प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

                                                                            आसरा सुधार केन्द्र पानवारी, धरान

 

 

 

परिचय
आसरा सुधार केन्द्र रानीवारी, महाराजगंज, काठमाडौंको पहिलो शाखाको रुपमा मिति २०७५ साल चैत्र १ गते तत्कालिन संगठन प्रमुख श्रीमान् प्र.म.नि. सर्वेन्द्र खनाल ज्यूबाट समुद्‍घाटन भई आसरा सुधार केन्द्र, पानवारी धरान शाखाको रुपमा संचालनरत रहेको छ । यस केन्द्र समुदाय प्रहरी साझेदारी (Police-Public Partnership) को अनुपम नमुनाको रुपमा रहेको र नेपाल प्रहरी श्रीमती संघको सुपरीवेक्षणमा संचालित संस्था हो ।

 

उदेश्य

- लागू औषध प्रयोग कर्ताहरुमा मनोबल अभिबृद्धि गर्ने तथा लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराई बाँकी जीवन कुशलता पूर्वक व्यवस्थापन गर्न सिकाउने ।
- लागू औषध प्रयोग कर्ताहरुलाई उपचार गरी परिवार र समाजमा पुनर्स्थापना गर्ने ।
- सिपमूलक तालिम प्रदान गरी स्वाबलम्बी बन्न प्रेरित गर्ने ।
- लागू औषध प्रयोगबाट सृजना हुने रोगहरु बारे सजग गराउने र अकाल मृत्युबाट बचाउने ।
- लागू पदार्थको दुष्प्रभाव बारे समुदायमा सचेतनामूलक कार्यक्रम गरि युवा पीढीलाई कुलतमा फस्नबाट जोगाउने ।


क्षेत्रफल
धरान उप-महानगरपालिका वडा नं. ६ पानवारी स्थित पाचकन्या सामुदायिक वन बाट प्राप्त ६ कठ्ठा जग्गा र  धरान उप-महानगरपालिका वडा नं. २ निवासी श्री रामहरी हाडाज्यूबाट प्राप्त १८.५ धुर जग्गा समेत गरी ६ कठ्ठा १८.५ धुर क्षेत्रफलमा अवस्थित यस केन्द्रमा १०० जना लागू औषध प्रयोग कर्ताहरुको उपचार गर्न सकिने क्षमता रहेको छ ।