प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१६

सुनसरी र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धनकुटा साँगुरीगढी -८ का बिरेन राई र  मोहन राईलाई २३ किलो ८४० ग्राम गाँजा  सहित र इटहरी -७ का  कार्लोस रिजाललाई २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय पकलीले भोजपुर हतुवागढीका बिसु राई र निनोस राईलाई १ किलो २०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी प्रहरी चौकी रामगंज बेलगछियाबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका-१२ स्थितमा वेवारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४९ प  ३८९१ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ । झापाको अस्थायी प्रहरी चौकी मंगलबारेले बुद्दशान्ती-४ का लक्ष्मी कुमार घिसिङलाई ३६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-०४-१४

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राबिधिक प्रहरी नायव निरीक्षक पदबाट प्राबिधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राबिधिक प्रहरी सहायक निरीक्षकबाट प्राबिधिक प्रहरी नायव निरीक्षक पदमा र प्राबिधिक प्रहरी सहायक हवल्दार पदबाट प्राबिधिक प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन १४ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नती हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आ. हरी डंगोल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१४

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ ग्राम १ सय १६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न मोरङ उर्लाबारी-१ का २४ बर्षीय किरण विश्वकर्मा, इटहरी- ६ का ३६ बर्षीय प्रविन तामाङ, सुन्दरहरैचा- ६ का २४ बर्षीय कुमार राई, इटहरी- १७ का २९ बर्षीय सोबित तामाङलाई पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ बाट ५० बर्षीय राजु शर्मालाई उनको घर नजिकै बाख्राको खोरमा लुकाई छिपाई राखेको ट्रामाडोल २ हजार १ सय क्याप्सुल र स्पास्मो प्रोक्जिभन ५ सय ४० ट्याव्लेट सहित राजु शर्मा र उनको श्रीमती ३२ बर्षीया रिता शर्मालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ
२०८२-०४-१३

मोरङको केरावारी गाउँपालिका-७ स्थितमा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक बेलबारी नगरपालिका-८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागू औषधी सहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ६ लाख १६ हजार भन्दा बढी सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना, ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधन कारवाही, १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैया राजश्व संकलन ।
२०८२-०४-१३

कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा प्रत्यक्ष मातहतमा रही कार्य संचालन गर्ने १४ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ९६ वटा ट्राफिक प्रहरी इकाईहरुबाट दैनिकरुपमा ट्राफिक व्यवस्थापकिय कार्यहरु सम्पादन गरिदै आईरहेको छ । ट्राफिक व्यवस्थानपन तथा सडक दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षेतिलाई न्यूनीकरण गर्न बिभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशका बिभिन्न स्थानमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जसबाट ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, आम सडक प्रयोगकर्ता तथा बिद्यार्थीहरु लाभान्वित भएका छन । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी कोशी प्रदेशका मुख्य तथा सहायक मार्गहरुमा ९३२ स्थानमा सिसि क्यामेरा जडान गरीएको छ भने झापाको झिलझिले, बिराटनगरको दुधफारम र खार्जीमा नम्वर प्लेट डिटेक्टर (ANPR) सहितको सिसि क्यामेरा जडान गरिएको छ ।  लामो दुरीको सवारी साधन तथा भारतिय नम्वर प्लेटको सवारी जाँचको लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप सहितको चेकजाँच, सार्वजानिक सवारी साधनको गति नियन्त्रणको लागि २१ स्थानमा टाईम कार्ड ईन्ट्री, ट्राफिक जरिवानालाई पारदर्शी बनाउन TVRS  र E-challan लागु गरिएको छ भने,  लागु पदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न कडाईका साथ लापसे र मापसे जाँच तथा तिव्र गतिबाट हुने दुर्घटना न्यूनीकरणको लागी राडरगन सहितको चेकजाँचको व्यवस्था मिलाईएको छ । सवारी निययम उलंघन गर्ने सवारीलाई कार्वाही तथा दुर्घटना न्युनिकरणको लागि दैनिक २३९ भन्दा बढी स्थानमा संयुक्त तथा एकलरुपमा चेकजाँच गरिदै आएको छ ।हेर्दा सामान्य लाग्ने तर त्यही सामान्य लापरवाहीको कारण  हुने दुर्घटनाबाट ठुलो जन धनको क्षति हुन पुग्दछ । तिब्र गतिमा सवारी चलाउनु, सवारी चलाई रहेको बेला मोवायल फोनको प्रयोग गर्नु, सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउनु, भार वहन क्षमता भन्दा बढी सामान ढुवानी गर्नु, हेलमेटको फिता नबाँध्नु, सिट बेल्ट नलाउनु, मादक पदार्थ तथा लागू पदार्थको प्रयोग गरेर सवारी साधन चलाउनु, थकित अवस्थामा सवारी चलाउनु, यान्त्रिक अवस्था ठिक नभएको सवारी चलाउनु, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउनु, सडक प्रयोगकर्ताले जथाभावी बाटो काट्नु आदि जस्ता लापरवाहीहरुले नै दुर्घटना हुने गर्दछन । हाल सम्मको तथ्याङकलाई हेर्ने हो भने सवारी दुर्घटनामा चालकको लापरवाही नै मुख्य कारण रहेको पाईन्छ । यसरी लापर्वाही पुर्वक सवारी साधन चलाउदा र लापरवाही पुर्वक सडक प्रयोग गर्दा आर्थिक बर्ष २०८१/०८२ मा कोशी प्रदेशमा ४१८ जनाको  ज्यान गएको छ भने  ७ सय ११ जना गम्भिर र ८ हजार ५ सय ३० जना सामान्य घाईते भएका छन ।ट्राफिक नियम आफ्नै लागी हो, ट्राफिक नियमको पालनाले सवारी चालक, सडक प्रयोगकर्ता, सवारी साधनमा सवार यात्रु सवै सुरक्षित हुन्छन, सवैको सुरक्षित यात्राको लागी ट्राफिक प्रहरी सदैव सडकमै हुन्छ । ट्राफिक प्रहरीले निरन्तररुपमा चालक, सह-चालक, सडक प्रयोगकर्ता, बिद्यार्थी, अभिभावक लगायत सवैमा ट्राफिक नियमको वारेमा प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । यसरी ट्राफिक नियमको वारेमा जानकार हुँदा हुदै पनि लापरवाही पुर्वक सवारी साधन चलाई ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरी १६ करोड २९ लाख ७१ हजार ५ सय ५१ रुपैया राजश्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैको प्रयास भने अपुग नै हुन्छ । सवारी चालक तथा सडक प्रयोगकर्ता सबैले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घटना न्यूनीकरण अवश्य हुन्छ । ट्राफिक प्रहरी, सडक बिभाग, यातायात व्यवस्था बिभाग लगाएत सरोकार वाला सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो भने सवारी दुर्घटनामा निश्चय नै कमी  आउने छ । अनमोल जीवन सुरक्षित बनाऔ, ट्राफिक नियमको पालाना गरौं, सुरक्षित यात्राको लागी सवैले आ-आफ्नो जिम्मेवारी पुरा गरौ । ‘म’ जिम्मेवार चालक, ‘हामी’ जिम्मेवार यात्रु, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी  ।  

कोशी प्रदेशमा आर्थिक बर्ष २०८१/०८२ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २२ हजार भन्दा बढी सचेतनामुलक कार्यक्रम संचालन, २ लाख ३८ हजार भन्दा बढी लाभान्वित ।
२०८२-०४-१२

समुदाय-प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न सक्षम र सवल रहदै आईरहेको छ । समाजमा शान्ति सुरक्षा कायम राख्न गस्ती, पेट्रोलिङ, सुचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारवाही गर्दै नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न अरोरात्र परिचालित छ । प्रहरी र आम नागरिक बीचको सम्बन्ध सुदृढ बनाई समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने उदेश्यका साथ आम नागरिकहरुमा जनचेतना अभिवृद्धि गरी सचेतनाको कामीबाट हुने बिभिन्न घटना, दुर्घटना तथा अपराधहरुलाई नियन्त्रण तथा न्यूनिकरण गरी अपराधिक गतिबिधि लगायत अन्य अप्रिय घटनाहरुमा कमि ल्याउन कोशी प्रदेशको सुगम देखि अति दुर्गम स्थलहरुमा समेत समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा संचालन गरी समाजमा शान्ती सुरक्षा स्थापना गर्दै आईरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय पालिका, विभिन्न संघ संस्था, बिद्यालयहरुसंगको समन्वय र सहकार्यमा महिला हिंसा न्यूनिकरण, लागू औषध विरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साईवर अपराध/ बिद्युतिय अपराध, आत्महत्या न्यूनीकरण, मानव वेचविखन तथा ओसारसार, घरेलु हिंसा, लैङ्गिक हिंसा, जातिय छुवाछुत, बहुविवाह, बाल बिवाह, बालबालिका उपर गरिने शरीरिक तथा मानसिक यातना, प्राकृतिक प्रकोप लगायत बिभिन्न विषयहरुमा जनचेतना फैल्याउनुको साथै कानूनी प्रावधानहरुको बारेमा समेत जानकारी गराउदै आईरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी कार्यलय खोटाङले ४ हजार १५५ वटा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । यसै गरी इलामले ३ हजार ५७९ वटा, सुनसरीले २ हजार १३५ वटा, सोलुखुम्बुले २ हजार १११ वटा, भोजपुरले १ हजार ९१७ वटा, झापाले १ हजार ५९८ वटा, धनकुटाले १ हजार २६० वटा, ओखलढुंगाले १ हजार १०७ वटा, उदयपुरले ८२४ वटा, संखुवासभाले ७७२ वटा, ताप्लेजुंङले ७३६ वटा, मोरङले ७०५ वटा, तेह्रथुमले ६०६ वटा र पाचँथरले ६०१ वटा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेका छ्न् । जसबाट २ लाख ३८ हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् । कोशी प्रदेश प्रहरी समुदाय र प्रहरी बीचको सम्बन्धलाई मजबुत बनाई ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकहरुमा सुरक्षा चेतना, कानूनी ज्ञान दिलाई अपराध मुक्त समाज निर्माणको निम्ति सक्रियताका साथ निरन्तररुमा परिचालित छ ।                    समुदाय-प्रहरी मिली गरौं हातेमालो, जनता र प्रहरी मिले हुन्छ देशको भलो ।।

लागू औषध सहित जना ८ पक्राउ
२०८२-०४-१२

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ११ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३७ बर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिवन्धित औषधी २ हजार ७३ चक्की र ब्राउन सुगर ६८० मिलिग्राम सहित २७ बर्षीय दिपेन मगर, २१ बर्षीय जगत मगर, ३३ बर्षीय कृष्ण राई, ३२ बर्षीय सुरज कार्की, २४ बर्षीय सोमत राई र १९ बर्षीय असिम राईलाई पक्राउ गरेको छ । त्यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट धनकुटा साँगुरीगढीका गाउँपालिका- २ का २० बर्षीय करण राईलाई ४ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८२-०४-१२

ताप्लेजुङको फुङलिङ नगरपालिका- ११ स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साउन ११ गते बिहान पौने १० बजे फुङलिङबाट फावाखोला तर्फ जादै गरेको मे. १ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकबाट करिब ६० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएकी सोहि स्थानकी २८ बर्षीया भावना विश्वकर्मालाई  उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने चालक ३३ बर्षीय सविन बिष्टको बिर्ता सिटि अस्पताल झापामा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।  

कोशी प्रदेश प्रहरी भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा सक्रिय,आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन ।
२०८२-०४-११

कोशी प्रदेश प्रहरीले भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरेको कारण आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरेको छ । विशेष गरी खुल्ला सिमाना भएको कारण हुने चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न सिमा क्षेत्र तथा आसपासका नाकाहरूमा चेकजाँचमा कडाई तथा सुरक्षा व्यवस्था मजबुद बनाएको कारण जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्री बरामद गरी ७ करोड ३ लाख भन्दा बढी राजश्व संकलन गरेको छ भने मोरङले ५ करोड ५६ लाख भन्दा बढी, सुनसरीले ४ करोड २३ लाख भन्दा बढी, ताप्लेजुङले १ करोड ४ लाख भन्दा वढी, उदयपुरले ९६ लाख भन्दा बढी, इलामले ७० लाख भन्दा बढीको भन्सार छली तथा चोरी निकासीको सामाग्रीहरु बरामद गरी राजश्व संकलन गरेको  छ । प्रदेशका अन्य विभिन्न जिल्लाहरुबाट समेत भन्सार छली गरी हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन हुँदा आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन तथा ओसार पसारमामा  प्रयोग गरिएका ८९ वटा सवारी साधन र संलग्न ८५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर भन्सारछली तथा चोरी, तस्करी नियन्त्रण गर्न  र चोरी तस्करीमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन चेकजाँचमा कडाई, प्रविधिको प्रयोग र निग्रानी सहित सक्रियरुपमा काम गर्दै आईरहेको छ ।

गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिक पक्राउ
२०८२-०४-११

झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । साउन १० गते दिउँसो बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरे संगै नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै हातपात गरे पश्चात प्रहरीले २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । वायाँ खुट्टाको घुँडा मुनि गोली लागी घाईते भएका इस्लामको प्रहरीको निग्रानीमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।    

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०८२-०४-११

झापाको दमक नगरपालिका- ४ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको छ । साउन १० गते बिहान पौने ७ बजे उर्लाबारीबाट दमकतर्फ आउदै गरेको प्रदेश न.१-०१-००१ ख ४३६३ नम्बरको यात्रु बाहक बसले दमकबाट ताराबारीतर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा घाईते भएका दमक नगरपालिका- ४ का ६० बर्षीय सोम बहादुर विश्वकर्माको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने बस र चालक मकवानपुर हेटौडाका ४७ बर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-१०

उदयपुर, झापा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०९ गते झापाको कचनकवल गाउँपालिका- ४ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री भारत विहार किशनगंजका २५ बर्षीय सोहेल, निजकै श्रीमती २९ बर्षीया तबसुम आरा र २४ बर्षीय कचालु अन्सारीलाई फेला पारी चेकजाँच गर्दा तबसुम आराको साथबाट ब्राउन सुगर ५८ ग्राम ४ सय मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिक- ९ बाट जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई प्रतिबन्धित लागू औषध ४ एम्पुल सहित र इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज- ३ बाट ६० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । लागू औषध र पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ ।

फैसला कार्यान्वयनमा कोशी प्रदेश प्रहरीको सक्रियता आर्थिक बर्ष २०८१/०८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ ।
२०८२-०४-०९

अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ भन्ने विश्वास कोशी प्रदेश प्रहरीले आम नागरिकहरुलाई दिलाउदै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कानूनी राज्यको स्थापना  गर्न र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै आईरहेकोमा विगत केही महिनादेखि विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसंगको समन्वय र सहकार्य मार्फत उल्लेखनीय सफलता हाँसिल गरेको छ । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहदै आएका अभियुक्तहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन  तथा कानून र फैसलालाई जीवन्तता प्रदान गरी न्यायलाई साकार बनाउन यो अभियानलाई तीव्रता दिदै आईरहेको छ । अदालतबाट कैद तथा जिरवाना तोकिएका व्यक्तिहरु समाजमा रहदा बस्दा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम हिडडुल गर्दा समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोवल बढेर थप अपराध गर्न उत्तेजित हुने हुँदा फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन निरन्तर लागिरहेको कोशी प्रदेश प्रहरीले सक्रियताका साथ प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदा दिने क्रममा यस आर्थिक वर्षको असार मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय मोरङले ११५६ जना, सुनसरीले १००२ जना, झापाले ५३४ जना, इलामले १४६ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले ४८ जना, धनकुटाले ५७  जना, तेह्रथुमले ४५ जना, भोजपुरले ४४ जना, संखुवासभाले २८ जना, उदयपुरले २६० जना, ओखलढुंगाले ६९ जना, सोलुखुम्वुले १४ जना,  खोटाङले ५३ जना र प्रादेशिक अनुन्धान समुहले १५ जना समेत गरी जम्मा  ३५१३ जना लाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुबाट  जम्मा १ हजार ४ सय १६ बर्ष भन्दा बढी कैद सजाय तथा  जरिवाना बापत १४ करोड ७७ लाख भन्दा बढी राजश्व संकलन भएको छ । फरार प्रतिवादी पक्राउ अभियानमा नागरिकको साथ र सहयोग अपरिहार्य भएको हुँदा गाँउ, घर, छिमेकमा लुकी छिपी बस्दै आएका फरार व्यक्तिहरुको बारेमा नजिकको प्रहरीलाई सूचना उपलव्ध गराई सहयोग गरी दिन हुन सम्पुर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी बिनम्र अनुरोध गर्दछ । प्रहरीलाई सूचना उपलव्ध गराउनु हुने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने समेत याँहाहरुलाई विश्वास दिलाईन्छ । तपाईहरु प्रहरीलाई सुचना दिनुहोस प्रहरी तपाईहरुलाई सुरक्षा दिन्छ ।  

हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
२०८२-०४-०९

तालुक नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८२ साउन ५ गतेको पत्रद्वारा जनपद समुह तर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूचीमा पर्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई यस कार्यालयमा रहदा बस्दा पुर्‍याउनु भएको योग्दानको उच्च प्रशंसा गर्नुका साथै थप जिम्मेवारी प्राप्त भए सगै आगामी कार्यकालको शुभकामाना व्यक्त गर्नु भएको छ । कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्लले आफ्नो अनुभव सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०९

मोरङ र सुनसरीबाट साउन ०८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम  ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले रतुवामाई नगरपालिका-६ का २९ बर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगर सहित र  वडा प्रहरी कार्यालय विराटनगरले ३७ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-९ का ३३ बर्षीय बिकास कुमार साहलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

छुरा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
२०८२-०४-०८

छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते बिहान जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएकोमा तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०८

झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका-३ स्थित  निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका- ६ का ३५ बर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका-३ का ३२ बर्षीय श्रवण चौधरीलाई करेन्ट लाग्दा घाईते भएकोमा तत्काल उपचारको लागी इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो भने  श्रवण चौधरीलाई थप उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ । सोही दिन साँझ झापाको गौरादह नगपालिका- ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको हो ।  

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-०८

सुनसरी, झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटहरीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-८ की ४५ बर्षीय देव कुमारी थापा मगरलाई उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी झापाको मेचीनगर-६ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले इलाम नगरपालिका-११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको ईनरुवा-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ का २२ बर्षीय साजन श्रेष्ठ र २३ बर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

कार्य सम्पादन सम्झौता (२०८१/८२) को वर्षिक कार्य प्रगति विवरणको समिक्षा, जिल्ला प्रहरी कार्यालय पाचँथर उत्कृष्ट ।
२०८२-०४-०७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक आर्थिक बर्षको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  समिक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्नेमा उत्कृष्ट जिल्ला प्रहरी भएको छ । साउन ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमद्धारा भएको वर्षिक कार्य सम्पादन प्रगति विवरण समिक्षा कार्यक्रममा प्रदेश अन्तरगतका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयले श्रावण महिना देखि असार मसान्त सम्ममा सम्पादन गरेका कार्यहरुको प्रगति बिवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गर्नु भएको थियो  । कार्यसम्पादन सम्झौता बमोजिम मातहत कार्यालयहरूबाट प्राप्त तथ्याङ्कको आधारमा विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले शतप्रतिशत लक्ष्य हासिल गरेको हुँदा सर्वोत्कृष्ट जिल्लाको रुपमा घोषणा गरिएको छ । प्रदेश प्रहरी प्रमुखले उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीलाई  हार्दिक बधाई सहित आगामि दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिनु हुदै प्रशंसा- पत्र प्रदान गर्नु भएको छ ।  कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरुमा गम्भिरतापूर्वक लागि पर्न तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरिकको सेवामा २४ सै घण्टा तल्लिन रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

कोशी प्रदेश प्रहरी लागू औषध बिरुद्धमा आक्रमकरुपमा प्रस्तुत
२०८२-०४-०७

(आर्थिक बर्ष २०८१/०८२ मा चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधी सहित बेचबिखन तथा ओसार पसारमा संलग्न १ हजार ९ सय ८५ जना पक्राउ) कोशी प्रदेश प्रहरी लागूऔषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न बिभिन्न किसिमको रणनिति सहित आक्रमक रुपमा अगाडि बढेको छ । लागू औषधको प्रयोगले मानविय जीवनमा नकारात्मक असर पुग्नुका साथै समाज र राष्ट्रलाई समेत यसले दिर्घकालिन रुपमा ठूलो क्षेति पुर्‍याउदछ । लागूऔषधको प्रयोगका कारण समाजमा हत्या, लुटपाट, चोरी लगायतका बिभिन्न प्रकारका अपराधिक घटना घट्ने सम्भावना ज्यादै हुने भएकोले यसको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गरी सामाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको छ । लागू औषधको प्रयोग तथा ओसार पसार कानूनद्वारा बर्जित कार्य हो भन्ने जानकारी हुँदा हुँदै पनि यसको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न व्यक्ति वा समुहलाई निर्ममता पुर्वक कानूनी दायरामा ल्याउन कोशी प्रदेश प्रहरीले प्रभावकारीरुपमा प्रहरी परिचालन गरेको छ । अज्ञानताको कारण, उत्सुकता जागेर, साथी भाईको लहलहैमा, पारिवारिक तनाव लगायत बिभिन्न कारणको बाहना बनाई आफ्नो मनलाई स्थिर राख्न नसकि लागू पदार्थ सेवनको कुलतमा लागेका युवालाई त्यसबाट उन्मुक्ति दिलाउन कोशी प्रदेश प्रहरीले प्रदेश सरकार, स्थानिय तह, बिभिन्न संघ संस्थाहरुसंगको समन्वय र सहकार्यमा दुर्व्यसन विरुद्ध आमा, FAN (Fight Against Narcotics) कार्यक्रम मार्फत समुदायमा बिभिन्न सचेतनामुलक तथा संदेशमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यसै गरी लागूऔषध बिरुद्ध सचेतनामुलक श्रव्यदृश्य भिडियो तथा अडियो सामग्री निर्माण गरी नेपाल टेलिभिजन,स्थानिय टेलिभिजन लगायत एफ.एम रेडियोहरुसंगको सहकार्यमा प्रसार गर्दैआईरहेको छ । कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रहरीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा चेकजाँज, सिमा नाका तथा संकित स्थानहरुमा प्रहरी कुकुर सहितको चेकजाँच, संकित व्यक्ति, यात्रुवाहक तथा मालवाहक सवारी साधनको चेकजाँच, सिमावर्ती भारतिय नाकाहरुमा कडाईका साथ प्रहरी परिचालन गरी लागूऔषधको ओसार पसार, बिक्रि वितरण तथा भण्डारण गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कडाईका साथ कनूनी दायरामा ल्याउदै आएको छ । लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका व्यक्ति कि जेलमा कि सुधार गृहमा भन्ने उद्धेश्यका साथ कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाले चरेश १ ग्राम ५६० मिलिग्राम, ब्राउन सुगर २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम, विभिन्न मनोदिपक औषधी ६३ हजार ५६० वटा चक्की/ क्यापसुल, एम्पुल ३९ वटा, जिल्ला प्रहरी कार्यालय मोरङले १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ८० हजार ९२३ वटा चक्की/ क्यापसुल, एम्पुल १ हजार ४८५ वटा, जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम,  ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ४ लाख २८ हजार ६८३ वटा चक्की/ क्यापसुल, एम्पुल ३१८ वटा बरामद गरेको छ । यसै गरी यस आर्थिक वर्षमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले चरेश ३ ग्राम ५ सय ८८ मिलिग्राम, अफिम १५ ग्राम ७ सय ७० मिलिग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, बिभिन्न  मनोदिपक चक्की/ क्यापसुल  ६ लाख १५ हजार ७९ वटा, मनोदिपक एम्पुल २ हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोदिपक औषधी १ सय ९ वटा बरामद गरेको छ भने ओसार पसार तथा वेचबिखनमा संलग्न १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरिरको बिभिन्न भागमा लुकाएर लागू औषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा ठुलो परिमाणमा लागू औषधको कारोवारी गर्ने गिरोहलाई गोली प्रहार गरेर नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी  सफल भएको छ । लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसार नियन्त्रणको लागी प्रहरीको बिभिन्न प्रयासहरुमा साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता गतिविधि भए गरेको थाहा पाउनासाथ नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सुचना प्रदान गरी दिन हुन आम नागरिकहरुमा कोशी प्रदेश प्रहरी हार्दिक अनुरोध गर्दछ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०७

झापा र सुनसरीबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका- ७ स्थितबाट ३० बर्षीय सुनिल चापागाई, नुवाकोट तादीका ३० बर्षीय मन कुमार दर्जी र निजको श्रीमती २६ बर्षीया शशी खत्रीलाई ब्राउन सुगर ३७ ग्राम ४९० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान-१३ की २८ बर्षीया पुष्पा राईलाई  ५ सय ८० मिलिग्राम ब्राउन सुगर सहित उनकै कोठाबाट र धरान- १७ बाट ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट सहित सोहि स्थानका २७ बर्षीय अन्जान विश्चकर्मालाई अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८२-०४-०७

मोरङको लेटाङ नगरपालिका-५ स्थित मदनभण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । साउन ६ गते दिउँसो ON TEST सिटि सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटि चालक लेटाङ-४ का ३९ बर्षीय भिषण राई, सिटिमा सवार ३२ बर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ बर्षीत संदेश राई र ३० बर्षीय क्षितिज राई घाईते भएकोमा उपचारको क्रममा जनम तामाङको बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने सिटि चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०६

झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०६ गते झापाको गौरादह नगरपालिका- १ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका २५ बर्षीय लुखीराम बास्की र १८ बर्षीय करण यादबलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान- १३ बाट अस्थायी प्रहरी चौकी अमरहाटले ९ किलोग्राम गाँजा सहित ईटहरी- ७ का २४ बर्षीय सुरेश खत्वे र इटहरी- ८ का २० बर्षीय तुलसि पासवानलाई र सामुदायिक प्रहरी बिट हवाईचोकले इटहरी- २ का २३ बर्षीय आकास भण्डारीलाई ट्रामाडोल १ सय क्याप्सुल र स्पासपेन १ सय १० ट्याब्लेट सहित पक्राउ गरेको हो । त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका- ५ बाट इलाका प्रहरी कार्यालय राजारानीले २५ बर्षीय सौगात मगरलाई प्रतिबन्धित औषधी १ सय ४ ट्याब्लेट सहित उनकै घरबाट पक्राउ गरेको हो ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०६

संखुवासभा र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०५ गते संखुवासभाको चिचिला गाउँपालिका- ३ सोलाखानी स्थित रहेको निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडिका ४० बर्षीय करण धर पौडेललाई सुरुङ भित्र काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको हो । त्यस्तै मोरङको केराबारी गाउँपालिका- ८ स्थित माहादेब क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका गोर्खाका ३५ बर्षीय मंगल चेपाङको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको छ ।  

असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-०४-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH)  घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक विजय चौहानले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको, भद्रपुर नगरपालिका-७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको यसै गरी झापा गाउँपालिका-४ स्थितमा चेकजाँचको क्रममा साईकलको चक्का भित्र १६७ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको र प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाँउपालिका-३ स्थितका एक व्यक्तिलाई ज्यान मारी फरार रहेको प्रतिवादीलाई सोहि दिन पक्राउ गरेको साथै कर्तब्य ज्यान मुद्दामा जन्म कैद सजाय भएका तथा अन्य विभिन्न मुद्धामा फरार रहेका २१ जना प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागू औषध दुर्व्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८२ असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो  ।

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०४-०५

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०४ गते झापाको दमक नगरपालिका- ५ स्थित लागू औषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत विहारका २८ बर्षीय सुरज कुमार साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४२ ग्राम १७ मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३७ हजार ९०० रुपैया बरामद गरेसगै पक्राउ गरेको हो । त्यस्तै लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर नगरपालिका- ६ बाट अर्जुनधारा नगरपालिका- ५ का २५ बर्षीय अजय धिमाललाई २ ग्राम ब्राउन सुगर र मेचीनगर- ३ का ४३ बर्षीय हरिलाल न्यौपानेलाई उनकै घरबाट १ किलो ५२८ ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय नकलबन्दाले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर २ बालकको मृत्यु
२०८२-०४-०५

सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थित रहेको ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । साउन ०४ गते अपरान्ह संखुवासभा चैनपुर नगरपालिका-१ घर भई इटहरी स्थित सानी आमाको घरमा बस्दै आएका बिष्णु लिम्बुको ११ बर्षीय छोरा क्रिश्वास लिम्बु र इटहरी-३ का दिपेश चौधरीको ८ बर्षीय छोरा दिप्सन चौधरी ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोली स्थानियको सयोगमा उद्दार गरी तत्काल उपचारको लागि क्रिश्वास लिम्बुलाई बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकीसिनवारी र दिप्सन चौधरीलाई नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा दुबै जनाको  मृत्यु भएको हो ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०५

मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०४ गते  मोरङको बेलबारी- ८ स्थितमा रहेको कान्तिपुर वासिङमा वेल्डिङ काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका पर्सा बिरगंञ्जका २५ बर्षीय ईद मोहमद अन्सारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकोको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको इटहरी उप-महानगरपालिका-८ का ७२ बर्षीय तिलक चौधरीले आफ्नै घरमा रहेको साउण्ड सिस्टमको चुडिएको तार मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०४

सुनसरी र झापाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका- ६ स्थितमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी ३ हजार ६ सय ९४ क्याप्सुल सहित इनरुवा- ८ का ३४ बर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका- ५ का ४८ बर्षीय अशोक कुमार यादवलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी चौकी बरगाछीले सोहि स्थानका २१ बर्षीय बिश्व लिम्बुलाई नियन्त्रित औषधी ९ सय ३० चक्की सहित र अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटा साँगुरीगढी गाउँपालिका- ४ का ३२ बर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ, भने झापाको बुद्धशान्ति गाउँपालिका- ३ का २२ बर्षीय साजन मगरलाई ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेले पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०३

 सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०२ गते सुनसरीको कोशी गाउँपालिका- १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका-२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै ईनरुवा नगरपालिका- ४ बाट बराक्षेत्र नगरपालिका- ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका- ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान- १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०४-०३

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साउन ०२ गते बिहान पौने १० बजे सुनसरीको इटहरी उप-महानगरपालिका- २० स्थित प्रदेश न. २-०१-००३ प २७२८  नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान- ८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका- ५ स्थितमा प्रदेश १-०२-००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १-०२-०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह- ३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो । घटनामा संलग्न टिफर चालक भोक्राहा- २ का २८ बर्षीय जयप्रकाश मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८२-०४-०२

इलामको माईजोगमाई गाउँपालिका-२ का २३ बर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको र उनका दाजु ३२ बर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाईते बनाएको आरोपमा सुर्योदय नगरपालिका-१ का ३३ बर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते राती सुर्योदय नगरपालिका-१ स्थित ससुसाली घरमा आएका माईजोगमाई गाउँपालिका-२ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईलाई सुर्योदय नगरपालिका-१ का किरण शेर्पाले सामान्य वाद विबादको क्रममा छुरा प्रहार गर्दा प्रकाश चापागाईको घटनास्थलमानै मृत्यु भएको थियो भने निरोज चापागाई गम्भिर घाईते भएकोमा झापा स्थित बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । हत्या पश्चात फरार भएका शेर्पालाई खोजतलासको क्रममा साउन १ गते सुर्योदय नगरपालिका-१ मानेभञ्ज्याङ स्थितमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको छ ।

ठुलो परिमाणको प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
२०८२-०४-०२

झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले बिर्तामोड-५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित पक्राउ गरेको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०४-०२

मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १ गते मोरङको सुनबर्षी नगरपालिका-९ स्थितमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहार सिक्टी ग्राम पंचायतका ३२ बर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायतका ३२ बर्षीय शेर मोहमदलाई ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-९ की २१ बर्षीया प्रतिक्षा राय लाई १ ग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी हिले धनकुटाले शहिदभुमी गाँउपालिका-५ का २३ बर्षीय सुवास राईलाई २ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद
२०८२-०४-०१

मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते ०१:०० बजेको समयमा मोरङको धनपालथान गाउँपालिका- १ गदिया खोला किनारामा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले खोलाको किनार स्थित खेतमा प्लास्टिकको १० वटा बोरामा बेवारिसे अवस्थामा ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो । त्यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय हरिनगराले देवानगंज गाउँपालिका- ७  स्थित सडक किनारबाट ४९ किलो २९० ग्राम गाँजा  बरामद गरेको  हो ।  गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जना पक्राउ
२०८२-०४-०१

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्की सहित धरान- १० का २४ बर्षीय अंकित राई र धरान- ६ का २१ बर्षीय भरत मगर, धरान- १३ का २३ बर्षीय सागर राई, धरान- ५ की २१ बर्षीया ज्योती राई, २६ बर्षीया नुमा लिम्बु र धरान- ५ की २३ बर्षीया सुजना राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको रंगेली नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ९ झापाका ३५ बर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका- १ का ३३ बर्षीय आकाश खड्कालाई  नाईट्राजाम १ सय ५५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसै गरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका- ८ की २१ बर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुल सहित पक्राउ गरेको छ ।

तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

२६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद २ जना पक्राउ
२०८२-०३-२६

झापाको २ स्थानहरुबाट २ सय ६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत असार २६ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राती साढे १२ बजे भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेका कनकाई नगरपालिका-१ का ३० बर्षीय पवन ऋषिदेबलाई झापा गाउँपालिका-४ सुकुम्बासी बस्ति स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा  साईकलको ट्युब भित्र लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर १ सय ६७ ग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले असार २५ गते साँझ झापा गाउँपालिका-१ सुडुखुट्टु स्थितबाट ९३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित देश भारत बिहारका ६० बर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ८ जना पक्राउ
२०८२-०३-२४

मोरङ, सुनसरी र धनकुटाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रहरीले प्रतिबन्धित लागू औषध सहित ८  जनालाई पक्राउ गरेको छ । जस अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतबाट खटिएको प्रहरी टोलीले ९ किलो ५ सय ग्राम लागू औषध गाँजा सहित भोजपुरको आमचोक-८ का २१ बर्षीय अंकित मगर र ४ सय मिलिग्राम ब्राउन सुगर सहित सुनसरीको बराहक्षेत्र-६ का २० बर्षीय रोसिता गिरी, बराहक्षेत्र-९ की २० बर्षीया रस्मिता राई,  ईटहरी-३ का २२ बर्षीय समित राई र ईटहरी-५ का २० बर्षीय प्रसाङ ढकाललाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी-३ का ३० बर्षीय बुद्दराज राई र ३० बर्षीय पुष्पा थापालाई ब्राउन सुगर १ ग्राम ६ मिलिग्राम सहित र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले धनकुटाको पाख्रीबास-४ का २७ वर्षीय मिगुर शेर्पालाई २२ पिस ट्याब्लेट र २२ पिस क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

२०५ ग्राम ८० मिलि ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०३-२४

जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टावाट खटिएको प्रहरी टोलीले २०५ ग्राम ८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य, किसनगञ्ज का ३५ बर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका-५ का ५५ बर्षीय नशरुदिन मिँया रहेका छन् ।  कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत विशेष सूचनाको आधारमा असार २४ गते साँझ खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-७ स्थितमा शंकास्पद अवस्थामा रहेका दुबैजनालाई चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हातपात गर्दै भाग्न खोजे पछि प्रहरीले ६ राउण्ड गोली फायर गरी दुबैजनालाई नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भई रहेको छ ।

३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०३-२३

मोरङको रंगेली नगरपालिका-८ स्थितबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत बिशेष सूचनाको आधारमा असार २२ गते दिउँसो साढे ३ बजे नेपाल प्रहरी केन्द्रीय लागू औषध अनुसन्धान ब्युरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटीएको प्रहरी टोलीले कोठा भाडामा बस्दै आएका रंगेली-८ का ५४ बर्षीय कृत्यानन्द ठाकुरको कोठा खानतलाशी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला पारेको हो । ब्राउन सुगर बरामद गरेसंगै कारोबारमा संलग्न रहेका कृत्यानन्द ठाकुर, ३० बर्षीय शुशिल बुढाथोकी र भारत अररिया की ५० बर्षीया हसिना भन्ने बिजली खातुनलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजे पछि प्रहरीले १ राउण्ड गोली फायर गरी तीनैजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ हजार रुपैया समेत बरामद गरेको छ ।

एकै घर परिवारका ४ जना सदस्यको हत्यामा संलग्न पक्राउ
२०८२-०३-२२

भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोत्लेखानी स्थितमा एकै घर परिवारका चार जनालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गर्ने भोजपुर नगरपालिका-२ का ३० बर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।  असार २२ गते राती ११ बजे राईले बेल बहादुर गिरी, मन्जु गिरी, मनिषा गिरी र श्रवण गिरीलाई विवादको क्रममा धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी प्राप्तहुना साथ नजिकमा रहेको अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न राईलाई रामप्रसाद राई गाउँपालिका-१ हर्वु भञ्ज्याङ स्थितबाट पक्राउ गरेको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घरको एउटै कोठामा चारै जनालाई छुरा प्रहार गरी हत्या गरेको अवस्थामा फेला पारेको थियो । घटना स्थलको कानूनी प्रकृया पुरा गरी चार वटै शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल भोजपुर पठाईएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

खोलामा डुबेर ३ जना बालकको मृत्यु
२०८२-०३-२२

विराटनगर, असार २२ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-१६ जब्दी स्थित मुरा खोलामा २ जना र भद्रपुर नगरपालिका-३ मेची खोलाको दोभानमा १ जना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । असार २१ गते मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी-१६ का रमेश खत्रीको ९ बर्षीय छोरा युनिस खत्री र इटहरी-५ का बुद्दी परियारको ११ बर्षीय छोरा हेम बहादुर परियार दहमा डुबेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले दुबै बालकको उद्दार गरी उपचारको लागी सान्बी सिटी अस्पताल इटहरी पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । यसैगरी भद्रपुर-२ का अर्जुन लिम्बुको १३ बर्षीय छोरा अर्पण लिम्बु मेची खोलाको दोभानमा साथीहरु संग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा प्रहरी चौकी किच्चकबदबाट खटिएको प्रहरी टोलीले खोजतलाशको क्रममा मृत अवस्थामा बालकलाई फेला पारेको थियो ।    

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२२

झापा र उदयपुरको छुट्टा छुट्टै स्थानहरुमा असार २१ गते सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  झापाको मेचीनगर नगरपालिका-१० स्थित भित्री सडक खण्डमा प्र.१ -०१-००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक मेचीनगर-११ का ३२ बर्षीय राज कररिया र मेचिनगर-१२ स्थित मेचि हाईवेमा प्र.१-०१-००२ ह. ५५७१ नम्बरको अटो र मे. ८ प. ८०३  नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक अर्जुनधारा-११ का ३४ बर्षीय भिम बहादुर सार्कीको उपचारको क्रममा B&C अस्पतालमा मृत्यु भएको हो भने अटो चालक बुद्वशान्ति-१ का ४० बर्षीय युवराज घिमिरेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । यसैगरी उदयपुरको कटारी -८  स्थित सिद्दीचरण लोकमार्गमा को १ क २७९५ नम्वरको JCB  आफै अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा JCB चालकको घटना स्थलमै मृत्यु भएको हो ।

लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ पक्राउ
२०८२-०३-२१

सुनसरी, झापा र धनकुटाबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २० गते सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-३ का ३१ बर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित र  इटहरी-१७ का २४ बर्षीय बलराम चौधरी, इटहरी-१९ का ३२ बर्षीय अरबिन्द्र भण्डारीलाई १२ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी झापाले इलाम नगरपालिका-९ का २५ बर्षीय गंगाराम चौहान र २० बर्षीय सुजन अधिकारीलाई २ सय २० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले पाख्रिवास नगरपालिका -८ का भिम बहादुर राई ७ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०३-१९

झापा र उदयपुरको दुई स्थानहरुबाट असार १८ गते प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाले दमक नगरपालिका-९ स्थितबाट सोही स्थानका १९ बर्षीय सागर कुमाललाई प्रतिबन्धित औषधी ९० पिस र ९० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१ फूलजोर स्थितमा यात्रु बाहक बसमा सवार त्रियुगा-१३ का २२ बर्षीय सुगम राई र एक जना १६ बर्षीय बालक समेतलाई प्रतिबन्धित औषधी ६ सय ४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-१८

झापा र मोरङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १७ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बुद्दशान्ति गाउँपालिका- ४ का २९ बर्षीय दिपक सम्बाहाम्फे, कमल गाउँपालिका- ५ का २० बर्षीय पिजल धिमाल र कमल गाउँपालिका- २ का ३२ बर्षीय केशब राईलाई ६ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका- ६ का ३७ बर्षीय हमद मुस्लिम र २२ बर्षीय सद्दाम सेखलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका- ४ का २० बर्षीय मनिष तामाङलाई प्रतिबन्धित औषधी ३२० चक्कि सहित  इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण
२०८२-०३-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले असार १७ गते नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा वँहाले अभिभावकको बिश्वास र भरोसा बोकेका बिद्यार्थीहरुको रेखदेखलाई पहिलो प्राथामिकता दिई शान्तमय वातावरणमा अध्ययन गर्ने अधिकारको शुनिश्चितता प्रदान गर्न निर्देशन दिनु भयो । वहाँले शिक्षक तथा अध्ययनरत बिद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो भने सौहार्दपुर्ण वातावरणमा विधार्थीहरुलाई अध्यापन गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्न, शारिरिक ब्यायाम र अतिरिक्त क्रियाकलापमा समेत बिद्यार्थीहरुलाई सहभागी गराउन शिक्षकहरुलाई अनुरोध गर्नु भएको थियो । वहाँले अमर, अशक्त प्रहरी परिवारका सन्तति तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृति उपलव्ध गराउनुका साथै बिभिन्न खेलकुदमा विजय हुने उत्कृष्ट बिद्यार्थी, उत्कृष्ट कार्यगर्ने प्रहरी कर्मचारीहरु लगायत शिक्षकहरुलाई पुरस्कृत  गर्नु भएको थियो । सोही क्रममा प्रदेश प्रमुख कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय बिधि बिज्ञान इकाई धरानको समेत निरीक्षण, अनुगमन गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको थियो ।  

लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ
२०८२-०३-१७

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड नगरपालिका-४ का ३२ बर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का २६ बर्षीय बिर बहादुर राजबंशीलाई ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर-१५ स्थितबाट मोरङको शनिश्चरे-८ का ३२ बर्षीय उजिर लिम्बुलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यस्तै अस्थायी प्रहरी चौकी अमरहाट धरानको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान-१३ स्थितबाट यात्रुबाहक बसमा सवार धनकुटाको सहिदभुमी गाउँपालिका-२ का ५४ बर्षीय तेज बहादुर राईलाई ५५ किलोग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज-३ का १८ बर्षीय राज कुमार यादबलाई उनकै घरबाट ६ किलोग्राम २ सय ८० मिलिग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिए संगै कारोबारमा संलग्न १८ बर्षीय राजु यदबलाई समेत नियन्त्रण लिई थप अनुसन्धान गरी रहेको छ ।

लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जना पक्राउ
२०८२-०३-१५

झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ स्थितमा प्रहरी चौकी भरौलको प्रहरी टोलीले चेकजाँचको क्रममा  प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको कार भित्रमा कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको १ सय २० किलोग्राम  गाँजा सहित कार चालक मोरङ विराटनगरका- ४ का २६ बर्षीय धिरज गोसाई र सोही कारमा सवार  जहदा गाउँपालिका- ७ का २२ बर्षीय बिकास यादवलाई नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको रतुवामाई नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा रतुवामाई-४ का ३५ बर्षीय रंजित शर्मा र ३० बर्षीय रोम बहादुर राजबंशीलाई ४१ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सोही दिन लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका- ७ का २१ बर्षीय रोहित मगरलाई २ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर, विराटनगर-११ का १९ बर्षीय निखिल मल्लिकलाई NITRAZEPAM ७० ट्याब्लेट सहित र इलाका प्रहरी कार्यालय विराटचोकले ट्रामाडोल ९० ट्याब्लेट सहित सुन्दरहरैचा- ९ का २७ बर्षीय अनिल कुमारलाई पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाले कनकाई नगरपालिका- ३ का २७ बर्षीय निर्मल बिश्वकर्मा र मोरङ मिक्लाजुङका २० बर्षीय सिसिर लिम्बुलाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  

मोटरसाईकल दुर्घटनाबाट ३ जनाको मृत्यु २ घाईते
२०८२-०३-१५

सुनसरीको रामधुनी नगरपालिका- ७ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । असार १४ गते को. ३३ प ९६०५ नम्बर र प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा दुबै मोटरसाईकलमा सवार रामधुनी नगरपालिका- ६ का ३४ बर्षीय इनर्चन चौधरी उनको श्रीमती ३२ बर्षीया प्रतिक्षा चौधरी र ९ बर्षीय छोरा प्रनिश चौधरी, ईनरुवा नगरपालिका- ६ का ५१ बर्षीय बिन्दु यादव र इटहरी-७ का ३६ बर्षीय रमेश चौधरी घाईते भई उपचारको लागी धरान घोपा लगिएकोमा उपचारको क्रममा इनरचन चौधरी, प्रनिश चौधरी र बिन्दु यादवको मृत्यु भएको हो ।

लागू औषध ब्राउन सगुर सहित ७ जना पक्राउ
२०८२-०३-१४

सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १३ गते लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बिभिन्न स्थानहरुबाट चेकजाँचको क्रममा २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न धरान- ११ का १९ को सुअन तामाङ र २७ बर्षीय मिसन राई, धरान- १५ का ३२ बर्षीय रोमन शाही, २५ बर्षीय अरुण मण्डल, ३० बर्षीय सागर तामाङ र ३१ बर्षीय प्रस्ताव राई र ओसार पोसारमा प्रयोग भएका २ थान सवारी साधान सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ बर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका- ८ बाट २ ग्राम ५०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०३-१३

झापा र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १२ गते प्रहरी चौकी भरौल सुनसरीको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-४ स्थितबाट चेकजाँचको क्रममा को. १ ह ९५१० नम्बरको अटो भित्रबाट लुकाई छिपाई राखेको ७५ किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै अटो चालक ईटहरी-१० का ४५ बर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-६ की ५९ बर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका-१२ घर भई हाल झापाको अर्जुनधारा-१ स्थित निर्माणाधीन पुलमा काम गर्दै आएका २० बर्षीय रोशन भट्टराईलाई १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम गाँजा सहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो ।

आसरा सुधार केन्द्र पानवारी धरानमा लागूऔषध विरुद्धको कार्यक्रम सम्पन्न ।
२०८२-०३-१२

सुनसरी धरान उपमहानगरपालिका- स्थित रहेको आसरा सुधारकेन्द्र पानवारीमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस २०८२ को अवसरमा “स्वस्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिवद्धताः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ लागूऔषध विरुद्ध बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । असार १२ गते आसरा सुधार केन्द्र पानवारी धरानको सभाहलमा केन्द्रका संचालक समिति उपाध्यक्ष शिला बज्राचार्यको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं आसरा सुधार केन्द्र पानवारी धरानका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिले बिभिन्न खेल, नृत्य तथा कविता वाचनमा उत्कृष्ठ उपचाररत  सदस्यहरुलाई पुरस्कृत गर्नुका साथै उपचाररत सदस्यहरुले प्रदर्शन गरेको कलाको  उच्च सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि कार्कीले आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उपचाररत सदस्यहरुले पुनरस्थापना पश्चात नयाँ आशा र विश्वासका साथ परिवार र समाजको खुशीमा रमाउन हृदय देखि नै अनुरोध गर्नु भयो  । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प धरानका सशस्त्र प्रहरी नायव उपरीक्षक संजिव पौडेल, केन्द्रका संचालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

“म मेरो घरमा दुर्व्यसनी नभित्रियोस भनि प्रहरीलाई सुचना दिने प्रण गर्दछु” भन्ने प्रतिबद्दता सहित लागू औषध बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८२-०३-१२

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तरराष्ट्रिय दिवस २०८२ को अवसरमा प्रभात फेरी सहित बिभिन्न कार्यक्रमको आयोजना गरी लागू औषध बिरुद्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।  “अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ असार १२ गते सुनसरीको इनरुवा नगरपालिका-३ स्थित ओम साई पार्टी प्यालेसमा जिल्ला प्रहरी कार्यालय सुनसरी र Fight Against Narcotics (FAN) जिल्ला कार्य सम्पादन समिति सुनसरीको आयोजना तथा इनरुवा नगरपालिकाको सह-कार्यमा “म मेरो घरमा दुर्व्यसनी नभित्रियोस भनि प्रहरीलाई सुचना दिने प्रण गर्दछु” भन्ने प्रतिबद्दता सहित लागू औषध बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री श्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता,  माननीय आन्तरिक मामिला  तथा कानून मन्त्री रेवती रमण भण्डारीको बिशिष्ठ आतिथ्यतामा लागू औषध विरुद्ध जनचेतनामुलक प्लेकार्ड सहित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट निस्किएको प्रभातफेरीले  बजार परिक्रमा गरी ओम साई पार्टी प्यालेसमा पुगी लागू औषध बिरुद्धको सचेतनामुलक नृत्य तथा झाँकी सहित बिभिन्न कार्यक्रमको आयोजनाका साथ कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रममा प्रमुख अतिथि माननिय मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायत कार्यक्रममा उपस्थित महानुभावहरुले “म मेरो घरमा दुर्व्यसनी नभित्रियोस भनि प्रहरीलाई सुचना दिने प्रण गर्दछु” भन्ने प्रतिबद्दता अंकित व्यानरमा हस्ताक्षर गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले FAN जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नु भएको थियो भने सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले FAN भोलेन्टियरहरूलाई प्रमाण पत्र, CAP  र T-Shirt बितरण गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि कार्कीले लागू औषधको दुर्व्यसनले समाजलाई नकारात्क असर पारीरहेको बताउदै सबैको समन्वय र सहकार्यमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न सकिने बताउनु भयो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले लागू औषध दुर्व्यवसनको बढ्दो दरलाई घटाउन प्रदेश सरकार बिभिन्न योजनाकासाथ सचेतनामुलक कार्यक्रमहरुलाई प्रभावकारी बनाउदै निरन्तररुपमा अगाडि बढी रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो भने इनरूवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरी जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले कार्यक्रमको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो । यसै गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले अवको युद्ध दुर्व्यसन विरुद्द भन्ने नारालाई आत्मसाथ गर्दै सबै एक जुट भई अगाडि बढेमा लागू औषध दुर्व्यसनलाई निरुत्साहित गर्न सकिने बताउदै धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश सभाका सदस्यहरु, प्रदेश तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिकाका प्रमुख तथा उप-प्रमुखहरु, पूर्व प्रहरी कर्मचारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बिद्यालयका शिक्षक एवं बिद्यार्थीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।    

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-१२

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ११ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री सुनसरी रामधुनी नगरपालिका- ८ का १८ बर्षीय लक्ष्मण सार्की र बरहाक्षेत्र नगरपालिका- ७ का १८ बर्षीय आन्नद मगरलाई ४ ग्राम ९८ मिलिग्राम ब्राउन सगर सहित नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको विराटनगर महानगरपालिका-१५ बाट को. २० प ७४३ नम्बरको मोटरसाईकल चालक धरान उप-महानगरपालिका- ५ का २८ बर्षीय संकलन राई र पछाडी सवार २७ बर्षीय आषिश कुमार विश्वकर्मालाई ३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले को. ३७ प १२५३ नम्बरको मोटरसाईकल चालक उदयपुर बेलका नगरपालिका- ८ का २२ बर्षीय धिरज राई र पछाडी सवार बेलका नगरपालिका- ७ का ३१ बर्षीय लोकेन्द्र राईलाई ३४ किलो ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८२-०३-११

मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली-१ का ३२ बर्षीय केदार न्यौपानेलाई उपचारको लागी  रंगेली अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो भने मोटरसाईकल पछाडि सवार ४१ बर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक रंगेली-८ का ३० बर्षीय जिबन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित १ जना पक्राउ
२०८२-०३-११

सुनसरीको धरान उप-महानगरपालिका-५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित १ जना पक्राउ परेका छन । असार १० गते राती लागू औषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ झर्नाचोक स्थितमा डेरा गरी बस्दै आएका मुन्सन राईको कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल-८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास-७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम-२० ट्याब्लेट, स्पारेट-२ सय ९५ ट्याब्लेट र कोलिवन-३ सय १२ ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित र नियन्त्रित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

लागू पदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक नियन्त्रणमा
२०८२-०३-१०

झापाको कन्काई नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा लागू पदार्थ सेवन (ला.प.से.) गरी सवारी चलाउने ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असार ९ गते अपरान्ह सवारी दुर्घटना न्यूनीकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा पूर्व पश्‍चिम लोकमार्गमा संचालन हुने यात्रु वाहक सवारी साधन तथा निजि सवारी साधनका चालकहरुलाई लक्षित गरी स्वास्थ्य परिक्षण तथा  संकित चालकको ला.प.से. चेकजाँच गरेको थियो । संकित चालकको ला.प.से. जाँचको क्रममा यात्रुवाहक बसका चालक २ जना, सहचालक २ जना, ईभि गाडीका चालक १ जना, टिफरका चालक १ जना र मोटरसाईकल चालक १ जनाले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको फेला परेको थियो । ला.प.से. गरेका ७ जना चालकहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ८ जना पक्राउ
२०८२-०३-१०

झापा, मोरङ र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट असार ९ गते प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सिक्टी मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सुनवर्षी नगरपालिका-८ स्थितमा सिक्टीबाट डाईनिया तर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा मोटरसाईकलमा सवार सोही स्थानका १९ बर्षीय अकमल मियालाई ४२ ग्राम ४ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान गरी रहेको छ । यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका लम्जुङका २५ बर्षीय राम कुमार गुरुङलाई ब्राउन सुगर १३ ग्राम ६५ मिलिग्राम र सुनसरीको धरान -६ का २८ बर्षीय करण तामाङलाई ३ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्लाको प्रहरी टोलीले लागू औषधको कारोबार गर्ने उर्लाबारी नगरपालिका-१ सुकुम्बासी टोलका २४ बर्षीय भिम बहादुर देवानलाई उनकै घरबाट ट्रामाडोल ९० क्याप्सुल र भोमिन ९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय राजारानी धनकुटाको चौबीसे गाउँपालिका-७ मौनाबुधुकका ३० बर्षीय भुपेन लिम्बू र चौबीसे -६ का २५ बर्षीय हेम बहादुर बि.क.लाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर- ९ का २५ बर्षीय अजय राजवंशी र २२ बर्षीय पर्शुराम राजवंशीलाई १ ग्राम २१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।  

चोरीमा संलग्न ३ जना पक्राउ
२०८२-०३-०९

उदयपुर, झापा र मोरङबाट चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ का २९ बर्षीय कबिन भन्ने निरोज लामा, झापाको कन्काई नगरपालिका-३ का २६ बर्षीय विनोद बर्देवा र मोरङको धनपालथान-४ का १९ बर्षीय जोसेफ हेमरम रहेका छन । २०८१ साल मंसिर ३ गते उदयपुरको चौदण्डीगढी-३ का पदम  राईको घरबाट ४ तोला सुनको गर-गहाना चोरी भएको घटनामा अनुसन्धान तथा खोजतलासको क्रममा कबिन भन्ने निरोज लामालाईगाउँघरमा नै लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारले असार ०७ गते पक्राउ गरेको हो । त्यसैगरी २०८२ साल असार ८ गते झापाको कनकाई नगरपालिका-३ का रबिन बिश्वकर्माको घरमा डेरा गरी बस्ने बर्देवाले घरमा कोहि नभएको अवस्थामा टिभि, फ्रिज लगायत घरायसी सामान चोरी गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको हो । त्यसै गरी असार ८ गते मोरङको जहदा गाउँपालिका-४ स्थितमा पर्किङ गरी राखेको प्रदेश १-०२-०४३ प.८५७१ नम्बरको मोटरसाईकल चोरीमा संलग्न हेमरमलाई इलाका प्रहरी कार्यालय पोखरीयाले पक्राउ गरेको हो । चोरीको सामान सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ट्रकको ठक्करबाट २ जनाको मृत्यु
२०८२-०३-०९

इलामको रोङ गाउँपालिका-३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ । असार ०८ गते अपरान्ह ४ बजे प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका- १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाँजरकोट छेडागाडा नगरपालिका-८ की २३ बर्षीय सिर्जना गिरी घाईते भएका थिए घाईते दुवै जनालाई उपचारको लागि B&C अस्पताल बिर्तामोड लागिएकोमा अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनामा संलग्न ट्रक र चालक पाँचथर कुम्मायक गाउँपालिका-९ का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ
२०८२-०३-०९

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का ३० बर्षीय सोनिया मुसहरलाई आफ्नै श्रीमतीले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ७ गते राती ९ बजेको समयमा २४ बर्षीया श्रीमती ढलीसदा मुसहरलाई सोनिया मुसहरले सामान्य वादबिवादको क्रममा कुटपिट गर्दा घाईते भएकी र असार ९ गते बिहान उनको घरमा नै मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले कुटपिट गर्ने मुसहरलाई पक्राउ गरेको हो । श्रीमतीको कुटपिट गरी हत्या गर्ने मुसहरको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ
२०८२-०३-०९

मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट असार ८ गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित मोरङको पथरीशनिश्चरे नगरपालिका-१० भुटानी शरणार्थी क्याम्प स्थितबाट पक्राउ परेका सोही स्थानका २४ बर्षीय पुष्पलाल डाँगी र २३ बर्षीय अनिल राईको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भई रहेको छ । यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट ९ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २९ बर्षीय सरोज आचार्यलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले उर्लाबारी नगरपालिका-५ सिसौली स्थितबाट सोही स्थानका २३ बर्षीय पाल्देन तामाङलाई शंका लागी चेकजाँच गर्ने क्रममा ७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो । यसका साथै उदयपुरको बेलका नगरपालिका-१ प्रहरी बिट आम्बासीको टोलीले रामपुरठोक्सिलाबाट फत्तेपुर तर्फ जाँदै म्याजिक भेनलाई चेकजाँच गर्दा भेनमा सवार बेलका-७ मैनामैनी का ३१ बर्षीय धन बहादुर राईले झोलामा लुकाएको १२ किलोग्राम लागु औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०३-०७

झापा र मोरङको दुई स्थानहरुबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गर्न सफल भएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले असार ७ गते दिउँसो भद्रपुर नगरपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश ०१-०३० च ७७९३ नम्बरको कारलाई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाएर ल्याउदै गरेको ४७ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भए संगै कार चालक काठमाण्डौ महानगरपालिका-२६ का २४ बर्षीय निवेश कुँवर र कारमा सवार लमजुङ की २२ बर्षीया नोजिना रानामगरलाई नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-१० का ३० बर्षीय बरुण लिम्बुलाई ब्राउन सुगर ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैया सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

१ थान पेस्तोल र २ थान खुकुरी सहित भारतीय नागरीक पक्राउ
२०८२-०३-०७

झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्क स्थितबाट एक थान पेस्तोल र  दुई थान खुकुरी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेष्टबंगाल सिलिगुढीका ३५ बर्षीय जय प्रकाश कुमार पाठक रहेका छन । असार ६ गते बेलुका विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट  प्रहरी नायव उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले WB70 G 3232 नम्बरको कारलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाई  छिपाई राखेको MAKE IN INDIA लेखिएको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल-१ थान,  एयर वुलेट-५ राउण्ड, खुकुरी-२ थान बरामद गरेको हो । अवैध हतियार सहित पक्राउ परेका पाठकको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-०६

इलाका प्रहरी कार्यालय दमक झापाले असार ६ गते राती लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-५ स्थितमा कोठा भाडामा लिएर बस्दै आएका गौरादह नगरपालिका-४ का २४ बर्षीय अनुभव दर्नाल लगायत कारोबारमा संलग्न दमक-१ का २६ बर्षीय सुरज कुमाल, दमक-६ का २९ बर्षीय सुमन दर्जी र दमक-७ का ३४ बर्षीय बिर बहादुर पौडेललाई प्रतिबन्धित औषधि Tramadol ८०० क्याप्सुल, ८०० चक्कि Aanargan-35, खैरो हिरोईन ५ सय ५० मिलिग्राम र नगद १० हजार ५ सय रुपैया समेत बरामद गरी सबैलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भई रहेको छ ।

“सुरक्षित"सुरक्षित यात्रा हामी सवैको चाहना, सबैले गरौ ट्राफिक नियमको पालना” भन्ने मुल नाराका साथ कोशी प्रदेशमा ट्राफिक सप्ताहको शुभारम्भ
२०८२-०३-०६

“सुरक्षित यात्रा हामी सवैको चाहना, सबैले गरौ ट्राफिक नियमको पालना” भन्ने मुल नाराका साथ कोशी प्रदेशमा ट्राफिक सप्ताहको शुभारम्भ विराटनगर, २०८२ असार ६ गते । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा  नेपाल प्रहरी राजमार्ग  सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८२ को भब्यताका साथ शुभारम्भ भएको छ । असार ६ गते विराटनगर स्थित महेन्द्र चोकबाट प्रभात फेरी र्‍याली सुरु भई विराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना बिच ट्राफिक सप्ताहको शुभारम्भ भएको हो । निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा  शुभारम्भ भएको ट्राफिक सप्ताह कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवत रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा वहाँले सचेतना मुलक श्रव्यदृश्य सामाग्री “सुरक्षित यात्रा” को औपचारिकरुपमा अनावरण गर्नु का साथै सार्वजानिक यात्रु वाहक बसमा यात्रुहरुको गुनासो तथा सुझावको लागी क्युआर कोडको स्टिकर समेत टाँस गर्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा विश्वास व्यक्त गर्नुका साथै विद्यालय स्तरमा नै ट्राफिक सचेतना प्रदान गर्न सकिएमा दिर्घकालिनरुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने वताउनु भयो । साथै वहाँले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य योगदान पुर्‍याउनु हुने महानुभावहरुलाई योगदानको उच्च कदर गर्दै  प्रसंसा पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीलाई आवश्यक श्रोत साधन उपलव्ध गराउन कोशी प्रदेश सरकार तत्पर रहेको बताउदै सवारी दुर्घटना न्यूनिकरणमा प्रदेश स्तरिय ट्राफिक सप्ताहले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । यसै गरी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले ट्राफिक सप्ताहको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक संतोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुका साथै ट्राफिक सप्ताहको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख गोबिन्द्र अधिकारीले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै सवारी दुर्घटना न्युनिकरणको लागि प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गर्दै प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी  बनाउने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की, आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य, पुर्वि पृताना हे.क्वा. सुनसरीका सहायक रथी गौरव कुमार रेग्मी, सशस्त्र प्रहरी वल बराहबाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुन्धान कार्यालय धरानका अनुसन्धान निर्देशक ईन्द्र सिं लामा लगायत  प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, पुर्व प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात व्यवसायीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु,संचारकर्मीहरु, नागरीक समाज, संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आजकै  मितिबाट एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ भने एक साता सम्म जिल्लाहरुमा बिभिन्न  ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरी ट्राफिक सप्ताह सम्पन्न हुने छ ।    

जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-०३-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय हरैचा, मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक निर बहादुर खड्कालाई २०८२ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा  प्रहरी नायव निरीक्षक खड्काले जेठ २० गते मोरङको ग्रामथान गाउँपालिका -७ बाट बेवारिसे अवस्थामा टाटा सुमो गाडीमा शंका लागि चेकजाँच गर्ने क्रममा २ जना मानिस र ३ सय ४७ किलोग्राम १ सय १० ग्राम गाँजा समेत नियन्त्रणमा लिन सफल भएको साथै फैसला कार्यान्वयन अन्तर्गत कर्तव्य ज्यान मुद्धामा ५ वर्ष कैद फैसला भई फरार रहेका ब्यक्ति र विभिन्न मुद्धामा २० लाख ८२ हजार ८ सय रुपैया जरिवाना तोकिएका १४ जना फरार प्रतिवादीहरुलाई कानूनी दायरामा ल्याउन सफल भएको साथै जेठ २४ गते देखी हराएकी मोरङको ग्रामथान गाउँपालिका -७ की ८९ वर्षीया तिलमाया खड्काको खोजतलासको क्रममा ग्रामथान-६ स्थित  सुनसरी मोरङ सिचाई परियोजनाको नहरमा डुबेको अवस्थामा लाश फेला पारी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा सोही एरियाको एक घरभित्र मृतकले कानमा लगाएका सुनका गहना माटोमुनी गाडेको अवस्थामा फेला पारी थप अनुसन्धानका लागि शंकित व्यक्तिलाई समेत नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन सफल भएको हुँदा निज प्रहरी नायव निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

टिफरको ठक्करबाट १ जनाको मृत्यु
२०८२-०३-०५

मोरङ बिराटनगर महानगरपालिका-३ भित्रि सडक खण्डमा टिफरको ठक्करबाट १ जनाको मृत्यु  भएको छ ।  असार ०४ गते  दिउँसो को.१ क ९५३ नम्बरको टिफरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-०२-०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक मोरङ सुन्दरहरैंचा-१२ का २० वर्षीय पृतम बजगाई र स्कुटर पछाडि सवार ५० वर्षीय  सुसिल बजगाईलाई तत्काल उपचारको लागी बिराट टिचिङ्ग अस्पताल लगिएकोमा पछाडि सवार सुसिल बजगाईलाई चिकित्सकले चेकजाँचको क्रममा  मृत घोषणा गरेका थिए ।  दुर्घटनामा संलग्न टिफर चालक मोरङ कानेपोखरी गाउँपालिका-३ का ३३ वर्षीय कुलदिप चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।      

४ हजार २ सय ३० किलोग्राम लागू औषध गाँजा सहित २ वटा ट्रक नियन्त्रणमा
२०८२-०३-०३

सुनसरीको धरान उप- महानगरपालिका-१३ र इटहरी उप-महानगरपालिका-२० स्थितबाट ४ हजार २ सय ३० किलोग्राम लागू औषध गाँजा बोकेको २ वटा ट्रक प्रहरीले  नियन्त्रणमा लिएको छ । असार २ गते धरान-१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १-०२-००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो । यसै गरी असार ३ गते इटहरी-२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना. ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याक गरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपी ल्याउदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम  गाँजा बरामद गरेको हो । लागू औषध गाँजा बरामद भएसंगै ट्रक चालक धनकुटा शहिदभुमी गाउँपालिका-६ का राजेन्द्र राई सहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र- ९ का सुमन राईलाई नियन्त्रणमा लिईएको छ । चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका-८ का नारायण प्रसाद राईलाई ९ किलो ९०० ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०३-०३

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले  पक्राउ गर्न सफल भएको छ  । असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा कन्काई नगरपालिका-४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई लागू औषध ब्राउन सुगर २१ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको छ, सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट दमक नगरपालिका-१ का ३२ वर्षीय बिजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीको साथबाट १३ ग्राम ३ सय ६० मिलिग्राम ब्राउन सुगर  बरामद गरी दुबैजनालाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरले सुनसरीको इटहरी उप-महानगगरपालिका-२ का ३० वर्षीय पंकज खत्रीलाई लागू औषध ब्राउन सुगर  ४ ग्राम ११ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी र खैरो हिरोइन सहित ४ जना पक्राउ
२०८२-०३-०२

मोरङ र झापाको विभिन्न स्थानहरुबाट प्रतिवन्धित औषधी र खैरो हिरोइन सहित ४ जनालई प्रहरीले पक्राउ गरेको छ । असार १ गते राती विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका-४ का ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय  दिपेश खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २२ वर्षीय निजाम मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले दमक-७ का १९ वर्षीय पुष्कर मगरलाई प्रतिवन्धित औषधी ६ सय २० चक्की सहित नियन्त्रणमा लिन सफल भएको हो ।  

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८२-०३-०२

इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । असार १ गते साँझ इलामको इलाम नगरपालिका-११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका-९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो भने निजकै ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई-९ जितपुर का २२ बर्षीय आइत बहादुर लिम्बुको BNC अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ । यसैगरी असार १ गते राती मोरङको ग्रामथान गाउँपालिका-५ तेतरीया स्थित घिनाघाट सडक खण्डमा को ३३ प ६८१६ नम्बरको मोटरसाईकल आफै अनिन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार ग्रामथान-४ का २२ बर्षीय सुरज सरदारको उपचारको क्रममा बिराट नर्सिङ होम अस्पताल विराटनगरमा मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २० बर्षीय दिवेश सरदार र पछाडी सवार १९ बर्षीय राजु उरावँको सोही अस्पतालमा उपचार भई रहेको छ । 

धनकुटा जिल्लामा चल्ने सार्वजानिक सवारी साधनहरुमा टाईम कार्ड लागु
२०८२-०३-०१

धनकुटा जिल्लामा चल्ने यात्रु वाहक सवारी साधनहरुमामा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गरी यात्रु महानुभावहरुको सुरक्षित यात्राको लागी कोशी लोकमार्ग अन्तरगत भेडेटार देखि सिधुवा सम्मका रुटमा चल्ने यात्रुवाहक सवारी साधनमा टाईम कार्ड लागु गरिएको हो । असार १ गते साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आतिथ्यतामा यात्रु वाहक सार्वजानिक सवारी साधनमा टाईम कार्डको शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले टाईम कार्ड लागु भए पश्चात सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गर्नु हुँदै चालकहरुले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखि निर्धारित समय तालिकाको पालना गरी सवारी चलाउन अनुरोध गर्नु भएको थियो । भने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले तिव्र गतिको कारण हुने सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थानपनको लागी धनकुटा जिल्लामा सार्वजानिक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको बताउनुका साथै धनकुटा जिल्लामा टाईम कार्डको प्रयोगलाई प्रभावकारी बनाउन यातायात व्यवसायी, चालक तथा सहचालक लगायत सम्पुर्णमा अनुरोध गर्नु भएको थियो । कार्यक्रममा साँगुरिगढी गाउँपालिकाका प्रमुख जितेन्द्र राई, नेपाली सेना भिम दल गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापा, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख सप्रनाउ मदन नाथ, राष्ट्रिय अनुसन्धान बिभाग धनकुटाका प्रमुख रुद्र बहादुर गुर्बछान, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक लगायत स्थानिय महानुभावहरुको उपस्थिति रहेको थियो ।

हेवा खोलाको निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु
२०८२-०३-०१

मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ स्थित हेवा खोलामा रहेको निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन । मृत्यु हुनेमा बारा सिमरा उप-महानगरपालिका-१२ का २२ बर्षीय रुपलाल चौधरी, २७ बर्षीय राजन चौधरी र २२ बर्षीय राकेश चौधरी रहेका छन । जेठ ३१ गते बेलुका बेलीबृज जडान गर्ने क्रममा अचानक भाँचिदा घाईते भएका कामदारहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी सहितको प्रहरी टोलीले तत्काल उद्धार गरी पाँचथर अस्पतालमा ल्याई थप उपचारको लागि विराटनगर स्थित नोवेल अस्पताल पठाएकोमा डाक्टरले चेकजाँचको क्रममा तीन जनालाई मृत घोषणा गरेको हो । गम्भिर घाईते भएका बारा सिमरा उप-महानगरपालिका-१२ का २५ बर्षीय भुनेश्वर चौधरी, ३५ बर्षीय प्रकाश चौधरी र ३० बर्षीय अभिषेक चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०३-०१

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जेठ ३१ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-२ स्थित स ६ प.१२९५ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दै गरेका साईकल यात्री भारतको कलकत्ता घर भई हाल सोहि स्थानमा बस्दै आएका ६५ बर्षीय निर्मल साहलाई ठक्कर दिदा घाईते भएका उनको धरानको घोपामा उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकल चालक सप्तरीको डाक्नेश्ववर नगरपालिका-५ का ३५ बर्षीय जितेन्द्र मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरंङको रंगेली नगरपालिका-७ स्थितमा को.२ च. १३०० नम्बरको पिकअप गाडी डिभाईडरमा ठक्कर खाई दुर्घटना हुँदा चालक विराटनगर-८ का ४५ बर्षीय चेतराज खनालको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु ।
२०८२-०२-३१

उदयपुर र खोटाङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जेठ २९ गते उदयपुरको बेलका नगरपालिका-५ कि १७ वर्षीया  दुर्गा कार्की आफ्नै घर छेउमा रहेको कुखुराको फर्ममा काम गर्ने गरिरहेको अवस्थामा करेन्ट लागी घाईते भएकिमा तत्काल उपचारको लागी स्थानिय नगरअस्पताल लगिएकोमा उपचारको क्रममा उनको  मृत्यु भएको हो । त्यसैगरी खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ का ५३ वर्षीय  रामेश्वर राईले आफ्नै घरमा बिधुतको तार निकाल्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ । 

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ४ जन पक्राउ
२०८२-०२-३१

मोरङ र सुनसरीको विभिन्न स्थनाहरुबाट प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्रउ गरेको छ । जेठ ३० गते बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले  चेकजाँचको क्रममा सुनसरी-१५ का २७ वर्षीय पहल मगरलाई ब्राउन सुगर १ ग्राम ७७ मिलिग्राम सहित र प्रहरी चौकी राजघाटले मोरङ उर्लाबारी-९ का २३ वर्षीय विवेक लिम्बुलाई ३५ मिलिग्राम ब्राउन सुगर साहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय धरानले  धरान उप-महानगरपालिका-१० का २३ बर्षीय दिपेश जैसवाल र ३० वर्षीय कराम आङला लिम्बुलाई प्रतिबन्धित औषधी १९४ चक्की सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०२-३०

धनकुटा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २९ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका-१० सिन्धुलीका ३३ बर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै ओसार पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका-२ का ३३ बर्षीय सुमन माझी समेतलाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी रेल्वेले धरान- १६ बाट सोही स्थानका ३४ बर्षीय रोहित बिष्टलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ बाट प्र.१-०२-००१ज ४५२७ नम्बरको गाडी भित्रबाट १० किलोग्राम गाँजा फेला पारी चालक धनकुटा नगरपालिका-९ का २० बर्षीय बालकृष्ण मगरलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

इलाम जिल्लाका स्थानीयबासी, नागरिक समाजहरुसँग परिचय तथा अन्तरक्रिया
२०८२-०२-२९

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय इलाम पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले इलाम जिल्लाका नगर प्रमुख केदार थापा , स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाजहरु तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्नु भई अन्तरक्रिया तथा छलफल गर्नु भएको छ । छलफलको क्रममा स्थानीय नागरिक र प्रहरी बिचको सहकार्य र समन्वय, लागू औषधको ओसारपसार, अपराधका घटना न्यूनिकरणको लागि स्थानीयबासीको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नुका साथै बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा प्रहरीसंग भएको साधन स्रोत सहित जिल्लाबासीको सुरक्षामा तत्काल परिचालन हुने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एक नारायण कोईराला, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण
२०८२-०२-२९

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वँहाले कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणकै क्रममा वहाँले स्थानीय स्तरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनिकरण लगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी आत्महत्याको बड्दो दरमा कमी ल्याउन सकिने बिश्वास ब्यक्त गर्नुभयो । साथै पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला इलाममा शान्ति सुरक्षा कायम राख्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउनका साथै फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिबादीहरु पक्राउ अभियानलाई तिबत्रा दिन समेत वँहाले निर्देशन दिनुभएको छ ।यसका साथै वर्षायामको समयमा पहाडी जिल्लाहरुमा हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन समेत वँहाले निर्देशन दिनु भएको थियो ।  निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले प्रदेश प्रहरी प्रमुख कार्कीलाई इलाम जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु लगायतका विषयहरुमा अवगत गराउनु भएको थियो ।

“पर्यटक प्रहरी अनुशिक्षण” समापन
२०८२-०२-२९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भईरहेको ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” को समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा जेठ २९ गते प्रहरी उपरीक्षक दिपक पोखरेलको प्रमुख आतिथ्यतामा उक्त तालिमको समापन भएको हो । तालिम समापन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी उपरीक्षक पोखरेलले कोशी प्रदेशमा रहेका बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणीय पर्यटकिय स्थलहरुको अवलोकन र भ्रमण गर्न  विदेशी तथा स्वदेशी पर्यटकको आवागमन हुने हुँदा आवश्यक शान्ति सुरक्षा लगायत विविध दृष्टिकोणले सहजिकरणको लागि पर्यटक प्रहरी परिचालन गर्नुपर्ने आवश्यकताको महशुस गरी पर्यटक प्रहरी अनुशिक्षण संचालन गरिएको बताउनु भयो । साथै वँहाले कोशी प्रदेश पर्यटन वर्ष,२०८२ मनाउने क्रममा नेपाल आएका पर्यटकहरुलाई सत्कार र सम्मानका साथ समस्याको पहिचान गरी गुणस्तरीय सुरक्षा प्रदान गर्न तथा नेपालको भविष्य जोडिएको पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई सम्पन्न र समृद्ध बनाउनको निम्ति तालिमबाट थप टेवा प्राप्त हुने बिश्वास ब्यक्त गर्नु भयो । वँहाले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुले अनुशिक्षणमा सिकाईएका कुराहरुलाई कार्य क्षेत्रमा ब्यबहारमा लागु गरी त्रुटि रहित तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ध्रुब कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु भएको थियो । कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान सम्मका ६० जना प्रहरी कर्मचारीहरु सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक आर्किट्रेक्चर हरि डंगोल, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कार्मचारीहरुको उपस्थिति रहेको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट ताप्लेजुङ जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग परिचयात्मक तथा अन्तरक्रिया ।
२०८२-०२-२९

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले ताप्लेजुङ जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ । जेष्ठ २८ गते फुङ्लिङ नगरपालिका- ५ स्थित जानुईन होटलमा पूर्व सामाजिक विकाश मन्त्री बल बहादुर साम्सोहाङको प्रमुख आतिथ्यतामा भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले ताप्लेजुङ जिल्लामा लागूऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण गर्न प्रहरीले कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको साथै लागूऔषध लगायत अन्य अपराधका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न स्थानियबासीहरुको अहम भुमिका हुने हुँदा प्रहरी र नागरिक विचको सम्बन्ध सुदृढ बनाई सामुहिक भावनाका साथ अगाडि बढेमा पक्कै पनि ताप्लेजुङ जिल्ला शान्ति सुरक्षा प्रभावकारी हुने बिश्वास सम्पूर्णमा दिलाउनु भयो ।धार्मिक तथा पर्यटकिय ताप्लेजुङ जिल्लामा पाथीभरा माताको दर्शन गर्न देश तथा विदेशबाट आउनु हुने श्रद्धालु भक्तजनहरुको सुरक्षा, आगलागी, बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा जिल्लाबासीको सुरक्षामा आफुसंग भएको साधन स्रोत सहित प्रहरी तत्काल परिचालन हुने बताउनु भयो ।उक्त कार्यक्रममा स्थानियबासी, जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, व्यापार संघ, नागरिक समाज, संचारकर्मी, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतम लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।   

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०२-२९

ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका-११ का २१ बर्षीय रोमन विश्वकर्मा,  सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि.क, फक्तालुङ गाऊपालिका ३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ । त्यसैगरी पाँचथरको फिदिम नगरपालिका- ४ बाट ५३० मिलिग्राम ब्राउन सुगर सहित फिदिम नगरपालिका- १ का ३० बर्षीय सागर लिम्बु र झापा बिर्तामोड घर भई हाल सोहि स्थान बस्दै आएका ३४ बर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्री नेपाली सेना वार कलेज नगरकोटका सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुको स्थलगत भ्रमण
२०८२-०२-२८

श्री नेपाली सेना वार कलेज नगरकोटका सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुले स्थलगत भ्रमणको क्रममा प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । श्री नेपाली सेना वार कलेज, नगरकोटका सहायक रथीज्यूहरु लगायत कलेजमा संचालन भईरहेको सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थी महासेनानिज्यूहरुले प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । अध्ययन भ्रमणको क्रममा जेठ २८ गते पाल्नु भएका सहायक रथी विष्णु कुमार खड्का सहितको समुहलाई कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा वहाँहरुले कोशी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको अवलोकन भ्रमण गर्नु भएको थियो । भ्रमण पश्चात वँहाहरुलाई प्रहरी उपरीक्षक पोखरेलले प्रदेशको शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिबिधिको अवस्था र प्रकृती, public law and order maintenance मा देखिएका चुनौतीहरु साथै नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरु विचको समन्वयको अवस्था र अपेक्षाहरुको सम्बन्धमा प्रस्तुतिकरण राख्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण
२०८२-०२-२७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भएको छ । जेठ २७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीको आचरण तथा व्यवहारमा सुधार ल्याई आपसी भाईचारा तथा सहयोगी भावनाको साथ आफ्नो काम कर्तव्य, जिम्मेवारीलाई सदैव प्राथमिकतामा राखी संगठनको हित र उद्धेश्यलाई सर्वोपरी ठानी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्नु पर्ने बताउनु भएको छ । साथै वँहाले कोशी प्रदेश पर्यटन वर्ष,२०८२ को अवसरमा धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको पहाडी जिल्ला ताप्लेजुङमा भ्रमणको लागी आउनु हुने पर्यटकहरुको यात्रा सहज र सरल बनाई सत्कार र सम्मानका साथ गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । साथै  शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न प्रहरी सेवाको पहुँच पुर्‍याउन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । यसका साथै वर्षायामको समयमा पहाडी जिल्लाहरु हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन समेत वँहाले निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा ताप्लेजुङ पुग्नु भएका प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी वरिष्ट हवल्दार सन्तोष कुमार तामाङलाई पुरस्कृत गर्नु भएको छ । पुरस्कृत हुने तामाङले जेठ ११ गते ताप्लेजुङको फक्तालुङ गाउँपालिका-३ का २८ बर्षीय टेकेन्द्र लिम्बुलाई खुकुरी प्रहार गरी कर्तब्य गरी मारेर फरार भएका फुङलिङ नगरपालिका-६ का ३० बर्षीय अर्जुन गुरुङलाई खुकुरी सहित पक्राउ गर्न सफल हुनु भएकोले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै प्रदेश प्रहरी प्रमुखले वँहालाई पुरस्कृत गर्नु भएको हो ।  

पाँचथर जिल्लाका स्थानीयबासी, नागरिक समाजहरुसँग परिचय तथा अन्तरक्रिया ।
२०८२-०२-२७

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पाँचथर जिल्लाका समन्वय समिति प्रमुख राम राज आङदम्बे, पाँचथरका जिल्लाका नगर प्रमुख मित्र प्रसाद काफ्ले, स्थानीयबासी, जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, व्यापार संघ, नागरिक समाज, संचारकर्मी लगायतका महानुभावहरुसंग परिचय तथा अन्तरक्रिया गर्नु भएको छ । जेष्ठ २७ गते जिल्ला प्रहरी कार्यालय पाचँथरको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले स्थानीय स्तरमा भएका समस्या र गुनासोहरुको बारेमा जानकारी लिनु हुँदै जिल्लाको शान्ति सुरक्षा, स्थानीय नागरिक र प्रहरी बिचको सहकार्य, लागू औषधको ओसारपसार, अपराधका घटना न्यूनिकरणको लागि स्थानीयबासीको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । साथै वहाँले दैवि प्रकोपको समयमा जनधनको उद्दारको लागी स्थानीय स्तरबाट प्रहरीलाई साथ र सहयोगको अपेक्षा गर्नुको साथै साथै ट्राफिक ब्यवस्थापनको बिषयमा समेत नागरीकहरु सचेत भएमा सवारी दुर्घटनाका घटनामा कमी हुने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण,
२०८२-०२-२७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जेष्ठ २७ गते जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु समेतलाई आवश्यक निर्देशन दिनुभएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीको आचरण, व्यवहारमा सुधार ल्याई अनुशासित भई चेन अफ कमाण्ड अनुसार दैनिक काम काम कारबाही गर्न निर्देशन दिनुभयो । साथै वहाँले गरिब, पिडित, असहायहरुलाई पहिलो प्राथमिकतामा राख्दै सम्पुर्ण नागरीक प्रति समान ब्यवहारका साथ मिठो बोली बचन र ब्यवहारका साथ प्रदर्शन हुन निर्देशन दिनुभयो । निर्देशनकै क्रममा वहाँले सुरक्षाकर्मी शारिरीक तथा मानसिक रुपमा स्वस्थ्ये र सुरक्षित भए मात्र आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन सक्ने भएको हुँदा प्रहरी मानसिक तथा शारिरीक रुपमा स्वस्थ्य रहन र बर्षातको समयमा हुने विपदका घटनाहरुमा तत्काल उद्दार कार्यमा आवश्यक उद्दार सामाग्री सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाचँथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले प्रदेश प्रहरी प्रमुख कार्कीलाई पाँचथर जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु लगायतका विषयहरुमा अवगत गराउनु भएको थियो ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०२-२७

मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं.३ बस्ने ३५ बर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ । यस्तै हिजो राती सँवा ८ बजे झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने ४२ बर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ बर्षीय अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ०४० मिलिग्राम सहित पक्राउ गरिएको छ भने हिजै बेलुका साँढे ६ बजे उदयपुर त्रियुगा नगरपालिका ११ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोतेलाई लागू औषध ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८२-०२-२६

मोरङ र पाँचथरबाट हिजो जेठ २५ गते लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ र लागू औषध विशेष ब्युरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ बर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, २ लाख ८८ हजार २५० र २ वटा डिजिटल तराजु सहित उनकै घरबाट पक्राउ गरेको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले ४ ग्राम ५८० मिलिग्राम सहित सुन्दरहरैचा-३ का २१ बर्षीय निरन लिम्बुलाई विराटनगर महानगरपालिका १६ स्थितबाट र इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी २ लालभित्ती स्थितबाट सोही स्थानका २८ बर्षीय बिट्टु भगत र सुन्दरहरैचा-१२ का ३४ बर्षीय मिथलेस शर्मालाई २५० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै पाँचथरको फिदिम नगरपालिका- २ बाट ३  ग्राम ५१० मिलीग्राम ब्राउन सुगर सहित २७ बर्षीय दिपेन केरुङ, २३ बर्षीय बिरबल राई, ३० बर्षीय गणेश सुजी, ३२ बर्षीय पर्वत तामाङ र १९ बर्षीया रिदिमा बर्देवालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०२-२५

सुनसरी र ताप्लेजुङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी-१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाईकल चालक धनकुटा- ९ का २१ बर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र-१ बाट पक्राउ गरेको छ । त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका- ७ घर भई हाल फुङलिङ- ६ स्थित डेरा गरी बस्दै आएका २६ बर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित उनकै कोठाबाट र बेचबिखानमा संलग्न भारत दार्जलिङका २३ बर्षीय नितेन वर्मनलाई फुङलिङ-२ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित १७ जना पक्राउ
२०८२-०२-२४

झापा, सुनसरी र इलामबाट लागुऔषध सहित १७ जना पक्राउ परेका छन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत लागू औषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण गर्न परिचालन भएको प्रहरी टोलीले जेठ २३ गते झापाको मेचीनगर-१३ स्थितबाट सोही स्थानका ३५ बर्षीय लक्ष्मि सोरेन, २६ बर्षीय बिष्णु मग्राती र मोरङ लेटाङका २९  बर्षीय सन्तोस परियारलाई १ ग्राम १५० मिलिग्राम र शिवसताक्षी नगरपालिका- १ का २६ बर्षीय प्रनिस मुखिया, २४ बर्षीय तेज बहादुर दर्जीलाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट सोही स्थानका हिमाल कुमार मण्डल, करण कुमार मण्डल, २१ बर्षीय दयानन्द कुमार यादव, ईटहरी-५ का ३३ बर्षीय अजय चौधरी, ‍धरान -‍१७  का २७ बर्षीय बिवेक बिश्वकर्मा, संगम राई, १९ बर्षीय किरण राई, बराहक्षेत्र-७ का २२ बर्षीय कौशल कालिकोटे र २० बर्षीय याकुव राईलाई २२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सोही दिन इलामको इलाम नगरपालिका-७  स्थितबाट सोही स्थानका २६ बर्षीय रुपन राई, देउमाई नगरपालिका- २ का २९ बर्षीय पासाङ शेर्पा र माई नगरपालिका- १ का २१ बर्षीय अबिरल राईलाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०२-२३

झापाबाट ३ जना र  सुनसरीबाट १ जना लागू औषध सहित पक्राउ परेका छन् । जेठ २२ गते झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ब्राउन सुगर २ ग्राम सहित मकवानपुर हेटौडा ३ का २१ बर्षीय डेबिड लामा र बिर्तामोड नगरपालिका-२ का २९ बर्षीय संजय चौधरीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-१ का २९ बर्षीय सुजन कन्दङ्वालाई ब्राउन सुगर १ ग्राम सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले धरान-१६ का ३० बर्षीय गोपाल राईलाई प्रतिवन्धित औषधी ५६९ चक्की र नगद ३७ हजार रुपैया सहित पक्राउ गरिएको छ ।

खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको डुवी मृत्यु एक घाईते
२०८२-०२-२२

संखुवासभाको मादी नगरपालिका-९ फविङ स्थित पिलुवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर पाँचखपन नगरपालिका-९ का लोक मान लिम्बु को १३ बर्षीया छोरी समिक्षा लिम्बुको मृत्यु भएको छ भने चैनपुर नगरपालिका-२ का काली बहादुर राईको १३ बर्षीया छोरी दिक्षा राईलाई घाईते भएकि छिन । जेठ २१ गते पिलुवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएको जानकारी पाउनासाथ प्रहरी चौकी नुनढाकीबाट प्रहरी टोली खटि स्थानियको सहयोगमा समिक्षा लिम्बुलाई मृत अवस्थामा र दिक्षा राईलाई घाईते अवस्थामा उद्दार गरेको थियो । दिक्षा राईको बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा थप उपचार भईरहेको छ  ।

"पर्यटक प्रहरी अनुशिक्षण” तालिमको समुद्‍घाटन
२०८२-०२-२२

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा संचालन हुने ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिमको समुद्‍घाटन भएको छ । जेठ २२ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । तालिम समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बिश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकिय स्थल रहेको हाम्रो देश नेपालमा भ्रमणको लागी आउनु हुने विदेशी तथा स्वदेशी पर्यटकहरुको आवागमन स्थल तथा भ्रमण स्थलहरुमा सुरक्षा व्यवस्था मजवुद बनाउन तथा उनिहरुको यात्रामा समन्वय र सहजिकरण गर्न पर्यटक प्रहरी परिचालन गर्नुपर्ने आवश्यक रहेकोले प्रहरी कर्मचारीहरुलाई “पर्यटक प्रहरी अनुशिक्षण”  तालिम प्रदान गरिएको बताउनु भयो ।  यसका साथै वहाँले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिमबाट धेरै भन्दा धेरै ज्ञान आर्जन गरी कार्य क्षेत्रमा गरी त्रुटि रहि तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भएको छ । उक्त अनुशिक्षण तालिममा ४ जना प्रहरी निरीक्षक सहित ६० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।    

खुकुरी प्रहार गरी हत्यामा संलग्न १ जना पक्राउ
२०८२-०२-२१

ताप्लेजुङको फुङलिङ नगरपालिका-६ का २८ बर्षीय तेजेन्द्र लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ३२ बर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।  जेठ २१ गते राती पौने १ बजे फक्क्तालुङ  गाउँपालिका-३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र उनको श्रीमती सरिता लिम्बु विच सामान्य बिवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुको साथ लगाई उनिहरुकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरुङले एक्कासी धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ-९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किलोग्राम गाँजा बरामद
२०८२-०२-२१

सुनसरीको हरिनगर गाउँपालिका-५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा १ हजार १ सय २० किलिग्राम गाँजा प्रहरीले वरामद गरेको छ । जेठ २० गते खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोली खटि गई कटान खोला बगरमा  खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको १ हजार १ सय २० किलिग्राम  गाँजा फेला पारेको हो । बरामद भएको गाँजा  जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याईएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।  

करेन्ट लागेर १ जनाको मृत्यु
२०८२-०२-२१

भोजपुरको भोजपुर नगरपालिका-९ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका-९ का ४२ बर्षीय आङतेम्बा शेर्पा रहेका छन । जेठ २० गते अपरान्ह ३ बजे शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाईनमा छुन पुगि करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको छ ।  

खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किलोग्राम गाँजा बरामद
२०८२-०२-२१

सुनसरीको हरिनगर गाउँपालिका-५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा १ हजार १ सय २० किलिग्राम गाँजा प्रहरीले वरामद गरेको छ । जेठ २० गते खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोली खटि गई कटान खोला बगरमा  खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको १ हजार १ सय २० किलिग्राम  गाँजा फेला पारेको हो । बरामद भएको गाँजा  जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याईएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।