फरार प्रतिवादी पक्राउ
२०७९-०७-०३
- A
- A-
- A+
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT बाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७७।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २१ दिन कैद र २ हजार रुपैया जरीवाना भएका फरार प्रतिवादी सुन्दरहरैचा नगरपालिका-६ मोरङका २३ बर्षीय बालकृष्ण मगरलाई गाउँघरमा नै लुकिछिपि बसेको अबस्थामा आजै पक्राउ गरी कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।