN- ४० चक्की फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

२ जना फरार प्रतिबादी पक्राउ
२०८०-०८-१७

झापा  र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध मुद्धाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा झापा जिल्ला अदालत झापाको मिति २०७९।०५।३१ गतेको फैसलाले ३ महिना १४ दिन कैद भई फरार रहेका कमल गाउँपालिका- ३ का २० बर्षीय सुनिल थापालाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । त्यस्तै सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१।०२।२६ गतेको फैसलाले लागुऔषध मुद्धामा नगद २ हजार रुपैया र १ दिन कैद भई फरार रहेका बराहक्षेत्र नगरपालिका- ३ का दिल बहादुर लिम्बुलाई अस्थाई प्रहरी चौकी नडहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

३ जना फरार प्रतिवादी पक्राउ
२०८०-०८-१६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुह र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालय बाट खटिएको प्रहरी टोलीले  शुक्रवार तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । उच्च अदालत बिराटनगर, जिल्ला अदालत झापा र मोरङबाट विभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना तोकिएका  दमक- ७ का ३७ बर्षीय टंक प्रसाद लिम्बु , दमक- ३ का १९ बर्षीय पासाङ तामाङ, र बिराटनगर- १५ का ४० बर्षीय बाबुजान अहमद मियाँलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ
२०८०-०८-१६

सुनसरी जिल्लाको बिभिन्न स्थानबाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् । हरिनगर गाउँपालिका- ४ का राजेश्वर रामले आफ्नै कुखुरा फारम अगाडी पार्किंङ गरि राखेको को. ३६ प ४६०६ नम्बरको मोटरसाईकल देवानगंज- १ का अबिशेक मेहता र देवानगंज- ७ का २६ बर्षीय उमेश प्रसाद मेहताले चोरी गरि लगिरहेको अवस्थामा स्थानियहरुले पक्राउ गरि राखेको भन्ने जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो भने कोशी- ४ का रबिन्द्र यादबको को. ३६ प ६३४८ नम्बरको मोटरसाईकल हराएको भनी जानकारी गराएसंगै प्रहरी चौकी पोखरी चोकबाट खटिएको प्रहरी टोलीले देवानगंज- १ का ललन कुमार मेहतालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।