प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निषेधित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ

२०७९-०१-०८

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर महानगरपालिका-१६ भत्केको वालबाट निषेधित लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे भारतबाट नेपालतर्फ आउदै गरेका सुनसरी दुहबी नगरपालिका-६ का १७ बर्षीय बिक्की सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट र बिराटनगर-७ का २८ बर्षीय गणेश बि. क. को साथबाट डाईजोपाम ९ एम्पुल,  लुपिजेसिक ९ एम्पुल,  एभिल ९ एम्पुल र फेनारगन  १ एम्पुल सहित  सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।