फरार प्रतिवादी पक्राउ
२०७९-०८-२०
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) को प्रहरी टोलीले बैङ्किङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का ५१ बर्षीय शिव कुमार यादव रहेका छन । बैङ्किङ कसूर मुद्दामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८।०५।२१ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख जरिवाना बेरुजु रहि फरार रहका यादवलाई गाँउ घरमा नै लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरी सम्मानित अदालतमा दाखिला गरेकोमा जरीवना बापतको कैद भुक्तानको लागी मोरङ कारागार पठाएको छ ।