प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

२०७८-०८-२१

  • A
  • A-
  • A+
Share

मोरङको उर्लाबारी नगरपालिका-३ नमुना टोल स्थितमा २ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उर्लाबारी-३ का २६ बर्षिय बाबुराम थारु र ३१ बर्षिय सन्तोष तामाङ रहेका छन् । आज बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०४

सुनसरी र झापाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका- ६ स्थितमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी ३ हजार ६ सय ९४ क्याप्सुल सहित इनरुवा- ८ का ३४ बर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका- ५ का ४८ बर्षीय अशोक कुमार यादवलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी चौकी बरगाछीले सोहि स्थानका २१ बर्षीय बिश्व लिम्बुलाई नियन्त्रित औषधी ९ सय ३० चक्की सहित र अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटा साँगुरीगढी गाउँपालिका- ४ का ३२ बर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ, भने झापाको बुद्धशान्ति गाउँपालिका- ३ का २२ बर्षीय साजन मगरलाई ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेले पक्राउ गरेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०४-०३

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साउन ०२ गते बिहान पौने १० बजे सुनसरीको इटहरी उप-महानगरपालिका- २० स्थित प्रदेश न. २-०१-००३ प २७२८  नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान- ८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका- ५ स्थितमा प्रदेश १-०२-००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १-०२-०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह- ३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो । घटनामा संलग्न टिफर चालक भोक्राहा- २ का २८ बर्षीय जयप्रकाश मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०३

 सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०२ गते सुनसरीको कोशी गाउँपालिका- १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका-२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै ईनरुवा नगरपालिका- ४ बाट बराक्षेत्र नगरपालिका- ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका- ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान- १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
२०८२-०४-०२

झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले बिर्तामोड-५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित पक्राउ गरेको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।