प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०४-०२

झापा र खोटाङको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो खोटाङको साकेला गाउँपालिका-१ स्थितमा भोजपुरबाट दिक्तेल तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्रयाक्टर अनियन्त्रित दुर्घटना हुँदा ट्याक्टर चालक स्थानिय २१ बर्षीय जिवन देउजाको घटनास्थलमानै मृत्यु भएको हो । यसैगरी झापाको गौरादह नगरपालिका-१ स्थितमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बा. ७० प १८१ नम्बरको मोटरसाईकल चालक गौरादह-१ का २४ बर्षीय सन्जोक भण्डारीको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो भने मे.६ प ५८१ नम्बरको मोटरसाईकल चालक सोही स्थानका २८ बर्षीय दुर्गा ताजपुरीयाको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट कानुनि कार्वाही तथा आवश्यक अनुसन्धान भईरहेको छ ।

कुटपिटबाट बालकको मृत्यु
२०८१-०४-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन । हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए । घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।  पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको  छ ।

पहिरोले पुरिएर २ जनाको मृत्यु १ जना घाईते ।
२०८१-०४-०१

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । आज बिहान ५ बजे मोतीमाया राईको टाटी बेरा भएको  घरमा ढुंगासंगै झरेको पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको घटनास्थलमानै मृत्यु भएको छ भने छोरी २७ बर्षीया रबिना राई घाईते भएकी छन् । घाईते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।   अन्य घरका सदस्य ज्वाई नाताका ३३ बर्षीय मनि कुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय समखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई उद्धार कार्य भईरहेको  छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।

ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८१-०३-३१

मोरङ र झापाका विभिन्न स्थानबाट आज दिउसो प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मध्य मोरङ सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय मनिष चौधरी, २५ बर्षीय अशोक ऋसिदेब, ३१ बर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीलाई २.१५ ग्राम ब्राउन सुगर सहित  विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।यसै गरी झापा बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय बिबेक खड्का र २१ बर्षीय सरोज चौधरीलाई झापा भद्रपुर नगरपालिका ५ मेचीपुलबाट ब्राउन सुगर  २७० मिलिग्राम सहित मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

१०१ किलोग्राम गाँजा सहित ३ जना पक्राउ
२०८१-०३-३१

मोरङको विराटनगर महानगरपालिका ४ ईक्राही स्थितबाट १०१ किलो गाँजा सहित ३ जना पक्राउ परेका छन् । हिजो दिउसो ३ बजे बा६च ४६८९ नम्बरको कारमा लागुऔषध गाँजा ल्याउदै गरेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कारको डिकीमा लोड गरि ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट कार चालक मोरङ केराबारी गाऊपालिका ५ का ३६ बर्षीय सुरेश लिम्बु, कारमा सवार धनकुटा सागुरिगढी गाऊपालिका २ का ३४ बर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका १३ कि ४२ बर्षीया लक्ष्मि राई बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम
२०८१-०३-३०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमा नाकाहरुलाई लक्षित गरी लागु औषध दुर्व्यसन रहित समाजको परिकल्पनाका साथ दुर्व्यसन कर्ताहरुलाई निरुत्साहित गर्ने उद्धेश्यले दुर्व्यसन बिरुद्द आमाहरु कार्यक्रमका साथै लागुऔषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । आज अपरान्ह बिराटनगर बिराटनगर-१६ स्थितमा  जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी  र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा  लागुऔषध दुर्व्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन  भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कोशी प्रदेश प्रहरी प्रमुख खापुङले लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गरी स्वस्थ्य, सुखी परिवार र समुन्नत समाज निर्माण  गर्नको लागि “दुर्व्यवसन बिरुद्ध आमाहरु” कार्यक्रम कोशी प्रदेशमा अभियानकै रुपमा ल्याएको बताउदै वालबालिकाहरुसंग वढी समय आमाहरुले बिताउने हुँदा उनिहरुको वानी व्यहोरामा आएको परिवर्तन सहजै आमाहरुले महसुस गर्ने भएकोले आमा समुहलाई अगुवा बनाएर कार्यक्रम संचालनमा ल्याईएको बताउनु भयो ।  वहाँले व्यक्तिगत तथा पारिवारिक समस्या, अपहेलाना र  साथीभाईको लहलहैमा लागेर युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेकोले यस्तो अवस्था आउन नदिन आमाहरु नै जागरुक हुनु पर्ने बताउनु भयो ।  कार्यक्रममा प्रमुख अतिथि नागेश कोईरालाले नेपाल प्रहरीले लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण गरी युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन  संचालनमा ल्याएको “दुर्व्यसन विरुद्ध आमाहरु”  कार्यक्रम स्वागत योग्य रहेको बताउदै यस्ता कार्यक्रममा महानगरको सदैव साथ र सहयोग रहने वताउनु भयो ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले लागुऔषधको प्रयोगले व्यक्तिगत जीवन, पारिवार र समाजलाई असर पर्‍याउनुका साथै अपराधका घटनाहरु समेत बढाउने भएकोले यसलाई नियन्त्रण गर्न गत चैत्र १४ गते  “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरी कोशी प्रदेश अन्तर्गत रहेका पालिका र वडा स्तर सम्म कार्य समिति गठन गरी कार्यक्रम संचालन गरिरहेकोमा उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सिमा नाकालाई लक्षित गरी यो कार्यक्रम संचालन गरेको बताउनु भयो ।कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई,जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की,विराटनगर महानगरपालिका-१५ का वडा अध्यक्ष प्रकाश साह र महिला अधिकारकर्मी सामाजिक अभियन्ता सदिना खातुनले आ-आफ्नो भनाई राख्नु भएको थियो । उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सामुदायक सेवा केन्द्र रानीकाका पदाधिकारी, नागरिक समाज, आमा समुह, संघसंस्थाका प्रतिनिधिहरु, जेष्ठ नागिक, संचारकर्मी, महिला सजाल, युवा समुह, स्थानिबासीहरु समेतको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-२७

झापा र मोरङबाट लागुऔषध सहित जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे झापाको दमक नगरपालिका-१ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका-१ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।त्यस्तै हिजो दिउसो साँढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ बाट देश भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने हिजोनै दिनको साँढे ३ बजे मोरङको बिराटनगर-१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्‍वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको छ ।

अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई स्थलगत अवलोकन भ्रमण
२०८१-०३-२६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालित “लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण” तालिमका प्रशिक्षर्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल प्रहरी प्रदेश कार्यालय बिधि बिज्ञान इकाई धरानको स्थलगत अवलोकन भ्रमण गराईएको छ । असार २३ गतेबाट संचालन भएको उक्त अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई प्रहरी निरीक्षक तोरण परियारको  टोलीले  अवलोकन भ्रमण गराएको हो । अवलोकन भ्रमणमा प्रशिक्षार्थीहरुलाई लागुऔषध सम्बन्धि भौतिक सबुद प्रमाणहरूको वैज्ञानिक परिक्षण, विश्लेषण, तुलना एवम् पहिचानको बारेमा जानकारी गराईएको थियो ।

पहिरोले पुरिएर बालिकाको मृत्यु
२०८१-०३-२६

उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थितमा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चेतन समाल मगरको ८ बर्षीया छोरी रुपकला मगर रहेकि छन ।  हिजो बिहान परेको अबिरल बर्षाको कारण घर माथीबाट पहिरो झरी घर पुरिंदा घर भित्र रहेकी उनको ३० बर्षीया श्रीमती हिर कुमारी मगर र ८ बर्षीया छोरी रुपाकला मगर घाईते भएका थिए । पहिरोले पुरीएर घाईते भएका दुबै जनालाई प्रचौ साउनेबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी रानीबास लगिएकोमा उपचारको क्रममा रुपकलाको मृत्यु भएको हो । हिर कुमारी मगरलाई थप उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाएको र थप उद्दार कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०३-२६

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो लागुऔषध बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ का ३३ बर्षीय आस नारायण मारापाचेको कोठा खानतलासी गर्दा ९ ग्राम ब्राउन सुगर बरामद भए सगै मारापाचे र संलग्न रहेका २८ बर्षीय तारा राईलाई समेतलाई  नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३५ बर्षीय नर बहादुर तामाङलाई नियन्त्रीति औषधी ट्रामाडोल-७० क्याप्सुल र कोलाविन २ हजार ट्याप्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण तालिमको समापन
२०८१-०३-२५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ३ कार्य दिनको “लागुऔषध अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण” तालिमको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ । असार २३ गतेबाट संचालन भएको उक्त अनुशिक्षण तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले सहभागी प्रशिक्षार्थीहरुलाई कोशी प्रदेशमा लागुऔषधको प्रयोग तथा ओसार पसारलाई निरुत्साहित गर्न बिभिन्न निकायहरुसंग समन्वय र सहकार्य गरी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुका साथै लागुऔषधको प्रयोग र ओसार पसारमा संलग्न व्यक्तिहरुलाई कानुनि दायरामा ल्याउन प्रहरी निर्मम रुपमा प्रस्तुत हुन समेत निर्देशन दिनु भयो । जुनियर प्रहरी अधिकृत सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०३-२५

मोरङ र धनकुटाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-६ का ३२ बर्षीय अभिषेक मगर र २४ बर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१९ प ९८७७ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी-९ का २६ बर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।   

ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०३-२४

मोरङ र झापाबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो २ बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट भारतबाट नेपाल आउदै गरेका पैदल यात्री मोरङको सुन्दरहरैचा नगरपालिका ४ बस्ने २३ बर्षीय दिपेश चौधरी र सुनबर्षी नगरपालिका १ बस्ने २० बर्षीय लोकेन्द्र बहादुर खतिवडालाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर २.१८ ग्राम सहित पक्राउ गरिएको थियो । यसै गरी हिजो दिउसो ४ बजे झापा दमक नगरपालिका ४ कृष्ण मन्दिर स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ६ ग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका ७ का ३६ बर्षीय खगेन्द्र न्यौपानेलाई पक्राउ गरिएको छ । यसै गरी हिजो बेलुका साँढे ७ बजे झापाकै मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ६७० मिलिग्राम ब्राउन सुगर सहित झापा बुद्धशान्ति गाउँपालिका १ बस्ने २१ बर्षीय बिशाल श्रेष्ठ पक्राउ गरेको  हो । पक्राउ परेका सबैजानको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण तालिमको समुद्घाटन
२०८१-०३-२३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ३ कार्य दिनको “लागुऔषध अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण” तालिमको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा तालिमको समुद्घाटन भएको हो । तालिमको समुद्घाटनमा पश्चात कार्यक्रममा सम्बोधन गर्नु हुदै प्रहरी वरिष्ठ उपरीक्षक दाहालले कोशी प्रदेशमा लागुऔषध सेवन लगायत अपराध जन्य गतिबिधीहरु भईरहेको सन्दर्भमा दुर्व्यसन बिरुद्ध प्रहरी निर्मम रुपमा प्रस्तुत हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । त्यस्तै कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहत जिल्ला प्रहरी कार्यालयहरु तथा इलाका प्रहरी कार्यायलहरु मार्फत “दुर्व्यसन बिरुद्ध आमाहरु” कार्यक्रम गरिरहेको परिपेक्ष्यमा सहभागीहरु यस अनुशिक्षण पश्चात बिभिन्न प्रहरी इलाकाहरुमा परिचालन हुने र लागुऔषध बिरुद्ध सचेतनामुलक कार्यक्रमहरुको अतिरिक्त लागुऔषध जन्य अपराधिक गतिबिधिहरु बिरुद्ध प्रहरी कार्यलाई समेत प्रभाबकारी ढंगबाट अभिबृद्धि गर्दै लैजानु पर्ने भनि मन्तव्य ब्यक्त गर्नुभयो ।अनुशिक्षण तालिमको समुद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु भएको थियो । ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको समुद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०८१-०३-२३

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६  स्थित भित्री सडक खण्डमा लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश नम्बर १-०२-०५३ प ९०१६ नम्बरको मोटरसाईकललाई रोकेर चेकँजाच गर्दा सुनसरीको रामधुनी नगरपालिका-१ शान्ति टोलका २९ बर्षिय नरेश सरदारले शरिरमा लुकाई छिपाई ल्याउदै गरेको ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले उनलाई पक्राउ गरेको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका सरदारको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ
२०८१-०३-२२

तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो दिउँसो सामन्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएको छ भने हत्यामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०३-२२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको बिर्तामोड नगरपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दमक-४ का २३ बर्षीय एलिन दर्नाललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो भने प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले हल्दिबारी-२ बाट को. ५ प ८४३९ नम्बरको मोटरसाईकल चालक २९ बर्षीय दिपक राजबंशीलाई ३ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान-१३ का २१ बर्षीय दिपेश जैसवाल र धरान-१५ का १९ बर्षीय किसान क्षेत्रीलाई ट्रामानिल २३ क्याप्सुल र नगद २८ हजार ४ सय रुपैँया सहित पक्राउ गरेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले कटहरी- १ का २२ बर्षीय सुरज मुखियालाई ७ मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको छ लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।

अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न ६ जना पक्राउ
२०८१-०३-२२

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका-११ का २२ बर्षीय शिब शंकर यादब, राजगढ गाउँपालिका- ३ का २० बर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका-१ का २५ बर्षीय रन्जित कुमार यादब, बिराटनगर-१६ का ३० बर्षीय जनार्दन यादब, २६ बर्षीय सिकिन्दर यादब र सप्तरी नर्घो घर भई बिराटनगर १५ मा बस्दै आएका ३३ बर्षीय संजिव कुमार मण्डल रहेका छन । असार १९ गते अपरान्ह बिराटनगर-१५ स्थित रहेको सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले घर कोठा खानतलासी गर्दा मोवायल १६ थान,  बिभिन्न बैंकको ATM -४४ थान, भारतिय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १९ थान, बिभिन्न बैकको चेक २८ थान,  बिभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाईकल ३ थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैया सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०३-२१

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-१ का २१ बर्षिय आकाश बिष्ट, २७ बर्षिय टिकाराम दाहाल र २५ बर्षिय चेतन पुलामी मगरलाई २१० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका  विराटनगर-३ का २१ बर्षिय पदम कार्कीलाई १ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान-१७ का १८ बर्षिय आषिश राई र २६ बर्षिय अर्जुन सार्कीलाई ट्रामाडोल ४२ क्याप्सुल र  डिकोलिक ४० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित १३ जना पक्राउ
२०८१-०३-२०

सुनसरीको धरान उप-महानगरपालिका-४ र ५ बाट ठुलो परिमाणको नियन्त्रित औषधी सहित ३ जना र झापा, मोरङ र उदयपुर जिल्लाबाट समेत ब्राउनसुगर र निषेधित औषधी सहित १० जना पक्राउ परेका छन । लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा आज राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-४ का ३३ बर्षीय खेम राना मगर र धरान-१५ का २६ बर्षीय सुरज देवानलाई नियन्त्रित औषधी ५ हजार ७ सय ६ क्याप्सुल र  ४ सय ३८ ट्याब्लेट, विसकफ ३ बोतल, गाँजा २ किलोग्राम र नगद ४६ हजार ५० रुपैँया सहित पक्राउ गरेको हो ।यसै गरी मोरङको केराबारीका २८ बर्षीय मिलन राईलाई ट्रामाडोल, स्पास्पेन, कोलिबिन र डिकोलिक गरी १ हजार १ सय ३३ क्याप्सुल  सहित अस्थायी प्रहरी पोष्ट देउराली धरानले र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले विर्तामोड-६ का १८ बर्षीय सौगात लिम्बु, विर्तामोड-५ का १९ बर्षीय भविष्य खरेल र अर्जुनधारा-३ का २८ बर्षीय डेनिस प्रधानलाई ट्रमाडोल-९ सय क्यापसुल सहित नियन्त्रणमा लिएको छ भने दमक-५ की २० बर्षीया नेहा बासफोरलाई निषेधित औषधी १५ एम्पुल सहित इलाका प्रहरी कार्यालय अनारमनीले  नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह PIT  र प्रहरी चौकी रमाईलो मोरङबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-५ का ३२ बर्षीय भक्त बहादुर अधिकारी र उनको श्रीमती ३० बर्षीया बिमला कार्कीलाई ६ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको छ । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाटको प्रहरी टोलीले धनकुटा साँगुरीगढीका २८ बर्षीय सन्दिप मगर र ३२ बर्षीय सबिन सुब्बालाई १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ट्रमाडोल र स्पास २५ चक्की सहित पथरी पथरीशनिश्चरे-३ का २४ बर्षीय सम्भु लिम्बुलाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१० का ३९ बर्षीय श्याम मगरलाई ब्रुफिनोर्फिन, फेनार्गन र डाईजेपाम १८ एम्पुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०३-१८

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-९ की २३ बर्षिया कन्चना राई र १८ बर्षिय समन भुजेललाई ट्रमाडोल ३४० पिस सहित र अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २१ बर्षिय राजु साहलाई स्पास्मो ३५०० ट्याब्लेट, ओपोट्याब १७०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसै गरी  पथरी शनिश्चरे-१ मोरङका १८ बर्षिय नवराज मगरलाई ट्रमाडोल ३३ चक्की र स्पासमिड १२ चक्की सहित इलाका प्रहरी कार्यालय पथरीले  र बिर्तामोड-७ का ३३ बर्षिय सुरज लामा र बिर्तामोड-५ का २२ बर्षिय बिजय मगरलाई ४ ग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।          

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८१-०३-१८

मोरङको उर्लाबारी नगरपालिका-६ स्थित उर्लाबारी-मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी-६ की २७ बर्षीया सीता बोहोरा रहेकी छन ।  हिजो साँझ प्रदेश ०३-००१क १०९० नम्बरको टिफरले प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा  स्कुटर चालक सीता बोहोरा र उनकै ९ बर्षीय छोरा प्रशान्त बोहरा घाईते भएका थिए । दुबै घाईतेलाई उपचारको लागी स्थानिय मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पतताल पुर्‍याउनसाथ मृत्यु भएको हो भने छोरा प्रसान्तलाई थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको छ । ठक्कर दिने टिपर र टिपर चालक मोरङ मिक्लाजुङका लाल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।

फरार प्रतिवादी लागुऔषध सहित पक्राउ
२०८१-०३-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८०/१०/२६ गते पक्राउ अनुमति जारी भई फरार रहेका तेह्रथुम लालिगुराँस नगरपालिका-९ घर भई सुन्दरहरैचा नगरपालिका-४ मोरङमा डेरा लिई लुकिछिपी बस्दै आएका ४२ बर्षीय अमृत बहादुर भुजेललाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, नगद ६७ हजार ६०० रुयैँया र १ थान स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०३-१७

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको भद्रपुर नगरपालिका-५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले  चेकजाँचको क्रममा भद्रपुर-८ का ३६ बर्षीय सन्तोष राजवंशी र २६ बर्षीय अमर बरैयलाई ब्राउनसुगर ५ ग्राम १७ मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान-८ का ३६ बर्षीय सुनिल श्रेष्ठ र २३ बर्षीय दिपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगर सहित र नरसिंह गाउँपालिका-६ का २४ बर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० बर्षीय अजय कुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४ टयाब्लेट, नगद ३९ हजार र प्र.१-०२-०४९ प ११३ नम्बरको मोटरसाईकल सहित र धरान-१५ का २७ बर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० टयाब्लेट, गाँजा १०० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।

पानीमा डुबेर २ जनाको मृत्यु
२०८१-०३-१७

मोरङको पथरी शनिश्चरे-७ का धनराज गिरी र सुनसरी रामधुनी-८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह मोरङको पथरीशनिश्चरे स्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि स्थानिय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । यसै गरी सुनसरी रामधुनी-८ काली झोडाका सुनिल चौधरीको डेढ बर्षीय छोरा साजन चौधरी घर नजिकै नहरको पानीमा खेल्ने क्रममा डुबेको अवस्थामा आफन्तले फेलापारी उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेक जाँचको क्रममा मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा प्रहरीबाट अन्य थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-१७

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.३ प ५३० नम्बरको मोटरसाईकलको टुल बक्स भित्र २ ग्राम ब्राउन सुगर बरामद भएसंगै मोटरसाईकलमा सवार रहेका भद्रपुर-९ का ३० बर्षीय युनिक निरौला र भद्रपुर-५ का १८ बर्षीय बिनोद दास समेतलाई पक्राउ गरेको हो भने झापा गाउँपालिका-५ स्थितमा चेकजाँचको क्रममा BR 37 H 9555 नम्बरको मोटरसाईकल चालक भारत बिहार किसनगंजका ३२ बर्षीय तनविर आलमलाई ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३४ बर्षीय मान बहादुर राईलाई निषेधित औषधी ट्रामाडोल १३५ क्याप्सुल सहित नियन्त्रणमा लिइएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-१४

सुनसरीको धरान उप-महानगरपालिका-८ बाट ठुलो परिमाणको नियन्त्रित औषधी सहित २ जना साथै मोरङ र झापा जिल्लाबाट २  जना ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो साँझ सुनसरीको धरान-८ स्थित अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले को. १ ख ४७४७ नम्बरको बस भित्र लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामानिल ९ हजार ९०० क्याप्सुल सहित बस चालक ईटहरी-८ का २४ बर्षीय कृष्ण बहादुर बिश्वाकर्मा र सह-चालक ईटहरी-१७ का २५ बर्षीय दिनेश निरौलालाई नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरी टोलीले झापाको दमक-१ घर भई शिवसताक्षी नगरपालिका-१० मा बस्दै आएका २६ बर्षीय प्रदिप तामाङको घर कोठा खानतलासी गर्दा २ ग्राम ८७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१७ बाट धरान-१५ का ३८ बर्षीय नबिन भण्डारीलाई नियन्त्रित औषधी इस्कुफ १५ बोतल र नाईट्रोसन १० चक्की  सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।  

जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुगमन तथा निरीक्षण भ्रमण
२०८१-०३-१४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङज्यूबाट मिति २०८१ असार १२ गते जिल्ला प्रहरी कार्यालय संखुवासभाको अनुगमन तथा निरीक्षण भ्रमण भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । सोही क्रममा दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आपराधिक गतिविधि, लागुऔषधको प्रयोग तथा ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न निर्देशन दिनु भयो । त्येस्तै प्रहरी ऐन, २०१२,  प्रहरी नियमावली, २०७१ (संशोधन सहित)  तथा प्रहरी आचार संहिता, २०७७ मा भएका व्यवस्थाहरुलाई अक्षरस पालना गर्न तथा आफुमा निहित ज्ञान, सिप, कौशल र अनुभव एवं जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दै संगठनको श्रीवृद्धि गर्ने कार्यमा सकारात्मक सोचकासाथ कार्य सम्पादन गर्न निर्देशन दिनु भयो । साथै स्थानिय स्तरमा ब्यापकरुपमा समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतनामुलक कार्यक्रमहरु गर्न समेत निर्देशन दिनु भयो । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले संखुवासभा जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाको बारेमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकज्यू समक्ष प्रस्तुतिकरण गर्नु भयो ।

इलाका प्रहरी कार्यालय वाना संखुवासभाको नव-निर्मित भवन उदघाटन
२०८१-०३-१३

संखुवासभाको पाँचखपन नगरपालिका-७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नव-निर्मित भवनको समुदघाटन भएको छ । आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गर्नु भई नव-निर्मित ७ कोठे भवनको  समुद्घाटन गर्नु भएको हो । भवनको समुद्घाटन तथा निरीक्षण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वहाँले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उक्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश र उर्जा बढेर जाने हुँदा सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्नु भयो । वहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न समेत निर्देशन समेत दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि खापुङले इलाका प्रहरी कार्यालय वानाको नव निर्मित भवनको लागी जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्नु हुने स्व. ललित बहादुर दर्जीको छोरा झलक दर्जी (प्रतिनिधि), तथा भवन निर्माण कम्पनी कार्की बन्धु/ अमर जेभिलाई कदर पत्रले सम्मान गर्नु भएको थियो भने भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभवहरुलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्नु भएको थियो । उक्त भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ४३ लाख ३१ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो । समुद्घाटन कार्यक्रममा संखुवासभाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राई, ‍सहायक प्रमुख जिल्ला अधिकारी मोहन मणि घिमिरे, जिल्ला स्थि त सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयहरूका प्रमुख एवम प्रतिनिधि, बिभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी लगायत स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

पहिरोले घर पुरिंदा १ जना महिलाको मृत्यु
२०८१-०३-१२

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-५ थुम्की स्थितमा पहिरोले घर पुरिंदा १ जना महिलाको मृत्यु भएको छ । आज बिहान परेको अबिरल बर्षाको कारण स्थानिय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको १ तले घर र गोठ समेत पहिरोले पुर्दा घर भित्र बसेका ३९ बर्षीय बाबुराम खत्री, उनको ३५ बर्षीया श्रीमती देव कुमारी खत्री र १८ बर्षीया छोरी मेनुका खत्री समेतलाई पहिरोले पुरेकोमा तत्काल प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरी टोलीले  स्थानीयबासीको सहयोगमा बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरिएको छ भने  देव कुमारी खत्रीलाई पहिरोले पुरी मृत अवस्थमा भेटिएको थियो ।  घटना स्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक सहितको थप टोली खटी उद्धार कार्य भईरहेको छ ।

माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता
२०८१-०३-१२

मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन ।  मृत्यु हुनेमा सुन्दरहरैचा-५ की २२ बर्षीया प्रेमकला चौधरी रहेकी छन । हिजो दिउँसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्रेमकला चौधरी समेत बुढी खोलामा माछा मार्न गएकोमा बर्षासंगै आएको बाढीले बगाई बेपत्ता बनाएकोमा तत्काल इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक सहितको टोली खटी खोज तलासको क्रममा प्रेमकला चौधरीलाई  खोला किनारमा मृत अवस्थामा  फेला पारेको हो भने स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको छ । बेपत्ता भएका असरा देवी चौधरी र फुला चौधरीको स्थानिय प्रहरीद्वारा खोजी कार्य भईरहेको छ ।

बाढीले बगाउदा १ जनाको मृत्यु
२०८१-०३-१२

मोरङको केराबारी गाउँपालिका-४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । हिजो बिहान केराबारी-४ का चित्र बहादुर राईको ११ बर्षीय छोरा श्याम राई साथीहरुसंग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाई बेपत्ता बनाएकोमा आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए । उनिसंगै बिद्यालय जाँदैगरेका १४ बर्षीय भरत राई, १३ बर्षीय अनुप राना, १२ बर्षीय प्रबिन राई र १२ बर्षीय अर्पन लिम्बु समेतलाई खोलाले बगाउदै गरेको अवस्थामा स्थानिय र प्रहरीको सहयोगमा सकुशल उद्वार गरी आफन्तलाई जिम्मा लगाईएको छ ।

चट्याङ लागेर ३ जनाको मृत्यु
२०८१-०३-१२

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । हिजो बिहान झापाको कमल गाउँपालिका-२ का ४६ बर्षीय राजन खड्का काम गर्न खेत तर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएकोमा उपचारको लागी आम्दा अस्पताल दमक पुर्‍याउना साथ उनको मृत्यु भएको हो । यसै गरी गौरादह-८ का ४२ बर्षीय बिकास गिरीलाई खेतमा काम गरीरहेको अवस्थामा चट्याङले लागी घटनास्थलमै मृत्यु भएको हो । सोही दिन बिहान सुनसरीको रामधुनी नगरपालिका-४ का ३० बर्षिय उमेश कुमार चौधरीलाई समेत खेतमा काम गरीरहेको अवस्थामा चट्याङ लागेर घाईते भएकोमा उनको बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०३-१२

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको गौरिगञ्ज गाउँपालिका-१ स्थितमा प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी टोलीले पैदल यात्री कमल गाउँपालिका-१ का ३० बर्षीय उद्धव भट्टराई र दमक-५ का २६ बर्षीय ईन्द्र प्रसाद तिम्सिनालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१५ बाट इटहरी-७ का २५ बर्षीय सबिन दियालीलाई नाईट्राभेट ३० ट्याबलेट सहित र  धनपालथान गाउँपालिका-४ का बिशाल मुखिया र २० बर्षीय श्रवण कुमार मण्डललाई २०० ग्राम गाँजा सहित प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न
२०८१-०३-१०

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटगरको सभाहलमा आज भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले पानसमा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको औपचारिकरुपमा समुदघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि खापुङले निरन्तरुपमा प्रहरीले संचालन गर्दै आईरहेको यो अभियानले मुलुकलाई नै सकारात्मक दिशा तर्फ लैजाने बताउदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुर्‍याउनु हुने कोशी प्रदेश सरकार तथा कोशी प्रदेश सामजिक बिकास मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्नु भयो । साथै वहाँले लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ भन्दै कार्यक्रमलाई प्रभावकारीरुपमा संचालन गर्न अग्रसर रहेका कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका युनिटहरुलाई बिशेष धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख श्रीमती दुर्गा भण्डारी बरालले कोशी प्रदेश सामजिक बिकास मन्त्रालय तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र सहकार्यमा संचालन भएको लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमा प्रदेश प्रहरी कार्यलयले प्रदेशका १४ वटै जिल्लालाई समेटेर गरेको उत्कृष्ट कार्यको प्रसंसा गर्नु हुदै आगामि दिनमा हुने कार्यक्रममा समेत प्रदेश सरकारको तर्फबाट साथ र सहयोग रहने बताउनु भयो । लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको समिक्षा गोष्ठी कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जमुना कुमारी बस्नेतले समग्ररुपमा कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीद्वारा गरिएका लैंगिक हिंसा बिरुद्धका बिभिन्न सचेतनामुलक कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण र समिक्षा गर्नु भएको थियो भने सामाजिक मन्त्रालय कोशी प्रदेशको तर्फबाट सामाजिक मन्त्रालयका प्रतिनिधि रोशना कोईरालाले लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको अभियानको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।  यसै गरी जिल्ला प्रहरी कार्यालयहरुबाट आउनु भएका लैंगिक फोकल अफिसरहरु समेतले आ-आफ्नो जिल्लामा भएका लैंगिक हिंसा र प्रहरीद्वारा गरिएका सचेतनामुलक कार्यक्रमको विवरण सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा एबिसी नेपाल कोशी प्रदेशकी अध्यक्ष श्रीमती बिष्णु शर्मा पन्त, पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष तारा आचार्य समेतले आ-आफ्नो भनाई व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुका साथै जिल्ला प्रहरी कार्यालयहरुको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०३-०९

मोरङ र झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ५ बजे झापाको मेचिनगर नगरपालिका- ६ स्थित भारतबाट नेपालतर्फ आउदै गरेको दमक-४ का २७ बर्षीय बिर्जेश सुनुवारलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उनको साथबाट २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै पक्राउ गरेको हो । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह PIT  र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१६ दरैया चोकबाट को. २२ प ६९५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक बिराटनगर- ११ का २५ बर्षीय रोशन साहको साथबाट NITRAVET -४० चक्की फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

अपराध अनुसन्धान अनुशिक्षण तालिम समापन
२०८१-०३-०८

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालन भएको ४ कार्य दिनको “ सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तिय लगानी” सम्वन्धी अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा समापन भएको छ । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि खापुङले तालिमको महत्वको बारेमा बताउनु हुदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखि आपसी छलफलद्वारा अन्य प्रहरी कर्मचारीहरुलाई समेत सिकाउन अनुरोध गर्नु भयो । साथै वहाँले बिद्यमान कानुनको अध्ययन गरी कुनै पनि अपराधको सफल अनुसन्धान गर्न सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो । तालिम समापन कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयबाट आउनु भएका तालिमका संयोजक प्रहरी उपरीक्षक संजय सिंह थापाले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।असार ४ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी सहायक निरीक्षक दर्जा सम्मका ६० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक संजय सिंह थापा सहितको प्रशिक्षक टोलीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

विपद व्यबस्थापन तथा प्रतिकार्य तालिम तेस्रो समुहको समापन ।
२०८१-०३-०८

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ट उपरिक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ । आज दिउँसो कार्यालयको सभाहलमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले विपदमा परेका मानिसहरुको उद्दार कार्यमा खटिदा आम नागरिकको जन धनको सुरक्षामा आशा, भरोसा र बिश्वास बढ्ने गरी उद्दार कार्य गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै तालिमबाट प्राप्त ज्ञान र शिपको उच्चतम प्रयोग गरी कार्यक्षेत्रमा प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिम समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृत सहित अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८१-०३-०८

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गरी हत्या गरेको आरोपमा विराटनगर-४ का २४ बर्षीय गणेश भन्ने रमेश यादबलाई पक्राउ गरेको छ । असार ५ गते बुधबार राती रमेश यादबले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका-१२ सुनसरीका २३ बर्षीय अक्लेश कुमार यादबलाई सामान्य वाद विवादका क्रममा धारीलो हतियार छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाईते भएका यादबको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटनामा संलग्न रमेश यादबलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेको हो । पक्राउ परेका यादबको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८१-०३-०८

इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरीकहरुलाई पक्राउ गरेको छ । हिजो साँझ झापा गाँउपालिका-१ सालमारा स्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साईकल यात्री भारत किसनगंज कुतवाभिट्टाका ४० बर्षिय जुलमात हुसेन र साईकल पछाडि सवार २० बर्षीय  तोसिफ आमललाई १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।  लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भई रहेको छ ।

विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि तेस्रो समुहको डेमो प्रदर्शन ।
२०८१-०३-०७

कोशी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” ७ कार्य दिनको तालिम तेस्रो समूहको प्रशिक्षार्थीहरुद्वारा बिपद उद्दार सम्बन्धि डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । आज अपरान्ह कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा FIRE EXTINGUISHER, FIRE SHUTTLE, FIRE BALL को प्रयोग गरी आगोलागी नियन्त्रण, आगोमा परेर घाईते भएकाहरुको उद्दार, घटनास्थल सुरक्षा, आगोलागी नियन्त्रणमा प्रयोग हुने बिपद सामाग्रीको प्रयोग, ग्याँस सिलिण्डरमा भएको आगोलागी नियन्त्रण, शरिरमा आगो लाग्दा निभाउने तरिकाको अभ्यास तथा भिरबाट लडेर घाईते भएका तथा मृत्यु भएका ब्याक्तिको लाईन डोरीको प्रयोग गरी उद्दार अभ्यास प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले बिपदको अवस्थामा नागरीकले प्रहरी प्रति ठुलो आशा र भरोसा गरेको हुनाले प्राकृतिक तथा मानविय विपदको जोखिम न्युनिकरण, रोकथाम तथा सुरक्षा लगायत विविध विषयमा सहजिकरण गर्न प्रहरीको मुख्य भुमिका रहेको बताउदै प्रशिक्षार्थीहरुले  तालिममा सिकेका ज्ञानलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले कार्यान्वयन गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । डेमो प्रदर्शनीमा कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८१ को भब्यताका साथ शुभारम्भ
२०८१-०३-०७

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८१ को भब्यताका साथ शुभारम्भ भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्म कुमार कार्कीको प्रमुख आतिथ्यतामा रोडशेस चोकबाट प्रभात फेरी र्‍याली शुरु भई महेन्द्रचोक हुँदै बिराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना बिच ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ । तिव्र गति जीवन क्षेती, ट्राफिक नियम जानौ पनि मानौ पनि, आफ्नो लेन चिनौ, सहि लेनमा हिडौं, सिट क्षमता भन्दा बढी यात्रा नगरौ भन्ने मुल नाराका साथ आजैका दिनबाट एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले समेत बिशेष कार्यक्रमहरुको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि एक हप्ता सम्म बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने गरी ट्राफिक सप्ताहको शुभारम्भ गरिएको छ । बिराटनगरको सिटी हलमा भएको ट्राफिक सप्ताह शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवत रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरणमा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई मनै देखी धन्यबाद दिदै ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । साथै वहाँले सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीको प्रयोजानार्थ प्रदेश सरकारको तर्फबाट ट्राफिक व्यवस्थापनका लागि बिभिन्न किसिमका सामग्रीहरु प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक चन्द्रकुबेर खापुङलाई हस्तान्तरण गर्नु भएको थियो । सोही कार्यक्रममा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य योगदान पुर्‍याउनु हुने महानुभावहरुलाई वहाँहरुको योगदानको उच्च कदर गर्दै  प्रसंसा पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिला बल्लभ अधिकारी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, यातायात व्यवसायी सरोज श्रेष्ठले ट्राफिक सप्ताहको शुभकामना सहित आ-आफ्नो भनाई राख्नु भएको थियो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले स्वागत मन्तव्य राख्नुका साथै ट्राफिक सप्ताहको औचित्य माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै सवारी दुर्घटना न्युनिकरणको लागि प्रदेश सरकारबाट प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गर्दै प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी  बनाउने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा कोशी प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, माननीय स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, माननीय खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, माननीय राज्य मन्त्री सिर्जना राई, प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नेपली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात व्यवसायीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु,संचारकर्मीहरु, नागरीक समाज, संघ संस्थाका प्रतिनिधीहरु, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-०६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह PIT बाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष कैद र नगद १ लाख रुपैँया जरिवाना बेरुजु रही फरार रहेका सुन्दरहरैचा नगरपालिका- ८ सलकपुरका  ४४ बर्षीय जिवन कुवर भन्ने जिवन कुमार क्षेत्रीलाई खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित मोरङ जिल्ला अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागर मोरङमा पठाइएको छ ।

सवारी दुर्घटनाबाट पैदल यात्रीको मृत्यु
२०८१-०३-०६

झापाको बिर्तामोड नगारपालिका-५ मुक्ती चोक स्थितमा पुर्बपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे मे. १ च ६६१३ नम्बरको समान बोक्ने पिकप भ्यानले बाटो काट्दै गरेकी मोरङको रतुवामाइ नगरपालिका-८ की ७० बर्षिया टंक माया सुबेदीलाई ठक्कर दिदा घाईते भएकी टंक मायाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र चालक बिर्तामोड-१ का बिर्ख बहादुर थेबेलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।  

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०३-०५

मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको रंगेली नगरपालिका- ४ स्थित लागुऔषधको बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय भुवनेश्वर प्रसाद साह र रंगेली-९ का २५ बर्षीय सागर यादवको साथबाट ३१ ग्राम ४९ मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ का २७ बर्षीय मनोज साह र बराहक्षेत्र- ६ का २५ बर्षीय मोहन साहलाई डिकोलिक र ट्रमाडोल गरी २९२ ट्याब्लेट नियन्त्रित औषधी सहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले र अस्थाई प्रहरी पोष्ट पत्रंबारीबाट खटिएको प्रहरी टोलीले धरान १९ का ३२ बर्षीय सुमन रायमाझीलाई २५० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८१-०२-३१

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको सुनवर्षी नगरपालिका-९ स्थित लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत विहारका १९ बर्षीय राहुल राजालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५६ ग्राम १३ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेसगै संलग्न स्थानीय २४ बर्षीय आदर्श दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ स्थितबाट इलाम चुलाचुली गाँउपालिका-३ का ३० बर्षीय बिनोद ढुंगेललाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-११ कि  २२ बर्षीया आयुषा राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०२-३१

नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्री स्तरको) मिति २०८१।०२।१६ गतेको निर्णय अनुसार यस कार्यालयबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरी सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालाई  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आगामी कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गर्नु भई फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि” तेस्रो समूहको अनुशिक्षण तालिमको उद्घाटन ।
२०८१-०२-३१

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिम तेस्रो समूहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आज एक कार्यक्रमको आयोजना बिच उक्त तालिमको समुद्घाटन भएको हो । तालिम समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी बरिष्ठ उपरीक्षक जयराज  सापकोटाले प्रहरीले गरीरहेको बिपद उद्दार कार्यलाई पुनरताजगी गराउनको लागी यो तालिम दिईएको हुँदा तालिममा सिकेको ज्ञानलाई कार्य क्षेत्रमा ब्यबहारमा लागु गरी बिपदमा परेका मानिसहरुको उद्दारले नै यो तालिमले सार्थकता पाउने बताउनु भयो । प्राकृतिक तथा मानविय विपदमा जोखिम न्युनिकरणको लागि सबै प्रहरी कर्मचारीहरु परिचालन हुनु पर्ने भएपनि तालिम प्राप्त प्रहरी कर्मचारीहरुले अझ प्रभावकारी रुपमा काम गर्न सक्ने क्षमताको बिकाश गर्न उक्त तालिम दिएको बताउनु भयो । तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु हुँदै तालिमका संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले यस तालिममा समय सान्दर्भिक विपद जोखीम न्युनिकरण, विपद प्रतिकार्य र विपद पुनस्थापना सम्बन्धी सम्पुर्ण सुरक्षाका आधारभुत बिषयहरुलाई समेटिएको बताउनुभयो । कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत ३१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको समुद्घाटन कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

पहिरोले पुरिएर १ जनाको मृत्यु
२०८१-०२-३१

संखुवासभाको चिचिला गाउँपालिका-३ स्थितमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । जेष्ठ ३० गते  राती परेको अरिवल बर्षाको कारण चिचिला-३ स्थितमा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको कामदार बस्ने १४ वटा कोठा मध्ये ३ वटा कोठा पहिरोले बगाउदा कोठामा सुतिरहेका कामदार वर्दियाको बारा वर्दिया नगरपालिका-४ का २१ बर्षीय गंगाराम थारुको पहिरोमा परिएर मृत्यु भएको छ । उक्त पहिरोमा परी वर्दिया बारा नगरपालिका ३४ बर्षीय गोविन्द थारु, मकवानपुरका २७ बर्षीय उमेश  कार्की र संखुवासभा चैनपुरका ३५ बर्षीय गोपाल तामाङ  घाईते भएका छन । घाईतेहरुको सामान्य उपचार पश्चात काममा फर्की सकेका छन भने घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।  

खोलाले बगाएर १ जनाको मृत्यु
२०८१-०२-३१

संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ । हिजो दिउँसो पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरले खोलामा गाई तार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएको स्थानबाट  करिव ४ किलो मिटर टाढा रिपेनी घाटमा मगर मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहतिको टोली खटि मृतक लाशको आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने  घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-०२-३१

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री सुन्दरहरैचा-४ का २१ बर्षीय मदन चौधरी र अरुण गाउँपालिका-१ भोजपुरका २० बर्षीय बिनोद सिवा परियारलाई प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४१ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका- ७ का ४१ बर्षीय दर्शन लिम्बुलाई ५३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०२-३०

सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुने स्थितमा अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले को.२.ह ५९७८ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोमा स्पास्मोल, स्पाजमोल र ट्रमानिल सहित २ हजार ४२० ट्याब्लेट नियन्त्रित औषधी बरामद गरेको हो ।  नियन्त्रित औषधी बरामद भएसगै चालक बिराटनगर-१० का ४५ बर्षीय शंकर खड्का, अटोमा सवार धरान- ८ का २२ बर्षीय संजित तामाङ, धरान- ३ का २८ बर्षीय प्रनित ताम्राकार र धरान- ५ का १८ बर्षीय सुमन तामाङ समेतलाई पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका- १ लौकही बजारबाट भारत विहारका ४२ बर्षीय सन्तोष यादव र कोशी गाउँपालिका-२ का ५५ बर्षीय राम सागर यादवलाई ४५ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि डेमो प्रदर्शन ।
२०८१-०२-२९

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिमको पहिलो र दोस्रो समूहका प्रशिक्षार्थीहरुद्वारा बिपद उद्दार सम्बन्धि डेमो प्रदर्शन गरेका छन् । आज अपरान्ह कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा FIRE EXTINGUISHER, FIRE SHUTTLE, FIRE BALL र दमकल समेतको प्रयोग गरी आगोलागी नियन्त्रण, आगोमा परेर घाईते भएका हरुको उद्दार, सवारी दुर्घटनामा परेर घाईते भएको ब्यक्तीको प्राथमिक उपचार पश्चात उद्दार गरी अस्पताल सम्म पुर्याउने तथा घटनास्थल सुरक्षा, आगोलागी नियन्त्रणमा प्रयोग हुने बिपद सामाग्रीको प्रयोग, ग्याँस सिलिण्डरमा भएको आगोलागी नियन्त्रण, शरिरमा आगो लाग्दा निभाउने तरिकाको अभ्यास प्रदर्शन गरेका थिए । विपद व्यवस्थापन तथा प्रतिकार्य तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई डा. किशोर पौडेलले घटना स्थलमा गरिनु पर्ने प्राथमिक उपचार तथा सिघ्र सुबिधा सम्पन अस्पताल सम्म पठाउने कार्यको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।  उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले प्रशिक्षार्थीहरुले प्रदर्शन गरको उक्त डेमोस्ट्रेसनको प्रशंसा गर्नु हुदै तालिममा सिकेका ज्ञानलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले कार्य सम्पादन गर्न निर्देशन दिनुका साथै अन्य सहकर्मी प्रहरी कर्मचारीहरुलाई समेत उक्त ज्ञान सिकाउन अनुरोध गर्नु भएको थियो । डेमो प्रदर्शनीमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ट उपरीक्षक जयराज सापकोटा, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ५ घाईते
२०८१-०२-२९

मोरङको बिराटनगर महानगरपालिका- ४ दुधफारम स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउँसो ३ बजे नेमुवाबाट बिराटनगर तर्फ आउदै गरेको प्र. १-०४-००१ ज ००१४ नम्बरको म्याजिक र बाटो क्रस गर्दै गरेको ना. ७ ख १८७६ नम्बरको ट्याङकर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका म्याजिक चालक ईटहरी- १७ का ३० बर्षीय तिलक साहको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको छ भने म्याजिकमै सवार अन्य घाईते बिराटनगर- ६ का ३६ बर्षीय शंखर प्रसाद शर्मा, ३५ बर्षीय मुन्ना कुमार दास, दुहबी- २ का ४० बर्षीय सबिना खातुन, रंगेली- ८ का २४ बर्षीय अमित सरदार र चुईचुम्मा गाउँपालिका-७ खोटाङका २२ बर्षीय सजिन मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्याङ्कर र चालक सप्तरीका ३६ बर्षीय संजिव कुमार ठाकुर जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०२-२९

झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका- ६ स्थित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का ३८ बर्षीय सुमन भन्ने सुर्यबंशी रायलाई २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने अर्जुनधारा नगरपालिका- ३ का ३७ बर्षीय दिलबहादुर विश्वकर्मालाई अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १५ बाट सुनसरी रामधुनी- ७ का २० बर्षीय अरबिन चौधरी र ईटहरी- १६ का २० बर्षीय प्रबिण चौधरीलाई NITRAVET १५० चक्की नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । त्यस्तै धनकुटाको सहिदभुमि गाँउपालिका- ४ स्थितमा प्रहरी चौकी आखिसल्ला धनकुटाबाट खटिएको प्रहरी टोलीले ३० बर्षीय सुकदेब राईलाई लागुऔषध गाँजा ५०० ग्राम, ट्रामाडोल, ANTIKOS, DECOLIC, SPASPAIN र SPASMO गरि जम्मा ३७० ट्याबलेट नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढि- ७ स्थितबाट ६७ के.जी. २२ ग्राम गाँजा सहित स्थानीय ६० बर्षीय लाल बहादुर तामाङ र उदयपुरगढि- ८ का ५२ बर्षीय दिल बहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसम्धान भईरहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन ।
२०८१-०२-२८

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । वहाँले प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्री सहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा  समय समयमा उद्दार अभ्यास गराउन समेत निर्देशन दिनु भएको छ । वहाँले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्न र बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भयो ।वहाँले प्रहरी कार्यलयमा पिरमार्का लिएर आउने जो कोही सेवा ग्राहीहरुलाई समान व्यवहार गर्नुका साथै प्रहरी कार्यालयबाट सेवा लिएर फर्किदा नैराश्यता लिएर फर्किनु नपर्ने वातावरण सिर्जना गर्न उपस्थित सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुका साथै वहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था अनुसार प्रहरी परिचालन, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक अनुशासन र पारदर्शिता, मानवअधिकार संरक्षण गर्नुका साथै निरन्तररुपमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न निर्देशन दिनुभयो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

दुई दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न ।
२०८१-०२-२८

मोरङको बिराटनगर स्थित बिग होटलमा दुई दिवसीय प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा कोशी प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको हो । कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता तथा गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा जेष्ठ २७ गतेबाट संचालन भएको उक्त गोष्ठीको माननीय उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।प्रदेश स्तरिय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय उप-प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागी भावी रणनिती बनाएर काम गर्नु पर्ने साथै शान्ति सुरक्षा तथा बिकास निर्माण कार्यको लागि तीनवटै सरकार आपसमा समन्वय र सहकार्य गरी अगाडि बढनु पर्ने बताउनु भएको थियो । वहाँले बैदेशिक रोजगारीको प्रलोभन दिएर गरीने ठगी नियन्त्रण गर्न, भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार नियन्त्रणका लागि दत्त चित्त भई लागि पर्न निर्देशन दिनु भएको थियो ।  वहाँले बिपद व्यवस्थापनका लागि उपलव्ध श्रोत साधन सहित तयारी अवस्थामा रहन, अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, आत्महत्या न्युनिकरण तथा लागुऔषध दुर्व्यसनि नियन्त्रणका लागि सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न जोड दिनु पर्ने बताउनु भएको थियो ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उहाँले समस्या परेको बेला नागरिक पहिला प्रहरी समक्ष पुग्ने हुँदा उनीहरूको बिनम्रताका साथ गुनासो सुनुवाई गर्नुपर्ने बताउनुभयो । लागू पदार्थ दुर्व्यसन यस प्रदेशको ठूलो समस्याकोरुपमा देखा परेकोले यसको नियन्त्रणका लागि सबैले आ-आफ्नो स्थानबाट सक्रिय भुमिका निर्वाह गर्नु पर्ने र विशेष अभियानका साथ स्कुल प्रशिक्षण तथा सचेतानमूलक कार्यक्रमहरु संचालन गर्न सरोकारवाला निकायहरुलाई आह्वान समेत गर्नु भयो ।कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नु हुदै बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्नु पर्ने बताउनु भयो ।  मानब बेचबिखन, लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी जस्ता अवैधानिक गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न र सुरक्षा चुनौतिको निराकरण र समाधानका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले  निर्धक्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न समेत उहाँले निर्देशन दिनु भयो । गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्ष्म, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्ष्म प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले कानूनी राज्यको सुनिश्‍चितता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकुल परिमार्जन गर्दै लैजान र प्रहरीलाई हातहतियार भन्दा पनि कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताउनुभयो । विधिको शासनलाई अझ सशक्त बनाउने, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्ने एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभयो । उक्त गोष्ठीमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, भीष्म कुमार भूसाल र थानेश्‍वर गौतमले आ-आफ्नो भनाई राख्नु भएको थियो ।कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कोशी प्रदेशको समग्र विद्यमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । यसै गरी कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।  उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०२-२८

मोरङको विराटनगर महानगरपालिका १५ रानी स्थितबाट प्रतिबन्धी औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ४ का २८ बर्षीय निरज राई र १९ बर्षीय विकास ऋषिदेव रहेका छन् । हिजो बेलुका साँढे ४ बजे लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३७५६ नम्बरको सिटी सफारीको चालकको सिट मुनि NITRAVET 10 लेखिएको- ५२ चक्की, PYRONIX SPAS लेखीएको-२४ चक्की फेला परे पश्चात सिटी चालक निरज र पछाडी सवार विकासलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको  छ ।

मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०२-२८

ओखलढुंगा र झापामा भएको मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवाँ ५ बजे ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका ०८ माम्खा स्थित बा.प्र. ०२-०१६ प ८५३२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटना हुँदा मोटरसाईकल चालक ओखलढुंगा चिसंखुगढी गाउँपालिका ०४ रातमाटे मझुवा का ३५ बर्षीय हस्त बहादुर बि.क. को घटनास्थलमानै मृत्यु भएको थियो । यसैगरी हिजै राती पौने ११ बजे झापा दमक नगरपालिका ३ मावापुल स्थितमा मे ५ प ९७३१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ मिक्लाजुङ गाँउपालिका १ घर भई झापा दमक नगरपालिका ५ मा डेरा गरी बस्ने २२ बर्षीय सगुन राईको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०२-२५

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका ४ कि ४८ बर्षीया गायत्रा गौतमले लागु औषध संचित गरी विक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र लागु औषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ९ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर र  ३ लाख ३६ हजार ४ सय रुपैया वरामद भए संगै लागुऔषध सहित नियन्त्रणमा लिएको छ । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहको टोलीले   मोरङको बेलबारी २ स्थित  बिश्वास उपचार क्लिनिकका संचालक  भारत कलकत्ताका २५ बर्षीय नयन बिश्वासलाई व्राउन सुगरको  कारोवार गर्दै गरेको अवस्थामा ५८० मिलिग्राम र स्थानि २४ बर्षीय दाबुद मोहमदलाई १६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ  भने इलाका प्रहरी केराबारीबाट खटिएको प्रहरी टोलीले  केराबारी ८  का १९ बर्षीय सनम लिम्बु र ३९ बर्षीय यज्ञ बहादुर श्रेष्ठलाई निषेधित औषधी स्पासरेट ४५१ ट्याब्लेट, ट्रमाडोल ४५० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ  । सोही दिन इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १७ का ३७ बर्षीय भुपाल न्यौपानेलाई ट्रामाडोल १२०० क्याप्सुल र  ब्राउन सुगर  १२ ग्राम सहित उनकै घरबाट  नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

पोखरीमा डुवेर बालिकाको मृत्यु
२०८१-०२-२५

इलामको चुलाचुली गाउँपालिका ४ स्थितमा रहेको ऐना पोखरीमा डुवेर स्थानिय १८ बर्षीया बिनिता जोगीको मृत्यु भएको छ । हिजो अपरान्ह स्थानिय मन ब. जोगी को छोरी १८ बर्षीया बिनिता जोगी,  बिष्णु लिम्बुको छोरी १८ कि रोजिना साम्बा लिम्बु र  उनकै बहिनी  १७ कि रोशा साम्बा लिम्बु ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउदै गरेको अवस्थामा रोजिना साम्बा लिम्बु पोखरीको डिलबाट चिप्ली पोखरीमा खस्न लाग्दा उनलाई  हातमा समाती निकाल्ने क्रममा बिनिताको जोगी एक्कासि हुत्तिएर पोखरीमा डुबि मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकी पेल्टीमारीमा प्राप्त हुनासाथ  प्रहरी टोली खटि JCB को सहायताले पोखरीको पानी बाहिर निकाली बालिकालाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।

खोलाले बगाउदा १ जना बालक मृत्यु
२०८१-०२-२४

संखुवासभाको भोटखोला गाउँपालिका- २ च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका- ४ स्याक्सिलागोला बजारमामा बस्दै आएका नापाङ भोटेको ४ बर्षीय छोरा नामायाङ भोटेको स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाउदा मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे श्री कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत भोटे छुट्टि भए पश्चात विद्यालय पछाडी रहेको वाङ खोलामा खेल्ने क्रममा निज बालकलाई खोलाले बगाएको भन्ने खबर प्राप्त भएसगै खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उक्त बालकलाई खोलाको ढुङगाको चेपमा मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

बोलेरो गाडी खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु
२०८१-०२-२२

इलामको चुलाचुली गाउँपालिका- ५ चपेटी स्थितमा बोलेरो गाडीलाई खोलाले बगाउदा १ बालक सहित २ जनाको मृत्यु भएको छ । हिजो बेलुका ६ बजे दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु. १ च ९४९१ नम्बरको बोलेरो गाडीलाई रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले गाडी बगाइ बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घटनास्थल देखि अन्दाजी २ किलोमिटर आसपासमा माङ्सेबुङ गाउँपालिका- ५ की ३१ बर्षीय सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका- ३ का निरु लिम्बुको ३ बर्षीय छोरा निहाङ लिम्बुलाई मृत अवस्थामा फेला पारेको थियो । घटनामा परी घाईते भएका २७ बर्षीय निरु लिम्बुको लाइफ लाइन अस्पतालमा उपचार भईरहेको छ । चालक माङ्सेबुङ गाउँपालिका- ५ का २२ बर्षीय नेत्रहाङ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

बिष्फोटक पदार्थ सहित २ जना पक्राउ
२०८१-०२-२२

संखुवासभाको चैनपुर नगरपालिका- ११ सभाखोलाबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले को.१७ प ११८९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार खाँदबारी नगरपालिका- ९ तुम्लिङटारका २७ बर्षीय बिकाश कुमालले पछाडी भिरेको झोला भित्रबाट बिष्फोटक पदार्थ डेटोनेटर- २ थान, निओजेल- २०० ग्राम, बारुद १०० ग्राम र धारिलो हतियार खुर्पा बरामद गरेसगै बिष्फोटक पदार्थ ओसार पसारमा संलग्न मोटरसाईकल चालक स्थानीय २७ बर्षीय बसन्त कुमाललाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०२-२२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार झापाको अर्जुनधारा नगरपालिका- ११ स्थितमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थान रहेको एक होटलमा कोठा लिई बसेका स्थानीय २९ बर्षीय मनिष प्रधान (श्रेष्ठ) र फिदिम नगरपालिका- १ पाँचथरकी २० बर्षीया खिङतानुङ तामाङलाई फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर र नगद २२ हजार ४०० रुपैँया फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका- ६ का ३७ बर्षीय मनिष लिम्बुलाई २ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु १ थान सहित इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने सुन्दरहरैचा नगरपालिका- ६ का २६ बर्षीय कमल मगरलाई समेत ४ ग्राम ३० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधी स्पास्पेन, ट्रमाडोल, डेकोलिङ र स्पास्मो गरी जम्मा ४२३ ट्याब्लेट सहित फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान उप-महानगरपालिका- १५ बाट २४ बर्षीय सुरज देवानलाई प्रतिबन्धित औषधी स्पास्मो र ट्रामानिल ५४ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०२-१९

सुनसरी, उदयपुर र पाँचथरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बेचबिखान भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम नगरपालिका- १० घर भई हाल फिदिम- ११ स्थित बस्दै आएका ३० बर्षीय हुसेन बहादुर कटुवाललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, Tramadol ४५ ट्याब्लेट, Spaspain ६ ट्याब्लेट र नगद ३ हजार ७९० रुपैँया फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा.९५ प. ९५१२ नम्बरको मोटरसाईकलबाट डाईजेपाम, फेनारागन र बुप्रिनोर्फिन गरी जम्मा ४११ एम्पुल नियन्त्रित औषधी बरामद गरेसगै मोटरसाईकल चालक त्रियुगा- ११ का २८ बर्षीय प्रमेश भन्ने अमर बहादुर कार्की र मोटरसाईकल पछाडी सवार त्रियुगा- १२ का २१ बर्षीय राजेश भन्ने चन्द्र बहादुर कार्कीलाई समेत पक्राउ गरेको हो भने अस्थाई प्रहरी चौकी सिनुवारी सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका- ६ बाट को १ ह २०५२ नम्बरको अटोलाई चेकजाँच गर्दा उक्त अटोमा लुकाईछिपाई ल्याउदै गरेको २८ के.जी. ३ ग्राम गाँजा बरामद गरेसगै अटो चालक धरान- १६ का २० बर्षीय अर्जुन राई, अटोमा सवार २० बर्षीय प्रविन राई र १७ बर्षीया अन्जना तामाङलाई पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०२-१८

सुनसरी, मोरङ र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-४ का २३ बर्षीय सरोज पदालुङ (लिम्बु) को साथबाट ५० मिलिग्राम ब्राउनसुगर र फिदिम-१ का २३ बर्षीय चुक्से भन्ने दिल बहादुर राईको साथबाट ८० मिलिग्राम ब्राउन सुगर, नगद ४३ हजार ६ सय रुपैँया सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ३६ बर्षीय राम चन्द्र खड्का र २२ बर्षीय सुजन परियारलाई इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले स्पाइसरेष्ट र ट्रामानिल समेत गरी ३ सय ७० ट्याब्लेट निषेधित औषधी सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-१ का ३१ बर्षीय सुमन तामाङलाई लुपिजेसिक, फेनारागन, डाईजेपाम र एभिल गरी जम्मा ३६ एम्पुल औषधी सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०२-१६

मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ११ बजे मोरङको बिराटनगर- १४ जतुवा स्थितमा प्र. १-०२-००१ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनिट्रक जतुवा खोलाको कच्चि सडक खण्डको साईडमा रोकेर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त मिनि ट्रकको पछाडी डाला भित्र कुचोले छोपी राखेको अवस्थामा १ सय ८१ के.जी.  लागुऔषध गाँजा बरामद भएको थियो । ट्रकबाट लागुऔषध गाँजा बरामद भएसंगै चालक चैनपुर नगरपालिका- १ संखुवासभाका २७ बर्षीय लाक्पा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको देवानगंज गाउँपालिका- ६ स्थित अस्थाई प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरी टोलीले १० के.जी. गाँजा सहित को. २७ प ८०४१ नम्बरको मोटरसाईकल र चालक देवानगंज- ५ का ३५ बर्षीय गोपाल बहरदार र मोटरसाईकल पछाडी सवार ३६ बर्षीय राम बालक पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण
२०८१-०२-१३

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटि बजाज सोरुम इटहरी सुनसरीका संचालक प्रदिप कुमार सन्थालियाले ४ थान बिद्युतिय टेम्पो प्रदान गर्नु भएको छ । आज दिउँसो नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई सन्थालियाले ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी कार्यालयलाई प्राप्त भएको उक्त बिद्युतिय टेम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई १ थान, समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई १/१ थान हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि खापुङले प्रहरीलाई बिद्युतिय टेम्पो प्रदान गरी सहयोग गर्नु हुने सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै उक्त बिद्युतिय टेम्पो प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका साथै समाजमा सचेतनामुलक कार्यक्रम संचालन गर्न नियमितरुपमा प्रयोग गरीने बताउनु भयो । कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न अहोरात्र खटिदा सुरक्षाकर्मीलाई सहजता मिलोस भनेर उक्त बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताउनु भयो । उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको साथै संचारकर्मीहरुको समेतको उपस्थिति रहेको थियो ।  

अवैध सामान बरामद
२०८१-०२-१३

झापा, मोरङ र सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । शनिबार सुनसरीको धरान उप-महानगरपालिका- ८ तिनकुने स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ईटहरीबाट धरानतर्फ जादै गरेको को.१.ख.६५०२ नम्बरको ट्रकबाट बिलबिजक नभएको अवस्थामा बिभिन्न प्रकारका किराना तथा अन्य सामानहरु अन्दाजी ४० लाख २६ हजार ६८५ रुपैँया बराबरको बरामद गरेको हो भने झापा र मोरङका सम्बन्धित प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका कपडा लगायत खाद्यान्नका समाग्रीहरु अन्दाजी १ लाख ४६ हजार बराबरको सामान बरामद गरेको हो । बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालय पठाईएको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु
२०८१-०२-१३

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे चतरातर्फ जादै गरेको को. २८ प ४७५८ नम्बरको मोटरसाईकल दुर्घटना भई करमखोलाको पुल देखि अन्दाजी ८ मिटर तल्ल झरी दुर्घटना हुँदा चालक  सोहि स्थानका ३५ बर्षीय पुष्प बस्नेत र मोटरसाईकलमा पछाडी सवार निजको ७ बर्षीय छोरा अनुभव बस्नेत घाईते भएका थिए । घाईते उनिहरुलाई उपचारको लागि घोपा धरान पठाईएकोमा उपचारको क्रममा अनुभव बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

भरुवा बन्दुक प्रहार गरी हत्या गर्ने १ जना पक्राउ
२०८१-०२-१२

भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागीका ६५ बर्षीय मणी प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।  हिजो बेलुका साढे ६ बजे बाख्राले बाली खाएको बिषयमा वाद विवाद हुँदा मणी प्रसाद राईले छिमेकी ६३ बर्षीय राज कुमार राईलाई भरुवा बन्दुक प्रहार गर्दा राज कुमार राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले राईलाई घटनामा प्रयोग भएको भरुवा भन्दुक सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ
२०८१-०२-१२

नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ का ४५ बर्षीय पन्चु पासवान रहेका छन । पासवानले मोरङको कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जेष्ठ १२ गते पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर २ जना बालकको मृत्यु
२०८१-०२-११

इलामको माई नगरपालिका-८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानीय बिक्रम लिम्बुको ११ बर्षीय छोरा मिङसुहाङ लिम्बु र राजेन्द्र आङदेम्बेको ८ बर्षीय छोरा किस्मन आङदेम्बे माईखोलामा पौडी खेल्न गएकोमा अबेर सम्म घर फर्की नआएपछी खोजतलासमा खटिएको प्रहरी टोली र स्थानीयले मिङसुहाङ लिम्बुलाई पानीमा डुबि घाईते अवस्थामा र किस्मन आङदेम्वेलाई मृत अवस्थामा फेला पारेको थियो । घाईते लिम्बुलाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८१-०२-११

ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ नगरपालिका-७ का ४८ बर्षीय कुमार भन्ने प्रेम कुमार गुरुङलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट १६ मिलिग्राम ब्राउनसुगर, नगद ३ हजार ७ सय ५०० रुपैँया र १ थान मोवाईल बरामद गरेसगै नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको उनलाई सोधपुछ गर्दा फुङलिङ नगरपालिका-१ का ३७ बर्षीय चन्द्र बहादुर लिम्बु समेत बेचबिखनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धान खुल्न आएसगै लिम्बुलाई समेत पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०२-१०

झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे झापाको बिर्तामोड नगरपालिका-५ सुकुमबासी टोल स्थित लागुऔषध कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड-४ बस्दै आएका ४२ बर्षीय खड्ग नारायण चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ब्राउन सुगर ७ ग्राम ५१० मिलिग्राम, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैया फेला पारी पक्राउ गरेको हो भने सोहि दिन प्रहरी चौकी मेचीपारीबाट झापाको भद्रपुर नगरपालिका-३ स्थितमा खटिएको प्रहरी टोलीले मे. ४ प १६९६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक भद्रपुर-२ का २८ बर्षीय योगेश आलेको साथबाट फेनारगन र डाईजेपाम गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको बिराटनगर-१६ दरैया चोकबाट ७३ मिलिग्राम ब्राउन सुगर सहित  कैलालीका २५ बर्षीय धिरज बिश्वकर्मालाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाट स्थित घरमा कोठा भाडा लिई बस्दै आएका सप्तरीका २९ बर्षीय दिपक बस्नेत, २९ बर्षीय प्रकाश खड्का र ३२ बर्षीय सुदर्शन गेलाललाई १ के.जी.१० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । सहिदभुमि गाउँपालिका- ५ धनकुटाका २१ बर्षीय संन्देश राईलाई १ के.जी. ७०० ग्राम गाँजा सहित सहिदभुमि गाउँपालिका-६ बाट प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

मोटरसाईकलमा संलग्न ७ जना पक्राउ
२०८१-०२-०९

झापा र मोरङको छुट्टाछुट्टै स्थानहरुबाट मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १० बजे झापाको कनकाई नगरपालिका-३ र ४ स्थितमा चोरीको मोटरसाईकलहरु रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीको टोलीले झापाको कनकाई नगरपालिका- ४ का १८ बर्षिय प्रियंक कडेल, २१ वर्षिय कृष्ण घिमिरे, १८ बर्षिय नबिन बस्नेत, १५ बर्षिय बालक र कनकाई नगरपालिका-३ का १८ बर्षिय सम्रिक चुडाललाई  प्रदेश १-०२-०१ प ३१४६ नम्बरको KTM डुक,  मेची ९ प ६४६१ नम्बरको NS र प्रदेश ३-०२-००९ प ५२२१ नम्बरको CROOS FIRE मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको बिभिन्न कम्पनीको मोटरसाईकल चोरीमा संलग्न भारत विहारका २० बर्षीय साजिद रजा र २८ बर्षीय एहसान सेखलाई पक्राउ परेको हो ।  पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ८ जना पक्राउ
२०८१-०२-०९

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले झापाको बिभिन्न स्थानहरुबाट ६७ ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-५ मोरङका २६ बर्षिय समिर मग, उर्लाबारी नगरपालिका-२ का २७ बर्षिय सुजन कार्की,  कचनकवल गाउँपालिका-४ की ३६ बर्षीया अलिशा शेख मिया, शिवताक्षी नगरपालिका-१ का ३० बर्षीय शिसिर सुब्बा, २९ बर्षीय सन्जय सुब्बा र गौरदह नगरपालिका-९ का ३२ बर्षीय नबिन बस्नेत रहेका छन् । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०८१-०२-०८

कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट सोमबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ पुरी टोलबाट ईनरुवा नगरपालिका-६ का २६ बर्षीय सुशान्त खनाललालाई ३ ग्राम ९१ मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल सहित पक्राउ गरेको हो भने सोही टोलीले सोमवार अपरान्ह भोक्राहा नरसिंह गाउँपालिका-६ बाट सुन्दरहरैचा नगरपालिका-७ मोरङका २० बर्षीय बिमल चौधरी र २१ बर्षीय निकेश चौधरीलाई ३ ग्राम ४९ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ बाट दुहवी-२ का २० बर्षीय शुसान्त चौधरीलाई २ ग्राम ३९ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार दिउँसो पक्राउ गरेको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-६ बाट दमक नगरपालिका-९ का २७ बर्षीय आषिश खडियालाई ५ ग्राम १०० मिलिग्राम लागुऔषध सहित सोमवार साँझ पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीलेर थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०२-०७

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का २६ बर्षीय कुन्दन कुमार शर्मा र भारतिय नागरीक २३ बर्षीय रोहित मुखियालाई २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन मोरङको रतुवामाइ नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री रतुवामाई- ९ का २३ बर्षीय बिशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेट नियन्त्रित औषधी सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुर सहित बिराटनगर- १६ दरैयाबाट बिराटनगर- ११ की ३२ बर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट श्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० र भारु नगद १३० रुपैया, नियन्त्रित औषधी स्पासमो ३२ पिस गाँजा सहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोवाईल ५ थान बरामद गरेसगै मोटरसाईकलमा सवार देवानगंज-२ का २५ बर्षीय रहमान मियां, २४ बर्षीय सफराज मियां, २१ बर्षीय कुन्दन यादव, १९ बर्षीय विकास कुमार यादव र १८ बर्षीय प्रकाश कुमार यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत
२०८१-०२-०६

इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरज कुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा कार्यरत प्रहरी जवान शम्शेर बहादुर मगर बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषित भई पुरस्कृत भएका छन् । कोशी प्रदेश भरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बैशाख महिनामा उत्कृष्ट कार्य गर्ने उनीहरुलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । पुरस्कृत भएका भुजेलले ईटहरीमा भएका हत्याका घटनाहरुका प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागुऔषध कारोबारीहरुलाई समेत पक्राउ गर्न सफल भएको तथा मगरले तालिम केन्द्रमा बाधापार ईभेन्ट्स निर्माण लगायत प्रशिक्षण एवं पुर्वाधारको स्तरोन्नतिमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोले उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै  बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषित गरी पुरस्कृत गरिएको हो ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित १ जना पक्राउ
२०८१-०२-०६

धनकुटाको शहिदभुमी गाउँपालिका-४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट शनिवार राती ११ बजे खटिएको प्रहरी टोलीले खोकुबाट पिप्ले तर्फ जादै गरेको प्रदेश १-०२-००२ च ६५६१ नम्वरको बलेरो पिकअप गाडीलाई चेक जाँच गर्दा गाडीमा लुकाई छिपाई राखेको १२ बोरा १६० किलोग्राम गाँजा बरामद गरेको हो । गाडीमा गाँजा बरामद भए संगै उक्त गाडीका चालक शहिदभुमी-४ का २७ बर्षीय योगेन राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८१-०२-०६

सुनसरीको इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका साढे ५ बजे इटहरी-७ स्थितमा इटहरी उप-म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा पंडितको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध ओसार पसारमा संलग्न २ जनालाई गोली प्रहार गरी नियन्त्रण
२०८१-०२-०४

सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । जेष्ठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रामधुनी-६ स्थितमा संकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । गोली लागी घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भई रहेको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ३ जना पक्राउ
२०८१-०२-०३

धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साढे २ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार ईटहरी-५ का २५ बर्षीय संजिब रिजालले मुखमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद गरेसगै चालक २६ बर्षीय संजिब प्रधानलाई समेत नियन्त्रणमा लिएको हो । त्यस्तै धनकुटाको धनकुटा नगरपालिका-१ हिलेबाट स्थानीय २३ बर्षीय केवल तामाङ र २६ बर्षीय सुजन तामाङलाई स्पास्मो र ट्रामाडोल गरी जम्मा ३१९ ट्याब्लेट नियन्त्रित औषधी सहित प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यसैगरी पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०२-०२

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका-५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो । ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका-१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका-६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका-४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१७ ICP रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त  पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका-३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जना पक्राउ
२०८१-०२-०१

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१-०१-००२ ह ७९७ नम्बरको अटो टेम्पोलाई रोकी चेकजाँच गर्दा टेम्पो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका-४ घर भई हाल माई नगरपालिका-४ ईलाम बस्दै आएका ३१ बर्षीय उमेश शेर्पाको साथबाट ३ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै भद्रपुर नगरपालिका-४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले ३१० मिलिग्राम ब्राउनसुगर सहित भद्रपुर-३ का २३ बर्षीय उज्वल मगरलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले  को.३१ प ३२५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक इटहरी-१८ का २९ बर्षीय जेस राईको साथबाट ५२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने झापा कमल गाउँपालिका-६ का २३ बर्षीय कृष्ण साहलाई नियन्त्रीत औषधी lupagesine र digapame गरि जम्मा २१६ एम्पुल सहित मोरङको बुढीगंगा गाउँपालिका-२ बाट CRV बासवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने- प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ
२०८१-०१-३१

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने निर्देशन दिनु भएको छ । आज बिहान भएको निरीक्षण कार्यक्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत निरीक्षण गर्नु भएको छ भने प्रहरीले गरेका उत्कृष्ट कार्यको प्रशंसा तथा कमि कमजोरीलाई सुधार गर्न समेत निर्देशन दिनु भएको छ । निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा वहाँले भौगोलिक विकटता भएको पहाडी जिल्ला ओखलढुंगामा रहेका आम नागरिकहरुमा उत्कृष्ट प्रहरी सेवाप्रवाह गर्न र आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिका लागि ऐक्यबद्ध भई शान्ति सुरक्षामा आउने समस्या र चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै प्रहरी काम कारवाही अगाडि बढाउन निर्देशन दिनु भयो । निरीक्षण भ्रमणकै क्रममा वहाँले जिल्लाका स्थनिय जनप्रतिनिधिहरु, स्थानीय सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानिय भद्रभलाद्मीहरुसंग शान्ति सुरक्षाको बारेमा अन्तरक्रिया तथा छलफल गर्नुका साथै समाजमा जनचेतनाको कमिबाट हुने आपराधिक घटना तथा कानुन बिपरितका कार्यहरुलाई निरुत्साहित गर्ने कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको बताउदै विद्युतीय अपराधका घटनाहरू दिनानुदिन वृद्धि भइरहेकाले घटना भएर प्रहरीमा पुग्नु भन्दा यसबाट जोगिन नागरिक आफै सचेत रहन आग्रह समेत गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण
२०८१-०१-३०

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ । वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, मेस, क्यान्टिन, ब्यारेक लगायत हिरासत कक्षको समेत निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खापुङले धार्मिक स्थल भएको खोटाङ जिल्लामा आउनु हुने भक्तजनहरुको यात्रालाई सुरक्षित बनाउन तथा सुरक्षाको प्रत्याभुति दिलाई सहज तरिकाले यात्रा गर्ने वातावरण मिलाउन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निर्देशनको क्रममा अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न समय समयमा लामो तथा छोटो दुरीको गस्ती निकाली दुरदराजमा बसोवास गर्ने आम नागरिकहरुमा प्रहरी सेवाको पहुच सहजरुपमा उपलव्ध गराई उनिहरुलाई परेका पिरमार्काहरुको सुनुवाई गर्न निर्देशन दिनुभयो । त्यस्तै पहिरो, आगलागी र अन्य विपदका घटनाहरुमा स्थानीय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरीकको जीउ धनको रक्षा गर्न र अनुशासित भई आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न निर्देशन दिनुभयो । निर्देशनकै क्रममा खापुङले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सवारी दुर्घटना न्युनिकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण गर्नको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी आम नागरिकमा सचेतना फैल्याउन समेत निर्देशन दिनुभयो । निरीक्षण भ्रमण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको वारेमा प्रदेश प्रमुखलाई अवगत गराउनु भएको थियो ।

स्थानिय नागरिकहरुसंग अन्तरक्रिया छलफल तथा आगलागी पिडितलाई राहत
२०८१-०१-३०

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले खोटाङ जिल्लाका स्थानिय नागरिकहरुसंग अन्तरक्रिया छलफल तथा आगलागी पिडित पुर्व प्रहरी कर्मचारीलाई राहत बितण गर्नु भएको छ ।  जिल्ला  प्रहरी कार्यालयहरुको निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय खोटाङ पुग्नु भएका प्रदेश प्रहरी प्रमुख खापुङले जिल्लाका स्थनिय नागरिक, जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख,जेष्ठ नागरिक, महिला संजाल, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानिय भद्रभलाद्मीहरुसंग जिल्लाको शान्तिसुरक्षाको अवस्था, शान्तिसुरक्षाको निम्ति प्रहरीद्वारा निर्वाह गर्नु पर्ने भुमिका, प्रहरीसंग स्थानिय बासीको अपेक्षा तथा प्रहरी र स्थानियबासी बिचको सम्वन्ध साथै अपराध नियन्त्रणको लागि नागरिकहरुबाट प्रहरीलाई उपलव्ध हुनु पर्ने सहयोग लगायतका विविध बिषयमा अन्तरक्रिया तथा छलफल गर्नु भएको थियो । साथै वहाँले सोही कार्यक्रममा बैशाख १४ गते आगलागीबाट पिडित भएका पुर्व प्रहरी कर्मचारी हलेसी तुवाचुङ नगरपलिका-९ का (पुर्व प्र.स.नि.) गोपाल बहादुर थापामगरलाई राहत स्वरुप प्रहरी कल्याण कोष, जिल्ला प्रहरी कार्यालय खोटाङबाट संकलित रकम तथा व्यक्तिगत तर्फबाट समेत गरी नगद १ लाख ५० हजार ५ सय रुपैया हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खडका लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।    

विमानस्थलबाट चाँदी सहित एक जना महिला पक्राउ
२०८१-०१-२९

झापाको भद्रपुर नगरपालिका-८ स्थितमा रहेको भद्रपुर विमानस्थलबाट चाँदी सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत उत्तराखण्ड देराजुङका ३० बर्षीया तेन्जिङ छिरीङ रहेकी छिन् । हिजो बेलुका साढे ६ बजे बुद्द यएरको उडानद्वारा भद्रपुरबाट काठमाण्डौ जान लागेकि छिरीङको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको २ किलो ५ ग्राम चाँदीको डल्लो २ थान र भारतिय रुपैया २८ हजार ५ सय बरामद भएको थियो । अवैध चाँदी सहित पक्राउ परेकी उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०१-२९

मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ बजे  विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट PIT समुह तथा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ स्थित ग्यारेजमा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडी मा प्लाष्टिकमा पोका बनाई राखेको अवस्थामा ३१३ किलोग्राम लागुऔषध गाँजा वरामद गरेको छ । लागुऔषध गाँजा वरामद भए संगै उक्त ग्यारेजमा काम गर्ने धरान-१५ का २८ बर्षीय आशिष कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै अस्थाई प्रहरी चौकी तीनकुनेबाट  खटिएको प्रहरी टोलीले धरान-८ स्थितबाट नियन्त्रित औषधी स्पासपेन ९ हजार ५ सय पिस सहित धरान-१२ का २४ बर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको छ भने मोरङको बिराटनगर-१६ हुलास चौकबाट धरान-१५ का ३६ बर्षीय श्याम राईलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले NITROSUN २० चक्की र ESKUF 100 ml सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०१-२७

सुनसरीको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. १७ प ८९४९ नम्बरको स्कुटर चालक ईनरुवा नगरपालिका-३ का ४० बर्षिय आशिष राई र पछाडि सवार २२ बर्षिय शेवनन्द राजबंशीको साथबाट १५ ग्राम २ सय ४० मिलिग्राम ब्राउन सुगर र भोक्राहा नरसिंह गाँउपालिका-६ स्थितमा बा. ६८ प ८६९८ नम्बरको मोटरसाईकलमा सवार उदयपुरको बेलका नगरपालिका-९ का २६ बर्षिय नरेश बिश्वकर्मा र  सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३० बर्षिय सामुएल राईलाई ३ ग्राम ४ सय मिलिग्राम बाउनसुगर सहित नियन्त्रणमा लिएको  छ ।  यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २२ बर्षिय साजन बि.क. लाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अनियन्त्रित भई ट्याक्टर भिरबाट खस्दा १ जना बालकको मृत्यु ८ जना घाईते
२०८१-०१-२६

ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका-४ डुम्रिसे स्थितमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाईते भएका छन् । आज बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जादै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि करिव १५ मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय किरण तामाङको ९ बर्षीय छोरा श्री सिदेश्वरी मावि डुम्रिसेमा अध्ययनरत मानस तामाङको घटनास्थलमै मृत्यु भएको  तथा दुर्घटनामा घाईते भएका स्थानीय १२ बर्षीय शिखर काङलिवाको स्थानीय क्लिनिकमा उपचार भईरहेको , अन्य  ११ बर्षीय साईमन तामाङ, १३ बर्षीया सुष्मा तामाङ, १३ बर्षीय दिपेन्द्र तामाङ, १३ बर्षीया अनिषा बिश्वकर्मा, १४ बर्षीया मुना बिश्वकर्मा, १२ बर्षीया मनिषा तामाङ, र १५ बर्षीया गुञ्जना तामाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएको छ । घटनामा संलग्न चालक फरार रहेकोले खोजतलास भईरहेको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८१-०१-२६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आदै गरेको को.१ ज २१७८ नम्बरको यात्रुबाहक बलेरोमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २४ बर्षीय दिपक मुडेलले अम्लिसो कुचो भित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ के.जी. ४०० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।  

अवैध सामान बरामद
२०८१-०१-२५

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो दिउँसो साढे ३ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेमा  ईटहरीबाट धरानतर्फ जाँदै गरेको को. १७ प २८१५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट VCTS लगायत अन्य बिलबिजकहरु समेत नरहेको अवस्थामा अन्दाजी ६ लाख ८६ हजार ६३० रुपैँया बराबरको बिभिन्न कम्पनीको ४४ थान मोबाईल बरामद गरेको हो । त्यस्तै झापा र मोरङका बिभिन्न स्थानहरुबाट अन्दाजी २ लाख बराबरको भन्सार छलीका लत्ता कपडा,बिभिन्न किसिमका पेय पदार्थ तथा खाध्यन्न लगायतका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । अबैध रुपमा बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८१-०१-२५

इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ बर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नंम्बरको अटो सहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै प्रहरी चौकी तिनघरे इलामबाट खटिएको प्रहरी टोलीले सुर्योदय-११ स्थितबाट लागुऔषध गाँजा ४ के.जी. ६०० ग्राम सहित स्थानीय ३१ बर्षीय देबेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०१-२४

मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ बर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ बर्षीय दुर्गा प्रसाद फुयाललाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआए सगै खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक केरावारी- ४ का ३१ बर्षीय सुविन राई र पछाडी सवार केरावारी- ५ का १९ बर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।   

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण
२०८१-०१-२३

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत निरीक्षण तथा अवलोकन गर्नु भएको थियो । भ्रमण अवलोकन पश्चात जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुहुँदै प्रहरी शासक होईन सेवक हो भन्ने धारणालाई आत्मसात गरी कानूनको परिधीमा रहेर जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो । यसका साथै वँहाले सामाजिक संजालको सहि सदुपयोग गर्न, साईबर क्राईमका घटनाहरुलाई न्युनिकरण गर्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नका साथै  खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न आ-आफ्नो एरिया इलाकाहरुबाट लामो तथा छोटो दुरीको प्रहरी गस्ती खटाउन समेत निर्देशन दिनु भयो । सम्बोधनकै क्रममा वँहाले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठन र कार्यालयको श्री बृद्धीमा लागी पर्नका साथै ऐन नियमहरुको अध्ययन गर्ने बानी बसाल्न समेत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको समापन
२०८१-०१-२१

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको तत्वावधानमा गत फागुन ११ गते देखि संचालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको तालिम समापन भएको छ । कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ४५ जना पुरुष र ५ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको थियो भने तालिम समापन भएर जाने प्रहरी कर्मचारीहरुलाई वाँहाले प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि सापकोटाले नेपाल प्रहरी संगठनको प्रभावकारी कार्य सम्पादनमा सुचना प्रवाह गरी संगठनको उदेश्य परिपुर्ति गर्न संगठनकै मेरुदण्डको रुपमा रहेको प्रहरी संचार लाई  समय परिस्थिति अनुरुप दक्ष जनशक्ति उत्पादन गरी प्रहरी संचार परिचालनलाई सुदृढ, सक्षम  तथा जवाफदेही बनाउन प्रहरी संचार सेवा तर्फ उन्नत तालिमहरु संचालन गरिदै आएको बताउनु भयो । यसका साथै वँहाले प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै तालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा अक्षरस पालना गरी जस्तो सुकै कठिन परिस्थितिमा पनि उच्च मनोवलका साथ सफलतापुर्वक सुचना प्रवाह गर्न निर्देशन समेत दिनु भयो । समापन कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचरीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०१-२०

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको बिर्तामोड नगरपालिका- ३ पन्चकन्याटोल स्थित एक घरमा लागुऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत बंगालकी २५ बर्षीया सन्नी सांह र इलामकी २२ बर्षीया मनिसा राईलाई ब्राउनसुगर ७ ग्राम ६० मिलिग्राम, नेपाली नगद १६ हजार ३६५, भारतिय नगद ३ हजार ९६० रुपैया र बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय खजुरगाछीबाट गौरीगंज गाउँपालिका- ४ स्थित खटिएको प्रहरी टोलीले को १७ प ४८५३ नम्बरको मोटरसाईकलाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक गौरादह- १ का १९ बर्षीय लुखिराम बास्कीको साथबाट ब्राउनसुगर ५१० मिलिग्राम फेला पारी मोटरसाईकल पछाडी सवार २३ बर्षीय योगेश राजबंशीलाई समेत नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको धरान- १७ का २९ बर्षीय रोमन बिश्वकर्मा र ३५ बर्षीय राज कुमार बिश्वकर्मालाई ५ मिलिग्राम ब्राउनसुगर र नगद १५ हजार ८१५ रुपैया सहित अस्थाई प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने सोही दिन धरान- २० बाट इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट विष्णुपादुकबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०६-००१प००८३ नम्बरको मोटरसाईकलाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट १३ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक धनकुटा शहिदभुमी गाउँपालिका- १ का २४ बर्षीय अनिल कटुवाललाई नियन्त्रणमा लिएको । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-२०

झापा र इलाम जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो इलामको रोङ गाउँपालिका- ४ बाघखोर स्थित मेची राजमार्गमा झापाबाट ईलामतर्फ जादै गरेको मे १ ज ३२६३ नम्बरको भेन आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर तल झरी दुर्घटना हुँदा भेन चालक देउमाइ नगरपालिका- ६ का २५ बर्षीय दिपेश राईको घटनास्थलमै मृत्यु भएको हो भने झापाको बाह्रदशी गाउँपालिका- ६ रुपचनबारी स्थितमा प्र १-०१-०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ४५ बर्षीय बन मुर्मुलाई ठक्कर दिंदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक ३४ बर्षीय बसन्त राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको  र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर परिसरमा नव निर्मित वाधापारको समुदघाटन
२०८१-०१-१९

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको परिसरमा नव निर्मित वाधापारको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले समुदघाटन गर्नु भएको छ । आज बिहान तालिम केन्द्र परिरमा भएको एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित वाधापारको समुदघाटन गर्नुका साथै वाधापारको निरीक्षण तथा प्रहरी कर्मचारीहरुद्वारा गरिएका वाधापारको नमुना प्रदर्शनीको समेत अवलोकन गर्नु भएको थियो । वाधापारको निरीक्षण अवलोकन पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख खापुङले स्थापनाकाल देखिनै दक्ष प्रहरी जनशक्ति उत्पादन गर्दै आएको यस प्रहरी तालिम केन्द्रले प्रशिक्षण पद्दतिलाई समयानुकुल व्यवस्थित र  बैज्ञानिक ढंगबाट प्रशिक्षण  प्रदान गर्नमा नव निर्मित वाधापारले थप टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो । वहाँले वाधपार अभ्यास तालिमा सहभागी प्रहरी कर्मचारीलाई मात्र नभई सम्पुर्ण प्रहरी कर्मचारीहरु समेतले उक्त अभ्यास दैनिकरुपमा गर्नु पर्ने बताउनु भयो । तालिम केन्द्रेको आफ्नै आन्तरिक सिमित स्रोत साधन र जनशक्तिबाट बाधापार निर्माण गर्न उल्लेख्य योगदान पुर्‍याउनु हुने समादेशक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई विशेष धन्यवाद समेत ब्यक्त गर्नु भयो । वहाँले यस तालिम केन्द्रले प्रशिक्षण पद्धतिलाई आधुनिक, व्यवस्थित तथा उपलब्धिमुलक बनाई  नयाँ चुनौतीसँग सामना गर्न सक्षम, व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादनमा निरन्तर अगाडि बढिरन र देशकै नमुना तालिम केन्द्रकोरुपमा सदैव स्थापित राख्न कार्यरत प्रशिक्षक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।  उक्त कार्यक्रममा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुका साथै नेपाल प्रहरीको वाधापार अभ्यास सम्वन्धि मापदण्ड २०७८ र नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ अनुसार वाधापार निर्माण गरिएको बताउनु भयो । साथै वाहाँले बाधापार अभ्यासले प्रहरी कर्मचारीहरुको शारिरिक र मानसिक स्वास्थ्य सुदृढ हुनुका साथै कार्य क्षमता अभिबृद्धि भई प्रहरीको कार्य सम्पादनमा प्रभावकारीता आउने वताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि खापुङले वाधापार संरचना निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउनु हुने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते
२०८१-०१-१८

भोजपुरको आमचोक गाउँपालिका- ८ पारकवा स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने १२ जना घाईते भएका छन् । हिजो दिउँसो साढे १० बजे को.१ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बाटो देखि अन्दाजि २०० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा परी गाडीमा सवार आमचोक- १० की २७ बर्षीय रुना राईको घटनास्थलमा नै मृत्यू भएको हो भने धरान- ५ की ३६ बर्षीय शान्ति राईको उपचारको क्रममा सोही दिन घोपा धरानमा मृत्यू भएको हो । दुर्घटनामा घाईते भएका चालक आमचोक- १ का ३६ बर्षीय प्रकाश राई, ३० बर्षीय सुमन राई, ६० बर्षीय बिर बहादुर राई, ३३ बर्षीया श्रृजना राई, ३१ बर्षीया सरस्वती राई, १३ बर्षीय साईमन राई, ५ बर्षीय सायल राई, ६ महिनाको अनर्प राई, ५ बर्षीय खानुहाङ राई,  १३ बर्षीया लिजा राई, ९ बर्षीया आशिका राई र ५ बर्षीया सृष्टी राईको घोपा धरानमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।              

दर्ज्यानी चिन्हद्वारा सुशोभन
२०८१-०१-१७

नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल, काठमाण्डौ मानवश्रोत बिकास बिभागको पत्रादेशले प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ । आज दिउसो एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको हो । दर्ज्यानी चिन्हले सुशोभित कार्यक्रममा बोल्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले पदोन्नतीसंगै पदीय जिम्मेवारी पनि थपिएको हुँदा अझ बढी लगनशील भएर कर्तव्य पालना गर्न निर्देशन दिनु भयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अबैध लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा
२०८१-०१-१७

सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाईकललाई रोकेर  चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिस सहित मोटरसाईकल चालक उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी सवार उदयपुरको बेलका नगरपालिका-५ का  २८ बर्षिय मिलन राईलाई नियन्त्रणमा लिएको थियो ।यसैगरी हिजो मध्यान्न ४ बजे इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजार स्थित दिक्तेल सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बाग्मती ८६ प. ८८४० नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकल चालक खोटाङको खोटेहाङ गाउँपालिका-७ का २८ बर्षिय विपक राई र २७ बर्षिय मदन विश्वकर्मालाई  स्पासरेस्ट २५६ ट्याबलेट, ट्रामा  हाईट्रो कोलोरी २४६ ट्याबलेट र  लागुऔषध गाँजा २५० ग्राम सहित नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ
२०८१-०१-१७

इलामको माई नगरपालिका-२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ बर्षिय सन्देश दियालीले घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमा ३१ बर्षिया नेत्र माया खवासलाई धारीलो हतियार बाम्फोकले शरीरको बिभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पुर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेतमा गम्भिर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियार सहित नियन्त्रणमा लिएको थियो भने अन्य थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिदेशी नागरीकको मृत्यु
२०८१-०१-१७

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका- ४ सनासा स्थितमा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर  X2744600 भएकी ३६ वर्षिया MARISTARITA SINAGA नाम गरेकी ईन्डोनेसियन महिला सगरमाथा बेस क्याम्प जाने क्रममा गत १५ गते होटलमा आई बसेकोमा १६ गते गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिईन् । घटनाबारेमा जानकारी पाउनसाथ तत्काल खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागी होमगिल सामुदायिक अस्पताल नाम्चे लगेकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको थियो । घटनाबारेमा थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ब्राउन सुगर र भारतिय नोट सहित एक जना पक्राउ
२०८१-०१-१६

मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवा  स्थितबाट लागूऔषध ब्राउन सुगर र भारतिया नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला अररिया मिरगंज वडा न- ८ का २५ बर्षीय सैफ जफर रहेका छन् । आज दिउसो सवाँ २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका जफरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ९६ मिलिग्राम र भारतिय नोट ५०० दरको १० वटा सहित जम्मा ६ हजार २ सय भारतिय नोट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित २ जना पक्राउ
२०८१-०१-१४

सुनसरी धरानको विभिन्न स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो २ बजे धरान उपमहानगरपालिका ८ तिनकुनेबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का ३४ बर्षीय प्रेम बि.क.लाई एभिल १९, फेनारगन १९, डाईजेपाम १९ , लुपिजेसिक १९ गरि जम्मा ७६ एम्पुल सहित पक्राउ गरेको छ ।यसै गरी हिजो बेलुका साढे ४ बजे धरान उपमहानगरपालिका १३ आपगाछीबाट अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले बसमा सवार रहेका मोरङको कानेपोखरी गाँउपालिकाका २३ बर्षीय उशन बिश्वकर्मालाई ४ केजी गाँजा सहित पक्राउ गरेको छ ।

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८१-०१-१४

सुनसरी दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।हिजो साँझ ७ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका १३ हुलास वयर (फलाम) फ्याक्ट्रीका मजदुर २२ बर्षीय सिकेन्दर राम चमारलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते चमारको उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ
२०८१-०१-१३

कर्तब्य ज्यान मुद्धामा फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले १ जनालाई घटना भएको १७ बर्ष पछी पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।  २०६३ साल कार्तिक १४ गते साविक भैसिपंखा गाबिस र हाल भोजपुर नगरपालिका-१०  का ४४ बर्षीय निमा दावा शेर्पा छिमेकी चन्द्र बहादुर तामाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाका आरोपित ६० बर्षीय  तामाङलाई खोजतलास गर्ने क्रममा घटना भएको १७ बर्ष पछी २०८१ साल बैशाख ११ गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाका अर्का आरोपित स्थानीय बाल कुमार तामाङ हाल फरार रहेकोमा खोजतलास भईरहेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सवारी दुर्घटना ३ जनाको मृत्यु
२०८१-०१-१२

झापाको शिवसताक्षी नगरपालिका-८ मा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ५ बजेको समयमा दमकबाट सुरुङगा तर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च. ९३२९ नम्बरको बोलेरो एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका कमल गाउँपालिका-४ का २५ मौषम राई, २० बर्षीय युनिश भण्डारी र १७ बर्षीय सरोज रेग्मी घाईते भई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा तिनै जनाको मृत्यु भएको हो । घटनामा संग्लग्न बोलेरो चालक मेचीनगर-६ झापाका ऋषि राज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८१-०१-१२

झापाको तीन बिभिन्न स्थानहरुबाट मंगलवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको ओसार पसार तथा बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले  दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बैतडीका २५ बर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध ब्राउनसगुर ३९ ग्राम १० मिलिग्राम, मोवाइल १  थान र नगद  १,१०० रुपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट कमल गाउपालिका ५ का २० बर्षीय मनिस मगरलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ बाट स्थानीय २४ बर्षीय सुजन दाहाल र २६ बर्षीय भिष्म कडेललाई लागुऔषध ब्राउनसगुर ८ ग्राम, नगद २ हजार र मोवायल ३ थान सहित  पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सहकारी चोरीमा संलग्न ६ जना पक्राउ
२०८१-०१-१०

झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ बर्षीय अजय राना मगर रहेका छन् । पक्राउ परेका उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा बैशाख ७ गते पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको बिभिन्न औजारहरु र उनिहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको छ । उनिहरुले बिभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ भने पक्राउ परेका ६ जनालाई सम्मानित जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप  गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   

बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु
२०८१-०१-१०

पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जुनाको मृत्यु भएको छ । हिजो राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाईते भएका स्थानीय ५१ बर्षीय मन कुमार सिगुको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०१-१०

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे झापाको अर्जुनधारा नगरपालिका- ५ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कन्काइ नगरपालिका- ८ का ३१ बर्षीय रविन चौधरीलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै इलाम चुलाचुली गाँउपालिका- ५ घर भई हाल दमक नगरपालिका- ३ भुटानी शरणार्थी शिविर स्थित बस्दै आएका ३३ बर्षीय फुर्वा तामाङको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने सुचना पाएसगै प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैया र बिभिन्न कम्पनीको मोबाईल २ थान बरामद गरेसगै तामाङलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चौक स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर सहित कानेपोखरी गाउँपालिका- ५ का ३१ बर्षीय आकाश धिमाल र बिराटनगर- १५ ढाटबाट NITRAVET १६५ चक्की, SPASMO ८० क्यापसुल नियन्त्रित औषधी सहित ईटहरीका ४८ बर्षीय सुबास नगरकोटीलाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रुपैया सहित पथरीशनिश्चरेका २१ बर्षीय अनि मगर र २० बर्षीय आनीहान लिम्बुलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

नहरमा डुबेर बालीकाको मृत्यु
२०८१-०१-०९

झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालीकाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ बर्षिया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिएको थियो भने इलाका प्रहरी कार्यालाय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सावरी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८१-०१-०८

झापाको कचनकवल गाउँपालिका-६ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएका छ भने ३ जना घाईते भएका छन् । हिजो राती १० बजे मे. ८ प ८१७ नम्बर र BR 36x3944 नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कचनकबल-४ का ४१ बर्षीय कृष्ण प्रसाद साहको उपचारको क्रममा  ओमसाई पाथिभरा अस्पतालमा भद्रपुरमा मृत्यु भएको हो भने  घाईते १४ बर्षीय संदिप माझी, २१ बर्षीय गोपाल राजबंशी र २५ बर्षीय राम बहादुर राजबंशीको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

भाईको कुटपिटबाट दाजुको मृत्यु
२०८१-०१-०८

संखुवासभाको सभापोखरी गाँउपालिका-३ एथुम्बु स्थितमा भाईको कुटपिटबाट दाजुको मृत्यु भएको छ । हिजो बिहान ६ बजे सभापोखरी-३ का ४० बर्षीय सनमान राई (बौद्धिक अपाङ्गता) लाई आँगनमा राखेको दाउराको बिषयमा सामान्य वाद बिवादको क्रममा उनकै माईलो भाई ३५ बर्षीय प्रविन राईले कुटपिट गरी धकेल्दा ढुंगामा टाउको ठोकिई घाईते भएका उनलाई उपचारको लागि लैजान लाग्दा घरमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक सहितको अनुसन्धान टोली खटि मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने घटनामा  संलग्न रहेका राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ  ।  

चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८१-०१-०७

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक बिशाल लिम्बु २०८० साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सुनसरी हरिनगर गाउँपालिका-२ का आशिफ अंसारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरुले लिई भागेको घटनाको अनुसन्धानको क्रममा मो. इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेको, हरिनगर गाउँपालिका-३ स्थितमा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गरि जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र "१२ वर्षे तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला" को सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेको साथै प्रहरी निरीक्षक बिशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर अरुण गाउँपालिका-४ का सौरभ तामाङलाई झापा जिल्लाको कांकडभिट्टाबाट पक्राउ गरेको, आमचोक गाउँपालिका-७ मान्द्रे भिरबाट हस्त बहादुर मगर लडी मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा संलग्न  पदम बहादुर मगरलाई भरुवा बन्दुक थान-२ सहित पक्राउ गर्नुका साथै  भोजपुर नगरपालिका-५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई मोटरसाइकल चोरी भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ गरेको हुँदा निजहरुले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।      

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०१-०७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाका छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ६ सय ४० मिलिग्राम र नगद १२ हजार ४६० रुपैया सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुद्वशान्ती गाउँपालिका- १ का २३ बर्षीय रत्न बहादुर राय, मेचिनगर नगरपालिका- १० का २४ बर्षीय बिक्रम राजवंशी, २२ बर्षीय बिशाल लिम्बु र मेचिनगर- १२ का २२ बर्षीय नेत्र बहादुर राई रहेका छन् । त्यस्तै सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट ११ ग्राम ९४५ मिलिग्राम ब्राउनसगुर, TRAMANIL, NITRAVET गरी १ सय ट्याब्लेट र नगद ८ हजार १५५ रुपैया सहित मोरङ केराबारी गाँउपालिका- १० का ३७ बर्षीय राजु मगर, बराहक्षेत्र नगरपालिका- ७ का २५ बर्षीय सुरन भण्डारी र तेह्रथुमका २९ बर्षीय राजिन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
२०८१-०१-०७

मोरङको कानेपोखरी गाउँपालिका- २ केरौन स्थितमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे कानेपोखरीबाट रमाईलोतर्फ जादै गरेको प्रदेश १-०२-०४९ प. ५७२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ४५ बर्षीय दिलिप राजवंशी र सोहि स्कुटरमा पछाडी सवार ४३ बर्षीय सुरुज कुमार राजवंशी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चालक राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो भने घाईतेको सोहि अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०१-०६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज राती १ बजे धरान-२० कार्कीछाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न धरान-११ का २५ बर्षीय नकुल राई, २६ बर्षीय सानु राई र धरान-१८ का २० बर्षीय प्रज्वल भुजेल समेतलाई १ सय ८५ किलोग्राम गाँजा, धारीलो हतियार तरवार ३ थान, स्टिलको पाईप १ थान सहित नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसनधान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०१-०५

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको  मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा  भारतबाट नेपाल आउदै गरेका ताप्लेजुङ फक्ताङलुङ-५ का २५ बर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । यसै गरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको  प्रहरी टोलीले चेक जाँचको क्रममा को. ३५प ५५३४ नम्वरको मोटरसाईकल चालक कोशी गाउँपालिका-१ का २३ बर्षीय सुभाष कुमार यादबलाई २८ ग्राम ब्राउन सुगर सहित र प्रदेश १-०२-०४७ प ४७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका रामधुनी-३ का सबिन चौधरी, कोशी गाउँपालिका-१ का १९ बर्षीय  रन्जन कुमार यादवलाई १ ग्राम २० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु
२०८१-०१-०५

इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु छ । हिजो दिउँसो इलामको माङसेबुङ गाउँलिका-४ स्थित रबी-दमक सडक खण्डमा को.३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक  भोजपुर खावाका ५७ बर्षीय महेश कुमार राई गम्भिर घाईते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । सोही दिन वेलुका ५ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ स्थितमा लु.३त ९९७४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका-७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थल मा नै मृत्यु भएको थियो भने घाईते ट्याक्टर चालक मोलुङ गाउँपालिका-२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको छ । यसै गरी राती १० बजे उदयपुरको उदयपुरगढी-७ स्थित मदन भण्डारी लोकमार्गमा  ग.१ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ घाईते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका-६ का २८ बर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-०४

मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते भएका उनलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बिराटनगर- १४ स्थित भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउदै गरेको को. २६ प ९८५१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको को. २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न दुबै घटनाका चालक तथा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।     

विधिवत रुपमा मौलो पुजा सम्पन्न
२०८१-०१-०४

चैते दशैको शुभ अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा विधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । आज बिहान ०७:२१ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले विधिवतरुपमा मौलोमा पुजाअर्चना गर्नुका साथै उपस्थित सम्पुर्ण सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले मौलो परिक्रमा गर्नु भई पुजा सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगरको प्राङ्गणमा भएको मौलो पुजामा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै प्रहरी बैण्ड टोली समेतको उपस्थिति रहेको थियो ।संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

ठुलो परिमाणको प्रतिन्धित औषधी सहित १ जना पक्राउ
२०८१-०१-०४

झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा रहेको एक होटलबाट ठुलो परिमाणको प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित औषधिहरु ओसार पसार गरी बिक्रि बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट सोमबार दिउँसो खटिएको प्रहरीले टोलीले मिक्लाजुङ गाउपालिका-१ मकरा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ बर्षीय सगुन राईलाई नेपालमा प्रतिबन्धित औषधी Tramadol-50 mg, Spaspain, pregstar-75, gabix-75 नामका ८ हजार ३ सय ३६ ट्याब्लेट र नगद  ४,६३५ रुपैयाँ सहित पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

चिर्पट प्रहारबाट १ जनाको मृत्यु
२०८१-०१-०३

सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले  चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो । इटहरी उप-महानगरपालिका -४ गैरीगाँउबाट मलामी आएका ३७ बर्षिय उमेश तामाङ र धरानका ३० बर्षिय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका बिनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा आज दिउँसो साढे २ बजे मृत्यु भएको हो । घटनामा संलग्न उमेश तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलाश भई रहेको छ ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ
२०८१-०१-०३

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी-१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।  

पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ
२०८१-०१-०३

भोजपुरको षडानन्द नगरपालिका- ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका ८ बजे सोही जंगलमा टेम्के मैयुङ गाउँपालिका- १ का ३७ बर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ । परियार २०७६ फाल्गुन २१ गते संगठित अपराध, अपराधिक उपद्रव, ncell टावर आगजनी, jcb आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारगारबाट छुटेको खुल्न आएको छ। घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०८१-०१-०३

सुनसरी र झापाको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा हिजो दिउँसो सुनसरीको इटहरी उप-महानगरपालिका-१२ क स्थित कोशी लोकमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल बिराटनगर-१७ मा बस्दै आएका मोहमद ईब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्‍टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका-५ का  ३२ बर्षिय हिक्मत धिमाल,  २७ बर्षिय सुदिप धिमाल, २५ बर्षिय न्युसन राई र १८ बर्षिय पिजल धिमाललाई २ ग्राम ३०० मिलि ग्राम ब्राउनसुगर र नगद २५ हजार सहित नियन्त्रणमा लिएको छ । ब्राउनसुरगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०१-०२

इलाम र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे इलामको माई नगरपालिका- १ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी  दानाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय रोमन श्रेष्ठ र २२ बर्षीय बिकल कार्कीलाई फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ पिपलचौकबाट स्पाष्पेन, ट्रामाडोल, डेकोलिक गरि जम्मा १ सय चक्की औषधी र नगद ३ हजार ४५५ रुपैया सहित स्थानीय २१ बर्षीय सुमन लिम्बुलाई अस्थायी प्रहरी चौकी जनताबस्ती इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ । 

मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-०२

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो राती साढे ११ बजे झापाको कमल गाउँपालिका- ३ स्थित बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्कि दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ४ का २७ बर्षीय पिरती भन्ने विष्णु लिम्बु र मोटरसाईकलमा पछाडी सवार १५ बर्षीय बिपल नेपाल घाईते भएका थिए । घाईते उनिहरुलाई उपचारको लागी BNC अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउन साथ लिम्बुको मृत्यु भएको हो । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ स्थितमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को.३६ प २५६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा झरी दुर्घटना हुँदा मोटरसाईकल चालक बराहक्षेत्र- ७ का २० बर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भएको भने घाइते भएका मोटरसाईकलमा पछाडी सवार २३ बर्षीय बिशाल कोइरालाको घोपा धरानमा उपचार भईरहेको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१२-३०

झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे २ बजे झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागुऔषध बेचबिखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको कैलाश गाउँपालिका-४ का २७ बर्षीय पासाङ जिम्बा र मेचीनगर-१० का  ५६ बर्षीय शम्भु राजबंशीलाई ६ किलोग्राम ६ सय २० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय बिमला भुसाल र १७ बर्षीय कमल भुसाललाई नियन्त्रित औषधी ट्रामाडोल र स्पास्मिड  ५ सय ८० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रहरी चौकी रुपाटार उदयपुरको नव निर्मित भवनको समुदघाटन
२०८०-१२-३०

उदपुरको ताप्ली गाउँपालिका-५ स्थितमा रहेको प्रहरी चौकी रुपाटारको नव निर्मित भवनको समुदघाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो । नव निर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले भवन निर्माण भए पश्चात आम नागरिकको सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीको मनोवल बृद्धि हुनुका साथै आम नागरिकमा प्रदान हुने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्दै प्रहरीले कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको कुरा बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि खापुङले नयाँ भवन निर्माण कार्यमा सहयोग गर्नु हुने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो । उक्त प्रहरी चौकी शान्ति तथा पुन निर्माण मन्त्रालय, शान्तिकोषको १ करोड ११ लाख १८ हजार ४ सय ४९ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । उदघाटन कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

प्रहरी चौकी सोरुङछविसेको नव निर्मित भवनको समुदघाटन
२०८०-१२-३०

उदपुरको  कटारी नगरपालिका-१० स्थितमा रहेको प्रहरी चौकी सोरुङछविसेको नव निर्मित भवनको समुदघाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो । नवनिर्मित भवनहरुको उद्घाटन तथा निरिक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । साथै सुरक्षा, जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा अनुरोध समेत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि खापुङले भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । उक्त प्रहरी चौकी कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १ करोड ६४ लाख ७३ हजार रुपैयाको लागतमा शहरी विकाश तथा भवन निर्माण कार्यालयले निर्माण सम्पन्न गरेको थियो । उदघाटन कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१२-२८

झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ बर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका-३ का २५ बर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोवायल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ बाट दमक-९ का ३५ बर्षीय बिनोद राई र ३१ बर्षीय गोपाल लम्जेललाई मंगलवार राती ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छोराले कुटपिट गर्दा बुबाको मृत्यु
२०८०-१२-२७

संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए । घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले नजाएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-१२-२७

मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ८ सलकपुर चौक स्थित पुर्वपश्चिम लोकमार्गमा प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो क्रस गर्दै गरेका साईकल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई  उपचारको लागि नोबेल अस्पताल बिराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिराटचौकले जनाएको छ । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका- ६ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-०४६ प ९०४४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी- ५ झुम्का बस्ने २२ बर्षीय दिपेश चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडी सवार १९ बर्षीय श्रीजल चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न ठक्कर दिने बस र बस चालक सुनसरी धरान- २० का ३६ बर्षीय बल बहादुर लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।  

बसको ठक्करबाट साईकलयात्रीको मृत्यु
२०८०-१२-२६

मोरङको सुन्दरहरैचा नगरपालिका-८  स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागी बिराटनगर नोबेल अस्पताल पुर्‍याउनासाथ  डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बसका चालक सुनसरीको धरान उप-महानगरपालिका- २० का बल बहादुर लिम्बुलाई  ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम दोस्रो समुहको समापन
२०८०-१२-२५

कोशी प्रदेश सभा सचिवालय विराटनगरको तत्वावधानमा ७ कार्यदिनको मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम दोस्रो समुहको समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आज उक्त तालिमको समापन भएको हो । समापन कार्यक्रममा बोल्नु हुदै प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले प्रदेशकै महत्वपुर्ण तथा सम्वेदनशिल स्थानमा रहेर त्रुटीरहित तबरले कार्य सम्पादन गर्नु पर्ने भएको हुँदा अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले यो तालिम संचालन गरिएको बताउदै तालिममा सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा अक्षरस पालना गरी कार्य गर्न निर्देशन दिनु भएको छ । समापन कार्यक्रममा प्रहरी अधिकृतहरु तथा जवानहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा कोशी प्रदेश सभामा कार्यरत रहेका प्रहरी कर्मचारी लगायत मातहतका जिल्लाहरुमा कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २६ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८०-१२-२५

कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाका तिन छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट शनिवार राती खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-४ बाट झापा गाउँपालिका-७ का २५ बर्षीय सुनिराम हेमरन र २१ बर्षीय हिरण राजवंशीलाई ६० ग्राम २४ मिलिग्राम लागुऔषध ब्रउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी मोरङको ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सुनदरहरैचा नगरपालिका-८ सलकपुरबाट स्थानिय २१ बर्षीय समिर बस्नेत र २९ बर्षीय प्रकाश बिष्टलाई १ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १० हजार ४० रुपैयाँ सहित शनिवार राती पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी नगरपालिका-८ बसपार्कबाट ईटहरी-१७ का सनवाज महमदलाई ५५८ मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित शनिवार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित पक्राउ
२०८०-१२-२३

मोरङ, झापा र पाँचथर जिल्लाबाट प्रतिवन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको विराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी धरान-१६ का २३ बर्षीय युवराज श्रेष्ठको साथबाट १ ग्राम २३ मिलिग्राम ब्राउनसुगर र झापा मेचीनगर नगरपालिका-१२ का ३३ बर्षीय सुबास राईको  साथबाट ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । सोही दिन झापाको मेचिनगर-१० का  १८ बर्षीय सिहिल मगरलाई निषेधित औषधी ४१२ ट्याव्लेट सहित ईलाका प्रहरी कार्यालय धुलावारीले र कमल गाउँपालिका-६ का २७ बर्षीय मदन तिम्सिना र ३८ बर्षीय बुद्धलाल साहुलाई निषेधित औषधी १३५ ट्याव्लेट सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । यसै गरी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले फिदिम-४ का २५ बर्षीय डेविट लिम्वु सहित २ जनालाई ३ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर र नगद ४१ हजार २६० रुपैया सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

कन्टेनरको ठक्करबाट महिलाको मृत्यु
२०८०-१२-२३

मोरङको विराटनगर महा-नगरपालिका-९ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट महिलाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे HR 38 Y 5490 नम्बरको कन्टेनर गाडीले को. १५ प ७६२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएकि मोटरसाईकल पछाडि सवार ३५ बर्षिया अमिरका कुमारी कुर्मीको थप उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घाईते मोटरसाईकल चालक विराटनगर-१४ का २१ बर्षिय अनुराग रायको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने सवारी साधन र चालक भारत बिहार मोतिहारीका सुबोध पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

हराएका सवारी साधन फेला पारी सम्वन्धित सवारी धनीलाई हस्तान्तरण
२०८०-१२-२२

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन  कार्यालय इटहरी सुनसरीमा आयोजित  एक कार्यक्रम बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक प्रहरीले फेला परेका सवारी साधन सम्पर्कमा आएका सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको छ ।  आज बिहान भएको हस्तान्तरण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले फेला पारेको ३ वटा  मोटरसाईकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा वहाँले सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारी पार्किङ गरे पश्चात ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक  अनिवार्य लगाउन र  सुरक्षा साइरनहरु सवारीमा जडान गर्नका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा सवारी पार्किङ नगर्न समेत अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा  सम्वन्धित सवारी धनीले आफ्नो हराएको सवारी साधन फेला पारी आफुहरुलाई जिम्मा दिएकोमा ट्राफिक प्रहरीको प्रसंसा गर्नु भएको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा प्राप्त भएको निवेदनका आधारमा हराएको सवारी साधन खोजी गर्ने क्रममा कोशी प्रदेशका बिभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर चलाएको तथा सवारी साधनको आवश्यक कागज पत्र नभएको २१ वटा मोटरसाईकल, ६ वटा चारपाङ्ग्रे साना सवारी र एउटा अटो टेम्पो ट्राफिक प्रहरीले फेला पारेको छ भने ९ वटा मोटरसाईकल र २ वटा चारपाङ्रग्रे सवारी साधन सम्वन्धित सवारी धनीलाई जिम्मा बुझाई सकेको छ ।

प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश प्रहरी प्रमुखको निर्देशन
२०८०-१२-२२

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । ट्राफिक कार्यालयको निरीक्षण भ्रमणको क्रममा वहाँले सम्पुर्ण शाखाहरु र ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने सामग्री र उपकरणहरु ममेतको निरीक्षण गर्नु भएको थियो । निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिने क्रममा वहाँले आम नागरिकहरुमा सडक सु-शासनको महसुस हुने गरी पहिलो प्राथमिकताका साथ ट्राफिक ब्यवस्थापन मिलाउन तथा चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिन र गैह्र ब्यवसायिक कार्य नगर्न निर्देशन दिनु भएको छ ।  वहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरु आपसमा भाईचाराको भावनाका साथ काम गर्नु पर्ने बताउदै प्रहरीले सदैव आफ्नो पदिय दायित्व अनुसारको जिम्मेवारी तथा कर्तब्य निर्वाह गरी आत्मिय भावनाका साथ आम सेवाग्राहीहरुमा समान ब्यवहार गर्नु  पर्ने बताउनु भयो । साथै वहाँले सवारी दुर्घटना न्युनिकरण गर्न आवश्यक चेक प्वाईन्ट राख्न तथा सवारी चालक, पैदल यात्रीहरुलाई नियमित रुपमा ट्राफिक प्रशिक्षण दिन र  प्रभावकारीरुपमा प्रबिधिको प्रयोग गरी ट्राफिक ब्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भयो । निर्देशनको क्रममा मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने  ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु
२०८०-१२-२२

झापाको बाह्रदशी गाँउपालिका- १ भागुडुब्बा स्थितमा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे स्थानीय ३३ बर्षीय देब नारायण राजबंशीले आफ्नै श्रीमती ३२ बर्षीय मोमसरी राजबंशीलाई घरयासी बिबाद हुँदा नारायण राजबंशीले श्रीमती राजबंशीलाई  शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा संलग्न राजबंशीलाई इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ८ जना पक्राउ
२०८०-१२-२२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे झापाको मेचिनगर नगरपालिका- ६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ उर्लाबारी- २ का २० बर्षीय पवन भट्टराईलाई १ ग्राम ८ सय मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सोहि दिन प्रहरी चौकी धरमपुर झापाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी TRAMADOL र SPASREST गरी जम्मा ३४० ट्याबलेट र नगद १४ हजार ८७० रुपैया सहित शिबसताक्षी नगरपालिका- ७ का ३१ बर्षीय कृष्ण चौधरी, ३१ बर्षीय दिपेश चौधरी र ३२ बर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १५ ढाट स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री झापा दमक- ७ का १९ बर्षीय अमित मल्लिकलाई एभिल, लुपिजेशिक, फेनारागन, डाइजोपाम गरि जम्मा ४० एम्पुल र नाईट्राभेट २४ चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरीनगर गाउँपालिका- ५ स्थित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को. २ ह ६३६७ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो भित्रबाट लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १६ के.जी. लागुऔषध गाँजा बरामद गरेसगै अटो चालक ईनरुवा नगरपालिका ७ का २९ बर्षीय लक्ष्मण मेहता, अटोमा सवार हरिनगर गाऊपालिका ६ का २२ बर्षीय हफरोज मिया र १८ बर्षीय मुर्तुज मियालाई पक्राउ गरेको हो । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८०-१२-२१

मोरङ र उदयपुरबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत अररिया ठगपुराका २६ बर्षीय मनोज ऋषिदेवलाई १७.२३ ग्राम ब्राउन सुगर  र झापाको दमक नगरपालिका-१ का २३ बर्षीय उज्वल गजमेरलाई निषेधित औषधी ४० एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी राती साँढे १० बजे उदयपुरको त्रियुगा नगरपालिका लालपत्ता स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ का २३ बर्षीय मो. सकिर अलीलाई निषेधित औषधी ४२ एम्पुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८०-१२-२१

झापाको बिर्तामोड नगरपालिका-३ स्थितमा अटोटेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो साँझ बिर्तामोड-गरामनी सडक खण्डमा प्रदेश १-०१-००२ ह ६२१ नम्बरको अटोटेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ टेम्पोमा सवार रहेका ताप्लेजुङ पाथिभरा याङ्बरक गाँउपालिका-२ की ३१ बर्षीय सामना लिम्बु र बिर्तामोड नगरपालिका-९ का ३६ बर्षीय भिम बहादुर तामाङ घाईते भई उपचारको लागि वि.एण्ड सि.अस्पताल बिर्तामोड लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा  भिम बहादुर तामाङलाई मृत घोषणा गरेको हो । घटनामा संलग्न टेम्पो चालक बिर्तामोड-९ का अरुण तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।  

धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
२०८०-१२-२०

तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा आफ्नै श्रीमानले धारीलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका छन । हिजो साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने दिपक लिम्वुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।  मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०८०-१२-२०

झापा र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचीपुलमा लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा भारतबाट नेपाल आउदै गरेकी सुनसरी रामधुनी नगरपालिका-७ की २४ बर्षीया कन्चन परियारलाई ७०० मिलिग्राम ब्राउन सुगर र नगद नेपाली रुपैया १ लाख ३९ हजार सहित नियन्त्रणमा लिएको छ भने मेचिनगर नगरपालिका-१० स्थितबाट ईलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी टोलीले बिर्तामोड-१ का २१ बर्षीय गंगा प्रसाद मगरलाई ५ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी बिर्तामोड नगरपालिका-३ का २४ बर्षीय अशोक साह र २३ बर्षीय सुमित मल्लिकलाई ८० मिलिग्राम ब्राउनसुगर सहित प्रहरी चौकी बिर्ताबजारले र जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१२ का २३ बर्षीय समिर मगर र रोहित चौधरीलाई निषेधित औषधी ३१८ एम्पुल सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८०-१२-१८

झापाको कन्काई नगरपालिका- ८ बिरिङपुल स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ४ बजे लक्ष्मिपुरबाट सुरुङ्गातर्फ जादै गरेको प्रदेश-१-०१-०१२प ५७७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मेचिनगर- ९ का ३८ बर्षीय गोपाल महत, मोटरसाईकलमा पछाडी सवार कमल गाँउपालिका- ३ की २७ बर्षीया पुर्णिमा भण्डारी निजको छोराहरु ८ बर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका ८ बर्षीय प्रशान्त भण्डारीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने घाईते अन्यहरुको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८०-१२-१७

झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका कन्काई नगरपालिका-४  का २१ बर्षीय सन्जय चौधरी र ३० बर्षीय रोशन चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ का २९ बर्षीय उगेन दर्जीको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी बिट मेचिपुल झापाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.३ प ७८११ नम्बरको मोटरसाईकलमा सवार रहेका हल्दीबारी गाउँपालिका-२ का २४ बर्षीय कमल विश्वकर्मा र २० बर्षीय प्रतिक तामाङलाई १ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  सुनसरीको ईटहरी-५ का २५ बर्षीय जीबन लिम्बु र बर्षीय २६ को सुमन लिम्बुलाई २ ग्राम ५१ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-१२-१६

झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका झापाको कनकाई नगरपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-१० का २८ बर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ स्थितबाट कन्काई- ४ का २३ बर्षीय सलिम आलम र २७ बर्षीय मुस्ताक अन्सारीलाई ९ सय ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने सोहि दिन लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका- ६ मेचीपुलबाट २ ग्राम ब्राउनसुगर सहित भारत ठाकुरगंज गलगलियाका ३२ बर्षीय मोहम्मद मुन्नालाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-१२-१५

मोरङ र धनकुटा जिल्लाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे धनकुटा नगरपालिका-६ स्थितमा बागमती प्रदेश ०१-०२६ च ८९९२ नम्बरको पिकअप गाडी अचानक बेक्रफेल भई सडक साईडमा रोकी ग्यास लोड गर्दै गरेको बागमती प्रदेश ०१-००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिदा ग्यास लोड गर्दै गरेका ट्रक चालक सिराहा लाहान गोलबजार घर भई धनकुटा गुठिटार बस्ने ३० वर्षिय निरज ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप चालक धादिङ सिद्धलेख-३ का ३८ बर्षीय चेत बहादुर विशुँखेलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-७ स्थिमा मे.१ ख ३३७२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल पछाडि सवार  ईटहरी- ८ की ४४ बर्षीया मन्जु कटुवालको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने मोटरसाईकल चालक २१ बर्षीय अमित कटुवालको सोहि अस्पतालमा उपचार भईरहेको भएको छ । घटनामा संलग्न ठक्कर दिने बस र बस चालक मोरङ पथरीशनिश्चरे- २ का ३७ बर्षीय टेक बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको छ ।

हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते
२०८०-१२-१५

झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु  भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया पबित्रा भेटवाल रहेका छन् । हिजो बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका  श्रीमान ६२ बर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा  पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थियो भने घाईते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८०-१२-१५

मोरङको बिराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे बिराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर १० का ३९ बर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने बिराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित भारत जोगवनीका ३२ बर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ ।

“दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ
२०८०-१२-१४

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा मोरङको बेलबारी नगरपालिकाको सभाहलमा उक्त कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा प्रमुख अतिथि खापुङले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने प्रमुख अतिथि खापुङ तथा उक्त कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाकी उप-प्रमुख नितु थापा कोईरालाले “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको औपचारिकरुपमा शुभारम्भ गर्नु भएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रमुख अतिथि खापुङले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरी  कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको वताउनु भयो । वालबालिकाहरुसंग आमाहरुले वढी समय दिनुका साथै उनिहरुको वानी व्यहोराको समेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोरा छोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा वानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमा हरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको तथा यो कार्यक्रमले लागू औषध दुर्व्यसनीबाट हुने अपराध न्यूनिकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने वताउनु भयो । यो अभियान आजैका मितिबाट कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा  लागु गरिने छ भने  स्थानिय स्कुल कलेजका विधार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका वासिन्दा, लागू औषध सेवन कर्ता, अन्तराष्ट्रिय सिमानासँग जोडिएका बस्तीका वासिन्दाहरु, लागुऔषध प्रभावित स्थानिय तह हरूमा नेपाल प्रहरीले स्थानिय निकायका बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी निरन्तररुपमा संचालन गर्ने छन । कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाकी उप-प्रमुख नितु थापा कोईरालाले नेपाल प्रहरीले युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन  शुभारम्भ गरेको “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रममा स्थानिय तहको सदैव साथ र सहयोग रहने बताउनु भयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नवराज कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले लागुऔषध दुर्वसनी विरुद्धको सचेतना सम्वन्धि प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, महिला प्रतिनिधिहरु संचारकर्मी, विभिन्न संघ संस्था आवद्ध आमा समुह, लागु औषध दुर्व्यसनी विरूद्ध सुधार गृहका प्रतिनिधि, स्थानिय बुद्धिजिवि, व्यवसायी तथा स्थाननियवासीहरुको उपस्थिति रहेको थियो ।

आवास भवन तथा भान्सा घरको उद्घघाटन
२०८०-१२-१४

इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गर्नु भएको छ । आज दिउँसो एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । नव निर्मित आवास भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ आवास भवन प्रहरीलाई प्राप्त भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो । भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना भई थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने बताउनु भयो । यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद राई,  केराबारी गाउँपालिका प्रमुख सुमन मिरिङचिङ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गणका गणपती प्रहरी उपरिक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नबराज कार्की, बिभिन्न संघ सस्थाका प्रमुख, राजनितक दलका प्रतिनिधि लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । आवास भवन तथा भान्सा घरको उद्घघाटन मोरङ, २०८० चैत १४ गते । इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गर्नु भएको छ । आज दिउँसो एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । नव निर्मित आवास भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ आवास भवन प्रहरीलाई प्राप्त भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो । भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना भई थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने बताउनु भयो । यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद राई,  केराबारी गाउँपालिका प्रमुख सुमन मिरिङचिङ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गणका गणपती प्रहरी उपरिक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नबराज कार्की, बिभिन्न संघ सस्थाका प्रमुख, राजनितक दलका प्रतिनिधि लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

प्रहरी निरीक्षक आधारभुत तालिम १८२ औं समूहका प्रशिक्षार्थीहरुको कोशी प्रदेश प्रहरी प्रमुखसँग अन्तरकृया कार्यक्रम सम्पन्न
२०८०-१२-१३

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्धारा प्रहरी निरीक्षक पदमा नवनियुक्त भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागंज काठमाडौंमा तालिमरत १-१८२ औं समूहका  जना प्रशिक्षार्थीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ उक्त अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो  । अन्तरकृया कार्यक्रम पश्चात तालिमरत प्रशिक्षार्थीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण शाखाहरुको अवलोकन गराईएको थियो । प्रहरी निरीक्षक आधारभूत तालिम पाठ्यक्रममा बिभिन्न पेशागत सैद्धान्तिक विषयवस्तुका साथसाथै व्यवहारिक अध्ययन भ्रमण कार्यक्रम पनि समावेश गरिएको हुन्छ । तसर्थ प्रशिक्षार्थीहरुलाई स्थलगत रुपमा प्रहरीको तल्लो स्तरसम्मको कार्यालयहरुमा खटाई व्यवहारिक रुपमा वस्तुस्थितिहरुसँग परिचित गराउने उद्देश्य अनुसार आज यस प्रदेश प्रहरी कार्यालय विराटनगरमा अन्तरक्रिया तथा अवलोकन भ्रमण कार्यक्रम भएको हो ।

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८०-१२-१२

इलामको सुर्योदय नगरपालिका- १२ मलिम स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । हिजो दिउँसो ३ बजे तिनघरेबाट मलिमतर्फ जादै गरेको गरेको मे. १ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजि १५० मिटर तल खसी दुर्घटना हुँदा अटो चालक स्थानीय २२ बर्षीय अनिष  राई, ५६ बर्षीया मन कुमारी प्रधान, ४४ बर्षीया कला प्रधान र ४८ बर्षीया कमला प्रधान घाइते भएका थिए । दुर्घटना परी घाईते भएकी मन कुमारी प्रधानको उपचारको क्रममा बिर्तासिटि अस्पताल झापामा मृत्यु भएको हो भने अन्य घाईतेहरुको फिक्कल अस्पताल इलाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

धरानकी सुमना श्रेष्ठको हत्यामा संलग्न पक्राउ
२०८०-१२-१०

सुनसरीको धरान  उप-महानगरपालिका- १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ७ गते धरानको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बिच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा रहेको जानकारी पाएसगै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट Dog सहितको प्रहरी टोली र वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट Forensic Doctor सहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भिक अनुन्धान थालेको थियो । अनुसन्धानको क्रममा उक्त शव धरान उप-महानगरपालिका- १६ की २१ बर्षीया सुमना श्रेष्ठको रहेको खुल्न आएको थियो । घटनाको प्रकृति हेर्दा मृतक सुमना श्रेष्ठको हत्या भएको देखिए पछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको थियो । प्रहरीले गहिरो अनुसन्धान पश्चात हत्यामा संलग्न धरान उप-महानगरपालिका- १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेललाई पक्राउ गरेको हो । मृतक श्रेष्ठ र भुजेल बीच करीब २ बर्ष देखि Facebook मार्फत प्रेम सम्बन्ध रहेको र बिस्तारै सम्बन्धमा खटपट हुँदै गए पछि चैत्र ६ गते भुजेल मृतक श्रेष्ठलाई भेट्न धरान आएको र भेटघाट गरी आफ्नै स्कुटरमा श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउदै जाने क्रममा उनिहरूको बिच फेसबुक प्रयोगको बिषयमा विवाद भएपछि भुजेलले श्रेष्ठको खुकुरीले घाटी रेटी हत्या पश्चात खोल्सामा फाली भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । भुजेललाई धनकुटा नगरपालिका- ९ मुलघाटबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी  गत बिहीबार पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८०-१२-०९

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी abbott, Diazepam गरी जम्मा १४७ एम्पुल र नगद ११ हजार ८ सय रुपैया सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने सोहि दिन मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर, औषधी एभिल, लुपिजेशिक गरी १२ ट्याब्लेट र २४ के.जी अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १ पिपल चौकबाट १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार ५ सय रुपैया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित २ जना पक्राउ
२०८०-१२-०८

मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध गाँजा र प्रतिबन्धि औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ७ स्थित लागुऔषध बिचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २७ बर्षीया सुजा लिम्बु र उनको भाई २१ बर्षीय अमृत लिम्बुको साथबाट ट्रामाडोल, डिकोलाईट गरी जम्मा ९ सय ट्याब्लेट प्रतिबन्धित औषधी फेला पारी पक्राउ गरेको हो भने पथरिशनिश्चरे नगरपालिका २ बाट धनकुटा शाँघुरीगढी नगरपालिका- ३ का ४२ बर्षीय प्रेम कुमार याखालाई समेत ६ के.जी. गाँजा सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

पिकअपको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०८०-१२-०८

मोरङको ग्रामथान गाउँपालिका- ५ स्थितमा पिकअप गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे को. २ च २१७ नम्बरको दुध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार ग्रामथान गाउँपालिका ३ का ५६ बर्षीय हुवालाल माझी घाईते भएका थिए । घाईते माझीलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर लागिएकोमा उनको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनामा संलग्न ठक्कर दिने पिकअप र पिकअप चालक बिराटनगर महानगरपालिका १ का ३९ बर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ
२०८०-१२-०८

भोजपुरको भोजपुर नगरपालिका- ३ बाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार भोजपुर- ५ का ३० बर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घर छेउमा पार्किङ गरि राखेको ठाउँबाट चोरी भएको थियो । चोरी भएको मोटरसाईकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट उक्त मोटरसाईकल सहित चोरीमा संलग्न भारत मनिपुर स्थायी घर भई हाल जिल्ला सिरहा गोलबजार बस्दै आएका ३१ बर्षीय चन लामा भन्ने छिरिङ ग्याम्बोलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

श्रीमतीको हत्या गरी श्रीमान आफैले गरे घाटी रेटी हत्या
२०८०-१२-०७

मोरङको बेलबारी नगरपालिका- १ स्थितमा श्रीमतीको हत्या गरी श्रीमान आफैले घाटी रेटी हत्या गरेका छन् । हिजो दिउँसो साढे १ बजे स्थानीय ६० बर्षीय बम बहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गिता लिम्बुलाई धारिलो हतियार दाउले शरिरको बिभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी लिम्बुले समेत सोहि दाउले आफ्नै घाँटी रेटी घाईते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याउन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।   

जन्म कैद सजाय भएका फरार प्रतिवादी १६ वर्ष पछी पक्राउ
२०८०-१२-०७

कर्यव्य ज्यान मुद्धामा जन्म कैद सजाय भएका ३ जना फरार प्रतिवादीलाई १६ वर्ष पछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ का ४८ बर्षीय जित बहादुर राई, ४१ बर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० बर्षीय लक्ष्मण राई रहेका छन् । हिजो इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका- १ र झापाको काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनिहरुले मिति २०६४ जेठ २० गते राती सोहि स्थान बस्ने हर्कराज राईको घर पैँचोमा विवाद हुँदा ३८ बर्षीय सन्तोष राईलाई लाठ्ठी, भाटाले कुटपिट गरी हत्या गरेको र हत्या पश्चात शवलाई केमुना भंज्याङको जंगलमा खाल्डो खनि पुरेका थिए । उक्त घटनामा पक्राउ परेका उनिहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भई फरार रहेका थिए । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत मोरङ उपस्थित गराईएको छ ।

लागुऔषध ब्राउन सुगर सहित ११ जना पक्राउ
२०८०-१२-०७

झापा, ईलाम र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह साढे ४ बजे भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको ईटहरी उप-महानगरपालिका-४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न. १-००२-०४४प ३८१ नम्बरको मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे इलामको इलाम नगरपालिका-७ टुडिखेल स्थितबाट स्थानीय ३० बर्षिय राकेश पाँचकोटी र उनकै श्रीमती २९ बर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ बजे झापाको बाह्रदशी गाउँपालिका-२ बिरिङ पुल स्थितबाट मे ७ प १०२७ नम्बरको मोटरसाईकल चालक झापाको झापा गाउँपालिका-४ का २३ वर्षीय अलागिर हक , मोटरसाईकल पछाडी सवार २६ बर्षीय मो. हुसेन र २१ बर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम लागुऔषध ब्राउन सुगर र मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो । यसैगरी इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे  झापाको गौरादह नगरपालिका-१ का २८ बर्षीय बिशाल सुब्बा, २६ बर्षीय सुजन अधिकारी, ३५ बर्षीय राजकुमार ताजपुरिया र २८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको थियो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगोले जली १ जनाको मृत्यु
२०८०-१२-०७

झापाको गौरीगञ्ज गाउँपालिका- १ बिर्खेबस्ति स्थितमा आगोले जली एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन् । आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आग्लागी हुँदा घिमिरेको आगोले जलि घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसगै प्रहरी चौकी महाभाराबाट प्रहरी टोली खटिगई घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिगई मृतक शवलाई सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

बसले किचेर सहचालकको मृत्यु
२०८०-१२-०६

संखुवासभाको चैनपुर नगरपालिका-६ जिरो पईन्ट स्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका-६ पात्लेखोला का ३० बर्षिय मनोज खड्का को मृत्यु भएको छ । आज बिहान साढे ७ बजे नुनढाकीबाट ईटहरीतर्फ जादै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस र चालक धनकुटाको साँगुरीगढी गाऊपालिका-१ का ३३ बर्षिय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ
२०८०-१२-०६

झापाको बिर्तामोड नगरपालिका- ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको PULSAR 150 CC को कालो निलो कलरको मे.८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका- ५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको थियो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम समापन
२०८०-१२-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वधानमा ७ कार्यदिनको मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम पहिलो समुहको समापन भएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा गत फागुन २७ गतेबाट संचालन भएको उक्त तालिमको आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको हो । समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले  तालिमबाट सिकेका सिप, ज्ञानबाट आफुलाई र खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ । साथै वहाँले प्रदेशकै महत्वपुर्ण तथा सम्वेदनशिल स्थानमा रहेर त्रुटीरहित तबरले कार्य सम्पादन गर्नु पर्ने भएको हुनाले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले यो तालिम संचालन गरिएको बताउनु भयो ।उक्त समापन कार्यक्रममा समसामयिक विषयवस्तुसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । समापन कार्यक्रममा कोशी प्रदेश सभाका कार्यवहाक प्रदेश सभा सचिव (उप-सचिव)  श्रीमान गौतमराज अमात्य सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।उक्त तालिममा कोशी प्रदेश सभामा कार्यरत रहेका प्रहरी कर्मचारी लगायत मातहतका जिल्लाहरुमा कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ
२०८०-१२-०५

झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ । यसै गरी हिजो दिउसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय मनिष चौधरीलाई कन्काई नगरपालिका- ८ बाट पक्राउ गरेको हो । यसै गरी हिजै बेलुका सवाँ ६ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० बर्षीय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र- २० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०८०-१२-०५

झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित हुलाकी सडक खण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । हिजो बेलुका साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको साईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका साईकल यात्री गौरीगञ्ज- ३ का ४० बर्षीय अकालु माझीको बि.एण्ड.सी हस्पिटल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो भने अन्य घाईते मोटरसाईकलमा सवार ३५ बर्षीय खोद नारायण महतो, २६ बर्षीय रतनसिंह राजबंशी र २२ बर्षीय बिकाश महतोको उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८०-१२-०४

इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाले फागुन महिनामा प्रदेश ०१-०२-००१ ज ४०५० नं. को गाडी सहित ४०६ के.जी. ९४० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको, को १ च २९३७ नं. को एम्बुलेन्समा २७३ के.जि. १३० ग्राम गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गरेको, सप्तकोशीको वाढी नियन्त्रण गर्न लगाईएको पर्क्युपाईन (त्रिखुट्टी) पिलर थान- ५२ चोरी गर्ने ४ जना मानिस पक्राउ गरेको, युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. २ बस्ने सुनिल सिटौलालाई पक्राउ गरेको, बहु-बिवाह मुद्दामा फरार जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ०८ बस्ने २ जना प्रतिवादी पक्राउ गरेको, जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ०५ कालाबञ्जरमा तास खेलिरहेको अवस्थामा ५ बुङ तास, १०,७३०।– नगद रुपैया सहित ५ जना मानिसहरु नियन्त्रणमा लिएको, सम्मानित अदालतहरूबाट बिभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्तहरु ७ (सात) जनालाई नियन्त्रणमा लिनुका साथै बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र मिति २०८०/११/२१ गते अं. २२:१० बजेको समयमा जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ लामाटोलीमा १५ वर्षिय बालिकालाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी काटी कर्तब्य गरी मारेको घट्नाको अनुसन्धानमा SOCO को रुपमा खटिई घट्नास्थलको सुक्ष्म अनुसन्धान गरी घट्नास्थलमा रहेको संकित व्यक्तिको फुट प्रिन्ट सुरक्षित तरिकाले संकलन गरी सोही फुटप्रिन्ट समेतको आधारमा जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. २ बस्ने अभियुक्त वर्ष ३८ को धिरेन कुमार खाँ चौधरीसँग घट्नाको सम्बन्ध स्थापना गर्न सफल भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्ने इ.प्र.का.पथरी मोरङ कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

खुकुरी प्रहारबाट १ जनाको मृत्यु
२०८०-१२-०४

संखुवासभाको सभापोखरी गाउँपालिका- २ ज्यामिरे स्थितमा खुकुरी प्राहरबाट १ जनाको मृत्यु भएको छ । गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ बर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारीलो हतियार खुकुरी शरिरको बिभिन्न भागमा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईते रविन चाम्लिङ राईको जिल्ला अस्पताल संखुवासभामा उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाईएकोमा उपचारको क्रममा शनिबार बिहान साढे ७ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी धुपुबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न सहन्शिल राईलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८०-१२-०४

झापाको मेचिनगर नगरपालिका-१३ स्थित चारआली इलाम रोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा हिजो साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो झापाबाट खटिएको प्रहरी टोलीले मे ३ प १०२४ नम्बरको मोटरसाईकलमा सवार झापाको बुद्धशान्ती गाँउपालिका-३ का २९ बर्षिय भिम बहादुर मगरको साथबाट ५ ग्राम २० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गर्नुका साथै लागुऔषध ब्राउनसुगर ओसार पसार तथा बिक्रि बितरणमा संलग्न झापाको बुद्धशान्ति गाँउपालिका -२ का २४ बर्षिय रोशन उपरकोटी समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु
२०८०-१२-०४

मोरङको पथरी शनिश्चरे नगरपालिका-१ पश्चिम बस स्टेण्ड स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे कानेपोखरीबाट पथरीतर्फ आउदै गरेको प्रदेश १-०२-०५२ प २२१७ नम्बरको मोटरसाईकलले साईकल यात्री पथरी शनिश्चरे नगरपालिका-१० का ५० बर्षिय प्रेम बहादुर चौहानलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते चौहानलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए भने मोटरसाईकल चालक शनिश्चरे नगरपालिका-१ का ५१ बर्षिय किरण घिमिरे समेत सामान्य घाईते भएकोले पथरी अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८०-११-३०

धनकुटाको साँगुरीगढी गाउँपालिका- ७ गर्जुवा स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे कोशी लोकमार्गमा भेडेटारबाट मुलघाटतर्फ जादै गरेको को. १ च. ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को. ३३ प. ८३५७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक साँगुरीगढी- ६ का २२ बर्षीय अभिषेक लिम्बु, सोही मोटरसाईकलमा पछाडी सवार २५ बर्षीय दिवश तामाङ र भ्यान चालक सोही स्थानका ३० बर्षीय तुल बहादुर राई घाईते भएका थिए । दुर्घटनामा परि घाईते भएका तिनै जनाको धरान घोपामा उपचार भईरहेकोमा मोटरसाईकल पछाडी सवार तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८०-११-३०

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चिता अभियान २०८० को कार्य योजना अनुसार लागुऔषध नियन्त्रण तथा पक्राउ अभियानमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएका बिशेष प्रहरी टोलीले मंगलबार झापा जिल्लाको बिभिन्न स्थानहरुबाट ११ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर र नगद ८ हजार २ सय २५ रुपैया सहित  ७ जनालाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका- ९ बाट सुन्दरहरैचा- १० का २४ बर्षीय मोहमद अस्लाम र ३३ बर्षीय नबराज खड्कालाई १ ग्राम ६७० मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय जलजले उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा- ६ बाट त्रियुगा- ३ का १९ बर्षीय कृष्ण चौधरीलाई प्रतिबन्धित औषधी प्रोमोथेजिन्ङ, डाईजेपामर र ब्रुपिनोरफिन गरी जम्मा १८ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ । 

आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ
२०८०-११-३०

मोरङको सुन्दरहरैचा नगरपालिका- ८ पानट्याङकी टोलमा बसोबास गर्ने आर्थिक रुपमा बिपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी  गर्ने १ जना महिला सहित अनलाईन ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो सोहि स्थानमा बसोबास गर्ने मानिसहरुलाई सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ६ घर भई हाल काठमाण्डौ नयाँ बजार घर बताउने २३ बर्षीया सुनिता खत्रीले डब्लु बि.एस.सी कम्पनीबाट गरिब दुखी असायहरुलाई आर्थिक सहयोगको लागि आएको भनी प्रति व्यक्ति १ हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्दै उनीहरुको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिईरहेको  छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा गाँउमा खिचेका ब्यक्तिहरुको फोटो र नेपाली नागरिकताको फोटोहरु बंगलादेशी नागरीक पल्लाबी ढाका बस्ने ४९ बर्षीय महमद खालिद हुसेन र बङलादेश सितागंज घर भई  हाल काठमाण्डौ स्थित नयाँ बजारमा बस्दै आएका गार्मेन्टको काम गर्ने ३७ बर्षीय महमद तानबिर हुसेनलाई दिने र निजहरुले उक्त नागरिकता र फोटो प्रयोग गरी गैर कानुनी रुपमा Esewa र Khalti जस्ता खाताहरु खोली आर्थिक अपराध अनलाईन ठगी गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएसगै खोजतालसमा खटिएका प्रहरी टोलीले ठगिमा संलग्न महमद हुसेन र महमद तानबिर हुसेनलाई सुन्दरहरैचा नगरपालिका- ४ बलियाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट प्रयोग नभएको NCELL कम्पनीको सिमकार्ड, राहदानी, मोबाईल फोन, नगद र ATM कार्ड समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिईरहेको छ ।

लागुऔषध सहित १ जना पक्राउ
२०८०-११-२९

उदयपुरको त्रियुगा नगरपालिका- ११ बाट पिपलचोकबाट प्रतिबन्धित औषधी सहति १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.२६ प ८३७५ नम्बरको  स्कुटरको डिकि भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा फेनार्गन, डाईजेपाम र आईपिल गरी जम्मा ४४ एम्पुल औषधी फेला पारी स्कुटर चालक स्थानीय २३ बर्षीय पासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । त्यस्तै सुनसरीको देवानगंज गाउँपालिका- ५ स्थित मकैबारीमा अवैध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट  (४ बोरा) ९८ के.जी. अवैध गाँजा फेला पारी बरामद गरेको र घटना सो सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८०-११-२९

उदयपुरको त्रियुगा नगरपालिका- ७ स्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको स.१ ख.८१६ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको प्र.१-०१-०१६ प ४६७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुर्योदय नगरपालिका- ३ ईलामका २४ बर्षीय प्रगित राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न बस र बस चालक उदयपुरगढी- ६ उदयपुरका ३० बर्षीय नारायण सुनुवारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

महिलाको हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८०-११-२७

संखुवासभाको खाँदवारी नगरपालिका-११ घर भई खाँदवारी नगरपालिका-७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका-२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका-७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०८०-११-२५

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ८ बजे झापाको गौरादह नगरपालिका- ५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक गौरादह- ४ का २२ बर्षीय निरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलीग्राम ब्राउनसुगर र नगद ८ हजार रुपैया समेत फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो भने मोरङको बिराटनगर महानगरपालिका- १५ ढाटबाट ईटहरी- १० सुनसरीका १८ बर्षीय राहुल चौधरीलाई NITRAVET- ५० ट्याब्लेट सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

भरुवा बन्दुक सहित एक जना पक्राउ
२०८०-११-२५

मोरङको लेटाङ नगरपालिका- २ स्थित भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय रुपेश राई रहेका छन् । हिजो बेलुका साढे ८ बजे राईले घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घरबाट १ थान र चेकजाँचकै क्रममा निज राईको घर अगाडी होम पाईपमा समेत लुकाईछिपाई राखेको अवस्थामा थान १ गरि जम्मा २ थान भरुवा बन्दुक फेला पारी राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८०-११-२४

मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् ।हिजो बेलुका सभा ४ बजे कुंवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुल सहित पक्राउ गरेको थियो भने राईलाई हिजै बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल सहित पक्राउ गरेको थियो ।पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

खैरो हेरोईन सहित १ जना पक्राउ
२०८०-११-२२

सुनसरीको ईटहरी उप-महानगरपालिका-२ बाट खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी-२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले आज दिउँसो ट्याटुहाउस संचालक स्थानीय २५ बर्षीय मनिष लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुले संचालन गरेको ट्याटुहाउसबाट प्रहरीले १.६८ ग्राम लागुऔषध खैरो हेरोईन, नगद २ हजार ३ सय रुपैयाँ र २ थान मोवायल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-११-२२

झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ दरैयाबाट बिराटनगर-१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ को एक घरबाट सन्दकपुर गाउँपालिका-४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ बर्षीया बबिता गुरुङ, ईलाम नगरपालिका-२ की २० बर्षीया पुर्णिमा गुरुङ र स्थानीय २१ बर्षीय मनिष लिम्बुलाई १२ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ९ हजार ८ सय पचास नगद सहित पक्राउ गरेको हो । यस्तै झापाकै बिर्तामोड नगरपालिका-३ बाट कमल गाउँपालिका-३ का २० बर्षीय मौषम किस्कु ७२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

धारिलो हतियारले प्रहार गरी बालिकाको हत्या
२०८०-११-२२

मोरङको पथरी शनिश्चरे नगरपालिका-७ लामाटोल बस्ने १६ बर्षीया ज्ञानमती फुलुङ राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार राती करिब साँढे १० बजेको समयमा आफ्नै घर पछाडी रहेको शौचालय जाने क्रममा अपरिचित ब्यक्तिले पछाडीबाट धारिलो हरियारले प्रहार गर्दा बालिकाको घटनास्थलमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई घटना बारे अनुसन्धान भईरहेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मोरङ तथा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले खटि घटनामा संग्लग्न ब्यक्तिको खोजतलास भईरहेको छ ।

एकै दिनमा ३१ जना फरार प्रतिवादी पक्राउ
२०८०-११-२१

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट आईतवार एकै दिनमा ३१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको फैसलाले बिभिन्न मुद्धाका फरार ब्यक्तिहरुको खोजतलासमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको टोलीले मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट एकैदिन बिभिन्न मुद्धाका २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । त्यस्तै सोहि दिन जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्धाका ५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले फरार २ जना र जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलिले समेत २ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८०-११-२१

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे झापाको कमल गाउँपालिका- ३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले झापाको गौरीगंज गाउँपालिका-२ का ३६ बर्षिय अजय हेमरमल र लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न रहदै आएका अटो चालक २६ बर्षिय सम टुडुलाई प्र.१-०१-००१ ह ९९१० नम्बरको अटो र लागुऔषध ब्राउनसुगर  २० ग्राम सहित नियन्त्रणमा लिएको थियो । त्यसैगरी मोरङको उर्लावारी नगरपालिका-३ संजोरा पुल स्थितमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट चेकजाँचमा खटिएको प्रहरीको टोलिले प्र.१-०१-०१६प.४८३० नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटरको डिकी भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित औषधी ट्रामाडोल ३५० र स्पासमिट २९० ट्यावलेट सहित झापाको कमल गाउँपालिका-५ का ३२ बर्षिय राजन लिम्बुलाई नियन्त्रणमा लिएको थियो । यसैगरी प्रहरीको सोही टोलिले मोरङको उर्लावारी नगरपालिका-४ आईतवारे स्थितबाट २४ बर्षिय रंजित चौधरी, २२ बर्षिय प्रविन चौधरी र २१ बर्षिय सुजन वराइलीलाई प्रतिबन्धित औषधी १७० ट्यावलेट र  लागुऔषध गाँजा १५० ग्राम सहित नियन्त्रणमा लिएको थियो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते
२०८०-११-२०

धनकुटाको पाख्रीबास नगरपालिका- १० चुङबाङ स्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । आज दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादै गरेको को.२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका- १० धनकुटाका रेमन राईको ९ बर्षीय छोरी सँस्कृती राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका धनकुटा नगरपालिका- ४ का ३६ बर्षीया देबिका खत्री र १४ बर्षीय अभिनाश खत्रीको सोहि अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते पाख्रीबास- १० की २२ बर्षीया रबिका राई, ६० बर्षीया लक्ष्मी राई, ४० बर्षीया सानु आले, धनकुटा- ४ की ३७ बर्षीया देवी खत्री, १० बर्षीय अजित खत्री र सुनिता खत्रीको घोपा धरानमा उपचार भईरहेको छ । घटनामा संलग्न पिकअप चालक पाख्रीबास- १० का ५५ बर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८०-११-२०

खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौले स्थितमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान १० बजे मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख २४०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स. ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक खोटाङ हलेसी तुवाचुङ - ६ का २० बर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न ठक्कर दिने टिपर र टिपर चालक कटारी नगरपालिका- ३ उदयपुरका ४३ बर्षीय पदम कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई सम्पुर्ण कानुनि प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-११-२०

मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोक राजमार्गमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको  प्र २-०१-००२ प २०२८ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानिय ५४ बर्षिय बिदुर रेग्मीलाई ठक्कर दिँदा घाईते भएकोमा उपचारको क्रममा न्युरो अस्पताल बिराटनगमा राती साढे ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक चौदन्डीगढी नगरपालिका-६ का २४ बर्षिय अमद कुमार दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । यसैगरी शनिबार दिउँसो पौने १ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ७ ठडिया स्थित पुर्व पश्चिम राजमार्गमा ईटहरीबाट बेलबारीतर्फ आउदै गरेको प्र १-०१-००१ ख ४०३४ नम्बरको बसले पैदल हिडिरहेको अवस्थामा भारतको लुवाघाट बस्ने ५२ बर्षिया मिरा कुमारी श्रेष्टलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते उनलाई उपचारकोलागी बिराटटिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने बस र चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४० बर्षिय प्रेम भट्टराईलाई  ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-११-२०

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ७ बजे झापाको कमल गाउँपालिका- ३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले होटल संचालक ३५ बर्षीय सरोज थापा र शिवसताक्षी- ६ का ३० बर्षीय बिष्णु खड्कालाई ३८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर- १६ स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दमक नगरपालिका- ८ का २० बर्षीय रमेश राजबंशी र १९ बर्षीया कोपिला राजबंशीलाई ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले लुपिजेसीक, डाईजेपाम, ऐभिल र फेनारागन गरी जम्मा ५२ एम्पुल नियन्त्रीत औषधी सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले मोरङको बुढिगंगा- ५ बाट १ के.जी. गाँजा सहित स्थानीय मुनिया खातुनलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८०-११-१९

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका- २ स्थितका ३५ बर्षीया रिना देवी सिहंले गाँजा घरमा लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ के.जी. गाँजा फेला पारी बरामद गरेसगै सिंहलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाईते
२०८०-११-१९

सुनसरीको बर्जु गाउँपालिका- ६ स्थित हुलाकी राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । हिजो बेलुका ७ बजे चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाईते भएका चालक देवानगंज- ७ का २० बर्षीय जय कुमार उराव मोटरसाईकलमा पछाडी २९ बर्षीय मनोज कुमार उराव २२ बर्षीय निरज उरावलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएईएकोमा उपचारको क्रममा निरज उरावको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

एकै दिनमा ४६ जना फरार प्रतिवादी पक्राउ
२०८०-११-१८

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चिता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट एकै दिनमा ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको फैसलाले बिभिन्न मुद्धाका फरार ब्यक्तिहरुको खोजतलासमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको टोलीले मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट एकैदिन बिभिन्न मुद्धाका ४१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । त्यस्तै सोहि दिन जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्धाका ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका फरार १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८०-११-१८

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ६ बजे झापाको मेचिनगर नगरपालिका- ६ बसपार्क स्थितबाट जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ४ का २१ बर्षीय रबिन चौधरीको साथबाट २ ग्राम ब्राउनसुगर र नेपाली नगद २२ हजार ६ सय रुपैया समेत फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी सोही दिन प्रहरी बिट मेचिपुल झापाबाट खटिएको प्रहरी टोलीले साईकल यात्री धरान- १२ सुनसरी घर भई हाल भद्रपुर- ७  स्थित बस्दै आएका ३८ बर्षीय सुबर्ण श्रेष्ठलाई भद्रपुर- ५ स्थितबाट ईन्जेक्सन लिक्विड ६ थान फेला पारी पक्राउ गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको लेटाङ- ९ का ३२ बर्षीय भिम भण्डारीलाई मोरङको बिराटनगर- १६ हुलास चौक स्थितबाट १ ग्राम ९६ मिलिग्राम ग्राउन सुगर सहित पक्राउ गरेको हो भने मिक्लाजुङ गाउँपालिका- ६ मोरङका २६ बर्षीय रविन लिम्बुलाई प्रतिबन्धित औषधी ट्रामाडोल १८२ क्याप्सुल र डोकोलिक २६७ क्याप्सुल सहित ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका- १३ स्थितमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको मे. ७ प ७३७५ र प्रदेश १-०२-०५३ प ७६६० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट ११ के.जी. गाँजा बरामद गरेसगै चालक कन्काई- १ का ३६ बर्षीय धन बहादुर मुखिया, मोटरसाईकलमा पछडी सवार ३५ बर्षीया गंगा दर्जी र सहिदभुमी गाउँपालिका- ३ धनकुटाका २२ बर्षीय टेकेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना तिन जनाको मृत्यु २ जना घाईते
२०८०-११-१८

मोरङको बेलवारी नगरपालिका-१ स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ -०२-००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका थिए । घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक बिर्तामोड नगरपालिका-२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा घाईते भएका बिर्तामोड-२ की ४८ बर्षीया गायत्री भट्टराई र बिर्तमोड-४ का ४६ बर्षीय हरि खनालको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटना भएको टिपर चालक सुन्दरहरैचा नगरपालिका-७ मोरङका २३ बर्षीय चन्द्र कुमार बि.क. र बस चालक सुन्दरहरैचा-१२ का ४५ बर्षीय छत्र कुमार मास्केलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८०-११-१७

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार बेलुका साढे ७ बजे झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- १० घर भई मेचिनगर- ६ डेरा गरी बस्ने २६ बर्षीय प्रकाश पौडेल, अर्जुनधरा- १० का २२ बर्षीय पुजन तामाङ र काठमाण्डौ- १६ का ३० बर्षीय ईश्वर अधिकारीलाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ४७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- ११ का २२ बर्षीय बिनम उराउ र ३० बर्षीय कुमार सुब्बालाई ब्राउनसुगर १ ग्राम ५९० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिका- ६ बुट्टाबारी चौकबाट अर्जुनधारा- ११ का २५ बर्षीय सुरज बिश्चकर्मालाई २ ग्राम २५० मिलिग्राम र बिर्तामोड- ५ का १९ बर्षीय जगत दनुवारलाई ८ सय ५० मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज- ५ बाट ४८ बर्षीय सन्तोष दास र ४० बर्षीय बिजय दासलाई Spas ८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने मोरङको बिराटनगर- १७ स्लामपुर स्थित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले  भारतबाट नेपालतर्फ आउदै गरेको ग. ५ प. ३७२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक बिराटनगर- १२ का ४० बर्षीय प्रभात कटुवालको साथबाट २४ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ
२०८०-११-१५

झापा, मोरङ र धनकुटा जिल्लाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत सोमवार दिउँसो प्रदेशका बिभिन्न स्थानहरुमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१३ बाट बिराटनगर-१४ का २१ बर्षीय दिपेश सिंह ठकुरी, बिराटनगर-१७ का १९ बर्षीय शिबम थापा मगर र बिराटनगर-१५ का २० बर्षीय सेजन राईलाई १४.४४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धनकुटाको पाख्रिबास नगरपालिका-४ बाट पाख्रिबास नगरपलिका-३ का २४ बर्षीय अनिल राई ३ केजी ६०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका हुन भने झापाको अर्जुनधारा नगरपालिका-८ का २१ बर्षीय अजय रावंशीलाई ३ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर र २ थान मोवायल सहित मेचीनगर नगरपालिका ८ बाट  प्रहरीले पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट खोटेहाङ गाउँपालिका-८ खोटाङका १९ बर्षीय शिशिर थापा ०.४७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाईकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु
२०८०-११-१५

ईलामको सुर्योदय नगरपालिका- ११ तिनघरे बजारमा सोमवार मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । ईलामको शान्तिपुरबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प १६३० नंम्बरको मोटरसाईकलले तिनघरे बजारमा बाटो काट्दै गरेका पैदल यात्री स्थानीय ५० बर्षीय बोम बहादुर लुङ्गेली मगरलाई ठक्कर दिंदा घाईते भएका मगरको झापाको बि.एण्ड.सि अस्पताल  विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न मोटरसाईकल चालक रोङ गाउँपलिका-१ का २२ बर्षीय लोकेश खड्का र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-११-१४

झापाको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त्त रुपमा चेकजाँचमा खटिएको प्रहरीको टोलिले हिजो राती पौने ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट प्र.१-०२-०४१ प.१०३८ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका मोटरसाईकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका-९ का २८ बर्षिय डिक बहादुर कार्की र पछाडी सवार मोरङको मधुमल्ला तोरीवारी कि २२ बर्षिया नाईरा भन्ने कोशिस तामाङको साथबाट लागुऔषध ब्राउनसुगर ११ ग्राम ५०० मिलिग्राम बरामद गरेको थियो । यसका साथै प्रहरीको सोही टोलीले उक्त स्थानबाट आईतबार राती ९ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका झापाको दमक नगरपालिका-२ सुनाखरीका ३३ बर्षिय प्रविन तामाङ र ४५ बर्षीया कलमा तामाङलाई ९ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुल सहित ११ जना पक्राउ
२०८०-११-१३

मोरङ, झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट शनिवार दिउँसो प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुल सहित ११ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अनुसार परिचालन भएको प्रहरी टोलीले बेलबारी-२ का २४ बर्षीय निशान लिम्बु,  बेलवारी-६ का २३ बर्षीय धिरज राई, ईटहरी-२ का २८ बर्षीय बिमल सुब्बा लिम्बु, केराबारी-८ का २३ बर्षीय बिक्रम कार्की, २२ बर्षीय लक्ष्मण कट्वाल, धरान-१७ का २२ बर्षीय सनम परियार, धरान-१५ का २१ बर्षीय राम परियार, ४३ बर्षीय रुबिन श्रेष्ठ, २९ बर्षीय कुमार खत्री, धरान-५ का २४ बर्षीय थाम बहादुर बि.क. र २४ बर्षीय अर्जुन बि.क.लाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले लागुऔषध ट्याब्लेट ५ हजार १ सय ६४ पिस, एम्पुल ९८ पिस, ब्राउनसुगर ८ ग्राम र नगद अन्ठानब्बे हजार ५ सय तथा बिभिन्न ब्यक्तिको नामका १३ थान नेपाली नागरीकता समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने पक्राउ
२०८०-११-१३

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने  १ जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट शनिवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका-८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भए संगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आगोले जलेर बालकको मृत्यु
२०८०-११-१२

झापाको झापा गाउँपालिका- ४ भानटोली स्थितमा आगोलागी हुँदा आगोले जलेर एक जना बालकको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे परालको कुन्युमा अचानक आगोलागी हुँदा सोहि स्थान रहेको ४८ बर्षीय ईनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा आगलागी हुँदा सेखको ४ बर्ष ६ महिनाको छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । आगलागीबाट ईनाम हुसेन शेख र ३२ बर्षीय शाकिर हुसेन सेखको भान्सा घर भित्र रहेको खाद्यान्न, भाडावर्तन, लत्ताकपडा र नजिकै रहेको मस्जिद समेत पुर्णरुप जलेर नष्टहुँदा अन्दाजी ८ लाख बरावरको क्षेति भएको छ । उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोग बेलुका साढे ६ बजे नियन्त्रणमा लिएको आएको थियो ।

सवारी दुर्घटना ३ बालबालिकाको मृत्यु
२०८०-११-११

मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घरमा क्षति पुर्‍याउदा घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान अधिकारी, ५ बर्षीया ईसिता अधिकारी, ७ बर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाईते भएका थिए । घाईतेहरुको उद्धार गरी ३ जना बालबालिकालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाईते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको तथा घटनामा संग्लग्न चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८०-११-०९

मोरङको बुढिगंगा गाउँपालिका-१ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज राती सवा १२ बजे पुष्पलाल चौकबाट मानगडतर्फ जादै गरेको प्रदेश १-०२-०४२प ९८३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाऊँपालिका-१ का २६ बर्षिय राहुल चौधरी र पछाडी सवार २४ बर्षिय शम्भु चौधरी घाईते भएका थिए । घाईतेहरुलाई उपचारकोलागी कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा शम्भु चौरीको मृत्यु भएको हो । घटनाबारेमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको छ ।

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८०-११-०८

मोरङको बिराटनगर महानगरपालिका- ३ दुध फारम स्थितमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ५ बजे ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प. १२१५ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री बुढिगंगा गाउँपालिका- १ की ६० बर्षीया धनमाया खतिवडालाई ठक्कर दिँदा घाईते भएकी खतिवडालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने मोटरसाईकल र चालक ईटहरी- ४ सुनसरीका ३० बर्षीय आशिष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८०-११-०८

झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ८ बजे झापाको अर्जुनधारा नगरपालिका- ११ स्थित ३७ बर्षीया शोभा श्रेष्ठले आफ्नै घर कोठामा  लागुऔषधको बेचबिखान गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बुट्टाबारी र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ५ सय ५० मिलिग्राम, बिभिन्न कम्पनिका मोवाईल ११ थान, नगद ३७ हजार रुपैया, घडी ४ थान, ईयरबड २ थान र पावरबैंक १ थान सहित पक्राउ गरेको हो । यसका साथै बेचबिखनमा संलग्न निजको छोरा १९ बर्षीय गोबिन्द श्रेष्ठ, बुहारी १८ बर्षीया सन्ध्या चौधरी श्रेष्ठ र ईलाम सन्दकपुर- ४ की २४ बर्षीया पलबी गुरुङ समेतलाई समेत पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर- १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेका भारतिय नागरीक २१ बर्षीय मो. सल्मानलाई ब्राउनसुगर १ ग्राम १२ मिलिग्राम सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने उदयपुरको बेलका- ९ स्थित ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० बर्षीय निकेश पराजुलीलाई ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले भोक्रहा नर्सिङ गाउँपालिका १ र २ को सिमानामा स्थित रहेको गँहु बारीमा बेवारिसे अबस्थामा (८ बोरा) १ सय ९२ किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो । लागुऔषध गाँजा र पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-११-०७

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह ( PIT) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय सुमन तामाङलाई ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नगद १४ हजार ४ सय ७० रुपैँया सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा धरान-१८ का २२ बर्षीय जेम्स राईलाई  ५९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।सोही दिन झापाको बिर्तामोड-४ का २७ बर्षीय पुर्ण बहादुर बस्नेतलाई ब्राउनसुगर ५ सय ८० मिलिग्राम र नगद ८ हजार ४ सय ७५ रुपैया सहित ईलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको छ भने सुनसरीको प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-७ स्थितमा चेकजाँचको क्रममा प्रदेश ०१-०२-०४१ प १४६५ नम्बरको मोटरसाईकलमा सवार रहेका हरिनगरा-६ का २८ बर्षीय रब्बाम मियाँ र आदिल आलमलाई प्रतिबन्धित औषधी ट्रामाडोल १५ हजार २० ट्याब्लेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु ३ जना घाईते
२०८०-११-०७

झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । हिजो साँझ ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ बर्षिय दिलिप श्रेष्ठ, उनको छोरी ११ बर्षीया गोमा श्रेष्ठ, ९ बर्षीया शितल श्रेष्ठ र अटो चालक ५२ बर्षीय पुर्ण बहादुर भट्टराई घाईते भई आम्दा अस्पताल दमकमा उपचार भईरहेकोमा शितल श्रेष्ठको थप उपचारको क्रममा  बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।       

पेस्तोल र खुकुरी सहित १ जना पक्राउ
२०८०-११-०३

मोरङको केराबारी गाउँपालिका-९ स्थितबाट पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका-१ का ५२ बर्षिय निर कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ३ गते बिहान केराबारी-९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको MADE IN ITALI लेखेको अटो पेस्तोल १ थान,  MADE IN CHINA लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको बिराटनगर स्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ भने घटनामा संलग्न हतियार सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धन भईहरेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८०-११-०३

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) र जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट सुनसरीको धरान उप-महानगरपालिका- १५ बगरकोट स्थित खटिएको प्रहरी टोलीले धरान- ४ का २७ बर्षीय राजिव राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट Trama ६८, Decolic ११८ ट्याब्लेट, बिभिन्न कम्पनीको मोबाईल ४ थान र नगद ८ हजार रुपैँया समेत फेला पारी पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले मोरङको बुढिगंगा गाउँपालिका- २ टंकीबाट डाईजोपाम, फेनारगन, लुपिजेसिक र एभिल गरी जम्मा ६८ एम्पुल औषधी सहित ईटहरी- ५ का २२ बर्षीय पुकार गिरी, २० बर्षीय एकराज सुनदास र २६ बर्षीय आकाश चौधरीलाई पक्राउ गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा- १० का ३६ बर्षीय केशब तामाङलाई ७२ मिलिग्राम र बिराटनगर- १६ हुलास चौकबाट ७४ मिलिग्राम ब्राउन सुगर सहित १९ बर्षीया सुजन उरावलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध मुद्धाका १ जना फरार प्रतिवादी पक्राउ
२०८०-११-०२

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०९।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २७ दिन कैद बेरुजु रही फरार रहेका साविक जिल्ला धनकुटा महाभारत गा.वि.स. घर भई हाल सुनसरीको धरान उप-महानगरपालिका- १६ स्थित बस्दै आएका ३० बर्षीय कान्छा भन्ने मनोज राईलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित मोरङ जिल्ला अदालत उपस्थित गराईएकोमा तोकिएको कैद भक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-११-०२

मोरङको पथरी शनिश्चरे नगरपलिका-१ बाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले झापाको पृथ्वी गाउँपालिका- ३ घर भई हाल पथरीशनिश्चरे- १ स्थित डेरा गरी बस्दै आएका २० बर्षीय जितेस लिम्बुलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिक गरी जम्मा २ सय २० चक्की फेला पारी पक्राउ गरेको हो । त्यस्तै मोरङको बिराटनगर महानगरपालिका- १२ रोडशेषबाट सुन्दरहरैचा- ७ का ३० बर्षीय अभिसेक चौधरीलाई ३ ग्राम गाँजा, DIAZEPAM, PHENARG, PROMOZINE  र BUPRENOPHINE गरि जम्मा २९ एम्पुल औषधी सहित वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८०-१०-२८

सुनसरीको धरान उप-महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिसेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ रिटिङ टोलबाट स्थानीय १९ बर्षीय मौषस राईलाई ३६ केजी गाँजा सहित र रेसुङगा चोकका २२ बर्षीय अभिशेष शेर्मालाई ५२ केजी गाँजा सहित शनिवार दिउँसो पक्राउ गरेको हो । राईले चलाएको १-०२-००३ ह ३७४ नम्बरको अटो र शेर्माले चलाएको को १ ह ५०९८ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा टेम्पोको डिकिको भागमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको थियो । गाँजा सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ। यसैगरी सुनसरीको बर्जु गाउँपालिका-६ बाट ६१ केजी गाँजा बरामद भएको छ । लागुऔषध लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गढी गाऊपालिको बिभिन्न स्थानहरुमा खेतमा परालले छोपेर राखेको बेवारीसे अवस्थामा ६१ केजी बरामद भएको र सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।   

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु
२०८०-१०-२६

उदयपुरको त्रियुगा नगरपालिका- १३ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो दिउँसो साढे ११ बजे गाईघाटबाट बेल्टार तर्फ जादैँ गरेको प्र.१-०५-००१ प्र ४०८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक त्रियुगा- ११ का २२ बर्षीय सुजन कटुवाललाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो भने घाईते भएका पछाडी सवार त्रियुगा- १० का २१ बर्षीय सुनिल दाहालको सोहि अस्पतालमा उपचार भईहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१०-२६

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको खरिद विक्री तथा कारोवार भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपलिका- ८ बाट स्थानीय ४० बर्षीय काली बहादुर तामाङलाई ५ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका - ६ का ३१ बर्षीया उषा चौधरीले त्रियुगा- १३ पिजि चोक स्थित संचालन गर्दै आएका उषा औषधी पसलमा प्रतिबन्धीत औषधी pregabalin, dyclonine, lorazepam, clonazepam र colza गरि जम्मा ४३० ट्याब्लेट फेला पारी संचालक चौधरीलाई समेत जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने अस्थाई प्रहरी पोष्ट बगाहबाट खटिएको प्रहरी टोलीले फेनारागन, डाईजेपाम, ब्रुपिनोर्फिन र नाईट्रोजन गरि २० एम्पुल औसधी सहित त्रियुगा- ४ का ३१ बर्षीय किरण अधिकारीलाई प्रक्राउ गरेको हो । त्यस्तै मोरङको कटहरी गाउँपालिका- ६ का कपिलदेव सहनीको घर कोठाबाट अबैध गाँजा बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा ५ के.जी. ५०० ग्राम गाँजा बरामद गरेको हो भने सहनीलाई नियन्त्रणमा लिई सोधबुझ गर्दा कटहरी- ४ का ३३ बर्षीय सोहनी सहनी समेत बेचबिखानमा संलग्न रहेको भन्ने खुल्न आएसगै निजलाई समेत १ के.जी. गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेक उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

चाँदीको सर-समान सहित १ जना पक्राउ
२०८०-१०-२५

मोरङको रङगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-समान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा चाँदीका समानहरुको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगाछी पञ्चायत-१३ का २२ बर्षीय मोहमत अलताफलाई चाँदीका समान सहित पक्राउ गरेको हो । अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ के.जी.५४८ ग्राम चाँदी  बरामद गरेको हो । अबैध रुपमा लुकाई छिपाई बोकेको चाँदीका समान सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण
२०८०-१०-२५

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणकै क्रममा वहाँले पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला ईलाममा शान्ति सुरक्षा कायम राख्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । साथै वहाँले ईलाम जिल्लाका स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्नु भई अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८०-१०-२५

झापा र मोरङ जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर- ८ बाट स्थानीय २३ बर्षीया गीता बिष्ट र मेचिनगर- १० का ३१ बर्षीय मेग्देन गुरुङलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका- ७ का २१ बर्षीय योगेश राईलाई केराबारी- ७ खदम खोला किनारबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिङं गरी जम्मा ३६० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित ३ जना पक्राउ
२०८०-१०-२४

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र  औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका शिवसताक्षी नगरपालिका-५ का २३ बर्षीय शायद बोहोराको साथबाट ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो छ । यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले मोरङको बिराटनगर-१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका-२ का २१ बर्षीय बिजय दासलाई ४६ मिलिग्राम ब्राउन सुगर सहित र उदयपुरको प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी-३ का २४ बर्षीय राजेश परियारलाई प्रतिबन्धित औषधी १९ ट्याप्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण
२०८०-१०-२३

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । वहाँले धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको तर यातायातको पहुँच कम भएको पहाडी जिल्ला ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउने तथा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । यसका साथै वहाँले समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्नु पर्ने बताउनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङले जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजिवि, नागरीक समाजका प्रतिनिधीहरु तथा संचारकर्मीहरुसंग भेटघाट गर्नु भई समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको वारेमा अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जना पक्राउ
२०८०-१०-२३

कोशी प्रदेशको ईलाम, धनकुटा र मोरङ जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो फिदिम नगरपालिका-५ का ६२ बर्षीय याम बहादुर तुम्बापोलाई सुर्योदय नगरपालिका-२ बाट १०० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले सोमवार नै धनकुटा नगरपालिका-१ बाट धरान-१४ का २५ बर्षीय सुजन थापा र धरान-६ का २८ बर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधी SPASMO २६० चक्की, TRAMOL २६० चक्की र   SPASMO PROXMINO (+) ३४ चक्की सहित पक्राउ गरेको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१३ बाट भारत कोशीकापुरका २६ बर्षीय सहजात अलि र धर्मदेवी नगरपालिका-१ संखुवासभाकी २० बर्षीया रबिता अधिकारीलाई ९ ग्राम ९ मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर र गाँजा सहित ४ जना पक्राउ
२०८०-१०-२२

झापा ,मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित आईतबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोट घर भई हाल शुक्रपथ स्थित होटल सञ्चालन गर्दै आएकी ४० बर्षीया कविता भुजेल र तेह्रथुमको म्याङलुङ नगरपालिका -७ जिरिखिम्ति घर भई हाल सोही होटलमा बस्ने ३७ बर्षीय मौसम खड्कालाई  ८ ग्राम ९४ मिलिग्राम लागूऔषध खैरो हिरोईन र नगद १६ हजार सहित नियन्त्रणमा लिएको थियो । यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलिले मोरङको कटहरी गाउँपालिका-१ स्थित रंगेली बिराटनगर सडक खण्डबाट ९ किलो २०० ग्राम लागुऔषध गाँजा सहित धनकुटाको सागुरीगढी गाउँपालिका-६ का ४१  बर्षीय अमर राईलाई नियन्त्रणमा लिएको थियो । यसका साथै लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आईतबार साँझ संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका मोरङ पथरी शनिश्चरे नगरपालिका-९ महेन्द्र चौकका २१ बर्षीय प्रणव चौहानको साथबाट १ ग्राम २ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर फेलापारी चौहानलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउनसुगर र निषेधित औषधी र गाँजा सहित ८ जना पक्राउ
२०८०-१०-१९

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा  प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीको टोलीले मोरङको सुनवर्षी नगरपालिका-६ झपडतल स्थितमा आमबारीबाट डाईनियातर्फ  आउदै गरेको प्र.१-०२-००३ ह.१२१२ नम्बरको अटोलाई चेक जाँच गर्ने क्रममा अटोमा सवार मोरङको रतुवामाई नगरपालिका-१० का ५० बर्षीय महेन्द्र साह र ५० बर्षिया निरिसा देवी साहले शरिरको बिभिन्न भागमा लुकाई छिपाई लैजादै गरेको ४ किलो ९०० ग्राम गाँजा सहित अटो चालक ४५ बर्षीय लिल बहादुर कार्की समेतलाई पक्राउ गरेको हो । यसैगरी  बिहिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको छतर गाउँपालिका-५ का ४६ बर्षीया नर्बदा लिम्बुलाई बिराटनगर-१५ बाट १.१३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसका साथै बिहिबार साँझ प्रहरी चौकी बेलसोत उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले बा ४४ प ७८२७ नम्बरको मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका-३ का २७ बर्षीय करण लिम्बु र १९ बर्षीय बिशाल तामाङलाई चेकजाँच गर्ने क्रममा अबैध औषधी स्पास्पेन-२५०० चक्की सहित नियन्त्रणमा लिएको थियो । यसैगरी गोप्य सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-३ का २२ बर्षीय कृष्ण कुमार थापा र २३ बर्षीय अजय राजवंशीलाई  १ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
२०८०-१०-१९

इलामको माङसेबुङ गाउँपालिका-३ घर भई हाल दमकमा कोठा भाडा लिई बस्दै आएका ३४ बर्षीय बिनोद राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आपसी बिवादको क्रममा श्रीमती २८ बर्षिया ममिला राईलाई कुटपिट गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । ममिला राई माघ १७ गते राती सुतेको र १८ गते बिहान अवेर सम्म नउठे पछि उठाउन खोज्दा सुतेकै ठाउँमा मृत अवस्थामा रहेको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय दमकमा प्राप्त हुनासाथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले  मृतक महिलाको शरिरको बिभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला पारेकोले मृतकको श्रीमानलाई घटनास्थल बाट नै पक्राउ गरेको हो ।  पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको छ भने मृतक महिलाको लाश पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र र प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण सम्पन्न
२०८०-१०-१८

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी र कोशी प्रदेश प्रहरी गण बिराटनगरको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वाँहाले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा कार्यालयहरुको आ-आफ्नै कार्यक्षेत्र र जिम्मेवारी रहेको हुँदा कानुनको परिधिमा रहेर मानव अधिकारको संरक्षण गर्दै कार्य गर्न निर्देशन दिनु भयो । यसका साथै वहाँले नेपाल प्रहरीको पहिलो प्राथामिकता भनेको शान्ति सुरक्षा अमन चयन गर्ने कार्य रहेको हुँदा आ-आफ्नो पदिय जिम्मेवारी अनुसार कार्य गर्न र संबिधान, ऐन नियममा उल्लेख भए बिपरितका कार्यहरु नगर्न अनुरोध गर्नु हुँदै कुनै पनि प्रहरी कर्मचारीले गलत कार्य गरेमा क्षम्य नहुने बताउनु भयो । निर्देशनकै क्रममा वाहाँले तालिम केन्द्रनै प्रहरी उत्पादनको मुख्य उदगम स्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनको लागि समादेशक लगायत प्रशिक्षकहरुले बैज्ञानिक ढंगबाट प्रशिक्षण दिनु पर्ने बताउँदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञानहरुको कार्यक्षेत्रमा अक्षरस पालना गर्न समेत निर्देशन दिनु भयो । निरीक्षण भ्रमणको क्रममा वाँहाले दुबै प्रहरी कार्यालयमा बृक्षारोपन समेत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कार्यालय प्रमुखहरुले कार्यालयबाट सम्पादन हुने कार्यहरुको बारेमा प्रदेश प्रहरी प्रमुख समक्ष आ-आफ्नो कार्यालयको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

बिपद उद्धार तथा मानव अधिकारको संरक्षण गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रदेश प्रहरी प्रमुखको निर्देशन
२०८०-१०-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले बुधबार नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई बिपदको समयमा तत्काल परिचालन भई बिपद उद्धार तथा मानव अधिकारको संरक्षण गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न तथा सदैव उद्धार सामग्री सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ । साथै वहाँले प्रहरी कर्मचारीहरुलाई मानव अधिकारको संरक्षण गर्दै विभिन्न किसिमका हुल दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई पालना गरी स्थितिलाई सामान्य बनाउने कार्य प्रहरीको दायित्व भएकोले त्यस्तो गतिविधिमा आफ्नो बुद्धि र विवेक तथा कमाण्डरको आदेश निर्देशनको समेत अक्षरस पालना गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले बिशेष सुरक्षा गण दुहबीको परिसरमा बृक्षारोपन (रुद्राक्ष) समेत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक ऋषिराम कंडेल समेतको उपस्थिति रहेको थियो ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-१०-१७

मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर-१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार रपाल(बि.क.) लाई २५ ग्राम लागुऔषध ब्राउनसुगर, बिभिन्न कम्पनिका -५ थान मोबायल  र डिजिटल तराजु -१ थान सहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम लागुऔषध खैरो हेरोईन सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जना पक्राउ
२०८०-१०-१६

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका-९ का १९ बर्षिय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा भारत बाट नेपाल आउदै गरेका  मोरङ बेलबारी-२  का २४ बर्षिय दिप लिम्बुको साथबाट ८० एम्पुल  निषेधित औषधि सहित नियन्त्रणमा लिएको हो भने सुनसरी दुहबी-५ स्थितमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी  टोलीले चेक जाँचको क्रममा को. ३८ प ५४६५ नम्बरको मोटरसाइकल चालक इटहरी-५ सुनसरीका ४० बर्षिय दिपेश मगरको साथबाट १९४ ट्यावलेट निषेधित औषधी  सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरिरहको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१०-११

झापाको कमल गाउँपालिका- ७ स्थितबाट लागुऔषध गाँजा र ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका-७ धिमाल डाडा स्थित एक होटलमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउपालिका-७ बस्ने २५ वर्षिय सुरज लिम्बु, ४० वर्षिय किबी माया धिमाल, २१ वर्षिय गणेश दर्जी र झापा गौरादह नगरपालिका- १ बस्ने २४ वर्षिय विशाल मर्डीको साथबाट २ सय ५० ग्राम लागुऔषध गाँजा र ४ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

क्यान्सर रोग सम्बन्धी सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
२०८०-१०-१०

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना र विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल टंकिसिनवारी मोरङको सहकार्यमा एक दिने क्यान्सर रोग सम्बन्धी सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी कर्मचारीहरु र प्रहरी परिवारका सदस्यहरुलाई लक्षित गरी संचालन गरिएको सचेतना मुलक कार्यक्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका डा. अस्मिता रायमाझी र डा. सुभेक्षा पाण्डे कार्कीले क्यान्सर रोगको पहिचान र उपचार पद्दतीको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।  प्रशिक्षणको क्रममा वहाँहरुले क्यान्सर रोग लाग्न नदिन अपनाउन पर्ने सावधानीका उपयाहरु र शंका लागेमा तत्काल सम्बन्धित चिकित्सकसंग परामर्श लिन सुझाव समेत दिनु भएको थियो । उक्त कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुले आ-आफ्नो जिज्ञासा समेत राखेका थिए । कार्यक्रममा मेडिकल कलेजका डाक्टर सहितको टोली, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृतहरु तथा प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध गाँजा र ब्राउन सुगर सहित २ जना पक्राउ
२०८०-१०-१०

उदयपुर र झापाबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो १ बजे उदयपुर कटारी नगरपालिका ३ स्थीत बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ८ किलोग्राम सहित सिरहा गोलबजार नगरपालिका १ की २८ बर्षीया अनिता राईलाई पक्राउ गरिएको छ । यसै गरी हिजै बेलुका ८ बजे झापाको दमक नगरपालिका २ स्थितबाट अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले २९ बर्षीय तागेन्द्र मगरलाई लागुऔषध ब्राउन सुगर ५०० मिलिग्राम सहित घरैबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

हाईसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८०-१०-१०

सुनसरीको धरान उपमहानगरपालिका ८ स्थीत भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४६ बर्षीय शम्भु दर्जी रहेका छन् ।हिजो दिउसो २ बजे इटहरीबाट धरान तर्फ जादै गरेको ना१ज ७१२१ नम्बरको हाईस गाडीले बाटो क्रस गर्दै गरेको को६प ५६०३ नम्बरको मोटरसाईकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका मोटर साईकल चालक दर्जीको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो भने स्कुटर चालक सोही स्थान ८ बस्ने ४४ बर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् ।दुर्घटनामा संलग्न हाईस गाडी, चालक सप्तरी सुरुङ्गा ८ बस्ने २८ बर्षीय तेज नारायण सदा इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा र ब्राउनसुगर सहित ५ जना पक्राउ
२०८०-१०-०९

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट रासीबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो धरान-११ का २९ बर्षीय कुमार तामाङ र ३० बर्षीय राम बहादुर राईलाई ८० केजी गाँजा सहित सुनसरीको देवानगञ्ज गाउँपलिका-६ नहरचौकबाट पक्राउ गरेको हो । को १ ह ५०९९ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुले अटोको डिकी र सिलिङको भागमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय देवानगंञ्जले जनाएको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१५ सिमा क्षेत्रबाट भारत जोगवनीका २० बर्षीय बिशाल पोदारलाई ३ ग्राम ११ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार दिउँसो पक्राउ गरेको हो  भने सोही टोलीले सोमबार अपरान्ह बिराटनगर-१५ बाट बिराटनगर-१७ का मो.रब्बानी मिया र मो.अख्तर मियालाई ०.८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८०-१०-०८

इलाका प्रहरी कार्यालय चतरा, सुनसरीमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्री र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान प्रकाश राई २०८० साल पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित भएका छन ।     विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्रीले २६६ किलोग्राम अवैध लागू औषध गाँजा बोकेको मे. १ च ५१९ नम्बरको एम्बुलेन्स, प्रदेश १-०२-०४७ प १२१६ नम्बरको मोटरसाईकल र  को. २६ प ९४६३ नम्वरको स्कुटर सहित गाँजा ओसार पसारमा संलग्न भोजपुर हतुवागढी गाउँपालिका-४ का ३३ बर्षिय भुवन तामाङलाई पक्राउ गरेको साथै ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१७ का योगेन्द्र लिम्बुलाई पक्राउ गर्न सफल भएको र प्रहरी जवान प्रकाश राईले कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सम्मानित भोजपुर जिल्ला अदालतको फैसलाले जनही ३ वर्ष कैद सजाय भई विगत ३० वर्ष देखि फरार रही ललितपुर महानगरपालिका-२५ स्थितमा डेरा गरी बस्दै आएका भोजपुर टेम्केमैयुङ गाउँपालिका-५ का ४६ बर्षिय पूर्ण हाङ राई समेत ६ जना प्रतिवादीहरूलाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत भोजपुरमा बुझाउन सफल भएकोले उनिहरुलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उनिहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१०-०८

धनकुटा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो धनकुटाको धनकुटा नगरपालिका – ७ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यलय धनकुटाबाट खटिएका प्रहरी टोलिले शंकालागि चेक जाँच गर्दा धनकुटा नगरपालिका – ७ बस्ने २१ वर्षिय किरण राईको साथबाट  प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३७० क्यापसुल र डिकोलिक ३६९ ट्याव्लेट फेला पारेसंगै निजलाई पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका – १५ स्थित एक नम्बर ढाटमा स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री मोरङ जहदा गाउपालिका- ५ लक्ष्मनीया बस्ने २६ वर्षिय रंजित कुमार शर्माको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो भने सुनसरी दुहवी नगरपालिका- ८ सोनापुर बस्ने २४ वर्षिय मो. शहवाज र सन्तोष सिहको साथबाट १ ग्राम ७ सय ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना ४ जनाको मृत्यु
२०८०-१०-०४

कोशी प्रदेशको मोरङ र तेह्रथुम जिल्लाका तिन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मा को. १ ख ७८३५ नम्बरको बसले प्रदेश १-०१-००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिंदा घाईते भएकी सफारीमा सवार पथरी शनिश्चरे-२ बस्ने ८० बर्षीया हस्तमाया गुरुंङको ट्रमा सेन्टर अस्पताल मंगलवारेमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी मोरङकै सुन्दर हरैचा नगरपालिका-८ मा प्रदेश १-०१-००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १-०२-०४६ प २५२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बेलवारी नगरपालिका-२ का २२ बर्षीय रुपक घिमिरेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी तेह्रथुमको लालिगुराँस नगरपालिका-७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काँडेबाट लसुने तर्फ जाँदै गरेको रोड कन्ट्रक्सन काँडेको टिपर आफै अनियन्त्रीत भई दुर्घटना भएको र उक्त दुर्घटनामा परी कन्ट्रक्सनमा कार्यरत मेचीनगर नगरपालिका-१५ का २३ बर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ बर्षीय साजु श्रेष्ठको बसन्तपुर प्राथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण
२०८०-१०-०३

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले आजै कार्यभार सम्हाल्नु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पदभार ग्रहण पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्वेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न  अहोरात्र खटिई जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो । उक्त कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालयका अन्य सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका  जिल्ला प्रहरी प्रमुख र यस कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८०-१०-०२

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका- ४ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  सोमवार दिउँसो पुर्वबाट पश्चिमतर्फ जादै गरेको वा. ६६ प ४१९२ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०५ प ३४३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मध्ये ३४३२ का चालक बिरेन्द्र कुमार साहको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो भने दुर्घटनामा परी घाईते भएका अर्का मोटरसाईकल चालक २६ बर्षीय भईसन तामाङ र पछाडी सवार २३ बर्षीय विल्सन राईको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको प्रतिबन्धित औषधी, ब्राउनसुगर, र गाँजा सहित ५ जना पक्राउ
२०८०-१०-०२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार ठुलो परिमाणको प्रतिबन्धित औषधी तथा लागुऔषध ब्राउनसुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका- ९ बाट शिबसताक्षी- १० का ३० बर्षीय आशिष भण्डारीलाई प्रतिबन्धित औषधी Tramadol- ७५ हजार ८ सय ३० क्याप्सुल, Dicyclomine- २३ हजार ९ सय ७० क्याप्सुल र Vibel- ५ सय ९० क्याप्सुल सहित प्रहरीले पक्राउ गरेको हो । मे. १ ह ४९५५ नम्बरको अटोमा सवार रहेका भण्डारीले अटोको बिभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको प्रतिबन्धित औषधी बरामद भएको थियो । ठुलो परिमाणमा औषधी बरामद भएसंगै अटो सहित भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर- ५ बाट स्थानीय २२ बर्षीय राहुल ठाकुरलाई १ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानी बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर- १५ बाट ब्राउनसुगर ११ मिलिग्राम र नाईट्रोजन औषधी १० चक्की सहित स्थानीय ४६ बर्षीय अरुण शाही र ४६ साजन श्रेष्ठलाई पक्राउ गरेको हो  । यसैगरी  धरान उप-महानरपालिका- ४ का २० बर्षीय सुलभ राईले लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने सुचना पाएसगै अस्थाई प्रहरी पोष्ट पत्राङबारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा १ किलो ग्राम गाँजा फेला पारी राई सहित बेचबिखनमा संलग्न २६ बर्षीय अनिस राईलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन
२०८०-०९-२७

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि.को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को विमोचन कार्यक्रमका प्रमुख अतिथि उक्त बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले संयुक्त रुपमा विमोचन गर्नु भएको हो । बिमोचन कार्यक्रममा सम्वोधन गर्नु हुदै  प्रमुख अतिथि डा. कार्कीले आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्रीले “सिर्जना” ले समाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनिकरण गर्न टेवा पुग्ने वताउनु भयो । यसका साथै वहाँले जनताको सेवामा अहोरात्र खटिने प्रहरी र उनका परिवार स्वस्थ्य रहेमा मात्र स्वस्थ्य प्रहरी सेवा उपलब्ध हुने हुँदा पहिला प्रहरी स्वस्थ  रहन जरुरी रहेको साथै स्वस्थ्य सेवा उपलव्ध गराउने स्वास्थ्यकर्मीहरु सुरक्षित रहेमा मात्र बिरामीहरुको प्रभावकारी उपचार सम्भव रहने भएकोले सम्पुर्ण नागरिकको सुरक्षाको जिम्वेवारी वहन गर्ने प्रहरी कर्मचारीहरुलाई बिराट मेडिकल कलेज कुनै दुविधा नराखि उपचार सेवा उपलव्ध गराउन तयार रहेको वताउनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बास्तोलाले कोशी प्रदेशमा आत्महत्याको दर उच्च भए सँगै त्यसको न्यूनिकरणको लागी प्रमुख अतिथि डा. ज्ञानेन्द्र मान सिंह कार्कीज्यूबाट आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनामुलक भिडियो (PSA) निर्माण गरी कोशी प्रदेश प्रहरीलाई उपलब्ध गराई विमोचन गरि दिनु भएकोमा  धन्यवाद व्यक्त गर्नुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतनाको लागि समुदाय र टोल टोलमा उक्त भिडियो प्रदर्शन गरिने बताउनु भयो । विमोचन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमण तथा निर्देशन
२०८०-०९-२६

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शमशेर राईले आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । निरीक्षण भ्रमणको क्रममा माननीय मन्त्री राईलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत गर्नु भएको थियो । वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु र प्रस्तुतिकरणको अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा सम्वोधन गर्नु हुँदै देशको आन्तरिक शान्ति सुरक्षा र  अपराध अनुसन्धानको क्षेत्रमा अब्बल नेपाल प्रहरीलाई आवश्यक श्रोत साधनले सम्पन्न बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउँदै उपलब्ध श्रोत साधनहरुलाई उच्चतम प्रयोग गर्दै देशको आन्तरिक शान्ति सुरक्षामा थप शसक्त भई लागी पर्न तथा संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध र लगनशील भई लागि पर्न निर्देशन दिनु भयो ।कार्यक्रममा मन्त्रालयका सचिब लक्ष्मी प्रसाद पौडेलले नागरीकको सुरक्षामा खटिने प्रहरी सुरक्षित भएमा मात्र जन चाहना बमोजिमको सुरक्षा ब्यबस्था प्रदान हुनेमा कुनै द्विबिधा नरहेको बताउँदै सो सम्बन्धमा थप कार्ययोजनाहरु बनाई अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले धन्यवाद मन्तब्य राख्नु हुँदै प्रदेश सरकारको साथ र सहयोग अतुलनिय रहेको बताउँदै आगामी दिनमा समेत थप साथ र सहयोगको अपेक्षा लिईएको बताउनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुनिल दाहालले कोशी प्रदेशको समग्र वस्तु स्थिति तथा वर्तमान शान्ति सुरक्षाको अवस्थाको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रहरी प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०८०-०९-२६

उदयपुरको त्रियुगा नगरपालिका- ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । हिजो साँझ ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले बिपरित दिशाबाट आँउदै गरेको साइकल यात्री रौतामाई गाउँपालिका- ७ का ३८ बर्षीय तुलसी मङरातीलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका साईकल यात्रीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियि भने ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका- १० का ४५ बर्षीय किश्वर पाण्डेलाई हायस सहित नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भरुवा बन्दुक सहित १ जना पक्राउ
२०८०-०९-२५

उदयपुरको चौदण्डीगढी नगरपालिका- १ कटरवोटे स्थितबाट अवैध हतियार भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका ६ बजे चौदण्डिगढीबाट बेल्टारतर्फ आदैगरेको को. १३ प ४१५ नम्‍बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग गर्ने वारुद सहितको  सेतो वट्टा १ थान, फलामको गोली ४ थान, केप १ थान, दवास १ थान, फलामको नाल १ थान र वेरिङ १७ थान सहित आम्चोक गाउँपालिका- १० भोजपुरका २० बर्षीय समिर राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भईरहेको छ ।

बिभिन्न मुद्धाका १० जना फरार प्रतिवादी पक्राउ
२०८०-०९-२५

फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत झापा, मोरङ, खोटाङ र सोलुखुम्बु जिल्लाबाट विभिन्न मुद्धाका १० जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालतहरुबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका सम्बन्ध बिच्छेद मुद्धामा ३ जना, गालि बेज्जति मुद्धाका १ जना, वन मुद्धामा २ जना, बहु बिवाह मुद्दामा १ जना, चोरी मुद्दामा १ जना र चलन हटक मुद्धाका २ जना फरार प्रतिबादिहरुलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएको छ ।  

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०९-२५

धनकुटा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ भेडेटार चौक स्थित ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जादै गरेको को. ३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक धनकुटा- १ हिलेका २२ बर्षीय तिलक राना मगरको साथबाट लागुऔषध गाँजा १ के.जि. फेला पारेसगै निजलाई पक्राउ गरेको हो । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ३ मा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले ५३ बर्षीय बल बहादुर कार्कीलाई १ के.जी. ६५० ग्राम गाँजा सहित पक्राउ गरेको हो । यसैगरी बिराटनगर महानगरपालिका- १५ एक नम्बर ढाट स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को ४० प २४३ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ५२ मिलिग्राम ब्राउन सुगर फेला पारी स्कुटर चालक धरान- ८ का २७ बर्षीय सचिन प्रधान र पछाडी सवार षडानन्द नगरपालिका- २ भोजपुरकी २३ बर्षीया प्रतिमा राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८०-०९-२३

सुनसरीको कोशी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज राती २ बजे कुम्याहि स्थितमा निर्माणाधिन घरमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी श्रीपुरजब्दी र अस्थायी प्रहरी पोष्ट कोशी कटानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त घरबाट २ सय १६ किलो ४५ ग्राम गाँजा फेला पारेको हो । गाँजा बरमाद भएसगै ओसार पोसारमा संलग्न रहेका कोशी गाउँपालिका-५ का ३४ बर्षीय सागिर मिया र भारत बिहारका ३१ बर्षीय अरबिन्द कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८०-०९-२२

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत खटिएको प्रहरी टोलीले चोरी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०/०३/०७ गतेको फैसला आदेशले ३ दिन  कैद र नगद ५ हजार जरिवाना तोकिएका बिराटनगर- ५ का २५ बर्षीय प्रदिप कुमार राय र सोही मुद्दामा ७ दिन कैद तथा नगद ५ हजार जरिवाना तोकिएका २१ बर्षीय दिपेश शर्मालाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछीपी बसेको अवस्थामा आज पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी मोरङ जिल्ला कारागार पठाएको छ ।

बिभिन्न मुद्धाका ९ जना फरार प्रतिवादीहरु पक्राउ
२०८०-०९-२१

खोटाङ, सुनसरी, ईलाम र संखुवासभा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट बिभिन्न मुद्धाका ९ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फैसला कार्यान्वयन बिशेष अभियान अनुसार जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले खोटाङबाट गाली बेईज्जती र कुटपिट मुद्धाका ३ जना, सुनसरीबाट चोरी तथा डाका मुद्धाका ३ जना,  इलामबाट वन मुद्धाका २ जना  र संखुवासभाबाट बैंकिङ कसुर मुद्धाका १ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुलाई कैद तथा जरिवाना असुल उपरको लागी सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

न्यानो कपडा कम्बल बितरण
२०८०-०९-२०

मोरङको बिरानटनगर महानगरपालिका-१६ स्थित रहेको दुर्गा मन्दिरको प्राङ्गणमा सामुदायीक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको छ । आज बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्याक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको बिशिष्ट आतिथ्यतामा बिराटनगर महानगरपालिका वडा नं. १२,१३,१४,१५,१६,१७ र १८ मा रहेका अल्पसंख्यक समुदायका बिपन्न, गरिब, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरु समेत २ सय जनालाई न्यानो कपडा कम्बल वितरण गरीएको थियो । ईलाका प्रहरी कार्यालय रानीको सहकार्यमा आयोजना गरीएको उक्त कार्यक्रममा स्थानिय जन प्रतिनिधि, संचार कर्मीहरु, जिल्ला प्रहरी कार्यालय मोरङका  प्रहरी नायव उपरीक्षक छेदिलाल कामती, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८०-०९-१९

सुनसरीको हरिनगरा गाउँपालिका- ६ स्थितबाट अवैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बुधवार दिउँसो ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT)  र  प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले प्र.१-०४-००१ त १२६० नम्बरको ट्याक्टरलाई  रोकी  चेकजाँच गर्दा उक्त ट्याक्टरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ७० के.जी. लागुऔषध गाँजा फेला पारी बरामद गरेसगै ट्याक्टर चालक भारत अररियाका २७ बर्षीय ऐना तुलालाई समेत पक्राउ गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका तुलाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ
२०८०-०९-१८

सम्मानित जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत खोटाङ, सोलुखुम्बु र पाँचथर जिल्लाबाट विभिन्न मुद्धाका ११ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित खोटाङ जिल्ला अदालतको बिभिन्न मितिको फैसला आदेशले सम्बन्ध बिछेद मुद्धामा दित्तेल रुपाकोट मझुवागढी- ६, ७ र ११ का सन्जु राई, बिरबोल राई र कृष्ण बहादुर  तामाङ, परिक्षाको मर्यादा भंग गरेको मुद्धामा हलेसी तुवाचुङ  नगरपालिका- ३ का राम राई र श्याम राज राई, करकापमा पारी कागज गराईएको मुद्धामा साकेला गाउँपालिका- २ का धन बहादुर खत्री र सवारी अंगभंग मुद्धामा हलेसी तुवाचुङ  नगरपालिका- ११ का महेश दर्जिलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो । त्यस्तै सम्मानित सोलुखुम्बु जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना बेरुजु रहि फरार रहेका अभद्र ब्यवहार मुद्धामा माप्यदुधकोशी गाउँपालिका- ४ का २९ बर्षीय जिबन बस्नेत र नेचासल्यान गाउँपालिका- १ का ३३ बर्षीय प्रदिप बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत पाँचथरको बिभिन्न मितिको फैसला आदेशले केही सार्वजानिक अपराध मुद्धामा जरिवाना तोकिएका  फिदिम नगरपालिका- २ की २४ बर्षीया सन्देश भन्ने एलिया जवेगु र २५ बर्षीय सुमन थाम्सुहाङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८०-०९-१८

मोरङको कानेपोखरी गाउँपालिका- ७ स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलवार कानेपोखरी चोकमा बा. ३ च १६५ नम्बरको बोलेरो पिकअपले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०५-००१ प ६५६१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको र  दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक सप्त्तरीका १८ बर्षीय कृष्ण देब चौधरीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सोही मोटरसाईकलमा पछाडी सवार १८ बर्षीय श्यामनन्द चौधरी र बिशाल चौधरीको सोहि अस्पतालमा उपचार भईरहेको तथा घटनामा संलग्न पिकअप र चालक सप्तरीका ३४ बर्षीय बिनोद शर्मालाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण
२०८०-०९-१७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यज्यूले कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण गर्नु भएको छ । आज अपरान्ह निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका माननीय आयुक्तज्यूलाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यलयको सम्पुर्ण शाखा लगायत कार्यालयको सौन्दर्यकरण समेतको अवलोकन गर्नु भएको थियो । सोही क्रममा माननीय आयुक्तज्यूलाई प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था र प्रहरीद्वारा सम्पादन गरिएका उल्लेखनिय कार्यहरुको वारेमा प्रस्तुतिकरणद्वारा अवगत गराउनु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कार्य सम्पादन सम्झौता २०८० कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय झापा उत्कृष्ट
२०८०-०९-१७

नेपाल प्रहरी कार्ययोजना तथा वार्षिक कार्य सम्पादन सम्झौता, २०८० लाई प्रभावकारी बनाउने उद्धेश्य अनुसार कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरु मध्येबाट कार्तिक र मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय झापाले उत्कृष्ट कार्य गरेको छ ।नेपाल प्रहरीको वार्षिक कार्य योजना २०८० अनुसार कार्यान्वयन गर्नु पर्ने बुदागत बिषयहरुमा कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुले कार्तिक र मंसिर महिना सम्म गरेका कार्यहरुको  प्रगति विवरण समिक्षा गर्दा जिल्ला प्रहरी कार्यालय झापाले कार्य योजना अनुसार उत्कृष्ट कार्य गरेकोले उक्त जिल्लालाई  कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले उत्कृष्ट कार्य सम्पादनको बधाई सहित प्रशंसा पत्र प्रदान गर्नु भएको छ । यसका साथै वहाँले  कोशी प्रदेश अन्तरगत रहेका अन्य प्रहरी कार्यालयहरुले समेत कार्ययोजना अनुसार प्रहरी कार्य गरिरहेको तथा आगामी दिनमा तिब्रताका साथ निरन्तररुपमा लागि पर्न  निर्देशन दिनु भएको छ ।

फरार प्रतिवादी पक्राउ
२०८०-०९-१७

सुनसरी र भोजपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट चोरी मुद्धा र कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८०।०१।१३ गतेको फैसला आदेशले ३ महिना कैद र ७ हजार रुपैया जरिवाना भई फरार रहेका दुहवी नगरपालिका- २ का शम्भु साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा सम्मानित भोजपुर जिल्ला अदालतको मिति २०६१।०५।२८ गते भएको फैसला आदेशले ३ बर्ष कैद भएका टेम्केमैयुङ गाउँपालिका- ५ का ४६ बर्षीयु पुर्णहाङ राईलाई खोजतलास गर्ने क्रममा ललितपुर महानगरपालिका- २५ भैंसेपाटीमा लुकीछिपी बसेको अवस्था फेला पारी पक्राउ गरेको हो । पक्राउ गरेको दुबैजनालाई सम्मानित अदालतहरुमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवना भुक्तानको लागि जिल्ला कारगार पठाईएको छ ।     

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०९-१७

 सुनसरी र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँज ७ बजे लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय लौकहीबाट कोशी गाँउपालिका- १ लौकही स्थितमा खटिएको प्रहरी टोलीले सोहि स्थानका ३८ बर्षीय सत्य नारायण यादवको घरबाट २४ ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगर, Nitravet, Avil, फेनारगन र Noophin गरी जम्मा ४ सय ७२ ट्याब्लेट, बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेसंगै लागुऔषध बेचबिखानमा संलग्न देश भारत बिहारका २० बर्षीय मो. अकबर आलमलाई समेत प्रहरीले पक्राउ गरेको हो । यसैगरी उदयपुरको कटारी नगरपालिका- ४ स्थितबाट ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले स.१० प १६१४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक कटारी- ८ का २० बर्षीय रुद्र तामाङले झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी Tapentadol Tablets Apendol र Spaspain गरी जम्मा ३८ सय चक्की फेला पारी पक्राउ गरेको हो भने प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चौडण्डीगढी नगरपालिका- १ का २६ बर्षीय योगेन्द्र खत्रीलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट ब्राउन सुगर ८ सय २०मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याबलेट फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु
२०८०-०९-१२

संखुवासभाको मकालु गाउँपालिका- ५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ । हिजो दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु- १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसि दुर्घटना हुँदा ट्रयाक्टर चालक स्थानीय २७ बर्षीय तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटना स्थलमा प्रहरीको टोली खटिगई उक्त शवलाई सम्पूर्ण कानुनी प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सालकको खपेटा सहित १ जना पक्राउ
२०८०-०९-१२

संखुवासभाको भोटखोला गाउँपालिका- २ चेम्ताङबाट सालकको खपेटा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ बजे प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ६।७ जनाको समुहले सेतो बोरामा भारी बोकी हिडिरहेकोमा उनिहरुले गस्तिमा खटिएको प्रहरी टोलीलाई देखि बोरा फाली भागेकोले प्रहरीले पछ्याउदै जाने क्रममा स्थानीय ३५ बर्षीय छिरिङ भोटेलाई पक्राउ गरेको र उक्त बोराहरु खोलेर हेर्दा बोराभित्र सालकको खपेटा रहेकोले उक्त खपेटा प्रहरीले बरामद गरेको हो । पक्राउ परेका भोटेको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा फरार रहेका अन्य व्याक्तिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०८०-०९-१२

झापा, मोरङ, उदयपुर र पाँचथर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट बुधवार, बिभिन्न मुद्धाका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित झापा जिल्ला अदालतको मिति २०८०।०३।०६ गतेको फैसलाले ३ वर्ष कैद र ३० हजार रुपैया जरिवाना तोकीएका दमक- ३ का २९ बर्षीय शम्भु लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो । त्यसैगरी घरमा आगो लगाएको मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको २०७९।०९।२८ गतेको फैसला आदेशले ६ महिना कैद भई फरार रहेका लेटाङ- ३ का ३० बर्षीय सुमन राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै गाली बेईजती मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७७।०९।२० गतेको फैसलाले ५/५ हजार जरिवाना तोकिएका बेलका- ५ का ६२ बर्षीय डम्बर बहादुर कट्वाल र ५२ बर्षीय तिलक बहादुर कट्वाललाई प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी डाँका मुद्धामा सम्मानित पाँचथर जिल्ला अदालत पाँचथर फिदिमको मिति २०७८।०४।३२ गतेको फैसलाले कैद ६ बर्ष र १२ हजार ५ सय १० जरिवाना भएका फक्तालुङ गाउँपालिका- ६ ताप्लेजुङका २९ बर्षीय राजु ताप्मादेन लिम्बु भन्ने दिव्य लिम्बुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराईएको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८०-०९-१२

मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित बुधवार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको को.१९ प ८६० नम्बरको मोटसाईकल चेकजाँच गर्ने क्रममा चालक दुहबी- ९ का ३० बर्षीय मो.सहबाज र पछाडी सवार २७ बर्षीय मो.जावेद आलमको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका- १० स्थितबाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोल र डाईक्लोमाईन गरी ३६ चक्की सहित स्थानीय ३६ बर्षीय नारायण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा कार्य सम्पादन समिक्षा तथा आवश्यक निर्देशन
२०८०-०९-११

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा मंसिर महिनाको कार्य सम्पादन समिक्षा गर्नुका साथै आवश्यक निर्देशन दिनु भएको छ । नेपाल प्रहरी कार्ययोजना २०८० लाई प्रभावकारी बनाउने उद्धेश्य अनुसार कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुबाट  मंसिर महिना सम्म गरिएका कार्य सम्पादन सम्झौता सम्बन्धि भएका प्रगति बिवरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु भई सो सम्बन्धमा आवश्यक निर्देशन समेत दिनु भएको हो । कार्य सम्पादन समिक्षा तथा प्रगति विवरण अन्तरगत दर्ता भएको कसुरको फर्छौट, फरार प्रतिवादी पक्राउ, पेन्डिङ मुद्धाको सफल अनुसन्धान तथा फर्छौट, सम्वेदनशील इलाकाहरुमा थप सिसि क्यामेरा जडान, समुदाय साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सचेतना कार्यक्रम, सवारी दुर्घटना न्युनिकरण विशेष पहल तथा सचेतना लगायतका बिभिन्न बिषयहरुमा जिल्ला प्रहरी कार्यालयहरुबाट गरिएका कार्यहरुको जिल्लागत समिक्षा गरिएको थियो । कार्य सम्पादन सम्झौता अनुसार अनिवार्य कार्यान्वय गर्नु पर्ने, सम्पुर्ण प्रहरी कर्मचारीले संगठनको श्रीबृद्धीको लागि  बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी कार्य गर्नु पर्ने, आम नागरिकहरुमा सचेतना अभिबृद्धिको लागि स्थानिय जनप्रतिनिधि, नागरिक समाजहरु संग समन्वय गरी प्रभावकारीरुपमा कार्यक्रम संचालन गर्नु पर्ने,  जिल्लामा खटिएका ग्रामिण गस्ती तथा लामो गस्तीहरुको प्रभावकारीतामा बिशेष ध्यान दिने, प्रहरीले अनिवार्यरुपमा आम नागरिकको हरेक समस्याहरुमा अग्रणीरुपमा प्रभावकारी भुमिका निर्वाह गर्ने, अल्पसंख्यकसंग प्रहरी कार्यक्रम प्रभावकारीरुपले संचालन गर्ने, भिक्टिम रिभिजिट कार्यक्रमलाई जिल्लाहरुले प्राथमिकताका साथ संचालन गर्ने, गुनासो सुनुवाईको लागि प्रदेश प्रहरी कार्यालयले कार्यान्वयनमा ल्याएको क्युआर कोडको प्रयोग आम नागरिकमा जानकारी गराउने तथा कार्यसम्पादन सम्झौता र कार्ययोजना अनुसार प्रहरीको दैनिक कार्यलाई तिब्रताका साथ नागरिक सेवामा खटिई समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिनु भएको थियो ।

मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८०-०९-११

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी हवल्दार हरी प्रसाद ढकाललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (Best police of the month) घोषित गरिएको छ । विभागिय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट तथा प्रशंसनिय कार्य गरेकोले वाँहाले गरेको कार्यको उच्च मुल्याङकन गर्दै मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (Best police of the month) घोषित गरिएको हो । पुरस्कृत भएका ढकालले  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ र ९ मा मंसिर महिनाको बिभिन्न मितिमा स्काभेटर शृङ्खलाबद्ध रुपमा आगजनी भएको घटनाको सफल अनुसन्धान पश्चात दोसीलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

फरार प्रतिवादी पक्राउ
२०८०-०९-०९

मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट अभद्र ब्यवहार मुद्धा र चोरी मुद्धाका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र ब्यवहार मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७९।११।११ गतेको फैसला आदेशले २ महिना कैद र २ हजार रुपैया जरिवाना भई फरार रहेका पथरीशनिश्चरे- ४ का २६ बर्षीय अनिल मगर र २४ बर्षीय छोटु कान्छा भन्ने तुलाराम देवानलाई प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले खोजतास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७७।०६।२९ गतेको फैसलाले ९ दिन कैद र १ हजार रुपैया जरिवाना भई फरार रहेका धरान- ३ का ३५ बर्षीय राजु तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा बुझाईएको छ ।

अपराध अनुसन्धान समिक्षा गोष्ठी २०८० सम्पन्न
२०८०-०९-०६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित “एक दिवसिय प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०८० सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०८० को लक्ष्य अनुसार आज भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईज्यूले पानसमा दिप प्रज्वलन गरी औपचारिकरुपमा समुद्‌घाटन गर्नु भएको हो । अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन विचारहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने कानूनी तथा अन्य समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईवर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्न, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागी अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने,  विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईज्यूले अपराध अनुसन्धान गोष्ठीको पूर्ण सफलताको कामना गर्दै अपराध अनुसन्धानको क्षेत्रमा सवल रहेको नेपाल प्रहरीलाई आगामी दिनमा साधन श्रोत सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा थप शसक्त वनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले जिल्लाको समग्र बस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको हुँदा प्रहरीको अवको अनुसन्धान कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन गोष्ठीमा उपस्थित सम्पूर्ण  प्रहरी प्रमुखहरूलाई निर्देशन दिनु भयो ।गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक राजन अधिकारी, नेपाल प्रदेश कार्यालय धरानका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, नेपाल प्रहरी प्रधान कार्यालय साईवर ब्युरोका प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले अपराध अनुसन्धानका बिषयमा बुदागत प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र प्रदेशको अपराधको अवस्था, प्रदेशले औल्याएका त्रुटीहरु र तालुक कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।यसै गरी अपराध अनुसन्धानको प्रभावकारीता, कानुन कार्यान्वयनमा देखिएको कठिनाई, कसुरको अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बिच समन्वय बिषयमा जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता सुभास कुमार भट्टराई, उच्च सरकारी वकिल कार्यालयका सह-न्यायाधिवक्ता नारायण बहादुर थापाले आ-आफ्नो भनाई राख्नु भएको थियो ।कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरु लगायत गोष्ठीमा सहभागी सम्पुर्ण प्रहरी अधिकृतहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।   कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव लगायत प्रहरी अधिकृतहरुका साथै विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी तथा  प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

लागुऔषध सहित २ जना पक्राउ
२०८०-०९-०५

सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कोशी गाउँपालिका- १ स्थितमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको सहिदभुमि गाउँपालिका- ४ धनकुटाका ३२ बर्षीय निजम राई र राप्ति नगरपालिका- ९ दाङका बिशाल थापालाई संकास्पद अवस्था फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको ताप्ली गाउँपालिका- २ लेखगाँउ स्थित १६ किलोग्राम गाँजा बेवारिसे अबस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी गस्ति टोलीले फेला पारी बरामद गरेको हो । बरामद गरेको गाँजा र लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको छ ।

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
२०८०-०९-०५

पाँचथरको कुम्मायक गाउँपालिका- १ गैरीगाउँका ८३ बर्षीय चन्द्रमान तामाङको हत्या गरेको आरोपमा मृतककै छोराहरुलाई प्रहरी पक्राउ गरेको छ । पौष ०४ गते बिहान आफ्नै घरको सुत्ने कोठामा तामाङ मृत अवस्थामा रहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय याशोकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त घटनामा मृतकका छोराहरुको संलग्नता रहेको खुल्न आए संगै मृतकका छोराहरु ४५ बर्षीय घनेन्द्र तामाङ र ४० बर्षीय देवेन्द्र तामाङलाई पक्राउ गरेको हो । मृतक र छोराहरु बिच सामान्य घरायसी बिषयमा झै-झगडा हुँदा कुटपिट गरेको र सोही कारणले मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खूल्न आएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०८०-०९-०५

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७९|११|०२ गतेको फैसला अनुसार ३ दिन कैद र नगद १ लाख ५० पचास हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेका इटहरी उप-महानगरपालिका- ५ सुनसरीकी ३४ बर्षीया सन्जु बस्नेतलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पक्राउ गरेको हो । पक्राउ परेका उनीलाई सम्मानित अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।

प्रतिवन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०९-०१

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर, निषेधित औषधी र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको बिर्तामोड नगरपालिका-१ स्थित बसपार्कमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१२ का  ३० बर्षीय राजु बिश्वकर्मा र इलाम नगरपालिका-१ का २० बर्षीय दिपक दहाल समेतलाई २८ ग्राम ३७० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल आउदै गरेका इटहरी-५ सुनसरीका २३ बर्षीय रोहन गुरुङलाई लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट निषेधित औषधी २३ एम्पुल सहित नियन्त्रणमा लिएको हो । सोही दिन अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका  सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले धरान-२० स्थितमा चेकजाँचको क्रममा को.२६ प २१३७ नम्वरको मोटरसाईकलमा ९ किलोग्राम गाँजा फेला परेकोले मोटरसाईकल चालक धनकुटा शहिदभूमी-१ का ४० बर्षीय रमेश राई समेतलाई  पक्राउ गरेको हो ।  प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

९ जना बन्द कर्ता पक्राउ
२०८०-०८-३०

कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा. धरान १५ (अध्यक्ष) हरि राई, ज.स.पा.युवासंघ सुनसरी अध्यक्ष करूण राई, ज.स.पा. धरान सह‍-‍सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह-सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् । यसैगरी झापाको कमल गाउँपालिका-३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघिय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका-७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प