प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडबिट्टाबाट खटिएको प्रहरी टोलीले मे १० प ३८०७ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका-१ का २४ बर्षीय प्रजन्त राई र नेपालगञ्ज उप-महानगरपालिका-६ घर भई बिर्तामोड-१ मा बस्दै आएका २१ बर्षीय सोहन भडेललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-०२-१८

सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१७ का ३४ बर्षीय मनिष पाण्डे, धरान-११ का ३५ बर्षीय सुर्य कुमार राई , झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका-२ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् । पाण्डे र राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।  प्रदेश १-०२-०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रवारेको भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आँउदै  गरेका उनीहरुलाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी  प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका-२ बाट राजवंशी र बिश्वकर्मालाई  ०.४६ मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ । मे.१.ह.३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखलाई निर्देशन
२०८०-०२-१६

कोशी प्रदेश प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले Virtual माध्यमद्वारा जिल्ला प्रहरी प्रमुखहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भई आवश्यक निर्देशन दिनु भएको छ । आज अपरान्ह भएको Virtual कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले मातहत प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु हुँदै पेण्डिङ मुद्दा, फरार प्रतिवादी पक्राउ, भन्सार चोरी तस्करी नियन्त्रण लगायत बिबिध अपराधिक घटनाहरुमा कानून बमोजिम कडाईका साथ लागु गर्न र  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालमा रहेका सचेतामुलक कार्यक्रमहरुलाई थप ब्यवस्थित र प्रभावकारी बनाउदै लैजान तथा कुनै अप्रिय घटना घटन नपाउने गरी प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनु भयो ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-०२-१६

झापा र ईलामको बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो झापाको कन्काई नगरपालिका-१ पुर्व पश्चिम राजमार्ग स्थितमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको मे. ९ प ५७४४ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिदा घाईते भएका भारत सुन्दरपुरका ६५ बर्षीय दिपराज चरजलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भएको हो भने मोटरसाईकल चालक बाह्रदर्शी-६ का ५४ बर्षीय संजित तामाङको सोहि अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै ईलाम नगरपालिका-७ मेची राजमार्ग स्थित सडक छेउमा रोकी राखेको प्रदेश १-१०३-००१ त ००१२ नम्बरको ट्याक्टरमा मे. ११ प ८२१५ नम्बरको मोटरसाईकल ठोक्किदा घाईते भएका मोटरसाईकल चालक ईलाम-३ का २५ बर्षीय संजय राईलाई उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लैजाने क्रममा उनको माटोमै मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडी सवार रहेका सन्दकपुर नगरपालिका- १ का १७ बर्षीय संयोग लिम्बुको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

आगोलागिबाट करोडौको क्षति
२०८०-०२-१६

पाँचथरको फाल्गुनन्द गाँउपालिका ५ भञ्ज्याङ स्थितमा आगोलागिबाट करोडौको क्षति भएको छ । आईतबार बिहान पौने ९ बजे पञ्च बहादुर चेम्जोङको घरको भान्छा कोठाबाट अचानक आगोलागि शुरु भई ढुङ्गामाटो,काठ र रडले बनेको टिनको छानो भएको तिन तले घर, घरभित्र रहेको ७ तोला सुन , ३० तोला चाँदी, नगद ५ लाख रुपैया, किराना पसलमा रहेका अन्नपात, भाँडावर्तन, काठपात, कागजपत्र लगायत घरमा  पार्किङ गरेर राखेको बा ७८ प ११३७, बा ५३ प ४०३८, मे ७ प १६८४  नम्बरको स्कुटी र तत्काल नम्बर नखुलेको १ थान मोटरसाईकल समेत पुर्णरूपमा जली नष्ट हुँदा अन्दाजि १ करोड ५० लाख मुल्य बराबरको क्षति भएको हो । उक्त आगो सोही दिन दिउँसो साढे ३ बजे पुर्णरूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

अबैध समान सहित मानिस पक्राउ
२०८०-०२-१६

मोरङको बिराटनगर महानगरपालिका-१५ बाट १० लाख भन्दा बढीको अबैध समान ओसार पसारमा संग्लग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहवाट खटिएको प्रहरी टोलीले सुनसरीको गढी गाउँपालिका-२ का २६ बर्षीय सुरज चौधरी र भारतिय नागरीक ४० बर्षीय ओमप्रकाश यादवलाई आज बिहान सवा १२ बजे अबैध रुपमा ओसार पसार भईरहेको समान सहित पक्राउ गरेको हो ।  बा १८ च १८९५ नम्बरको कारमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्दा गाडी भित्र बिभिन्न किसिमका गाडीका पार्ट पुर्जाहरु गरी अन्दाजी १० लाख ८५ हजार रुपैया बराबरको समान बरामद भएको र आवश्यक कारवाहीको लागी आजै भन्सार कार्यालय बुझाईएको छ ।