प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

२०७९-११-२६

  • A
  • A-
  • A+
Share

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिनको ३ बजे सुनसरीको दुहबी नगरपालिका ५ फुटबल चोक स्थितमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटिलाई रोकी चेकजाँच गर्दा स्कुटि चालक झापा कमल गाँउपालिका ८ का २७ बर्षीय अर्जुन सुब्बा र स्कुटिमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका-८ का २१ बर्षीय मुकेश चौधरीको साथबाट ८.७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।


त्यसै गरी झापाको बिर्तामोड नगरपालिका-२ का २० बर्षीय विश्वास संग्रौलाको कोठामा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड नगरपालिका ४ का २० बर्षीय अभिषेक शर्मा र बिर्तामोड नगरपालिका ८ की २० बर्षीया अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउन सुगर, नगद ११ हजार ६ सय रुपैँया, २ थान मोबाईल र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०८-२६

झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जना पक्राउ परेका छन । मंसिर २५ गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २६ बर्षीय अजय राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको बिराटनगर-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा संखुवासभा बाह्रविसेका ३८ बर्षीय जीवन तामाङलाई २० ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१६ का २७ बर्षीय संजीप राईलाई उनको कोठाबाट निषेधित औषधी स्पासपेन र ओपोट्याव समेत गरी २६३० ट्यावलेट सहित र धरान-१५ का २६ बर्षीय आकाश राईलाई ट्रामाडोल ७५ क्यापसुर र स्पासपेन ७५ ट्यावलेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बराहक्षेत्र नगरपालिका-६ का संदिप तामाङ र भोक्राहा नरसिंह-४ का अनिस उरावलाई ट्रामाडोल क्यापसुल ९० पत्ता सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ५ जना घाईते
२०८१-०८-२५

मोरङ र उदयपुरको २ स्थानहरुमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मंसिर २४ गते साँझ मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थितमा प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आउँदै गरेको  बा.९८ प ६७०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१० का २४ बर्षीय हर्ष ढकालको उपचारकोलागी कोशी अस्पताल बिराटनगर पुर्‍याउनसाथ मृत्यु भएको थियो । यसै गरी उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ स्थितमा गाइघाटबाट लिम्चुङबुङ तर्फ जाँदै गरेको बा.१ च ३२६७ नम्बरको गाडी ब्रेक फेल भई दुर्घटना हुँदा गाडीका चालक उदयपुर त्रियुगा नगरपालिका-१६ का २६ बर्षीय युवराज तामाङको घटना स्थलमा नै मृत्यु भएको थियो भने गाडीमा सवार ५ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भई रहेकोछ । प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप चालक मोरङ बुढिगंगा गाउँपालिका-३ का २९ बर्षीय जिबन पराजुलीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०८-२४

मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना. ७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र.१-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को. १ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका लिम्वुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटना सम्वन्धमा प्रहरीले आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।