ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०१-२६
- A
- A-
- A+
मोरङ र झापाको विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वैशाख २४ गते मोरङ बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा सुन्सरी इटहरी-१२ का ३१ वर्षीय अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र धरान-८ का ४६ वर्षीय राज तामाङ र ३५ वर्षीय प्रबिन पोखरेलको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मेचीनगर-१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राईलाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।