प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध दुर्व्यसन न्युनिकरण सम्बन्धी सप्ताह व्यापी कार्यक्रम संचालन

२०८०-०१-१७

  • A
  • A-
  • A+
Share

ईलाका प्रहरी कार्यालय दुहबीले लागुऔषध दुर्व्यसन न्युनिकरण सम्बन्धी सप्ताह व्यापी कार्यक्रम संचालन गरेको छ । दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छादारको प्रमुख आतिथ्यतामा दुहवी नगरपालिकाको सभाहलमा बैशाख १५ गते  एक कार्यक्रमको आयोजना गरी शुरुवात गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्मा र पुर्व प्रहरी उपरीक्षक विद्यानन्द माझीले लागु औषध दुर्व्यसन सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राज कुमार राई, पुर्व प्रहरी संगठनका पदाधीकारीहरु, स्थानीयवासीहरु,  माउण्ट मनास्लु विद्यालय र सरस्वती माध्यामिक बिद्यालयका विद्यार्थी तथा शिक्षकहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।