प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नव निर्मित ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बु भवनको उद्घाटन

२०७८-०७-१२

  • A
  • A-
  • A+
Share

नव-निर्मीत ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवनको उद्घाटन गरिएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उक्त भवनको समुदघाटन गर्नु भएको हो । भवनको समुदघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनु भएको छ । वहाँले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथी  प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संग संगै नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले  अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गर्नु भयो । २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो । ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवन २ करोड, ०४ लाख, ४७ हजार ८५५ कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो ।

कार्यक्रममा प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, पत्रकार, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न
२०७९-१२-१७

नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास गराईएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र प्रहरी बल नेपाल नं.३ गण हे.क्वा. कंकालिनि मोरङका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई स्थानिय प्रशासन ऐन २०२८ बमोजिम सिलसिलेवार बल प्रयोगको सिद्धान्त अनुसार भीड नियन्त्रण अभ्यास गराईएको हो ।  आन्दोलन तथा बिरोधका क्रममा हुने भीडलाई मानव अधिकारको संरक्षण गर्दै भीड तितर बितर बनाई स्थिति सामान्य बनाउन प्रहरीलाई भीड नियन्त्रण अभ्यास गराईएको हो । जिल्लामा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नको निमित्त दुवै संगठन एकै साथ परिचालन हुने भएको हुँदा भीड नियन्त्रणको लागि संयुक्त अभ्यास गरिएको हो । 

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०७९-१२-१६

झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-४ मा रहेको एक चिया पसलबाट लागुऔषध ब्राउनसुगरको ‍किनवेच भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-९ का २३ बर्षीय बिनोद श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका-६ मोरङका ३२ बर्षीय लक्ष्मी प्रसाद ढकाललाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुधवार राती सवा ८ बजे पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१० बाट स्थानीय २२ बर्षीय अशोक राजवंशीलाई १ ग्राम ब्राउनसुगर सहित बुधवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिधिवत रुपमा मौलो पुजा सम्पन्न
२०७९-१२-१५

२०७९ सालको चैते दशैको शुभअवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा बिधिवतरुपमा सम्पन्न भएको छ । आज बिहान ०७:३५ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतित्थ्यतामा मौलोमा बिधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण रानीको प्राङ्गणमा भएको मौलो पुजामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रदेश प्रहरी तालिम केन्द्र रानी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ
२०७९-१२-१५

झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडबिट्टाबाट खटिएको प्रहरी टोलीले मे १० प ३८०७ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका-१ का २४ बर्षीय प्रजन्त राई र नेपालगञ्ज उप-महानगरपालिका-६ घर भई बिर्तामोड-१ मा बस्दै आएका २१ बर्षीय सोहन भडेललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुकको प्रहारबाट १ जनाको मृत्यु
२०७९-१२-१४

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ का ५८ बर्षीय ललित गुरुङको भरुवा बन्दुकको प्रहारबाट मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा ललित गुरुङ र ५२ बर्षीय बिर बहादुर गुरुङ स्थानीय कालिदह जंगलमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएकोमा रातको समयमा जंगली जनावर जस्तो देखि बिर बहादुर गुरुङले भरुवा बन्दुक चलाउदा ललित गुरुङलाई लागेको र गुरुङको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले  भरुवा बन्दुक सहित बिर बहादुरलाई नियन्त्रणमा लिएको तथा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोलीले खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।