प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०८०-१२-०४

  • A
  • A-
  • A+
Share

इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।


विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाले फागुन महिनामा प्रदेश ०१-०२-००१ ज ४०५० नं. को गाडी सहित ४०६ के.जी. ९४० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको, को १ च २९३७ नं. को एम्बुलेन्समा २७३ के.जि. १३० ग्राम गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गरेको, सप्तकोशीको वाढी नियन्त्रण गर्न लगाईएको पर्क्युपाईन (त्रिखुट्टी) पिलर थान- ५२ चोरी गर्ने ४ जना मानिस पक्राउ गरेको, युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. २ बस्ने सुनिल सिटौलालाई पक्राउ गरेको, बहु-बिवाह मुद्दामा फरार जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ०८ बस्ने २ जना प्रतिवादी पक्राउ गरेको, जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ०५ कालाबञ्जरमा तास खेलिरहेको अवस्थामा ५ बुङ तास, १०,७३०।– नगद रुपैया सहित ५ जना मानिसहरु नियन्त्रणमा लिएको, सम्मानित अदालतहरूबाट बिभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्तहरु ७ (सात) जनालाई नियन्त्रणमा लिनुका साथै बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र मिति २०८०/११/२१ गते अं. २२:१० बजेको समयमा जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ लामाटोलीमा १५ वर्षिय बालिकालाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी काटी कर्तब्य गरी मारेको घट्नाको अनुसन्धानमा SOCO को रुपमा खटिई घट्नास्थलको सुक्ष्म अनुसन्धान गरी घट्नास्थलमा रहेको संकित व्यक्तिको फुट प्रिन्ट सुरक्षित तरिकाले संकलन गरी सोही फुटप्रिन्ट समेतको आधारमा जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. २ बस्ने अभियुक्त वर्ष ३८ को धिरेन कुमार खाँ चौधरीसँग घट्नाको सम्बन्ध स्थापना गर्न सफल भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्ने इ.प्र.का.पथरी मोरङ कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।
 
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८२-०१-०८

सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेशाख ०७ गते उदयपुरको बेलका नगरपालिका-३ स्थितमा लागु औषध कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा सोहि स्थानका ३० बर्षीय बद्री भन्ने बिशाल लिम्बुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर फेलापारी नियन्त्रणमा लिएको हो भने त्रियुगा नगरपालिका- १२ का २६ बर्षीय मो इस्माइल अलीलाई लागुऔषध नाइट्राजेपाम-३२ ट्याब्लेट, त्रियुगा नगरपालिका-६ स्थितबाट प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटले को.२० प ३६८३ नम्बरको स्कुटी चालक सोहि स्थानका ४६ बर्षीया रेसु राई र स्कुटी सवार २९ बर्षीय सन्तोष साहलाई ट्रामाडोल ३०९  क्याप्सुल र स्पास्पेन ३०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

कोशीमा नुहाउने क्रममा २ जना बेपत्ता
२०८२-०१-०८

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशीमा नुहाउने क्रममा २ जना बेपत्ता भएका छन् । सुनसरीको इटहरी उप-महानगरपालिका-१६ बालग्रामका ४० बर्षीय नबराज बास्तोला र निजका १६ बर्षीय भान्जा जेनिस आर्चाय बराहक्षेत्र मन्दिर छेउमामा कोशीमा नुहाउने क्रममा बैशाख ८ गते बिहान पौने ९ बजे बेपत्ता भएका हुन् । घटनाबारेमा जानकारी पाउँनासाथ बेपत्ता भएका मामा र भान्जाको खोजतलाशको लागी सुनसरीको इलाका प्रहरी कार्यालय चतारा, प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरीको टोली खटिएको छ बने सशस्त्र प्रहरीको १५ जना गोताखोर टोली समेत खोजतलाशमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बुलेरो गाडीमा आगोलागी हुँदा ४ जनाको मृत्यु २ घाईते
२०८२-०१-०८

पाथिभरा मन्दिर दर्शन गर्न भक्तजन बोकेर गईरहेको बुलेरो गाडीमा आगोलागी हुदाँ ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बैशाख ८ गते बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट मन्दिर तर्फ जादै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चौक स्थित बाटोमा बिधुतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएर अचानक गाडीमा आगोलागी हुँदा ललितपुरको ललितपुर महानगरपालिका-१० की १६ बर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० बर्षीय विनोद पौडेल निजको ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक ताप्लेजुङको फुङलिङ नगरपालिका-१० का ४२ बर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको हो । घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक  रवि रावलको कमाण्डमा खटिएको प्रहरीको टोलीले आगोलागीमा परेर घाईते भएकी ललितपुरको ललितपुर महानगरपालिका-१० की ४५ बर्षीया सबिना आचार्य निजको १० वर्षिय छोरा भबिमय आचार्यलाई तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ तर्फ पठाई गाडीमा लागेको आगोलागीलाई पुर्णरुपमा नियन्त्रणमा लिएको थियो  ।  घाईते २ जनालाई थप उपचारकोलागी हेलीकप्टरद्दारा कठमाण्डौ लैजाने तयारी भईरहेको छ भने घटनास्थलमा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।

लागूऔषध अफिम र ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०१-०७

संखुवासभाको धर्मदेवी नगरपालिका-४ स्थितबाट अफिम सहित ३ जना र बिराटनगर-१५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले  धर्मदेवी नगरपालिका-४ का राम बहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका-६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो । यसै गरी मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-२ का ३१ बर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०१-०७

मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । वैशाख ६ गते बिहान मोरङको उर्लाबारी-८ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०२-४०प ७८८१ नम्बरको स्कुटर अनियन्त्रि भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । सोही दिन सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गको पानीपिया जंगलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०३० च ४६१८ नम्वरको कार आफै अनियन्त्रित भई रुखमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका कारमा सवार इटहरी-१ का  ४० वर्षीय बिष्णु राउतको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । यसै गरी ताप्लेजुङको फक्तालुङ-६ स्थित भित्रि सडक खण्डमा मे.१त ७७५८ नम्वरको गोलिया बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार फाक्तालुङ-६ का २६ बर्षीय भुछिरिङ शेर्पाको घटना स्थलमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।