प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण "अपराधीलाई डर र निर्दोषलाई भर" को पहिचान बनाई नागरिकको सेवामा अहोरात्र खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन

२०८१-०९-०३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । तालुक नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर २७ गतेको निर्णय अनुसार विशेष व्यूरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पौष ३ गते कार्यभार सम्हाल्नु भएको हो । वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोश प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका प्रहरी प्रमुख सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।  प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई प्रहरीको एक टुकडिले सलामी अर्पण गरेको थियो भने वहाँले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा विधिवतरूपमा पूजा अर्चना गर्नु भई कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पदभार ग्रहण पश्चात् कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्तिसुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका बारेमा अवगत गराउनु भएको थियो भने उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

निर्देशनको क्रममा वहाँले शरीरलाई जीवन्त राख्नका लागि जसरी मुटु बिश्राम नलिई निरन्तररूपमा चलायमान रहिरहन्छ त्यसरी समाजको मुटुरूपी प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र अथकरूपमा कर्तव्यको बलीबेदीमा आफूलाई समर्पण गर्नु पर्ने हुन्छ । समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडेको हुन्छ, सुरक्षानै समाजको मेरूदण्ड हो अनि प्रहरी सुरक्षाको मेरुदण्ड तसर्थ मुटु अनवरत धड्के जसरी आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई जित्न एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवकरूपमा खटिन पर्ने बताउनु भयो ।

साथै वहाँले सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा काम गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।

वहाँले प्रदेश प्रहरी प्रमुखको हैसियतले कुशल अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बिश्वास दिलाउदै  प्रहरी संगठनको छविलाई सदैव उच्च राख्न  "अपराधीलाई डर र निर्दोषलाई भर" को पहिचान बनाई व्यावसायीक एवम् निष्ठावान भई नागरिकको सेवामा अहोरात्र खटिन प्रहरी कर्मचारीहरूलाई समेत निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-०१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर २ ग्राम ७८० मिलिग्राम बरामद भएको छ । -------------------           ---------------------------               ------------------------              ---- --------- सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वर कुमार कार्कीलाई १ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र को १७ प ८३२९ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । यसैगरी झापाको इलाका प्रहरी कार्यालय केचनाले कचनकवल गाउँपालिका–२ का ३२ वर्षीय विशाल गाईने र २३ वर्षीय सिद्धार्थ गाईनेलाई १८० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका–६ का २४ वर्षीय शिवलाल किस्कु सतार र २३ वर्षीया रुबिना महरालाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०३-३२

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर ४१ ग्राम १९६ मिलिग्राम र १ थान स्कुटी बरामद भएको छ । ....................... ....................... .................................. ............................... .................................... लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट रंगेली नगरपालिका- ६ र ७ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मलद्धवारमा कालो प्लाष्टिकको पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ३१ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर फेला पारी बरानद गरेसगै बेचबिखानमा संलग्न पथरी शनिश्चरे नगरपालिका- १ का भुपाल कार्की, इलाम चुलाचुली गाउँपालिका- १ घर भई हाल पथरी शनिश्चरे- १ स्थित बस्दै आएका २३ बर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० बर्षीया भुमिका फागोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको इटहरी- ४ बाट इलाका प्रहरी कार्यालय इटहरीले ९१० मिलिग्राम र को. २७ प ८७३७ नम्बरको स्कुटि सहित कानेपोकरी गाउँपालिका- ५ का २८ बर्षीय बिनोद बयाँलकोटी, सप्तरी हनुमाननगरका २५ बर्षीय रोशन पाण्डे र लेटाङ नगरपालिका-५ की २९ बर्षीय स्मृती मगरलाई पक्राउ गरेको हो भने धरान- ५ बाट अस्थायी प्रहरी चौकी देउरालीले सोहि स्थानका चोक्मान तामाङलाई १ ग्राम ६४० मिलिग्राम सहित र धरान- १९ बाट वडा प्रहरी कार्यालय धरानले सोहि विजय लिम्बु र पुर्ण श्रेष्ठलाई १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले बिर्तामोड नगरपालिका- १ का ३० बर्षीय मो. सदाम हुसेन र भारत घर भई हाल बिर्तामोड नगरपालिका- ५ स्थित बस्दै आएका १९ बर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका- ३ का रमेश थेगिमलाई ६ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-३१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ७१ ग्राम ९१० मिलिग्राम बरामद भएको छ । चेकजाँचको क्रममा मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले प्र.१–०२–०४९ प ५८७८ नम्बरको मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–१ बस्ने २५ वर्षीय सुनिल पासवानलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–४ का  सुनिल राईलाई ६१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद ७२ हजार सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय दमकले इलामको माङसेबुङ गाउँपालिका–३ का अम्बर साम्बालाई ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी गरामनीले भद्रपुर नगरपालिका-४ का मनिष लिम्बुलाई १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले धरान उपमहानगरपालिका–१८ का सौगात सुनुवारलाई ७ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर र को २८ प २४३२ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-२९

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा ५ किलो १०५ ग्राम, ब्राउन सुगर १०७ ग्राम ६०५ मिलिग्राम बरामद भएको छ । ....................... ....................... .................................. ...................................... .............................. झापाको दमक नगरपालिका- ६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले गौरादह नगरपालिका- १ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर र प्रदेश न.१-०१-०१८ प ७७०७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने संखुवासभाको खाँदबारी नगरपालिका- ५ का ७० बर्षीय भिम बहादुर तामाङलाई उनकै घरबाट लुकाई छिपाई राखिएको प्लास्टिक सहित ५ किलो १०५ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । यसै गरी बिशेष सूचनाको आधारमा लागू औषध  नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका- १ का २५ बर्षीय जमालउद्दीन मिया र २५ बर्षीय इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा २ किलो ९५७ ग्राम, ब्राउन सुगर ७ ग्राम ९४० मिलिग्राम बरामद भएको छ ।....................... ....................... .................................. ...................................... .....................संखुवासभाको जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित रत्न बहादुर मगरको घरमा खानतलासी गर्दा घरभित्र बोरामा लुकाईछिपाई राखेको २ किलो ९५७ ग्राम गाँजा बरामद गरी स्थानीय ७० वर्षीय रत्न बहादुर मगरलाई पक्राउ गरिएको छ ।यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR38V0784 नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा लुकाईछिपाई राखेको १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरी चालक कोशी गाउँपालिका–६ का सुरेन्द्र महत्तोलाई पक्राउ गरिएको छ । यसैगरी चेकजाँचकै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१ आदर्श टोलस्थित इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० का ३६ वर्षीय हरी प्रसाद पराजुलीलाई ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।यसैगरी झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीस्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, जिल्ला अररिया, पलासीका मोहम्मद मुक्तर र नसाद आलमको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई पक्राउ गरिएको छ ।त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलस्थित एक घरमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित कानेपोखरी गाउँपालिका–५ का १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका–३ का २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-२७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ब्राउन सुगर ७ ग्राम ५२० मिलिग्राम, स्पास्पेन २५० ट्याब्लेट बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितमा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा चालक सिराहा लहान नगरपालिका–२२ का सन्दिप चौधरीको साथबाट ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  चेकजाँचकै क्रममा सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१६ का बिनोद लिम्बु र मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का दिपेश चौधरीलाई शङ्काको चेकजाँच गर्दा ३ ग्राम ७४० मिलिग्राम औषधि स्पास्पेन २५० ट्याब्लेट बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के, बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।