लागुऔषध न्युनिकरण कार्य योजना अभियान "म सक्छु (I Can.....)"
२०७९-१०-२५
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु (I Can..)” अभियान २०७९ सुरु गरेको छ । यसै क्रममा आज बिराटनगर महानगरपालिका-१६ मा रहेको लागुऔषध क्यान (CAN) को भवनमा करिव ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई भेला जम्मा गरी मनो सामाजिक परामर्स दिईएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोग कर्ताहरुलाई मनो सामाजिक परामर्स प्रदान गर्नु भएको थियो । यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा संचालन भईरहेको छ ।