प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय संखुवासभा लगायत मातहत प्रहरी ईकाईहरुको निरीक्षण

२०८०-०८-०८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय संखुवासभा लगायत अन्तरगत रहेका प्रहरी ईकाइहरुको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १ गते देखि ४ गते सम्म भएको निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय संखुवासभा, ईलाका प्रहरी कार्यालय चैनपुर, अस्थायी प्रहरी वेस फ्याक्सिन्दा दोभान र पुखुवा दोभानको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

वहाँले प्रहरी कर्मचारीहरुलाई दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफ्नो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र लागु औषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनका साथै सचेतनामुलक कार्यक्रम तिब्र रुपमा संचालन गरी चेतनामा अभिबृद्धी गराउन तथा सम्पुर्ण प्रहरी कर्मचारीहरुले बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित ढंगले कार्य गर्न र कार्यालयको सुन्दरतामा बिशेष ध्यान दिन निर्देशन दिनु भएको थियो ।

निरीक्षण भ्रमणका क्रममा वहाँले अरुण तेस्रो जलबिधुत आयोजनाको अबलोकन समेत गर्नुका साथै जिल्ला स्थित रहेका सुरक्षा निकायका पदाधिकारीहरु तथा स्थानिय नागरिक समाज तथा बुद्धिजिविहरुसँग समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।

जलबिधुत आयोजनाको अबलोकनको  क्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल, अनुसन्धान निर्देशक किशोर कुमार श्रेष्ठ सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०४-०२

झापा र खोटाङको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो खोटाङको साकेला गाउँपालिका-१ स्थितमा भोजपुरबाट दिक्तेल तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्रयाक्टर अनियन्त्रित दुर्घटना हुँदा ट्याक्टर चालक स्थानिय २१ बर्षीय जिवन देउजाको घटनास्थलमानै मृत्यु भएको हो । यसैगरी झापाको गौरादह नगरपालिका-१ स्थितमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बा. ७० प १८१ नम्बरको मोटरसाईकल चालक गौरादह-१ का २४ बर्षीय सन्जोक भण्डारीको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो भने मे.६ प ५८१ नम्बरको मोटरसाईकल चालक सोही स्थानका २८ बर्षीय दुर्गा ताजपुरीयाको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट कानुनि कार्वाही तथा आवश्यक अनुसन्धान भईरहेको छ ।

कुटपिटबाट बालकको मृत्यु
२०८१-०४-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन । हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए । घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।  पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको  छ ।

पहिरोले पुरिएर २ जनाको मृत्यु १ जना घाईते ।
२०८१-०४-०१

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । आज बिहान ५ बजे मोतीमाया राईको टाटी बेरा भएको  घरमा ढुंगासंगै झरेको पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको घटनास्थलमानै मृत्यु भएको छ भने छोरी २७ बर्षीया रबिना राई घाईते भएकी छन् । घाईते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।   अन्य घरका सदस्य ज्वाई नाताका ३३ बर्षीय मनि कुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय समखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई उद्धार कार्य भईरहेको  छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।