अबैध सामान बरामद
२०७९-१२-०४
- A
- A-
- A+
मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न प्रकारका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । जिल्लाको सिमावर्ती क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका खाध्यान्नका सामग्री, कुर्था सुरुवालको कपडा, जेन्स बेल्ट लगायतका करिव ४ लाख २७ हजार रुपैया बराबरको सामान बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।