प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिदाई कार्यक्रम सम्पन्‍न

२०८०-०८-१४

  • A
  • A-
  • A+
Share

गौरवमय पवित्र संगठन नेपाल प्रहरीमा ३० बर्ष सम्म अविछिन्नरुपमा देश र जनताको सेवा र सुरक्षामा समर्पित भई अनिवार्य अवकाश हुनु भएका प्रहरी निरीक्षक गंगा बहादुर राई र प्रहरी नायव निरीक्षक तेज बहादुर तामाङलाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । बिदाई कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले उहाँहरुले संगठनमा पुर्याउनु भएको अतुलनिय योगदान प्रति हार्दिक कृतज्ञता एवम सुखद अवकाश जिवनको उत्तरोत्तर प्रगतिको कामना गर्नु हुदै  बिदाई भई जानु हुने  द्वयलाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा अनिवार्य अवकाश भई बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक गंगा बहादुर राईले ३० बर्ष प्रहरी सेवामा रहँदाको अवस्थामा आफुले भोगेको अनुभव तथा सेवा अवधिमा गरेका उल्लेख्य कार्यहरु र आफुलाई संगठनले सुम्पिएको जिम्मेवारी त्रुटी रहित तवरबाट बहन गरेको कुरा वताउनु हुदै स्वच्छ प्रहरी सेवाबाट अवकाश भएता पनि संगठनको हितमा सदैव कार्य गर्ने बिश्वास व्यक्त गर्नु भएको थियो ।

बिदाई कार्यक्रममा प्रहरी उपरीक्षक ऋषिराम कंडेल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०५-२६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको बाह्रदशी गाउँपालिका-१ खैरबारी स्थितबाट अस्थायी प्रहरी चौकी कुटिबाट खटिएको प्रहरी टोलीले को ३१ प ६१६० नम्बरको मोटरसाईकलमा सवार चालक बिर्तामोड नगरपालिका-३ का २९ वर्षिय गणेश राजवंशी र पछाडी सवार २३ वर्षिय विश्वजित राजवंशीलाई ब्राउन सुगर ३ ग्राम ६५ मिलिग्राम सहित पक्राउ गरिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-४ का २३ वर्षिय बिकास राई र सोही स्थानका २० वर्षिय सबिना लिम्बुलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

१० लाख भन्दा बढीको अवैध सामान बरामद
२०८३-०५-२६

झापा र सुनसरी जिल्लाका छुट्टा छुट्टै दुई स्थानबाट भन्सार छलीका १० लाख भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । भदौ २५ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-१० फाल्गुनन्द चोक स्थितमा प्रदेश ३-०१-०२३ च २४७५ नम्बरको मारुती कार्गो (ईको) भ्यानमा अवैध रुपमा भन्सार छली गरी ल्याउदै गरेका बिभिन्न प्रकारका कपडाहरु र भ्यान सहित ९ लाख २९ हजार १ सय रुपैँया बराबरको सामान बरामद गरे संगै गाडी चालक भद्रपुर नगरपालिका-५ का ३० वर्षीय राकेश लिम्बुलाई नियन्न्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले बर्जु गाउँपालिका-२ स्थितबाट  प्र.१-०४-००१ प ९३३२ नम्बरको मोटरसाईकलमा अवैध रुपमा भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल समेत गरी १ लाख ३२ हजार बराबरको सामान बरामद गरेको छ ।

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरु पक्राउ
२०८३-०५-२६

मोरङ, सुनसरी र धनकुटाबाट बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २५ गते मोरङबाट ९ जना, सुनसरीबाट ४ जना, र धनकुटाबाट १ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । बिभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी ठहर भई फरार रहेका उनिहरुलाई पक्राउ गरी कैद भुक्तानको लागी कारागार पठाएको छ । पक्राउ परेकाहरुबाट ७ बर्ष ५ महिना कैद सजाय  र १ लाख १७ हजार ३ सय ६७ रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ ।

१०१ किलो ६४० ग्राम गाँजा सहित ५ जना पक्राउ
२०८३-०५-२६

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट १ सय १ किलो ६४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । भदौ २५ गते त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहा तर्फ जादै गरेको २ वटा यात्रु वाहक विङगर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलामा लुकाई छिपाई राखेको  १ सय किलो १६४ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न संकित ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२५

भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । भदौ २४ गते सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु करिव १ हजार २६० वटा फडानी गरी नष्ट गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरको प्रहरी टोलीले भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिकाको पाखाबारीहरुमा करिव ३ रोपनी क्षेत्रफलमा रहेको करिव ८५० वटा गाँजाको नाभो बोटहरु फडानी गरि जलाई नष्ट गरेको छ ।