प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ

२०८०-०९-१८

  • A
  • A-
  • A+
Share

सम्मानित जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत खोटाङ, सोलुखुम्बु र पाँचथर जिल्लाबाट विभिन्न मुद्धाका ११ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित खोटाङ जिल्ला अदालतको बिभिन्न मितिको फैसला आदेशले सम्बन्ध बिछेद मुद्धामा दित्तेल रुपाकोट मझुवागढी- ६, ७ र ११ का सन्जु राई, बिरबोल राई र कृष्ण बहादुर  तामाङ, परिक्षाको मर्यादा भंग गरेको मुद्धामा हलेसी तुवाचुङ  नगरपालिका- ३ का राम राई र श्याम राज राई, करकापमा पारी कागज गराईएको मुद्धामा साकेला गाउँपालिका- २ का धन बहादुर खत्री र सवारी अंगभंग मुद्धामा हलेसी तुवाचुङ  नगरपालिका- ११ का महेश दर्जिलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो । त्यस्तै सम्मानित सोलुखुम्बु जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना बेरुजु रहि फरार रहेका अभद्र ब्यवहार मुद्धामा माप्यदुधकोशी गाउँपालिका- ४ का २९ बर्षीय जिबन बस्नेत र नेचासल्यान गाउँपालिका- १ का ३३ बर्षीय प्रदिप बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत पाँचथरको बिभिन्न मितिको फैसला आदेशले केही सार्वजानिक अपराध मुद्धामा जरिवाना तोकिएका  फिदिम नगरपालिका- २ की २४ बर्षीया सन्देश भन्ने एलिया जवेगु र २५ बर्षीय सुमन थाम्सुहाङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पक्राउ
२०८१-०५-२५

लागुऔषध सहित २ जना पक्राउविराटनगर, भदौ २५ गते । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ ६ बजे पथरी शनिश्चरे नगरपालिका-७ का २८ बर्षीय ललित गुरुङ्ले आफ्नै घरमा लागुऔषध बेचबिखान गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ३ सय ५० मिलीग्राम ब्राउन सुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो भने CRV बाँसबारी मोरङबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-७ का २० बर्षीय रुपेश चौधरीलाई नियन्त्रित औषधी एभिल, डाइजेपाम र फेनारगन १७ एम्पुल सहित बुढिगंगा गाउँपालिका-२ गंगा चोकबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०५-२४

झापा र मोरङबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ साढे ६ बजे झापाको झापा गाउँपालिका- ४ ग्रामथान स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र. १ -०१-०१७ प १७९८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालक शिवसताक्षी गाउँपालिका- ३ का २१ बर्षीय थरेन्द्र गुरुङको साथबाट २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय डोरिया मोरङबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-४ का २३ बर्षीय सुरज धिमाललाई प्रतिबन्धित औषधी नाईट्राभेट ४ सय २० पिस सहित रतुवामाई नगरपालिका- २ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।     

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८१-०५-२१

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ बिराटनगर, भदौ २१ गते । झापा, इलाम र भोजपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भादौ २० गते  लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका-४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका-९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका-१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का ३१ बर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलि ग्राम ब्राउन सुगर सहित र इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका-१ का ३५ बर्षीय तिर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

ट्याक्टरले किच्चेर १ जनाको मृत्यु
२०८१-०५-१९

संखुवासभाको चैनपुर नगरपालिका-२ ताङ्लेवा स्थितमा ट्याक्टरले किच्चेर १ जनाको मृत्यु भएको छ । भदौ १८ गते दिउँसो साढे २ बजे खाद्यान्न सामग्री बोकेर सिद्धपोखरीबाट चित्लाङ तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय १९ बर्षीय लिला बहादुर तामाङ ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किची घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक उदयपुर चौदण्डीगढी नगरपालिका- १ का २७ बर्षीय संजीब राईलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०५-१९

मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते दिउँसो मोरङको बिराटनगर-१६ दरैया स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी दुहबी नगरपालिका-११ का २३ बर्षीय इसान चौधरीलाई ३ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले शनिश्चरे नगरपालिका-३ का ३५ बर्षीय कमल लिम्बु र २१ बर्षीय पवन बिश्वाकर्मलाई २ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेले धरान-११ का २१ बर्षीय अंकित तामाङ, धरान- १७ का २१ बर्षीय रवीन राई र धरान-१६ का ३० बर्षीय विशाल लिम्बुलाई २३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी सिधुवा धनकुटाले छथर जोरपाटी गाउँपालिका-५ का २२ बर्षीय लक्षु शेर्पा, मोरङ सुन्दरहरैचा नगरपालिका-८ का २१ बर्षीय प्रबेश लिम्बु र सुन्दरहरैचा- ९ की २० बर्षीया सलिना क्षेत्रीलाई निषेधितऔषधी ट्रामाडोल र डिकोलिक १४१ ट्याब्लेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।