सप्तकोशी नदीमा डुवी बालकको मृत्यु
२०७९-०५-०९
- A
- A-
- A+
सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवी बालकको मृत्यु भएको छ । हिजो दिउँसो पौने २ बजे सरस्वति मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र-९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझी बिद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुवेको अबस्थामा स्थानियले फेला पारेको र उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।