श्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०९-२८
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-७ स्थितबाट श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट बिराटनगर-१८ का ३६ बर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैया, बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को.२४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।
श्रोत नखुलेको रकम सहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।