प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आर्थिक बर्ष २०७८/०७९ मा ८ हजार ५५ वटा मुद्धा दर्ता, ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन

२०७९-०४-०५

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक २०७८/०७९ मा ८ हजार ५५ बटा मुद्धा दर्ता भएका छन् भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै १ नम्वर प्रदेश भरीमा कार्यारत सम्पूर्ण प्रहरी कार्मचारीहरुले आफ्नो पदिय दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुरुप उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षमा ८ हजार ५५ वटा बिभिन्न अपराध सम्बन्धि सिर्षकमा मुद्धा दर्ता भई कानुनि कारवाही भएको छ भने ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट गरिसकेको छ, फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७  हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ भने नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ३७ जना मानिस र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासीमा संलग्न ४७ जना मानिस पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यू.फिट. काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैया राजश्व संकलन गरेको छ ।

यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिकमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनहरुलाई कारवाही गरी  १८ करोड १ लाख ५९ हजार  राजश्व संकलन भएको छ भने लागूऔषध नियन्त्रण तर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७  मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरिएको र ४ हजार ८ सय २१  रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ ।
यसै गरी प्रहरी कार्य तर्फ उत्कृष्ट कार्य गर्ने १ हजार ८ सय ६४ जना  प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ भने प्रहरी आचरण बिपरित कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीहरुलाई बिभागिय  कार्वाही गरिएको छ ।

सम्बन्धित समाचार
फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-१२-०६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी-६ स्थितबाट अवैध लागु औषध गाँजा ७० किलोग्राम र साँगुरीगढी-८ स्थित सडक खण्डमा को. १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम अवैध लागु औषध गाँजा बरामद गरेको तथा  प्रहरी हवल्दार यादब प्रसाद दाहालले मोरङको कटहरी गाउँपालिका-५ का ६२ बर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका-२ स्थित नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारलाई कर्तब्य गरी मारी बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको साथै सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी राय लडि घाईते भएको भनि श्रीमान शैलेन्द्र रायले उपचार्थ कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको हुँदा  उनिहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।     

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-१२-०५

इलाम र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह बिशेष सुचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका-३ का २५ बर्षीय उपेन्द्र बान्तावालाई ७८ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४ हजार २ सय रुपैया सहित पक्राउ गरेको हो । त्यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री रुपाकोट मझुवागडी नगरपालिका-५ खोटाङका २३ बर्षीय पुजन राईलाई ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।