लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८१-०२-११
- A
- A-
- A+
ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ नगरपालिका-७ का ४८ बर्षीय कुमार भन्ने प्रेम कुमार गुरुङलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट १६ मिलिग्राम ब्राउनसुगर, नगद ३ हजार ७ सय ५०० रुपैँया र १ थान मोवाईल बरामद गरेसगै नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको उनलाई सोधपुछ गर्दा फुङलिङ नगरपालिका-१ का ३७ बर्षीय चन्द्र बहादुर लिम्बु समेत बेचबिखनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धान खुल्न आएसगै लिम्बुलाई समेत पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।