घरमा आगलागि हुँदा २ बालकको जली मृत्यु
२०७९-११-१३
- A
- A-
- A+
पाँचथरको हिलिहाङ गाउँपालिका-७ माथिल्लो सल्लेरीको एक घरमा आगलागि हुँदा दुई जना बालकको जली मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका-५ घर भई मामा घरमा बस्दै आएका सन्तोष खातीको ४ बर्षीय छोरा निशान खाती र छिमेकी कुमार पन्थाकको ५ बर्षीय छोरा सेसे पन्थाक रहेका छन ।
हिजो साँझ पौने ५ बजे स्थानिय ईन्द्र कुमारी पन्थाकको फुसको छानो भएको ढुङ्गा माटोले बनेको दुई तले घरमा खोले पकाउने क्रममा अचानक घरमा आगलागि हुँदा घर भित्र खेलिरहेका दुबै बालक आगोमा परी जली मृत्यु भएको हो । उक्त आगलागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक हरि खतिवडाको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा साढे ६ बजे नियन्त्रण गरिएको थियो भने आगलागिबाट जलि मृत्यु भएका दुबै बालकको शवलाई जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ ।
आगलागिबाट घर पुर्ण रुपमा जलि नष्ट हुँदा घर भित्र रहेको अन्न-पात, लत्ता-कपडा, भाडावर्तन समेत गरी करिव ७ लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।