स्कुल बसको ठक्करबाट पैदाल यात्रीको मृत्यु
२०७९-०९-२९
- A
- A-
- A+
झापाको गौरादह नगरपालिका-१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ बर्षीय तुलसा दाहाल रहेकी छन् । हिजो अपरान्ह ३ बजे माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे. १ ख २६७६ नम्बरको बसले ठक्कर दिदा घाइते भएकी दाहालको उपचारको क्रममा बि. एण्ड. सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक गौरादह-२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।