प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्राफिक सप्ताह भव्यताका साथ सम्पन्न

२०८०-०३-२५

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको आयोजनामा संचालन भएको ट्राफिक सप्ताह कार्यक्रम छलफल तथा अन्तरक्रिया गरी भब्यताका साथ सम्पन्न भएको छ । असार १९ गते बिराटनगरमा कोशी प्रदेशका तत्कालिन मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लामा एक साथ ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रमको आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा धरानको बाणिज्य हलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।

ट्राफिक सप्ताहको समापन कार्यक्रममा प्रमुख अतिथी बास्तोलाले सहभागीहरुबाट उठेका बिबिध जिज्ञासाहरुको  सम्बोधन गर्नुका साथै यो कार्यक्रम सवारी दुर्घटना न्युनिकरणमा कोसेढुङगा साबित हुने बिश्वास ब्यक्त गर्दै सवारी दुर्घटना न्युनिकरणमा अन्य सरोकारवाला सबै पक्षको उतिकै साथ र सहयोग हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

ट्राफिक सप्ताह कार्यक्रमको पहिको दिन शुभारम्भका साथै १४ वटै जिल्लामा सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको थियो । दोस्रो दिन असार २० गते तिब्र गति र सडक पार्किङ निशेध सम्बन्धी, असार २१ गते लेन अनुशासन पालना सम्बन्धी, असार २२ गते सिटी रिक्सा चालक तथा शैक्षिक संस्थाका चालकहरुलाई प्रशिक्षण, असार २३ गते सवारी चालकहरुको स्वास्थ तथा सवारीको यान्त्रीक परिक्षण, असार २४ गते लागु पदार्थ सेवन परिक्षण सम्बन्धी कार्यक्रमहरु संचालन गरी आज समापन भएको हो ।

ट्राफिक सप्ताहको सात दिनमा प्रदेशका १४ वटै जिल्लाका तिन हजार ५ सय ४२ स्थानमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको र ९३ हजार ५४० जना मानिसहरु प्रतक्ष्य लाभान्वित भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले बताउनु भयो । समापन कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय जन प्रतिनिधीहरु, यातायात ब्यबसायीहरु, संचारकर्मीहरु र बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध गाँजा सहित १ जना पक्राउ
२०८२-११-०३

मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०२ गते बिराटनगर- ५ पुलचोक स्थित भित्री सडक खण्डमा बा. ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रीत हुनासाथ CRV बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली खटिगई चालक फरार भएको अवस्थामा अनियन्त्रीत भई बाटो छेउको खाल्डोमा छिरेको उक्त गाडी भित्रबाट ४ सय २० किलोग्राम गाँजा बरामद भएको थियो । त्यस्तै जहदा गाउँपालिका- १ का चन्दन कुमार साहले गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त स्थानमा खटिगई खानतलासी गर्दा निज साहले घर छेउमा खाडल भित्र प्लाष्टिकमा  ९ पोकामा लुकाई छिपाई राखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८२-११-०२

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते झापाको गौरीगंज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१० प ८४३२ नम्बरको स्कुटि चालक कमल गाउँपालिका- ५ का संजोक राई र स्कुटी पछाडी सवार सुर्य बहादुर वि.क.लाई  ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाले बिर्तामोड- २ बाट सोहि स्थानका गोबिन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई ८ ग्राम ४४० मिलिग्राम सहित र कनकाई- ८ बाट सोहि स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले सुन्दरहरैचा- ६ का सरोज चौलागाईलाई ३ ग्राम सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान- १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दिप राई र भुमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।