प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध औषधी बिक्री बितरण गर्ने २ जना सहित ९ जना पक्राउ

२०७८-११-१०

  • A
  • A-
  • A+
Share

मोरङको सुन्दरहरैचा नगरपालिका-१९ बिराटचोकमा संचालित नेति फर्मा र  डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरे संगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् ।

उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा  लागुऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको RIT समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका-१० का ४५ बर्षीय शुसिल काफ्ले र निजको श्रीमती ३२ बर्षीया गोमा कार्की तथा  सेवन कर्ताहरु सुन्दरहरैचा-१ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा-१० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ , सुन्दरहरैचा-९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेस परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् ।

उक्त दुईवटा मेडिकलबाट प्रहरीले SPASPAIAN- 44,370 चक्की, ANTI KOF- 17,620 चक्की, NEAURIN-75- 18,923 चक्की, PRE-Z-75- 1,200 चक्की र APABALIN-75-14,600 चक्की बरामद गरेको छ । यसरी अनाधीकृत रुपमा दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री बितरण गर्ने दुबै मेडिकल संचालकलाई ठूलो परिणामको औषधीहरु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-३०

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-१२-२६

झापा र मोरङबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २५ गते झापाको कन्काई नगरपालिका- ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षि नगरपालिका-१० का प्रदिप तामाङ, दमक- १ का विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ की मेरी राईलाई नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर-९ का आरएन राईलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-२ का बिनोद मगरलाई ८७० मिलिग्राम ब्राउन सुगर र चरेस १ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।  लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता
२०८२-१२-२३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र हिमशिखर टेलिभिजन दमक, झापा विच प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । चैत्र २३ गते कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे र हिमशिखर टेलिभिजन दमक झापाको तर्फबाट व्यवस्थापक हरि कृष्ण न्यौपाने विच प्रत्येक हप्ताको सुक्रबार १७:०० बजे, पुन: प्रशारण शनिवार बिहान ०९:३० बजे र आइतबार १३:०० बजे नि:शुल्करुपमा प्रसारण गर्ने सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ टेलिभिजन कार्यक्रम मार्फत सचेतनामुलक सामग्रीहरु सहित नेपाल टेलिभिजन इटहरी लगायत स्थानीय टेलिभिजनहरुसंगको सहकार्यमा निरन्तररुपमा प्रहरी कार्यक्रम प्रसारण गर्दै आईरहेको छ ।

ठुलो परिमाणमा ब्राउन सुगर र विदेशी मुद्रा सहित २ जना पक्राउ
२०८२-१२-२३

झापाको भद्रपुर नगरपालिका-४ डाँगीबारी स्थितबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित २ जनालाई पक्राउ गरिएको छ । चैत २२ गते दिउँसो लागु औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ स्थितमा संकास्पद अवस्थामा रहेका भद्रपुर-४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका-१ का २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा उनिहरुको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपाली रुपैया ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र  अस्ट्रेलियन डलर ५ बरामद भएको  थियो । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले कन्काई नगरपालिका-९ का देवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरीलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८२-१२-२३

सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधी सहित २ जनालाइ पक्राउ गरिएको छ । चैत्र २२ गते कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका-५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका-१ का सरोज खवासले बोकेको जेब्रा झोला चेकजाँचको क्रममा ट्रामाडोल २ हजार ७ सय ७० क्याप्सुल बरामद भए संगै दुवै जनालाई नियन्त्रणमा लिएको थियो । सोही दिन बराहक्षेत्र नगरपालिका-५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलामा ट्रामाडोल ६ हजार २ क्यापसुल  बरामद भएको थियो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ । नियन्त्रणमा लिइएका दुबैजनाको थप अनुसन्धान भइरहेको छ।