प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

संगठन तथा जनताको हितमा हुने काम गर्नलाई कुनै आदेश पर्खिरहनु पर्दैन – प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

संगठन तथा जनताको हितमा हुने काम गर्नलाई कुनै आदेश पर्खिरहनु  नपर्ने निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भएको छ । आज जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो । निर्देशनकै क्रममा वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिनु भएको छ । यसका साथै वाहाँले कुनै लोभ लालचमा नपरी निस्वार्थ भावनामा जनताको सेवा गर्न, सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन हुनका साथै  प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । निरिक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुराम ढकालले सुनसरी जिल्लाको समग्र बस्तुस्थितिका बारेमा निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलालाई अवगत गराउनु भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०८-१७

मोरङ जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर- १५ बैकं चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरु बिराटनगर- १६ का राहुल यादव र  कृष्ण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रतिबन्धित औषधी NITROSUN- ४० चक्की फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

२ जना फरार प्रतिबादी पक्राउ
२०८०-०८-१७

झापा  र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध मुद्धाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा झापा जिल्ला अदालत झापाको मिति २०७९।०५।३१ गतेको फैसलाले ३ महिना १४ दिन कैद भई फरार रहेका कमल गाउँपालिका- ३ का २० बर्षीय सुनिल थापालाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । त्यस्तै सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१।०२।२६ गतेको फैसलाले लागुऔषध मुद्धामा नगद २ हजार रुपैया र १ दिन कैद भई फरार रहेका बराहक्षेत्र नगरपालिका- ३ का दिल बहादुर लिम्बुलाई अस्थाई प्रहरी चौकी नडहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

३ जना फरार प्रतिवादी पक्राउ
२०८०-०८-१६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुह र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालय बाट खटिएको प्रहरी टोलीले  शुक्रवार तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । उच्च अदालत बिराटनगर, जिल्ला अदालत झापा र मोरङबाट विभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना तोकिएका  दमक- ७ का ३७ बर्षीय टंक प्रसाद लिम्बु , दमक- ३ का १९ बर्षीय पासाङ तामाङ, र बिराटनगर- १५ का ४० बर्षीय बाबुजान अहमद मियाँलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ
२०८०-०८-१६

सुनसरी जिल्लाको बिभिन्न स्थानबाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् । हरिनगर गाउँपालिका- ४ का राजेश्वर रामले आफ्नै कुखुरा फारम अगाडी पार्किंङ गरि राखेको को. ३६ प ४६०६ नम्बरको मोटरसाईकल देवानगंज- १ का अबिशेक मेहता र देवानगंज- ७ का २६ बर्षीय उमेश प्रसाद मेहताले चोरी गरि लगिरहेको अवस्थामा स्थानियहरुले पक्राउ गरि राखेको भन्ने जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो भने कोशी- ४ का रबिन्द्र यादबको को. ३६ प ६३४८ नम्बरको मोटरसाईकल हराएको भनी जानकारी गराएसंगै प्रहरी चौकी पोखरी चोकबाट खटिएको प्रहरी टोलीले देवानगंज- १ का ललन कुमार मेहतालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।