प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०४-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी सहायक निरीक्षक गणेश थापा र प्रहरी हवल्दार रेवती प्रसाद ढकाललाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा अस्थायी प्रहरी चौकी चाँदबेला, सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक गणेश थापाले गस्तीको क्रममा राउण्ड ३ गोली लोड भएको १ थान चाइनिज पेस्तोल सहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवती प्रसाद ढकालले  जिल्लाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर ४७.२९ ग्राम, प्रतिबन्धित औषधी १८२१० ट्याबलेट सहित ओसारपसारमा संलग्न व्यक्ति तथा सवारी साधनहरु, कोशी गाउँपालिका-७ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्था रहेको ३०८ किलोग्राम गाँजा र धरानका विभिन्न स्थानबाट ४०४ किलोग्राम गाँजा समेत नियन्त्रणमा लिनुका साथै अपराध रोकथाम, अनुसन्धान गर्ने कार्य र फैसला कार्यान्वयन अन्तर्गत उल्लेख्य सङ्ख्यामा फरार प्रतिवादीहरु पक्राउ गरी आम नागरिकहरुमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा निज प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०४-०४

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट  साउन ०३ गते लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाले बिर्तामोड नगरपालिका-३ का २७ बर्षीय अजय सहनीलाई ६ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा झापाले इलामको चुलाचुली गाउँपालिका-४ का ३५ वर्षीय पूर्ण कुमार राईलाई २२ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का ३० वर्षीय प्रकाश खड्का, ३१ वर्षिय रबिन राई, २५ वर्षीय आकाश गुरुङ र २४ वर्षीय सबिन गुरुङलाई ट्रामाडोल १७ क्याप्सुल र स्पास १७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१३ स्थितबाट प्रतिबन्धित औषधी  NITZASCEN-३० ट्याब्लेट र स्पास्मो प्रोक्सिबन-४० क्याप्सुल सहित इटहरी-९ का संदिप खड्कालाई पक्राउ गरेको छ ।  यस्तै इलाका प्रहरी कार्यालय लौकहीले इटहरी-९ का २१ वर्षीय संगम श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम सहित, प्रहरी चौकी भरौलले रामधुनी नगरपालिका-७ का २३ वर्षीय समिर चौधरी र रामधुनी-२० का समिर चौधरीलाई ट्रामडोल-१७८ क्याप्सुल, बिभिन्न प्रकारका  ट्याब्लेट-११२ चक्की सहित र अस्थायी प्रहरी चौकी बरगाछीले धरान-८ स्थितबाट सोही स्थानका २१ वर्षीय उमङ्ग राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल-६१२ क्याप्सुल र  क्लारो- ५८० चक्की सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-०१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर २ ग्राम ७८० मिलिग्राम बरामद भएको छ । -------------------           ---------------------------               ------------------------              ---- --------- सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वर कुमार कार्कीलाई १ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र को १७ प ८३२९ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । यसैगरी झापाको इलाका प्रहरी कार्यालय केचनाले कचनकवल गाउँपालिका–२ का ३२ वर्षीय विशाल गाईने र २३ वर्षीय सिद्धार्थ गाईनेलाई १८० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका–६ का २४ वर्षीय शिवलाल किस्कु सतार र २३ वर्षीया रुबिना महरालाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०३-३२

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर ४१ ग्राम १९६ मिलिग्राम र १ थान स्कुटी बरामद भएको छ । ....................... ....................... .................................. ............................... .................................... लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट रंगेली नगरपालिका- ६ र ७ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मलद्धवारमा कालो प्लाष्टिकको पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ३१ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर फेला पारी बरानद गरेसगै बेचबिखानमा संलग्न पथरी शनिश्चरे नगरपालिका- १ का भुपाल कार्की, इलाम चुलाचुली गाउँपालिका- १ घर भई हाल पथरी शनिश्चरे- १ स्थित बस्दै आएका २३ बर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० बर्षीया भुमिका फागोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको इटहरी- ४ बाट इलाका प्रहरी कार्यालय इटहरीले ९१० मिलिग्राम र को. २७ प ८७३७ नम्बरको स्कुटि सहित कानेपोकरी गाउँपालिका- ५ का २८ बर्षीय बिनोद बयाँलकोटी, सप्तरी हनुमाननगरका २५ बर्षीय रोशन पाण्डे र लेटाङ नगरपालिका-५ की २९ बर्षीय स्मृती मगरलाई पक्राउ गरेको हो भने धरान- ५ बाट अस्थायी प्रहरी चौकी देउरालीले सोहि स्थानका चोक्मान तामाङलाई १ ग्राम ६४० मिलिग्राम सहित र धरान- १९ बाट वडा प्रहरी कार्यालय धरानले सोहि विजय लिम्बु र पुर्ण श्रेष्ठलाई १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले बिर्तामोड नगरपालिका- १ का ३० बर्षीय मो. सदाम हुसेन र भारत घर भई हाल बिर्तामोड नगरपालिका- ५ स्थित बस्दै आएका १९ बर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका- ३ का रमेश थेगिमलाई ६ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-३१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ७१ ग्राम ९१० मिलिग्राम बरामद भएको छ । चेकजाँचको क्रममा मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले प्र.१–०२–०४९ प ५८७८ नम्बरको मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–१ बस्ने २५ वर्षीय सुनिल पासवानलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–४ का  सुनिल राईलाई ६१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद ७२ हजार सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय दमकले इलामको माङसेबुङ गाउँपालिका–३ का अम्बर साम्बालाई ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी गरामनीले भद्रपुर नगरपालिका-४ का मनिष लिम्बुलाई १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले धरान उपमहानगरपालिका–१८ का सौगात सुनुवारलाई ७ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर र को २८ प २४३२ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-२९

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा ५ किलो १०५ ग्राम, ब्राउन सुगर १०७ ग्राम ६०५ मिलिग्राम बरामद भएको छ । ....................... ....................... .................................. ...................................... .............................. झापाको दमक नगरपालिका- ६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले गौरादह नगरपालिका- १ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर र प्रदेश न.१-०१-०१८ प ७७०७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने संखुवासभाको खाँदबारी नगरपालिका- ५ का ७० बर्षीय भिम बहादुर तामाङलाई उनकै घरबाट लुकाई छिपाई राखिएको प्लास्टिक सहित ५ किलो १०५ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । यसै गरी बिशेष सूचनाको आधारमा लागू औषध  नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका- १ का २५ बर्षीय जमालउद्दीन मिया र २५ बर्षीय इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा २ किलो ९५७ ग्राम, ब्राउन सुगर ७ ग्राम ९४० मिलिग्राम बरामद भएको छ ।....................... ....................... .................................. ...................................... .....................संखुवासभाको जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित रत्न बहादुर मगरको घरमा खानतलासी गर्दा घरभित्र बोरामा लुकाईछिपाई राखेको २ किलो ९५७ ग्राम गाँजा बरामद गरी स्थानीय ७० वर्षीय रत्न बहादुर मगरलाई पक्राउ गरिएको छ ।यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR38V0784 नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा लुकाईछिपाई राखेको १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरी चालक कोशी गाउँपालिका–६ का सुरेन्द्र महत्तोलाई पक्राउ गरिएको छ । यसैगरी चेकजाँचकै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१ आदर्श टोलस्थित इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० का ३६ वर्षीय हरी प्रसाद पराजुलीलाई ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।यसैगरी झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीस्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, जिल्ला अररिया, पलासीका मोहम्मद मुक्तर र नसाद आलमको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई पक्राउ गरिएको छ ।त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलस्थित एक घरमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित कानेपोखरी गाउँपालिका–५ का १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका–३ का २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-२७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ब्राउन सुगर ७ ग्राम ५२० मिलिग्राम, स्पास्पेन २५० ट्याब्लेट बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितमा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा चालक सिराहा लहान नगरपालिका–२२ का सन्दिप चौधरीको साथबाट ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  चेकजाँचकै क्रममा सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१६ का बिनोद लिम्बु र मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का दिपेश चौधरीलाई शङ्काको चेकजाँच गर्दा ३ ग्राम ७४० मिलिग्राम औषधि स्पास्पेन २५० ट्याब्लेट बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के, बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२६

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाईसाइक्लोमाइन- ५ बोतल, ३ थान मोटरसाईकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र उनका छोरा विकास यादवलाई ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर, २०८ ग्राम गाँजा, प्रतिबन्धित लागू औषधी स्पास्मो- ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा विराटनगर महानगरपालिका-८ का शिवकुमार रायलाई प्रतिबन्धित लागू औषध ESKUF-DX  ५ बोतल सहित अस्थायी प्रहरी चौकी मटेरुवाले र पथरीशनिश्चरे नगरपालिका–१ का राज राई र  पथरीशनिश्चरे -८ का नर बहादुर विश्वकर्मालाई ६४० मिलिग्राम ब्राउन सुगर, प्र.१–०२–००२ च ८९२० नम्बरको कार  र मे.५ प ४९५९ नम्बरको मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले कमल गाउँपालिका–५ का अनिल धिमाललाई २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले भारत किशनगञ्जका अल्ताप अन्सारी र बिर्तामोड-५ का सुरज चौधरीलाई ४ ग्राम २४० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको जहदा गाउँपालिका–१ स्थित सडक खण्डबाट बा.१२ च ७५५२ नम्बरको कारमा १९ किलो ३२० ग्राम गाँजा र ब्राउन सुगर ६० ग्राम बरामद भएको छ भने कार चालकको खोजी कार्य भइरहेको छ ।

नेपाली सेनाका हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुको अवलोकन भ्रमण
२०८३-०३-२५

नेपाली सेनाका हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुले अध्ययन भ्रमणको शिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको स्थलगत अवलोकन भ्रमण गर्नु भएको छ । असार २५ गते अध्ययन भ्रमणको शिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालयमा आउनु भएका नेपाली सैनिक वार कलेज नगरकोटमा संचालन भईरहेको सि.सं. १४ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी  महासेनानीहरुको टोलीलाई कोशी प्रदेश प्रहरी कार्यालयमा स्वागत गर्दै प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले कोशी प्रदेश प्रहरीको प्रशासनिक गतिविधि, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा, प्रहरी कार्य एवं ट्राफिक व्यवस्थापन, विद्यमान सुरक्षा चुनौती, विपद् व्यवस्थापन, सूचना प्रविधिको प्रयोग, समुदाय–प्रहरी साझेदारी तथा सुरक्षा निकायहरूबीचको समन्वय, सहकार्य र असल अभ्यास  सहित बिविध बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रमका क्रममा सहभागी महासेनानीहरूहरुबाट उठेका विभिन्न जिज्ञासाहरुको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले सम्वोधन गर्नुका साथै वर्तमान सुरक्षा परिवेशमा नेपाल प्रहरी र नेपाली सेनाबीचको समन्वय, आपसी सहकार्य तथा सूचना आदान–प्रदानले राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको उल्लेख गर्नु भयो । कार्यक्रममा नेपाली सेनाका सहायक रथी बालकृष्ण कार्की, सहायक रथी कमल बानियाँ, कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित प्रहरी अधिकृतहरू उपस्थिति रहेको थियो ।

नोवेल मेडिकल कलेजद्वारा प्रहरी कर्मचारी तथा आश्रित परिवारको उपचार सेवामा विशेष शुल्क छुट दिने सम्झौता
२०८३-०३-२४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर वीच  प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारी तथा  निजहरूका आश्रित परिवारका  साथै अमर प्रहरीका आश्रित परिवारहरुलाई ‍उपचार सेवामा विशेष शुल्क छुट उपलव्ध गराउने सम्झौता भएको छ । असार २४ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको तर्फबाट अस्पतालका निर्देशक प्राध्यापक डाक्टर अशोक कोईराला विच अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्नुहुदै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्राध्यापक डाक्टर अशोक कोईरालाले नागरिकको सेवामा अहोरात्र अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारी तथा उनीहरूका परिवारको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न अस्पताल सदैव प्रतिबद्ध रहेको बताउदै प्रहरीसंगको सहकार्यलाई अझ सुदृढ बनाई प्रहरी तथा प्रहरीका परिवारजनहरुमा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रहरी कर्मचारी तथा आश्रित परिवारहरुलाई उपचारमा छुट सुविधाको उपयोग गरी स्वास्थ्य सेवा लिन अनुरोध समेत गर्नु भयो  । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नोवेल मेडिकल कलेजले उपलब्ध गराएको विशेष सहुलियत प्रति धन्यवाद व्यक्त गर्दै यस सम्झौताले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत यस्ता सहकार्यहरूलाई कोशी प्रदेश प्रहरीले निरन्तरता दिदै जाने बताउनु भयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा,  नोवेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल, प्रहरी उपरीक्षकहरु सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०३-२४

कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श र जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ६७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । इटहरी उपमहानगरपालिका–१ स्थित खोटाङे होटलबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२ का २६ वर्षीय रविन लिम्बु र जिल्ला काभ्रे पनौती नगरपालिका निवासी २३ वर्षीया एलिना लामाको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–८ निवासी २२ वर्षीय बितेस तामाङको साथबाट १७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०३-२३

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर ८० मिलिग्राम, गाँजा १ केजी ५६० ग्राम, ट्यापेन्टाडोल र ट्रामाडोल १०१ चक्की, नगद ३० हजार रुपैयाँ र १ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सिन्धुलीको दुधौली नगरपालिका–१२ का हाल जिल्ला उदयपुर कटारी नगरपालिका-३ कान्छिबजार बस्दै आएका  २९ वर्षीय मिलन सुनुवारको घर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ट्यापेन्टाडोल ९० चक्की र ट्रामाडोल ११ चक्की प्रतिबन्धित लागू औषध र नगद ३० हजार रुपैयाँ बरामद गरी पक्राउ गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका–१५ निवासी २३ वर्षीय सिद्धार्थ कुमार शाहको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको १ केजी ५६० ग्राम गाँजा बरामद गरी उनलाई पक्राउ गरेको छ । त्यसै गरी अस्थायी प्रहरी चौकी गरामनी झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–९ स्थितमा बिर्तामोड नगरपालिका–४ का २५ वर्षीय प्रदीप दाहाललाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी बा.प्र.-०२-००६ प.९९५१ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८३-०३-२२

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा र प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । असार २२ गते आयोजित एक कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले पदोन्नती हुनुहुने प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्न निर्देशन दिनु भएको छ । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागू औषधसहित ५ जना पक्राउ
२०८३-०३-२२

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट १७५ किलो ५७० ग्राम गाँजा, १८ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध ट्रामाडोल ३९० क्याप्सुल, Dicyclomine ३९० ट्याब्लेट र २ थान सवारी साधन बरामद गरेको छ । ....................... .......................   ..................................     ......................................   ..................... विशेष सूचनाका आधारमा धनकुटाको प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका–६ स्थित कोशी लोकमार्गमा को.२ त ४८९८ नम्बरको ट्याक्टरबाट १७५ किलो ५७० ग्राम गाँजा सहित चालक महालक्ष्मी नगरपालिका–४ का राजकुमार बयलकोटीलाई नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाटको संयुक्त प्रहरी टोलीले प्र.१–०१–०१२ प ९५३६ नम्बरको स्कुटरका चालक बिर्तामोड-९ का चन्द्रप्रसाद राजवंशीलाई १४ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित र इलाम चुलाचुली-२ का रोहित कुमाललाई ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले इटहरी-४ स्थितबाट इटहरी-६ का विवेक साहलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल ३९० क्याप्सुल र Dicyclomine ३९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको  छ । चेकजाँचकै क्रममा बिर्तामोड–३ का रञ्जित दासलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०३-२१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ३६ ग्राम ८०८ मिलिग्राम ब्राउन सुगर, लागू औषध ३०० ट्याब्लेट र ४ थान सवारी साधन बरामद गरेको छ । ...................................................................................................................................... बिशेष सूचनाको आधारमा लागू औषध व्यूरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले बा. ५७ प ७७३३ नम्बरको मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ८ का सरोज गहतराजलाई २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले को. ३७ प १४८७ नम्बरको मोटरसाईकलमा सावार  बिर्तामोड- ३ का बिक्रम कार्की र दिवस दाहाललाई २ ग्राम ०३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा बिर्तामोड- २ बाट  मे ८ प ८६७३ नम्बरको मोटरसाईकलमा सवार बिर्तामोड-१ का सुजित खवास र भारत दरभङगाका कन्हैया ठाकुरलाई १ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले नियन्त्रणमा लिएको छ । यसै गरी विराटनगर- १५ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT), लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले सप्तरीका सुमित कुमार चौधरीलाई ९ ग्राम ०५ मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैचा नगरपालिका-१० का जिबन राई र सुसान्त राईलाई २८ मिलिग्राम ब्राउन सुगर र लागू औषध NITZASCEN ३०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका- ३ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रदेश १-०२-०४१ प ९०४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका- ७ का समिर खड्कालाई १ ग्राम ०५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-२०

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट १२ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर, चरेस ३९ मिलिग्राम र गाँजा ६ किलो २८० ग्राम बरामद गरेको छ । ....................................................................................................................................................... मोरङको कटहरी गाउँपालिका- २ स्थितबाट प्रहरी चौकी कटहरीले ब्राउन सुगर ७ ग्राम ४१ मिलिग्राम र चरेस ३९ मिलिग्राम सहित प्रदिप सिंह, राकेश सिंह र कटहरी- ४ कपिल मुखीयालाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानी र बुधनगरले जहदा गाउँपालिका- २ बाट जहदा गाउँपालिका- ७ का एक बालकलाई गाँजा ६ किलो २८० ग्राम सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको धरान- ५ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अस्थाई प्रहरी पोष्ट जोरसखुवा र देउरालीले धरान- ५ का पर्वत दर्जीलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा ९ जना प्रहरी कर्मचारी पुरस्कृत
२०८३-०३-१९

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको छ । असार १९ गते भएको निरीक्षण भ्रमण कार्यक्रममा वँहाले कार्यालय भवन, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशन सम्बोधनको क्रममा वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाईचारा तथा सहयोगी भावनाका साथ आचरण व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी वहाँले धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिकरुपमा उम्रिएका र लगाईएका गाँजाका बोट तथा विरुवाहरुलाई फडानी गरी नष्ट गर्न तथा लागू औषध गाँजाको ओसारपसारलाई नियन्त्रण गर्न निर्देशन दिनु भएको छ । सोही क्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण रंजितकारले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र प्रहरीद्वारा सम्पादित विविध गतिविधिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।  

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०३-१९

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, लागू औषध ट्याब्लेट ७९०, नगद ८६ हजार रुपैँया र २ थान सवारी साधन बरामद गरेको छ । ....................................................................................................................................................... कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, लागू औषध नियन्त्रण व्यूरो  विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान- ११ घर भई हाल इटहरी- ४ स्थित कोठामा बस्दै आएका दिनेश भट्टराईलाई उनकै कोठाबाट ४  ग्राम २०  मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले धरान- ७ का  रितेश भुजेललाई ३ ग्राम ४० मिलीग्राम ब्राउन सुगर र नगद ४७ हजार सहित र धरान-३ का शंखर गिरीलाई २ ग्राम ८० मिलीग्राम ब्राउन सुगर र नगद ६ हजार रुपैँया सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा प्रहरी चौकी हिले धनकुटाले संखुवासभा धर्मदेवी नगरपालिका-१ का अनिल घिसिङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताले प्र.१-०५-००१ प ५९७१ नम्बरको स्कुटरमा सवार त्रियुगा नगरपालिका-१० का  दिलिप खड्कालाई प्रतिबन्धित औषधी ओपिडोल र स्पास्मो गरी जम्मा ४९० चक्की सहित  र इलाका प्रहरी कार्यालय कटारीले प्र. २-०१-००१प ५४७७ नम्बरको मोटरसाईकलमा सवार कटारी- ४ का  श्याम सहनी र रबिन खड्कालाई तापेन्ताडोल ३ सय चक्की, नगद ३३ हजार रुपैँया सहित पक्राउ गरेको छ ।      

१९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०३-१८

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पथरीले १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न २ जनालाई पक्राउ गरेको छ । असार १७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मङगलबारेका ३३ बर्षीय मोतिराज लिम्बुको घरमा लागू औषध कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा उक्त घर कोठाबाट १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर फेला पारी बरामद गरेसगै बेचबिखनमा संलग्न रंगेली नगरपालिका-६ का ३३ वर्षीय मिथुन शाह समेतलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १३ जना पक्राउ
२०८३-०३-१८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २ सय ५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, लागू औषध ट्याब्लेट ४६०, क्याप्सुल २० र १ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... मोरङको सुन्दरहरैचा नगरपालिका- ६ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट प्रहरी टोली खटिगई चेकचाँच गर्दा सोही स्थानका २१ बर्षीय सुमन लिम्बु र २३ बर्षीय युराज मगरलाई ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैचा-१० बाट सोहि स्थानका भानुभक्त लिम्बु, बिप्लव परियार, सुन्दरहरैचा- ८ का किरण राई र बेलबारी-२ का शुसिल राईलाई ट्रामाडोल स्पास गरी जम्मा ४६० ट्याब्लेट सहित पक्राउ गरेको हो ।  त्यस्तै झापाको झापा गाउँपालिका-४ बाट प्रहरी चौकी टाघनडुब्बा र लागू औषध नियन्त्रण ब्यूरो काकँडभिट्टाले दमक-८ का चन्द्र बहादुर तामाङ र भारत किशनगंजका अब्दुल रहमानलाई २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी केर्खाले कमल गाउँपालिका-४ बाट गौरादह नगरपालिका- १ का बिक्रम बस्नेतलाई ट्रामाडोल २० क्यापसुल सहित पक्राउ गरेको हो । चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले प्र.१-०२००१ च ४५३१ नम्बरको EV गाडी भित्रबाट जेब्रा झोला र बोरा भित्र लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा बरामद गरेसँगै ओसारपोसारमा संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-९ का लोक बहादुर राई र भोजपुर साल्पासिलिचुङ गाउँपालिका-२ की बिनिता कार्कीलाई पक्राउ गरेको हो । 

प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-१७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल ३ हजार ७ सय ९० क्याप्सुल, डाइसाइक्लोमाइन ३ हजार ७ सय ९० क्याप्सुल, १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, ३ केजी ४ सय ग्राम गाँजा तथा २ थान मोटरसाइकल बरामद गरिएको छ । प्रहरी चौकी आँखिसल्ला धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहीदभूमी गाउँपालिका–७ स्थितबाट प्रदेश १–०२–०५६ प ९४५८ नम्बर र को ३६ प ६१७३ नम्बरका मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा शहीदभूमी–७ का २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्वल राईलाई ट्रामाडोल ३ हजार ७ सय ९० क्याप्सुल तथा डाइसाइक्लोमाइन ३ हजार ७ सय ९० क्याप्सुलसहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी चारआली झापाले मेचीनगर नगरपालिका–११ स्थितबाट सोही स्थानका २८ वर्षीय आकाश माङ्मु लिम्बु तुम्बापो र २७ वर्षीय देवीप्रसाद बस्नेतलाई १ ग्राम ३१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसका साथै लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–१० का २३ वर्षीय विपुल शेर्पालाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।यसका साथै प्रहरी चौकी रमाइलो मोरङबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–२ की ३२ वर्षीया रुपमनी चौधरी र ४० वर्षीया सोमती कुमारी चौधरीलाई गाईगोठमा लुकाइछिपाइ राखेको ३ केजी ४ सय ग्राम गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।  

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-१६

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ सय ९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, १ थान मिनि ट्रक र १ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ स्थितबाट को १ ख ४६३५ नम्बरको मिनि ट्रकलाई संकालागी चेकजाँच गर्दा ट्रकको डाला भित्र अलुको बोराहरुले लुकाइ छिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउदै गरेको ७ सय ७५ किलोग्राम लागू औषध गाँजा सहित चालक सुनसरीको इटहरी उप-महानगरपालिका-१ का ३३ वर्षिय परिक्षण कुवँरलाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी गाउँपालिका-५ का २४ वर्षिय बिशेष राईलाई २० किलोग्राम गाँजा र बा ६४ प १४३५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका- ६ का बिकुल राई र ज्ञानेन्द्र बिकलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका- ६ का प्रदिप मण्डललाई २ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
२०८३-०३-१५

तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागको आयोजनामा १ दिने “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको छ । असार १५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा उक्त अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्रहरीको बिभिन्न इकाहरुबाट दैनिक रुपमा सम्पदान हुने कार्यहरुको कार्य सम्पादनमा तदारुकताका साथ पहलकदमी ल्याई समग्र कार्य सम्पादनको वस्तुगत मुल्याङकन र सम्पादन गर्न केन्द्रिय अभिलेख प्रणालीलाई विकास गरी भए गरेको काम कारवाहीको वास्तविक तथ्याङ्क प्राप्त गर्न तथा पारदर्शी र वास्तविक मुल्याङकन गर्दै तथ्याङ्क प्रविष्ट गर्न “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” प्रदान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथि घिमिरेले अनुशिक्षण कार्यक्रमले कोशी प्रदेशका विभिन्न इकाईहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको दैनिक कार्यसम्पादन अभिलेखीकरण प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी तथा परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रहरी कर्मचारीहरुले अनुशिक्षणमा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले सम्पादन गरी कोशी प्रदेशलाई उत्कृष्ट बनाउने कार्यमा लागि पर्न निर्देशन दिनुभयो । कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी उपरीक्षक राजन भुजेल, प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे र राज कुमार लामाले  भए गरेका काम कारवाहीको वास्तविक तथ्याङ्क प्राप्त गर्न, सोही अनुरुप पारदर्शी र वास्तविक मुल्याङ्कन गर्न विकाश गरिएको सफ्टवेयरको प्रयोग विधि सम्वन्धि अनुशिक्षण प्रदान गर्नु भएको थियो । उक्त अनुशिक्षण कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश अन्तरगत रहेका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा “क” स्तर सम्मका प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

“पर्यटक प्रहरी अनुशिक्षण” तालिम दोस्रो समूहको समापन
२०८३-०३-१५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिम दोस्रो समूहको असार १५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा समापन भएको छ । तालिम समापन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख आतिथि घिमिरेले बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकियस्थलहरुको अवलोकन र भ्रमणको लागि पाल्नु हुने पर्यटकको आवश्यक शान्ति सुरक्षा लगायत विविध विषयमा सहजिकरणको लागि पर्यटक प्रहरीको महत्वपर्ण भुमिका रहेकोले पर्यटकहरुको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनु हुँदै तालिमरत प्रशिक्षार्थीहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक बिगम खड्काले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, नारायण प्रसाद चिमरीया, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२८९ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित २ जना पक्राउ
२०८३-०३-१५

इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले २८९ ग्राम ७२० मिलिग्राम लागू औषध ब्राउन सुगर र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । असार १४ गते चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका भारत पश्चिम बंगाल दक्षिण दिनाजपुरका ३२ वर्षीय चञ्चल सिकदारको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो भने कारोबारमा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई प्रदेश ०२ - ०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित कोशी गाउँपालिका-८ भान्टावारी स्थितबाट पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागू औषधसहित १० जना पक्राउ
२०८३-०३-१५

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २९३ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर,प्रतिबन्धित औषधी १ हजार ५ सय २ ट्याब्लेट, क्यापसुल २१ वटा, सिरप २१ वोतल, नगद ६ लाख ७२ हजार ४३५ रुपैयाँ र २ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका भारत पश्चिम बंगाल दक्षिण दिनाजपुरका ३२ वर्षीय चञ्चल सिकदारलाई २८९ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन सहित र कारोबारमा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई प्रदेश ०२ - ०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्दै आएका भारतका ३३ वर्षीय दिनेश कुमार चौधरीलाई २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–१ बाट ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ का ३२ वर्षीय मनोज काफ्ले र इटहरी–१ का २५ वर्षीय छत्रमान लिम्बुलाई १ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल १० क्याप्सुल, डाईसाइक्लोमाइन ११ ट्याब्लेट, नगद २ लाख १ हजार ४३५ रुपैयाँ, को १० प ४११७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र अस्थायी प्रहरी चौकी जोरसखुवा सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान–१८ बाट दिलिप चौधरीलाई बिभिन्न प्रतिबन्धित औषधी ३३० ट्याब्लेट र वटा २१ बोतल सहित पक्राउ गरेको छ ।  त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान–२० बाट धरान–१३ का सुजन थापा र मोरङ सुन्दरहरैँचा–५ का सुजित थापालाई बिभिन्न प्रतिबन्धित औषधी २३२ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६ त्रियुगा नगरपालिका–५ का दीपक राज पोखरेल र पुरन मगरलाई ओपिडोल ४९० चक्की र स्पास्पेन ४९० चक्की सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-१४

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, ट्रामोल- ५५ क्याप्सुल, स्पास्पेन- ५० ट्याब्लेट, नगद ३२ हजार रुपैयाँ र नम्बर प्लेट नभएको मोटरसाइकल १ थान बरामद गरेको छ।.......................................................................................................................................................कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र अस्थायी प्रहरी चौकी जोरसखुवा, सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उप-महानगरपालिका–१६ स्थीतमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा धरान–१३का ३३ वर्षीय बिक्की राई र हरिनगरा गाउँपालिका–२ का २३ वर्षीय अरबाज सिदीलाई २७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, नगद ३२ हजार रुपैयाँ र नम्बर प्लेट नभएको मोटरसाइक लसहित पक्राउ गरेको छ ।त्यसैगरी इलाका प्रहरी कार्यालय छिन्ताङ र अस्थायी प्रहरी चौकी बेलहारा, धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–३ मन्दिर क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका सहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय कपिल कार्की, ३४ वर्षीय सन्देश राई, सहिदभूमि गाउँपालिका–६ का २९ वर्षीय पर्वत कार्की ,सहिदभूमि गाउँपालिका–३ का २० वर्षीय युकेश राई र २३ वर्षीय ओविन राईलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधी  ट्रामोल-५५ क्याप्सुल र स्पास्पेनका-५० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

ब्राउन सुगरसहित २ जना पक्राउ, १२० केजी गाँजा बरामद
२०८३-०३-१३

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा लागू औषध ओसारपसार नियन्त्रण अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० केजी गाँजा बरामद गरेको छ । ....................................................................................................................................................... इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राईलाई २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उप-महानगरपालिका-१७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका-२० च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको १२० केजी गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
२०८३-०३-१२

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थित श्री पव्लिक माध्यमिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई नेपाल प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्द अन्तराष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा असार १२ गते आसरा सुधार केन्द्र पानवारी धरानको आयोजनामा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष एंव आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौका प्रमुख संरक्षक श्रीमती नविना खत्री कार्कीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे र आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौका प्रशासन सचिव रोजी तुलाधर अधिकारीको विशेष आतिथ्यतामा श्री पव्लिक माध्यमिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई शैक्षिक सामग्री बितरण गरिएको हो । शैक्षिक सामग्री बितरण पश्चात कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि श्रीमती नविना खत्री कार्कीले हरेक बालबालिकाले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण पाउनुपर्छ भन्ने नेपाल प्रहरी श्रीमती संघको उद्धेश्य अनुरुप शैक्षिक सामग्री वितरण गरिएको जसले बिद्यार्थीहरुको अध्ययन प्रति उत्साह बढाउनुका साथै सकारात्मक मार्गमा अघि बढ्न प्रेरित गर्न मद्धत मिल्ने बताउनु भयो । वहाँले लागू औषध दुर्व्यसन समाजको गम्भीर चुनौती रहेकोले यसको नियन्त्रणका लागि सचेतना, शिक्षा र सबै पक्षको साझा सहकार्य आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बिद्यार्थीहरुलाई परामर्शदाता नर्सिङ प्रधान र गौरव सिहोरियाले लागू औषध विरुद्द सचेतनामुलक जानकारीहरु सहित प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, जिल्ला प्रहरी कार्यालय सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, आसरा सुधार केन्द्र पानवारी धरानका संचालक समितिका सदस्यहरु, परामर्श दाता लगायत शिक्षक अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

आसरा सुधार केन्द्र पानवारी धरानमा लागू औषध बिरुद्द विविध कार्यक्रम
२०८३-०३-१२

आसरा सुधार केन्द्र पानवारी धरानले “लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्द अन्तराष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । “लागू औषधको चुनौती चिनौः सामाजिक समाधानको बाटो खोजौ” भन्ने नारा सहित असार १२ गते आसरा सुधार केन्द्र पानवारी धरानको सभाहलमा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष एंव आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौका प्रमुख संरक्षक श्रीमती नविना खत्री कार्कीको प्रमुख आथित्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा उपचाररत सदस्यहरुले लागू औषध दुर्व्यसनको बिरुद्धमा नृत्य, गायन, कविता बाचन लगायत विविध बिधामा आ-आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रम प्रमुख अतिथिले बिभिन्न सांस्कृतिक कार्यक्रम तथा कविता वाचनमा सहभागी उपचारत सदस्यहरुलाई उनिहरुले प्रदर्शन गरेको कलाको  उच्च सम्मान गर्नुका साथै उत्कृष्ट हुने सदस्यहरुलाई पुरस्कृत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदानको मुक्त कण्ठले प्रसंसा गर्नु हुदै उपचाररत सदस्यहरुले पुनरस्थापना पश्चात नयाँ आशा र विश्वासका साथ परिवार र समाजको खुशीमा रमाउन दृढताका साथ अगाडि बढ्न अनुरोध गर्नु हुदै शुभकामना सहितको मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख एवं आसरा सुधार केन्द्रका संरक्षक प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेश प्रहरी लागू औषध मुक्त समाज निर्माण गर्ने उद्धेश्यका साथ सवैको सहकार्यमा लागू औषध विरुद्धको महाअभियान कार्यक्रम संचालन गरी अगाडि वढिरहेको बताउनु हुदै आसरा सुधार केन्द्रले दुर्व्यसन मुक्ति तथा पुनःस्थापनाको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आसरा सुधार केन्द्र पानवारीका संचालक समितिका सदस्य सरोज श्रेष्ठ, आसरा सुधार केन्द्र पानवारी धरान सुनसरीका संचालक समितिका प्रथम उपाध्यक्ष शिला बज्राचार्य केन्द्रले आसरा सुधार केन्द्रको गतिविधि, भावी योजना तथा आ- आफ्नो धारणा सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, जिल्ला प्रहरी कार्यालय सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, आसरा सुधार केन्द्र पानवारी धरानका संचालक समितिका सदस्यहरु, पत्रकार, परामर्श दाताहरु लगायत केन्द्रमा कार्यारत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिबन्धित लागू औषधसहित २४ जना पक्राउ
२०८३-०३-१२

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न २४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १२० ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल २४ हजार ३२५ क्याप्सुल, कोलिभान ४ हजार १८५ ट्याब्लेट र डाईक्लोमाईन २ हजार २४० ट्याब्लेट, नगद ६३ हजार ८२० रुपैयाँ र १ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोष्ट जोरसखुवा सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान-१७ का आङदावा तामाङ र बुद्ध दर्जीलाई प्रतिबन्धित लागु औषध कोलिभान ४ हजार १८५ ट्याब्लेट र ट्रामाडोल ४ हजार १८५ क्यापसुल सहित पक्राउ गरेको छ । रामधुनी-६ का विजय राजधामीलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीले ६२ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर र नगद ६३ हजार ८२० रुपैया सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीले इटहरी-१७ का साहीदुल मियालाई ९६० मिलिग्राम ब्राउन सुगर सहित र ओखलढुङा सिद्धीचरण नगरपालिका- १ का युवराज बस्नेत, सुन्दरहरैचा- ८ का लाल बहादुर थापा र इटहरी- १७ का सौकात मियालाई ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ स्थितमा बेवारिसे अवस्थामा रहेको को. २२ प २८१७ नम्बरको मोटरसाईकलमा ट्रामाडोल १८ हजार क्याप्सुल बरामद गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय कुमरखोदले दमक- ८ का ३२ बर्षीय ईन्द्र प्रसाद गिरी र दमक- ७ की ३८ बर्षीया सन्जु खत्रीलाई ४४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने बिर्तामोड-५ का रोशन श्रेष्ठ र अर्जुनधारा- ६ का प्रबिण श्रेष्ठलाई ४ ग्राम ६३० मिलिग्राम र बिर्तामोड-२ का अनिल लुईटेललाई ३५० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ३ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलबारीले मेचिनगर नगरपालिका- १० का अस्पात शेखलाई १ ग्राम ८० मिलिग्राम, नसरु मिया र अक्लिमा खातुनलाई २ ग्राम १३० मिलिग्राम सहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका- ७ का सुनिल धिमाललाई २ ग्राम १० मिलिग्राम, दमक- ५ बाट इलाका प्रहरी कार्यालय दमकले पाँचथर फिदिमका हितेश तावाहाङ र निरोज तामाङलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले लागूऔषध ट्रामाडोल र डाईक्लोमाईन ४ हजार ३८० चक्की सहित पथरीशनिश्चरे नगरपालिका-५ कस सुरज ऋषिदेव, लुखिराम सोरेन, धनपालथान गाउँपालिका-४ का उमर हुसेन र सुनबर्सी-२ का सागर गनगाईलाई पक्राउ गरेको छ भने अस्थायी प्रहरी चौकी सोमबारेले ४० मिलिग्राम ब्राउन सुगर सहित बेलबारी- ९ का निरज चौधरी र मनिष तामाङलाई पक्राउ गरेको छ ।

२०८ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०३-१२

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT), लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले २०८ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । असार ११ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ का ३८ बर्षीय बिष्णु धामीले लागू औषध बिक्रि वितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा धमीले प्लाष्टिकको २ वटा पोकामा शरिरमा लुकाई छिपाई राखेको अवस्थामा २०८ ग्राम ब्राउन सुगर र नगद १ लाख ८२ हजार ५ सय रुपैँया सहित बरामद गरेको हो । ब्राउन सुगर र नगद बरामद भए संगै धामी र संलग्न रहेका बराहक्षेत्र नगरपालिका-३ का ३३ बर्षीय रुद्र बहादुर सुबेदी समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ
२०८३-०३-११

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ट्रामोल ९०४ क्याप्सुल, कोलिभान १२६६ क्याप्सुल, ४ थान मोटरसाइकल, २ थान अटो, नगद १३ हजार २ सय ६० रुपैयाँ बरामद गरिएको छ । ....................................................................................................................................................... चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले अर्जुनधारा नगरपालिका-५ का भरत मोहरालाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, नगद १३ हजार २ सय ६० रुपैयाँ, प्र १-०१-००२ह ७८५६ नम्बरको टेम्पो सहित, प्रहरी चौकी टाघनडुब्बाले कमल गाउँपालिका-७ का सनम धिमाल, कमल-६ का प्रदिप दास र हल्दिबारी गाउँपालिका-३ का १५ वर्षीय प्रितम तामाङलाई ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र प्र १-०१-०१२ प ६३७९ नम्बरको मोटरसाईकल सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले इलाम सूर्योदय नगरपालिका-११ का रनधिर प्रधानलाई १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-३ का सुनिल पासवान र उदय पासवानलाई ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी मोरङ तथा लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका-१७ का अरमान मियाँलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, लेटाङ नगरपालिका-३ का मनकुमार मगर र हर्क बहादुर तामाङलाई ४ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकली सुनसरीले रामधुनी नगरपालिका-७ का शिशिर गुरागाई र इटहरी उप-महानगरपालिका-१६ बस्ने बिमल लम्साललाई १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु, को.२७ प ९४३३ नम्बरको मोटरसाइकल सहित, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का राजन राई, सुमन राई, अभिषेक भुजेल, सन्देश राई, बेलका नगरपालिका-४ का रबिन राई, आयुषा राईलाई २६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रदेश १-०२-०४६ प ९०५४,  स ११ प ४१४० नम्बरको मोटरसाइकल र को २ ह ८९९२ नम्बरको अटो सहित र प्रहरी चौकी मधुवनले बराहक्षेत्र नगरपालिका-११ स्थितबाट बोरामा बेवारिसे अवस्थामा रहेको ६२ किलोग्राम गाँजा बरामद गरेको छ । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह (PIT) र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका-९ मा डेरा गरी बस्ने फुर्मा गुरुङलाई ट्रामोल ९०४ क्याप्सुल र कोलिभान १२६६ क्याप्सुल सहित पक्राउ गरेको छ ।

“पर्यटक प्रहरी अनुशिक्षण” तालिमको समापन
२०८३-०३-०९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिमको कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव डा. ईन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा असार ०८ गते तालिम समापन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख आतिथि डा. ईन्द्र प्रसाद सापकोटाले कोशी प्रदेशमा रहेका बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकियस्थलहरुको अवलोकन र भ्रमणको लागी पाल्नु हुने विदेशी तथा स्वदेशी पर्यटकको आवश्यक शान्ति सुरक्षा लगायत विविध विषयमा सहजिकरणको लागि पर्यटक प्रहरीको महत्वपर्ण भुमिका रहेको बताउदै तालिमरत प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै वहाँहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रस्ट पार्नु भएको थियो । तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले सम्पादन गरी कोशी प्रदेशमा रहेका पर्यटकिय स्थलहरुको सुरक्षा व्यवस्था प्रभावकारी बनाई पर्यटकहरुको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुका साथै धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक बिगम खड्काले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

लागू औषध सहित १० जना पक्राउ
२०८३-०३-०८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, तौल गर्न बाँकी गाँजा, ५९ क्याप्सुल र २९९ ट्याब्लेट प्रतिबन्धित औषधि र नगद ६९ हजार ७२० रुपैयाँ बरामद गरिएको छ । ....................................................................................................................................................... चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाले कन्काई नगरपालिका-४ का २१ वर्षीय हेमबहादुर लिम्बुलाई ३८० मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल ४५ क्याप्सुल, डाइसाइक्लोमाइन ४४ ट्याब्लेट, नाइट्राजेपाम १३ ट्याब्लेट तथा नगद ४८ हजार १५० रुपैयाँ सहित ,वडा प्रहरी कार्यालय भद्रपुर झापा र सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले पाँचथर फिदिम नगरपालिका-१ का १९ वर्षीय नुमसिक लिम्बुलाई ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर सहित, झापा भद्रपुर नगरपालिका-८ स्थितबाट मेचीनगर नगरपालिका-१३ का २३ वर्षीय आशिष गुरुङलाई १ ग्राम ब्राउनसुगर, नगद १९ हजार ५०० रुपैयाँ सहित नियन्त्रणमा लिएको छ ।यसैगरी प्रहरी चौकी कुशेचौरी मोरङले पथरीशनिश्चरे नगरपालिका-९ का २५ वर्षीय अमन लिम्बु, २१ वर्षीय सन्दिप लिम्बु, पथरीशनिश्चरे -४ का २३ वर्षीय चन्द्र राई र १७ वर्षीय विजय राईलाई १ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी  जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवालाई ट्रामाडोल १२७ ट्याब्लेट, स्पास्पेन १२७ ट्याब्लेट सहित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवा धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका-१३ का ३२ वर्षीय माकुने भन्ने राजकुमार तामाङलाई १ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) शाखा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी नदी किनारमा बाँस र ट्युबमा ९ वटा प्लास्टिकको बोरामा राखिएको १ सय ६८ किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरू उपर सम्बन्धित प्रहरी कार्यालयहरूबाट लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।          

लागू औषध सहित १३ जना पक्राउ
२०८३-०३-०६

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर, ५८८ चक्की प्रतिवन्धित औषधी, गाँजा-२० किलोग्राम र ४ वटा सवारी साधन बरामद गरिएको छ ।.......................................................................................................................................................चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय दमक र गौरादह झापाको प्रहरी टोलीले ९१० मिलिग्राम लागू औषध ब्राउनसुगर सहित गौरादह नगरपालिका-२ का ३१ वर्षीय विवेक राजवंशी, गौरादह-२ का २८ वर्षीय रेगन राजवंशी र ३१ वर्षीय संजय कुमार राजवंशीलाई प्र १-०१-०१२ प ५६६८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय भद्रपुरले मे ९ प ४०७१ नम्बर स्कुटरमा सवार बिर्तामोड-९ का ३५ वर्षीय राज कुमार कामती पछाडी सवार निजकै श्रीमती मनिका कामती सहितलाई ९ ग्राम ८१० मिलिग्रम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङले कानेपोखरी-७ का २७ वर्षीय समिर राईलाई ४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसका साथै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीले विराटनगर महानगरपालिका-१७ का २५ वर्षीय सोहराब आलमलाई ७४० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी जोरसखुवाले धरान-११ का २४ वर्षीय मियोङ लिम्बुलाई ट्रामाडोल २९४ क्याप्सुल र प्रतिबन्धित औषधि २९४ चक्की सहित, इलाका प्रहरी कार्यालय लौकही सुनसरीले धरान-१५ का २० वर्षीय एमिल राईलाई निट्राजेपाम-५० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ । यसका साथै प्रहरी चौकी रिस्कु उदयपुरबाट खटिएको प्रहरीको चेकीङ टोलीले उदयपुरको उदयपुरगढी-६ का ३० वर्षीय नर बहादुर पुलामी मगरलाई २० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी आखिसल्ला धनकुटाले धनकुटा नगरपालिका-७ का २९ वर्षीय दर्शन राई, धनकुटा-१० का २८ वर्षीय नमुनेश भुजेल र सहिदभुमी-२ का २३ वर्षीय आयुष राईलाई ६०० मिलिग्राम ब्राउनसुगर, प्र.३-०२-००१प ८४३० को स्कुटर र प्र.-०२-०५०प ६५६६ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

अपराध अनुसन्धान समिक्षा गोष्ठी २०८३ सम्पन्न
२०८३-०२-३१

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा “एक दिवसीय प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०८३ सम्पन्न भएको छ । जेठ ३१ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेशका  माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिकरुपमा समुद्‌घाटन गर्नु भएको थियो । समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कार्कीले जहाँ बर्दिधारी प्रहरी हुन्छ त्याहाँ सरकारको उपस्थिति हुने हुँदा आम नागरिकहरुको भरोसा र बिश्वासलाई कायम राख्न प्रहरीले त्रुटीरहित तवरबाट प्रहरी अनुसन्धान गर्नु पर्ने बताउनुभयो । उहाँले साधन स्रोतको अभावमा अपराधको सफल अनुसन्धान गर्न कठिनाई भएको हुँदा प्रहरीलाई अपराध अनुसन्धान कार्यको निम्ति आवश्यक श्रोत साधन उपलव्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । मन्तव्यको क्रममा उहाँले प्रहरीले गर्ने अपराध अनुसन्धान कार्यमा कसैको दवाव र प्रभावमा नपरी प्रविधिको उच्चतम प्रयोग गरी कानून बमोजिम अनुसन्धान गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक सुशील सिंह राठौरले विज्ञान र सूचना प्रविधिले मानवीय जीवनलाई छिटो छरीतो र प्रभावकारी बनाएता पनि यसको दुरुपयोगले अपराधका घटनाहरु बढ्नुका साथै प्रहरी अनुसन्धानमा चुनौतीहरु समेत थपिएको बताउनु भयो । उहाँले अनुसन्धान प्रक्रियामा देखिएका विभिन्न समस्याबारे जानकारी आदान–प्रदान गर्दै अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी  बनाई समाधानका उपायहरूको खोजी गर्न तथा अनुसन्धानलाई  प्रभावकारी, निष्पक्ष र परिणाममुखी बनाउन गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नु भयो । गोष्ठीमा कार्यक्रमका विशिष्ट अतिथि मोरङ जिल्ला अदालतका माननीय न्यायाधीश दुर्गा बहादुर भुषालले प्रहरीले गर्ने अनुसन्धानले नै न्याय सम्पादन हुने हुँदा अनुसन्धानलाई प्रमाणमुखी, निष्पक्ष, पारदर्शी र कानून बमोजिम गर्नु पर्ने वताउँदै गोष्ठीको सफलताको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले अपराध अनुसन्धानका क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानको विकास गर्न यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुन आवश्यक रहेको बताउदै गोष्ठीबाट प्राप्त भएका निष्कर्षहरूलाई कोशी प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा कार्ययोजना बनाई अझ सशक्त रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै वहाँले अन्तर जिल्ला समन्वयलाई थप प्रभावकारी बनाई गोष्ठीको निष्कर्षलाई आफ्नो मार्ग निर्देशनको रूपमा ग्रहण गरी कार्य सम्पादन सम्झौतामा बमोजिम शत प्रतिशत लक्ष्य हासिल हुने गरी कार्य गर्न/गराउन उपस्थित कोशी प्रदेश अन्तर्गतका सम्पूर्ण प्रहरी प्रमुख एवं अनुसन्धानकर्ताहरुलाई निर्देशन समेत दिनु भयो । गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले विधिको शासन कायम भएमा अपराध मुक्त समाज निर्माण हुने र  कानूनको उद्धेश्य न्याय दिनु मात्र नभई अन्याय हुन नदिनु पनि हो भन्दै समाजमा शान्ति सुरक्षा कायम राख्न एकल प्रयासले मात्र सम्भव नहुने हुँदा अन्तर निकायहरुसंगको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले अपराधसंग सम्बन्धित कानूनी व्यवस्था, अनुसन्धानमा देखिएका चुनौतीहरुको बारेमा बताउनु हुदै कार्यक्रमको औचित्य सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । गोष्ठीमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्रहरीको ईच्छा शक्ति बढाई पिरमार्कामा परेकालाई न्याय दिन र वर्दीको सम्मान गरी निष्पक्ष अनुसन्धान गर्न उदाहरण सहित गोष्ठीको शुभकामना सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो भने जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता लेखनाथ ढकालले अनुसन्धानको नेतृत्व गरीरहेको नेपाल प्रहरीलाई गोष्ठीले थप सक्षम र प्रभावकारी बनाउने वताउनुका साथै अनुसन्धानको क्रममा हुने त्रुटीहरु, नविनतम् कानूनी प्रावधानहरुको प्रयोग र सुधारका क्षेत्रहरूका बारेमा सरकारी वकिल कार्यालयको तर्फवाट प्रस्तुतिकरण समेत गर्नु भएको थियो । यसै गरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कमल रिमालले प्रहरीले गर्नु पर्ने अनुसन्धान कसैको दवाव र प्रभावमा नपरी कानून वमोजिम निष्पक्ष हुनु पर्ने बताउदै गोष्ठीको शुभकामना सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । गोष्ठीमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखहरुले जिल्लामा भएका अपराध अनुसन्धानको विद्यमान अवस्था, सफल अनुसन्धान, अनुसन्धानका क्रममा आईपर्ने समस्या, चुनौती एवं तालुक कार्यालयसंगको अपेक्षाको वारेमा बुँदागत प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी नेपाल प्रदेश प्रहरी कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुँयालले अपराध विश्लेषण, चुनौती, अनुगमका क्रममा देखिएका कमि कमजोरी सहितको प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले समग्र कोशी प्रदेशको अपराधको अवस्था, अपराध अनुसन्धानमा कोशी प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयसँगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा अपराध अनुसन्धानमा देखिएका कमीकमजोरी, सुधारका पक्षहरू, अनुसन्धान कार्यमा आवस्यक पर्ने प्राविधिक श्रोत साधनहरूको व्यवस्थापन, अपराधहरूको विद्यमान अवस्था, पछिल्लो समयमा प्रविधिको विकाससंगै अपराधका घटनाहरूमा देखा परेका चुनौतीहरू, अन्तर निकायसंगको समन्वय र सहकार्य लगायतका विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो भने गोष्ठिमा उपस्थित जिल्ला प्रहरी कार्यालय प्रमुख र कसुरको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय प्रमुख सहित अनुसन्धान शाखा प्रमुखले अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यले कानूनी परिधी भित्र रही प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धान कार्यलाई वैज्ञानिक, प्रमाणमुखी र पीडितमैत्री बनाउन प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  उक्त अपराध अनुसन्धान समिक्षा गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ट उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृतहरुका साथै कार्यक्रमको पहिलो चरणमा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।   अपराध अनुसन्धानमा बढेका चुनौतीहरूको समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत साधनहरूबीचको अधिकतम प्रयोग एवं अन्तर कार्यालय संगको समन्वय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।

१९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०२-२९

मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरीएको छ । जेठ २८ गते दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 38 AS 6598 को मोटरसाईकलमा सवार भारतको अररिया जोगबनी-१० का १९ बर्षीय इरफान खान र बिराटनगर-१७ का १९ बर्षीय इफ्रिदि मिँयालाई शंकास्पद गतिबिधी गरीरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गरेको थियो । सोही क्रममा निजहरुको साथबाट प्रहरीले ११९ ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न
२०८३-०२-२८

मोरङको विराटनगर स्थित विग होटलमा मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न भएको छ । जेठ २८ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुलीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा मनसुन जन्य घटना र विपद व्यवस्थापन सम्बन्धि बिस्तृत छलफल भएको थियो । बैठकमा मोरङको विराटनगर महानगरपालिका-१६ र झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको होल्डिङ सेन्टरलाई संचालन गरेर लागू औषध दुर्व्यवसनीमा परेका युवा, युवतीहरुलाई उपचार केन्द्रकोरुपमा (सुधारकेन्द्र/पुनर्स्थापना केन्द्र) प्रयोग गर्नको लागी कार्यदल गठन गरी संघिय सरकार समक्ष अनुरोध गर्ने,   गत वर्ष वर्षातको कारण इलाममा क्षेति ग्रस्त भएका घरहरु पुनःनिर्माण गर्न लागत रकम स्विकृतको लागी सिफारिस गर्ने तथा विगतमा भएका मनसुनजन्य विपद्का घटनाहरुमा भएका मानवित तथा भौतिक क्षेतिको घटनाहरुको बिस्तृत अध्ययन गरी विपदको समयमा आईपर्न सक्ने समस्या र चुनौतीको विश्लेषण गरी क्षेती न्यूनीकरणको लागी बाढी, पहिरोबाट जोखिम युक्त क्षेत्रहरुको पहिचान, सुरक्षित स्थानको व्यवस्था, मनसुनजन्य विपदमा तत्काल आवश्यक उद्धार सामाग्रीहरुको व्यवस्था, विपद उद्धार सम्बन्धि तालिम प्राप्त प्रहरी कर्मचारीहरु परिचालनको व्यवस्था तथा सम्पूर्ण निकाय, सम्वन्धित सरोकारवाला संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी विपद उद्दार सामग्रीहरु सहित तयारी अवस्थामा रहने व्यवस्था मिलाउने लगायतका बिषयमा विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, प्रदेश स्तरीय सुरक्षा समितिका पदाधिकारीहरु तथा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०२-२७

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दिपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बराहक्षेत्र–१ स्थितबाट पक्राउ गरेको भने प्रहरीको सोही टोलीले बराहक्षेत्र–२ स्थित पटनाली जंगलमा बेवारिसे अवस्थामा रहेको को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा रहेको  ४३० किलोग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू पदार्थ सेवन गर्ने १४ जना नियन्त्रणमा
२०८३-०२-२६

मोरङको विराटनगर महानगरपालिका-१६ स्थित सिमा क्षेत्रमा चेकजाँचको क्रममा ला.प.से. गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN)” अन्तरगत जेठ २५ गते लागू पदार्थ सेवन तथा प्रयोग समेतलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर-१६ स्थित सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साधन तथा संकित व्यक्तिहरुलाई लक्षित गरी गरेको ला.प.से. चेकजाँचको क्रममा १२ जना सिटी सफारीका चालक, १ जना अटोटेम्पो चालक र १ जना पैदल यात्रीले ला.प.से. गरेको फेला पारेको थियो । लागू पदार्थ सेवन गर्ने १४ जनालाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०२-२६

झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०२-२५

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ८ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती स्थितबाट गौरीगञ्ज गाउँपालिका–१ का २० वर्षीय जीवन राजवंशीलाई १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर सहित, ताप्लेजुङ्गको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई प्रतिबन्धित औषधि NITZASCEN ७ चक्की सहित र इलाका प्रहरी कार्यालय अनारमनीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ स्थित राजु राजवंशीलाई उनकै घरबाट ३ ग्राम ब्राउन सुगर फेला पारी राजु राजवंशी र संलग्न ३० वर्षीय अभिनास चौधरीलाई पक्राउ गरेको छ । सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–७ स्थित २५ वर्षीय रवि श्रेष्ठलाई उनकै घरबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, N10 लेखिएको १६३ पिस प्रतिबन्धित चक्की, नगद ४५ हजार ९ सय रुपैया तथा एक थान डिजिटल तराजु सहित पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र त्रियुगा नगरपालिका–३ लच्काका ३० वर्षीय फिलेमान शाहको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०२-२०

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ११ जना पक्राउ परेका छन । झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका-१० का सुरज राय र विराटनगर-३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-७ का बिनोद मगर, भोजपुर हतुवागढी गाउँपालिका-४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका-८ का रबिन माझी, दुर्गा राई, पवन खत्री र कानेपोखरी गाउँपालिका-५ का रमल नेपालीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटा साँगुरीगढी गाउँपालिका-९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

"सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी" सम्बन्धि अपराध अनुसन्धान अनुशिक्षण तालिमको समुद्‍घाटन
२०८३-०२-१९

नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी" सम्बन्धि अपराध अनुसन्धान अनुशिक्षण तालिमको समुद्‍घाटन भएको छ । जेठ १९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा  नेपाल राष्ट बैङ्का गभर्नर बिश्वनाथ पौडेलको प्रमुख अतिथ्यता तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको विशिष्ट अतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । तालिम उद्‍घाटन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि नेपाल राष्ट बैङ्का गभर्नर बिश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताउदै यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले प्रहरी कर्मचारीहरुलाई उक्त तालिम  प्रदान गरिएको बताउनु भयो । सम्वोधनकै क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तरनिकाय समन्वय अपरिहार्य रहेको बताउनुभयो । प्रहरीले हुण्डी कारोवार, संगठित अपराध, मानव बेचबिखन तथा लागूऔषध ओसार पसार, अपराधिक लाभ, ठगी जस्ता अपराधहरुको सफल अनुसन्धान गर्न प्रमाण संकलन, वितिय विश्लेषण, अन्तर निकायसंगको समन्वय, अन्तराष्ट्रिय सहकार्य गर्दै आएको बताउनु भयो । सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको साथै  तालिमले सहभागी प्रहरी अधिकृतहरूको सैद्धान्तिक, व्यवहारिक ज्ञानमा अभिवृद्धि भई भविष्यमा यस्ता अपराधको प्रभावकारी नियन्त्रण तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै औपचारिकरुपमा शुभारम्भ भएको उक्त तालिमको शुभकामना समेत व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले तालिमको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो भने कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो । तालिम समुद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाल, नेपाल राष्ट्रबैङ्कका निर्देशक शरण कुमार अधिकारी लगायतका पदाधिकारीहरु,  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुखहरु, प्रहरी अधिकृतहरु लगायत प्रशिक्षार्थीहरुका साथै संचार कर्मिहरुको उपस्थिति रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिने छ । वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने छ । ५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरुको सहभागीता रहेको छ ।

संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट निर्देशन सम्वोधन ।
२०८३-०२-१९

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कोशी प्रदेश तथा माहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । जेठ १९ गते कोशी प्रदेश प्रहरी तालिमकेन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच भएको निर्देशन सम्वोधनको क्रममा वहाँले नेपाल प्रहरीले मानिसको जन्म देखि मृत्यु सम्म हुने गरेका सम्पूर्ण गतिविधि, क्रियाकलापहरुमा भरोसाको धरोहर भएर काम गर्नु पर्ने बताउनु भयो । वँहाले नेपाल प्रहरीको उच्च ब्यवसायिकता प्रदर्शन गरी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुप्रति समान व्यवहार तथा अपेक्षा रहित कार्य प्रदर्शन गर्दै मिठो र नम्र बोलि बचनका साथ प्रस्तुत हुन उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै वँहाले द्वन्द, बन्द, बाढी, पहिरो, आँधी हुरीमा खटिने प्रहरी सधै चुस्त, दुरुस्त र स्फुर्ती हुनुपर्ने भएकोले दैनिक रुपमा शारिरीक व्यायाम, योग ध्यान गरी मन र तनबाट नै तयारी अवस्थामा रहनु पर्ने बताउनु भयो । यसका साथै खुल्ला सिमा नाकाको कारण हुने भन्सार चोरी निकासी तथा बिभिन्न अपराधिक घटनाको रोकथाम तथा नियन्त्रणका लागि योजना मुताविक प्रहरी परिचालनगरी  संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभयो ।  निर्देशन सम्वोधनको क्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ट उपरीक्षक मुकुन्द मरासैनी, कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख ज्ञानेन्द्र फुँयल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी,  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, झापा र उदयपुरका प्रमुखहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू सहित प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थी प्रहरी जवानहरुको  समेत उपस्थिति रहेको थियो ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०२-१९

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । जेठ १८ गते चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले कचनकवल गाउँपालिका-६ स्थितबाट भारत किसनगंजका युबेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले कचनकवल गाउँपालिका-४ का हेमन्त विश्वकर्मालाई ५ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी मोरङको धनपालथान गाउँपालिका-३  र रंगेली नगरपालिका-४ चोप्राहबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले  रंगेली-१ का सुदिप भट्टराईलाई ३ ग्राम ब्राउन सुगर सहित, र उर्लाबारी -४ का अभिषेक कार्की, बेलवारी -२ का नविन निरौलालाई ७ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित र सुन्दरहरैचा नगरपालिका-७ का सुरज परियारलाई १३ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । चेकजाँचकै क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१७ का भोला राईलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०२-१५

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जेठ १४ गते लागू औषध सहित १५ जनालाई पक्राउ गरिएको छ ।झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले भारतकी रुकमणी देवी र निजको छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका-५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका-७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सोही स्थानका चन्दन कुमार बहदार, प्रबिन बि.क, अमर राई, आईत सिह तामाङ, समिर तामाङ र सुभराज राईलाई प्रतिबन्धीत औषधी ट्रामाडोल हाईड्रोक्लोराइड- २९० क्यापसुल, स्पास्मो- १५० ट्रयाब्लेट, एन्टिकोफ- १५० ट्रयाब्लेट र २७० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी  भोक्राहानरसिंहले सोही स्थानका नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा, प्रतिबन्धित औषधी- २५ ट्रयाबलेट सहित, अस्थायी प्रहरी चौकी बाङगेले बराहक्षेत्र नगरपालिका-७ कि रचना राई र अरुणा बि.क. लाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले ईटहरी उप- महानगरपालिका-२ का संजोग राई, जित बहादुर राई र पुस्पा प्रधानलाई ६ ग्राम ९७० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेको सबैनजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी “प्रादेशिक गोष्ठी, २०८३” सम्पन्न
२०८३-०२-१३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई  सवारी दुर्घटना न्यूनीकरण गरी सडक प्रयोगकर्तालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन कोशी प्रदेश ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी २०८३ को आयोजना गरिएको छ । जेठ १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित दुर्गा पार्टी प्यालेसमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा भएको एक दिवसिय गोष्ठीको प्रमुख अतिथि घिमिरेले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक नियम सवैले जान्नु पर्ने तर जान्नेले पनि नमानेको कारण दुर्घटनाको संख्यामा बृद्धि भएको बताउदै अव कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नु गोष्ठीको मुख्य उद्धेश्य रहेको बताउनु भयो । गोष्ठीमा दुर्घटना न्यूनीकरणको लागी सरोकारवाला निकायहरुसंग भएका छलफल अन्तरक्रिया, योजनालाई  कार्ययोजना बनाई कार्यान्वयन गरीने बताउनु हुदै  गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले नेपालको सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्याङ्क प्रस्तुत गर्नु हुदै सडकलाई सुरक्षित बनाउन पुर्वाधार युक्त सडक, दक्ष चालक, दुरुस्त सवारी हुनु पर्ने बताउदै  ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरुका बारेमा प्रस्तुति गर्नु भएको थयो । कार्यकर्ममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले कार्य सम्पादन र  अटोमेसन प्रणालीमा प्रभावकारीता एवं कोशी प्रदेशको समग्र ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरु विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले गोष्टीमा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । गोष्ठीमा कोशी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय, यातायात व्यवस्था महाशाखाका प्रमुख उर्मिला निरौला, स्थानिय जनप्रतिनिधिहरु,यातायात व्यावसायी, पत्रकार महासंघ सुनसरीका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायहरुले ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठीको शुभकामना सहितको आ- आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।  गोष्ठीमा जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुले  सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, कानुन विपरित कार्य गर्ने सवारी चालकहरुको सवारी अनुमति निलम्वन गर्ने कार्यलाई प्रभावकारी कार्यान्वयन, दुर्घटनामा घाइते र मृत्यु दर घटाउन ट्राफिक प्रहरीको योगदान, हराएका सवारी साधनहरुको खोजी, मापसे र लापसेको प्रभावकारी चेकिङ र अन्य सम्बन्धित Stakeholder हरुसँग समन्वय र सहकार्य लगायतको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीको विकासमा जोड दिनु पर्ने बताउदै गोष्ठीको प्रभावकारीताको शुभकामना सहित समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।  प्रभावकारी तथा परिणाममुखी ट्राफिक व्यवस्थापन, ट्राफिक प्रहरी युनिटहरूबीच तथा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी युनिटहरूबीच समन्वय र सहकार्य अभिवृद्धि, दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना निर्माण तथा कार्यान्वयन, सूचना आदान–प्रदान, यातायात व्यवस्था ऐन तथा नियमावली एवं प्रदेश यातायात व्यवस्था ऐन तथा नियमावली सम्बन्धी जानकारी आदान–प्रदान, कानुनी प्रावधानहरूको कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय, दुर्घटना न्यूनीकरणमा रहेका चुनौतीहरू, सडक सुरक्षा सुदृढीकरण, जनचेतना अभिवृद्धि, प्रविधिको विस्तार, क्षमता अभिवृद्धि तथा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौतीहरूका विषयमा छलफल, अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ । गोष्ठीमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीका प्रहरी उपरीक्षकहरु, सवारी यातायात शाखा, यातायात व्यवस्था कार्यालय इटहरी, यान्त्रिक कार्यालय इटहरी, सडक विभाग, सडक आयोजना, बिमा संस्थान, यातायात व्यवसायी, १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि/ ट्राफिकका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, यातायात व्यवसायी, ड्राईभिङ्ग स्कुल, यातायात मजदुर संघ संगठन, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत प्रहरी कर्मचारीहरु समेत गरी २ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।  

“लागूऔषध दुर्व्यसनीले निम्त्याउने परिणाम” सचेतनामुलक सामाग्रीको अनावरण
२०८३-०२-१३

बराहक्षेत्र नगरपालिका सुनसरीको सहकार्यमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीद्वारा निर्मित “लागूऔषध दुर्व्यसनले निम्त्याउने परिणाम” नामक सचेतनामुलक भिडियो सामाग्रीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको अध्यक्षतामा अनावरण गरीएको छ । कार्यक्रममा भिडियो निर्माणमा सहभागी कलाकारहरुलाई प्रशंसा पत्र तथा FAN क्लवमा आवद्ध विद्यार्थीहरुलाई FAN LOGO अंकित टि-सर्ट वितरण गरिएको थियो । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर उप प्रमुख, नन्द कुमारी सुनुवार, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशब कुमार थेवे, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, वडाध्यक्षहरु, फ्यान क्लव संचालित बिद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकहरु, राजनैतिक दल तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत बिध्यार्थीहरुको उपस्थिति रहेको थियो ।  

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०२-१३

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका-१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माईजोगमाई गाउँपालिका-१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका-९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ की ३६ वर्षीया प्रगती खटिवडा, इटहरी-५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित इनरुवा-४ बाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-२ का २९ वर्षीय रविन प्रधान, धरान-२ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दर हरँचा-४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले  प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी-५ का ३३ वर्षीय बिर बहादुर घिसिङ र पछाडी सवार कानेपोखरी-७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०२-१२

सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट  र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका-४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ।

लागू औषध ब्राउन सुगर सहित जना पक्राउ
२०८३-०२-११

झापा र मोरङबाट जेठ १० गते  लागू औषध ब्राउन सुगर सहित  जनालाई पक्राउ गरीएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका काठमाण्डौ महानगरपालिका-२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय शुशिल मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-१५ स्थितबाट पक्राउ गरेको हो ।  लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध विरुद्दको महाअभियानको शुभारम्भ
२०८३-०२-१०

जिल्ला प्रहरी कार्यालय मोरङले लागू औषध विरुद्दको महाअभियान (Mega Campaign Against  Narcotics- Mega CAN ) २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ । जेठ १० गते बिहान लागू औषध विरुद्दको महाअभियानमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्धेश्यका साथ लागूऔषध विरुद्दको सचेतना मुलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, बिभिन्न संघ संस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा बर्ग सहितको प्रभातफेरी कार्यक्रमको प्रतिनिधि सभाका माननीय सांसद आशा झाले  रिवन काटी शुभारम्भ भएको प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै  रंगशालामा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो ।उक्त कार्यक्रम दोश्रो चरणमा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा  कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर औपचारिकरुपमा लागूऔषध विरुद्दको महाअभियान कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागू औषध विरुद्द सचेतनामुलक सांगितिक प्रस्तुतिहरुका साथै पूर्व लागू औषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव सहितको बृतचित्र प्रस्तुत गरी लागूऔषध बिरुद्ध सवैले आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई लागू औषध मुक्त समाज निर्माण गर्न आह्वान गरिएको थियो । कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भिर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरुको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरुद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधनको क्रममा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लालाई लागू औषधमुक्त जिल्ला बनाउन सवैको सहकार्यका साथ पुर्वको विराटनगरबाट सुरुवात गरेको महाअभियान लागूऔषध विरुद्ध सक्रिय हुँदै देशव्यापीरुपमा अघि बढ्न सफल हुने बताउनु भयो । वहाँले समाजलाई अन्धकार तर्फ धकेल्दै आएको लागू औषधको जालोलाई तोड्न शुभारम्भ गरीएको अभियानले नेपाली समाजका उर्जावान युवाहरुलाई सक्रियताका साथ अभियानमा लागी परेको देख्न पाईने अपेक्षा राख्नु भयो । क्षणिक रमाईलोकोलागी लागू औषधको कुलतमा फसेका युवाहरुलाई यस्ता प्रकारका अभियानहरुको शुरुवातले अनिवार्य उत्प्रेरणा मिल्ने बताउनु भयो ।    उहाँले लागू औषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने बताउनु भयो । कार्यक्रममा कोशी प्रदेश सरकारका माननिय आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधी सभाका माननिय सांसद शन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सह सचिब एंव लागू औषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे,एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध बिरुद्धको ऐक्यवद्दता सहितको मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागूऔषध बिरुद्ध सवैले ऐक्यवद्दताका साथ अगाडि बढ्नु पर्ने बताउदै प्रमुख अतिथि लगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन सहितको मन्तव्य राख्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उदेश्य तथा मोरङ जिल्लामा लागू औषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागू औषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, बिशेष अतिथि लगायत अन्य महानुभावहरुले लागू औषध नियन्त्रणकालागी तयार गरीएको ९ बुँदे प्रतिबद्दता पत्रमा हस्ताक्षर गर्दै अभियानमा ऐक्यबद्धता जनाउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल, मोरङ जिल्ला स्थित नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका प्रमुखहरु, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका माननीय न्यायाधिसहरु, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु,  विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग वाणिज्य संघहरुका प्रमुख तथा प्रतिनिधी हरु, बैङ्क, वित्तिय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालय, संघ संस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरीक समाज, बुद्दिजिवी, लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।    

प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा कार्य सम्पादनको समिक्षा
२०८३-०२-०८

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका मातहत प्रहरी प्रमुख हरुसंग भर्चुअल माध्यमद्धारा दश महिनाको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । जेठ ८ गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि वैशाख महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले १४ वटै जिल्लाहरुको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो । vसमिक्षामा प्रदेश प्रहरी प्रमुख घिमिरेले फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्दा तथा चालु मुद्दाको फछर्यौट तथा सम्पादन गर्न बाँकी रहेका कार्यलाई प्राथमिकाता साथ तोकिएको समय सिमा भित्र प्रभावकारीरुपमा सम्पादन गरी लक्ष हासिल गर्न निर्देशन दिनु भएको छ । v कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरु अनिवार्य कार्यान्वय गर्नु पर्ने, सम्पुर्ण प्रहरी कर्मचारीले बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी कार्यान्वयन गर्ने, सरुवा भएका प्रहरी कर्मचारीहरुको रवना कार्यान्वयन विशेष प्राथमिकताका साथ गर्ने, नागरिकको समस्याहरुमा अग्रणी भुमिका निर्वाह गर्ने, सामाजिक संजालको सहि उपयोग गर्ने, मनसुन जन्य विपदमा परिचालन हुन तयारी रहने, भन्सार छली, चोरी तस्करी नियन्त्रण गर्न तथा अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिनु भएको छ ।   

नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण
२०८३-०२-०८

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जेठ ८ गते नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय, सम्पुर्ण शाखा तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई अभिभावकको बिश्वास र भरोसा बोकेका बिद्यार्थीहरुको रेखदेखलाई पहिलो प्राथामिकता दिई शान्तमय वातावरणमा अध्ययन गर्ने अधिकारको शुनिश्चितता प्रदान गर्न निर्देशन दिनु भएको छ । वहाँले शिक्षकहरु छलफल तथा अन्तरक्रियाको क्रममा सौहार्दपुर्ण वातावरणमा विधार्थीहरुलाई अध्यापन गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्न, शारिरिक ब्यायाम र अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउन अनुरोध गर्नु भएको थियो भने अध्ययनरत बिद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको समेत उपस्थिति रहेको थियो ।