प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा कार्य सम्पादन समिक्षा सम्पन्न

२०८१-०८-१३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा चौमासिक कार्य सम्पादन समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । मंसिर १३ गते भएको कार्यसम्पादन समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि  कार्तिक महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा, छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।

कार्य सम्पादन समिक्षा तथा प्रगति विवरण अन्तरगत दर्ता भएका मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, अपराध पिडितलाई कारवाहीको प्रगति विवरण सुसुचित, सवारी दुर्घटना न्युनिकरण विशेष पहल, प्रहरीलाई नियमित अभ्यास तथा प्रशिक्षण, सम्वेदनशिल इलाकाहरुमा थप सिसि क्यामेरा जडान तथा स्तर बृद्धि, समुदाय साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सचेतना कार्यक्रम संचालन लगायतका बिषयहरुमा जिल्ला प्रहरी कार्यालय लगायत मातहत इकाईहरुबाट गरिएका कार्यहरुको समिक्षा गरिएको थियो ।

कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरु अनिवार्य कार्यान्वय गर्नु पर्ने, सम्पुर्ण प्रहरी कर्मचारीले संगठनको श्रीबृद्धीको लागि बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी कार्यान्वयन गर्नु पर्ने, आम नागरिकहरुमा सचेतना अभिबृद्धिको लागि स्थानिय जनप्रतिनिधि, नागरिक समाजहरुसंग समन्वय गरी प्रभावकारीरुपमा कार्यक्रम संचालन गर्नु पर्ने, जिल्लामा परिचालन हुने ग्रामिण तथा लामो गस्तीहरुको प्रभावकारीतामा बिशेष ध्यान दिने, प्रहरीले अनिवार्यरुपमा आम नागरिकको हरेक समस्याहरुमा अग्रणी भुमिका निर्वाह गरी नागरिक सेवामा खटिई समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिनु भएको थियो ।

 

 

सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-१२

झापा र मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ११ गते मोरङको इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोष्ट किर्तिपुरले पथरिशनिश्चरे नगरपालिका-३ की सुजा लिम्बुलाई उनले घर नजिकै खाल्डोमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध डाईक्लोमाईन २ हजार १० ट्याब्लेट र ट्रामोल २ हजार ट्याब्लेट सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका- २ का दिपक लिम्बु र भद्रपुर नगरपालिका-३ का डेविड लिम्बुलाई ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८३-०४-११

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते झापाको मेचीनगर-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले गुल्मी मुसिकोटका विपिन रानालाई ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड-१ बाट इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुन्धारा- ५ का पर्वत तोलाङी, विराटनगर-१ का शुयस ढुङेललाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मे. ९ प १६०३ मोटरसाईकलमा सवार भद्रपुर नगरपालिका-२ का अमन राई र निकेश राईलाई इलाका प्रहरी कार्यालय पृथ्विनगरले १२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी हल्दिवारीले हल्दिवारी-२ का बिकास राजवंशीलाई १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुले देवानगंज गाउँपालिका-३ स्थितमा २५ किलोग्राम गाँजा सहित को. १२ प २२७७ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ । यसै गरी वडा प्रहरी कार्यालय धरानले हरिनगर गाउँपालिका-२ का सोएल अन्सारीलाई प्रतिवन्धित औषधी ८३ चक्की सहित र उदयपुरको अस्थायी प्रहरी पोष्ट माडिवासले चौदण्डीगढी नगरपालिका-१ स्थितमा ६ किलोग्राम गाँजा सहित बा. ९६ प ७०४३ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।