प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
लागूऔषध सहित २ जना पक्राउ
२०८१-०१-१४

सुनसरी धरानको विभिन्न स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो २ बजे धरान उपमहानगरपालिका ८ तिनकुनेबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का ३४ बर्षीय प्रेम बि.क.लाई एभिल १९, फेनारगन १९, डाईजेपाम १९ , लुपिजेसिक १९ गरि जम्मा ७६ एम्पुल सहित पक्राउ गरेको छ ।यसै गरी हिजो बेलुका साढे ४ बजे धरान उपमहानगरपालिका १३ आपगाछीबाट अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले बसमा सवार रहेका मोरङको कानेपोखरी गाँउपालिकाका २३ बर्षीय उशन बिश्वकर्मालाई ४ केजी गाँजा सहित पक्राउ गरेको छ ।

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८१-०१-१४

सुनसरी दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।हिजो साँझ ७ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका १३ हुलास वयर (फलाम) फ्याक्ट्रीका मजदुर २२ बर्षीय सिकेन्दर राम चमारलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते चमारको उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ
२०८१-०१-१३

कर्तब्य ज्यान मुद्धामा फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले १ जनालाई घटना भएको १७ बर्ष पछी पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।  २०६३ साल कार्तिक १४ गते साविक भैसिपंखा गाबिस र हाल भोजपुर नगरपालिका-१०  का ४४ बर्षीय निमा दावा शेर्पा छिमेकी चन्द्र बहादुर तामाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाका आरोपित ६० बर्षीय  तामाङलाई खोजतलास गर्ने क्रममा घटना भएको १७ बर्ष पछी २०८१ साल बैशाख ११ गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाका अर्का आरोपित स्थानीय बाल कुमार तामाङ हाल फरार रहेकोमा खोजतलास भईरहेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सवारी दुर्घटना ३ जनाको मृत्यु
२०८१-०१-१२

झापाको शिवसताक्षी नगरपालिका-८ मा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ५ बजेको समयमा दमकबाट सुरुङगा तर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च. ९३२९ नम्बरको बोलेरो एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका कमल गाउँपालिका-४ का २५ मौषम राई, २० बर्षीय युनिश भण्डारी र १७ बर्षीय सरोज रेग्मी घाईते भई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा तिनै जनाको मृत्यु भएको हो । घटनामा संग्लग्न बोलेरो चालक मेचीनगर-६ झापाका ऋषि राज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८१-०१-१२

झापाको तीन बिभिन्न स्थानहरुबाट मंगलवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको ओसार पसार तथा बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले  दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बैतडीका २५ बर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध ब्राउनसगुर ३९ ग्राम १० मिलिग्राम, मोवाइल १  थान र नगद  १,१०० रुपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट कमल गाउपालिका ५ का २० बर्षीय मनिस मगरलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ बाट स्थानीय २४ बर्षीय सुजन दाहाल र २६ बर्षीय भिष्म कडेललाई लागुऔषध ब्राउनसगुर ८ ग्राम, नगद २ हजार र मोवायल ३ थान सहित  पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सहकारी चोरीमा संलग्न ६ जना पक्राउ
२०८१-०१-१०

झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ बर्षीय अजय राना मगर रहेका छन् । पक्राउ परेका उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा बैशाख ७ गते पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको बिभिन्न औजारहरु र उनिहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको छ । उनिहरुले बिभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ भने पक्राउ परेका ६ जनालाई सम्मानित जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप  गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   

बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु
२०८१-०१-१०

पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जुनाको मृत्यु भएको छ । हिजो राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाईते भएका स्थानीय ५१ बर्षीय मन कुमार सिगुको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०१-१०

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे झापाको अर्जुनधारा नगरपालिका- ५ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कन्काइ नगरपालिका- ८ का ३१ बर्षीय रविन चौधरीलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै इलाम चुलाचुली गाँउपालिका- ५ घर भई हाल दमक नगरपालिका- ३ भुटानी शरणार्थी शिविर स्थित बस्दै आएका ३३ बर्षीय फुर्वा तामाङको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने सुचना पाएसगै प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैया र बिभिन्न कम्पनीको मोबाईल २ थान बरामद गरेसगै तामाङलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चौक स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर सहित कानेपोखरी गाउँपालिका- ५ का ३१ बर्षीय आकाश धिमाल र बिराटनगर- १५ ढाटबाट NITRAVET १६५ चक्की, SPASMO ८० क्यापसुल नियन्त्रित औषधी सहित ईटहरीका ४८ बर्षीय सुबास नगरकोटीलाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रुपैया सहित पथरीशनिश्चरेका २१ बर्षीय अनि मगर र २० बर्षीय आनीहान लिम्बुलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

नहरमा डुबेर बालीकाको मृत्यु
२०८१-०१-०९

झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालीकाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ बर्षिया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिएको थियो भने इलाका प्रहरी कार्यालाय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सावरी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८१-०१-०८

झापाको कचनकवल गाउँपालिका-६ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएका छ भने ३ जना घाईते भएका छन् । हिजो राती १० बजे मे. ८ प ८१७ नम्बर र BR 36x3944 नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कचनकबल-४ का ४१ बर्षीय कृष्ण प्रसाद साहको उपचारको क्रममा  ओमसाई पाथिभरा अस्पतालमा भद्रपुरमा मृत्यु भएको हो भने  घाईते १४ बर्षीय संदिप माझी, २१ बर्षीय गोपाल राजबंशी र २५ बर्षीय राम बहादुर राजबंशीको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

भाईको कुटपिटबाट दाजुको मृत्यु
२०८१-०१-०८

संखुवासभाको सभापोखरी गाँउपालिका-३ एथुम्बु स्थितमा भाईको कुटपिटबाट दाजुको मृत्यु भएको छ । हिजो बिहान ६ बजे सभापोखरी-३ का ४० बर्षीय सनमान राई (बौद्धिक अपाङ्गता) लाई आँगनमा राखेको दाउराको बिषयमा सामान्य वाद बिवादको क्रममा उनकै माईलो भाई ३५ बर्षीय प्रविन राईले कुटपिट गरी धकेल्दा ढुंगामा टाउको ठोकिई घाईते भएका उनलाई उपचारको लागि लैजान लाग्दा घरमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक सहितको अनुसन्धान टोली खटि मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने घटनामा  संलग्न रहेका राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ  ।  

चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८१-०१-०७

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक बिशाल लिम्बु २०८० साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सुनसरी हरिनगर गाउँपालिका-२ का आशिफ अंसारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरुले लिई भागेको घटनाको अनुसन्धानको क्रममा मो. इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेको, हरिनगर गाउँपालिका-३ स्थितमा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गरि जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र "१२ वर्षे तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला" को सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेको साथै प्रहरी निरीक्षक बिशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर अरुण गाउँपालिका-४ का सौरभ तामाङलाई झापा जिल्लाको कांकडभिट्टाबाट पक्राउ गरेको, आमचोक गाउँपालिका-७ मान्द्रे भिरबाट हस्त बहादुर मगर लडी मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा संलग्न  पदम बहादुर मगरलाई भरुवा बन्दुक थान-२ सहित पक्राउ गर्नुका साथै  भोजपुर नगरपालिका-५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई मोटरसाइकल चोरी भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ गरेको हुँदा निजहरुले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।      

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०१-०७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाका छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ६ सय ४० मिलिग्राम र नगद १२ हजार ४६० रुपैया सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुद्वशान्ती गाउँपालिका- १ का २३ बर्षीय रत्न बहादुर राय, मेचिनगर नगरपालिका- १० का २४ बर्षीय बिक्रम राजवंशी, २२ बर्षीय बिशाल लिम्बु र मेचिनगर- १२ का २२ बर्षीय नेत्र बहादुर राई रहेका छन् । त्यस्तै सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट ११ ग्राम ९४५ मिलिग्राम ब्राउनसगुर, TRAMANIL, NITRAVET गरी १ सय ट्याब्लेट र नगद ८ हजार १५५ रुपैया सहित मोरङ केराबारी गाँउपालिका- १० का ३७ बर्षीय राजु मगर, बराहक्षेत्र नगरपालिका- ७ का २५ बर्षीय सुरन भण्डारी र तेह्रथुमका २९ बर्षीय राजिन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
२०८१-०१-०७

मोरङको कानेपोखरी गाउँपालिका- २ केरौन स्थितमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे कानेपोखरीबाट रमाईलोतर्फ जादै गरेको प्रदेश १-०२-०४९ प. ५७२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ४५ बर्षीय दिलिप राजवंशी र सोहि स्कुटरमा पछाडी सवार ४३ बर्षीय सुरुज कुमार राजवंशी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चालक राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो भने घाईतेको सोहि अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०१-०६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज राती १ बजे धरान-२० कार्कीछाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न धरान-११ का २५ बर्षीय नकुल राई, २६ बर्षीय सानु राई र धरान-१८ का २० बर्षीय प्रज्वल भुजेल समेतलाई १ सय ८५ किलोग्राम गाँजा, धारीलो हतियार तरवार ३ थान, स्टिलको पाईप १ थान सहित नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसनधान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०१-०५

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको  मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा  भारतबाट नेपाल आउदै गरेका ताप्लेजुङ फक्ताङलुङ-५ का २५ बर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । यसै गरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको  प्रहरी टोलीले चेक जाँचको क्रममा को. ३५प ५५३४ नम्वरको मोटरसाईकल चालक कोशी गाउँपालिका-१ का २३ बर्षीय सुभाष कुमार यादबलाई २८ ग्राम ब्राउन सुगर सहित र प्रदेश १-०२-०४७ प ४७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका रामधुनी-३ का सबिन चौधरी, कोशी गाउँपालिका-१ का १९ बर्षीय  रन्जन कुमार यादवलाई १ ग्राम २० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु
२०८१-०१-०५

इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु छ । हिजो दिउँसो इलामको माङसेबुङ गाउँलिका-४ स्थित रबी-दमक सडक खण्डमा को.३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक  भोजपुर खावाका ५७ बर्षीय महेश कुमार राई गम्भिर घाईते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । सोही दिन वेलुका ५ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ स्थितमा लु.३त ९९७४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका-७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थल मा नै मृत्यु भएको थियो भने घाईते ट्याक्टर चालक मोलुङ गाउँपालिका-२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भईरहेको छ । यसै गरी राती १० बजे उदयपुरको उदयपुरगढी-७ स्थित मदन भण्डारी लोकमार्गमा  ग.१ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ घाईते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका-६ का २८ बर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-०४

मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते भएका उनलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बिराटनगर- १४ स्थित भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउदै गरेको को. २६ प ९८५१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको को. २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न दुबै घटनाका चालक तथा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।     

विधिवत रुपमा मौलो पुजा सम्पन्न
२०८१-०१-०४

चैते दशैको शुभ अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा विधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । आज बिहान ०७:२१ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले विधिवतरुपमा मौलोमा पुजाअर्चना गर्नुका साथै उपस्थित सम्पुर्ण सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले मौलो परिक्रमा गर्नु भई पुजा सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगरको प्राङ्गणमा भएको मौलो पुजामा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै प्रहरी बैण्ड टोली समेतको उपस्थिति रहेको थियो ।संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

ठुलो परिमाणको प्रतिन्धित औषधी सहित १ जना पक्राउ
२०८१-०१-०४

झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा रहेको एक होटलबाट ठुलो परिमाणको प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित औषधिहरु ओसार पसार गरी बिक्रि बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट सोमबार दिउँसो खटिएको प्रहरीले टोलीले मिक्लाजुङ गाउपालिका-१ मकरा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ बर्षीय सगुन राईलाई नेपालमा प्रतिबन्धित औषधी Tramadol-50 mg, Spaspain, pregstar-75, gabix-75 नामका ८ हजार ३ सय ३६ ट्याब्लेट र नगद  ४,६३५ रुपैयाँ सहित पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

चिर्पट प्रहारबाट १ जनाको मृत्यु
२०८१-०१-०३

सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले  चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो । इटहरी उप-महानगरपालिका -४ गैरीगाँउबाट मलामी आएका ३७ बर्षिय उमेश तामाङ र धरानका ३० बर्षिय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका बिनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा आज दिउँसो साढे २ बजे मृत्यु भएको हो । घटनामा संलग्न उमेश तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलाश भई रहेको छ ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ
२०८१-०१-०३

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी-१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।  

पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ
२०८१-०१-०३

भोजपुरको षडानन्द नगरपालिका- ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका ८ बजे सोही जंगलमा टेम्के मैयुङ गाउँपालिका- १ का ३७ बर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ । परियार २०७६ फाल्गुन २१ गते संगठित अपराध, अपराधिक उपद्रव, ncell टावर आगजनी, jcb आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारगारबाट छुटेको खुल्न आएको छ। घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०८१-०१-०३

सुनसरी र झापाको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा हिजो दिउँसो सुनसरीको इटहरी उप-महानगरपालिका-१२ क स्थित कोशी लोकमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल बिराटनगर-१७ मा बस्दै आएका मोहमद ईब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्‍टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका-५ का  ३२ बर्षिय हिक्मत धिमाल,  २७ बर्षिय सुदिप धिमाल, २५ बर्षिय न्युसन राई र १८ बर्षिय पिजल धिमाललाई २ ग्राम ३०० मिलि ग्राम ब्राउनसुगर र नगद २५ हजार सहित नियन्त्रणमा लिएको छ । ब्राउनसुरगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०१-०२

इलाम र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे इलामको माई नगरपालिका- १ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी  दानाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय रोमन श्रेष्ठ र २२ बर्षीय बिकल कार्कीलाई फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ पिपलचौकबाट स्पाष्पेन, ट्रामाडोल, डेकोलिक गरि जम्मा १ सय चक्की औषधी र नगद ३ हजार ४५५ रुपैया सहित स्थानीय २१ बर्षीय सुमन लिम्बुलाई अस्थायी प्रहरी चौकी जनताबस्ती इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ । 

मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-०२

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो राती साढे ११ बजे झापाको कमल गाउँपालिका- ३ स्थित बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्कि दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ४ का २७ बर्षीय पिरती भन्ने विष्णु लिम्बु र मोटरसाईकलमा पछाडी सवार १५ बर्षीय बिपल नेपाल घाईते भएका थिए । घाईते उनिहरुलाई उपचारको लागी BNC अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउन साथ लिम्बुको मृत्यु भएको हो । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ स्थितमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को.३६ प २५६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा झरी दुर्घटना हुँदा मोटरसाईकल चालक बराहक्षेत्र- ७ का २० बर्षीय संजिब माझीको घटनास्थलमै मृत्यु भएको भने घाइते भएका मोटरसाईकलमा पछाडी सवार २३ बर्षीय बिशाल कोइरालाको घोपा धरानमा उपचार भईरहेको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१२-३०

झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे २ बजे झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागुऔषध बेचबिखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको कैलाश गाउँपालिका-४ का २७ बर्षीय पासाङ जिम्बा र मेचीनगर-१० का  ५६ बर्षीय शम्भु राजबंशीलाई ६ किलोग्राम ६ सय २० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय बिमला भुसाल र १७ बर्षीय कमल भुसाललाई नियन्त्रित औषधी ट्रामाडोल र स्पास्मिड  ५ सय ८० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रहरी चौकी रुपाटार उदयपुरको नव निर्मित भवनको समुदघाटन
२०८०-१२-३०

उदपुरको ताप्ली गाउँपालिका-५ स्थितमा रहेको प्रहरी चौकी रुपाटारको नव निर्मित भवनको समुदघाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो । नव निर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले भवन निर्माण भए पश्चात आम नागरिकको सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीको मनोवल बृद्धि हुनुका साथै आम नागरिकमा प्रदान हुने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्दै प्रहरीले कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको कुरा बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि खापुङले नयाँ भवन निर्माण कार्यमा सहयोग गर्नु हुने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो । उक्त प्रहरी चौकी शान्ति तथा पुन निर्माण मन्त्रालय, शान्तिकोषको १ करोड ११ लाख १८ हजार ४ सय ४९ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । उदघाटन कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

प्रहरी चौकी सोरुङछविसेको नव निर्मित भवनको समुदघाटन
२०८०-१२-३०

उदपुरको  कटारी नगरपालिका-१० स्थितमा रहेको प्रहरी चौकी सोरुङछविसेको नव निर्मित भवनको समुदघाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो । नवनिर्मित भवनहरुको उद्घाटन तथा निरिक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । साथै सुरक्षा, जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा अनुरोध समेत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि खापुङले भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । उक्त प्रहरी चौकी कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १ करोड ६४ लाख ७३ हजार रुपैयाको लागतमा शहरी विकाश तथा भवन निर्माण कार्यालयले निर्माण सम्पन्न गरेको थियो । उदघाटन कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१२-२८

झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ बर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका-३ का २५ बर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोवायल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ बाट दमक-९ का ३५ बर्षीय बिनोद राई र ३१ बर्षीय गोपाल लम्जेललाई मंगलवार राती ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छोराले कुटपिट गर्दा बुबाको मृत्यु
२०८०-१२-२७

संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए । घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले नजाएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-१२-२७

मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ८ सलकपुर चौक स्थित पुर्वपश्चिम लोकमार्गमा प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो क्रस गर्दै गरेका साईकल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई  उपचारको लागि नोबेल अस्पताल बिराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिराटचौकले जनाएको छ । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका- ६ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-०४६ प ९०४४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी- ५ झुम्का बस्ने २२ बर्षीय दिपेश चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडी सवार १९ बर्षीय श्रीजल चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न ठक्कर दिने बस र बस चालक सुनसरी धरान- २० का ३६ बर्षीय बल बहादुर लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।  

बसको ठक्करबाट साईकलयात्रीको मृत्यु
२०८०-१२-२६

मोरङको सुन्दरहरैचा नगरपालिका-८  स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागी बिराटनगर नोबेल अस्पताल पुर्‍याउनासाथ  डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बसका चालक सुनसरीको धरान उप-महानगरपालिका- २० का बल बहादुर लिम्बुलाई  ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम दोस्रो समुहको समापन
२०८०-१२-२५

कोशी प्रदेश सभा सचिवालय विराटनगरको तत्वावधानमा ७ कार्यदिनको मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम दोस्रो समुहको समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आज उक्त तालिमको समापन भएको हो । समापन कार्यक्रममा बोल्नु हुदै प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले प्रदेशकै महत्वपुर्ण तथा सम्वेदनशिल स्थानमा रहेर त्रुटीरहित तबरले कार्य सम्पादन गर्नु पर्ने भएको हुँदा अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले यो तालिम संचालन गरिएको बताउदै तालिममा सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा अक्षरस पालना गरी कार्य गर्न निर्देशन दिनु भएको छ । समापन कार्यक्रममा प्रहरी अधिकृतहरु तथा जवानहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा कोशी प्रदेश सभामा कार्यरत रहेका प्रहरी कर्मचारी लगायत मातहतका जिल्लाहरुमा कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २६ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८०-१२-२५

कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाका तिन छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट शनिवार राती खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-४ बाट झापा गाउँपालिका-७ का २५ बर्षीय सुनिराम हेमरन र २१ बर्षीय हिरण राजवंशीलाई ६० ग्राम २४ मिलिग्राम लागुऔषध ब्रउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी मोरङको ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सुनदरहरैचा नगरपालिका-८ सलकपुरबाट स्थानिय २१ बर्षीय समिर बस्नेत र २९ बर्षीय प्रकाश बिष्टलाई १ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १० हजार ४० रुपैयाँ सहित शनिवार राती पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी नगरपालिका-८ बसपार्कबाट ईटहरी-१७ का सनवाज महमदलाई ५५८ मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित शनिवार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित पक्राउ
२०८०-१२-२३

मोरङ, झापा र पाँचथर जिल्लाबाट प्रतिवन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको विराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी धरान-१६ का २३ बर्षीय युवराज श्रेष्ठको साथबाट १ ग्राम २३ मिलिग्राम ब्राउनसुगर र झापा मेचीनगर नगरपालिका-१२ का ३३ बर्षीय सुबास राईको  साथबाट ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । सोही दिन झापाको मेचिनगर-१० का  १८ बर्षीय सिहिल मगरलाई निषेधित औषधी ४१२ ट्याव्लेट सहित ईलाका प्रहरी कार्यालय धुलावारीले र कमल गाउँपालिका-६ का २७ बर्षीय मदन तिम्सिना र ३८ बर्षीय बुद्धलाल साहुलाई निषेधित औषधी १३५ ट्याव्लेट सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । यसै गरी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले फिदिम-४ का २५ बर्षीय डेविट लिम्वु सहित २ जनालाई ३ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर र नगद ४१ हजार २६० रुपैया सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

कन्टेनरको ठक्करबाट महिलाको मृत्यु
२०८०-१२-२३

मोरङको विराटनगर महा-नगरपालिका-९ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट महिलाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे HR 38 Y 5490 नम्बरको कन्टेनर गाडीले को. १५ प ७६२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएकि मोटरसाईकल पछाडि सवार ३५ बर्षिया अमिरका कुमारी कुर्मीको थप उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घाईते मोटरसाईकल चालक विराटनगर-१४ का २१ बर्षिय अनुराग रायको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने सवारी साधन र चालक भारत बिहार मोतिहारीका सुबोध पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

हराएका सवारी साधन फेला पारी सम्वन्धित सवारी धनीलाई हस्तान्तरण
२०८०-१२-२२

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन  कार्यालय इटहरी सुनसरीमा आयोजित  एक कार्यक्रम बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक प्रहरीले फेला परेका सवारी साधन सम्पर्कमा आएका सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको छ ।  आज बिहान भएको हस्तान्तरण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले फेला पारेको ३ वटा  मोटरसाईकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा वहाँले सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारी पार्किङ गरे पश्चात ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक  अनिवार्य लगाउन र  सुरक्षा साइरनहरु सवारीमा जडान गर्नका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा सवारी पार्किङ नगर्न समेत अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा  सम्वन्धित सवारी धनीले आफ्नो हराएको सवारी साधन फेला पारी आफुहरुलाई जिम्मा दिएकोमा ट्राफिक प्रहरीको प्रसंसा गर्नु भएको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा प्राप्त भएको निवेदनका आधारमा हराएको सवारी साधन खोजी गर्ने क्रममा कोशी प्रदेशका बिभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर चलाएको तथा सवारी साधनको आवश्यक कागज पत्र नभएको २१ वटा मोटरसाईकल, ६ वटा चारपाङ्ग्रे साना सवारी र एउटा अटो टेम्पो ट्राफिक प्रहरीले फेला पारेको छ भने ९ वटा मोटरसाईकल र २ वटा चारपाङ्रग्रे सवारी साधन सम्वन्धित सवारी धनीलाई जिम्मा बुझाई सकेको छ ।

प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश प्रहरी प्रमुखको निर्देशन
२०८०-१२-२२

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । ट्राफिक कार्यालयको निरीक्षण भ्रमणको क्रममा वहाँले सम्पुर्ण शाखाहरु र ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने सामग्री र उपकरणहरु ममेतको निरीक्षण गर्नु भएको थियो । निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिने क्रममा वहाँले आम नागरिकहरुमा सडक सु-शासनको महसुस हुने गरी पहिलो प्राथमिकताका साथ ट्राफिक ब्यवस्थापन मिलाउन तथा चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिन र गैह्र ब्यवसायिक कार्य नगर्न निर्देशन दिनु भएको छ ।  वहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरु आपसमा भाईचाराको भावनाका साथ काम गर्नु पर्ने बताउदै प्रहरीले सदैव आफ्नो पदिय दायित्व अनुसारको जिम्मेवारी तथा कर्तब्य निर्वाह गरी आत्मिय भावनाका साथ आम सेवाग्राहीहरुमा समान ब्यवहार गर्नु  पर्ने बताउनु भयो । साथै वहाँले सवारी दुर्घटना न्युनिकरण गर्न आवश्यक चेक प्वाईन्ट राख्न तथा सवारी चालक, पैदल यात्रीहरुलाई नियमित रुपमा ट्राफिक प्रशिक्षण दिन र  प्रभावकारीरुपमा प्रबिधिको प्रयोग गरी ट्राफिक ब्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भयो । निर्देशनको क्रममा मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने  ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु
२०८०-१२-२२

झापाको बाह्रदशी गाँउपालिका- १ भागुडुब्बा स्थितमा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे स्थानीय ३३ बर्षीय देब नारायण राजबंशीले आफ्नै श्रीमती ३२ बर्षीय मोमसरी राजबंशीलाई घरयासी बिबाद हुँदा नारायण राजबंशीले श्रीमती राजबंशीलाई  शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा संलग्न राजबंशीलाई इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ८ जना पक्राउ
२०८०-१२-२२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे झापाको मेचिनगर नगरपालिका- ६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ उर्लाबारी- २ का २० बर्षीय पवन भट्टराईलाई १ ग्राम ८ सय मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सोहि दिन प्रहरी चौकी धरमपुर झापाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी TRAMADOL र SPASREST गरी जम्मा ३४० ट्याबलेट र नगद १४ हजार ८७० रुपैया सहित शिबसताक्षी नगरपालिका- ७ का ३१ बर्षीय कृष्ण चौधरी, ३१ बर्षीय दिपेश चौधरी र ३२ बर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १५ ढाट स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री झापा दमक- ७ का १९ बर्षीय अमित मल्लिकलाई एभिल, लुपिजेशिक, फेनारागन, डाइजोपाम गरि जम्मा ४० एम्पुल र नाईट्राभेट २४ चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरीनगर गाउँपालिका- ५ स्थित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को. २ ह ६३६७ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो भित्रबाट लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १६ के.जी. लागुऔषध गाँजा बरामद गरेसगै अटो चालक ईनरुवा नगरपालिका ७ का २९ बर्षीय लक्ष्मण मेहता, अटोमा सवार हरिनगर गाऊपालिका ६ का २२ बर्षीय हफरोज मिया र १८ बर्षीय मुर्तुज मियालाई पक्राउ गरेको हो । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८०-१२-२१

मोरङ र उदयपुरबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत अररिया ठगपुराका २६ बर्षीय मनोज ऋषिदेवलाई १७.२३ ग्राम ब्राउन सुगर  र झापाको दमक नगरपालिका-१ का २३ बर्षीय उज्वल गजमेरलाई निषेधित औषधी ४० एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी राती साँढे १० बजे उदयपुरको त्रियुगा नगरपालिका लालपत्ता स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ का २३ बर्षीय मो. सकिर अलीलाई निषेधित औषधी ४२ एम्पुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८०-१२-२१

झापाको बिर्तामोड नगरपालिका-३ स्थितमा अटोटेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो साँझ बिर्तामोड-गरामनी सडक खण्डमा प्रदेश १-०१-००२ ह ६२१ नम्बरको अटोटेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ टेम्पोमा सवार रहेका ताप्लेजुङ पाथिभरा याङ्बरक गाँउपालिका-२ की ३१ बर्षीय सामना लिम्बु र बिर्तामोड नगरपालिका-९ का ३६ बर्षीय भिम बहादुर तामाङ घाईते भई उपचारको लागि वि.एण्ड सि.अस्पताल बिर्तामोड लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा  भिम बहादुर तामाङलाई मृत घोषणा गरेको हो । घटनामा संलग्न टेम्पो चालक बिर्तामोड-९ का अरुण तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।  

धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
२०८०-१२-२०

तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा आफ्नै श्रीमानले धारीलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका छन । हिजो साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने दिपक लिम्वुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।  मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०८०-१२-२०

झापा र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचीपुलमा लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा भारतबाट नेपाल आउदै गरेकी सुनसरी रामधुनी नगरपालिका-७ की २४ बर्षीया कन्चन परियारलाई ७०० मिलिग्राम ब्राउन सुगर र नगद नेपाली रुपैया १ लाख ३९ हजार सहित नियन्त्रणमा लिएको छ भने मेचिनगर नगरपालिका-१० स्थितबाट ईलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी टोलीले बिर्तामोड-१ का २१ बर्षीय गंगा प्रसाद मगरलाई ५ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी बिर्तामोड नगरपालिका-३ का २४ बर्षीय अशोक साह र २३ बर्षीय सुमित मल्लिकलाई ८० मिलिग्राम ब्राउनसुगर सहित प्रहरी चौकी बिर्ताबजारले र जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१२ का २३ बर्षीय समिर मगर र रोहित चौधरीलाई निषेधित औषधी ३१८ एम्पुल सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८०-१२-१८

झापाको कन्काई नगरपालिका- ८ बिरिङपुल स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ४ बजे लक्ष्मिपुरबाट सुरुङ्गातर्फ जादै गरेको प्रदेश-१-०१-०१२प ५७७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मेचिनगर- ९ का ३८ बर्षीय गोपाल महत, मोटरसाईकलमा पछाडी सवार कमल गाँउपालिका- ३ की २७ बर्षीया पुर्णिमा भण्डारी निजको छोराहरु ८ बर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका ८ बर्षीय प्रशान्त भण्डारीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने घाईते अन्यहरुको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८०-१२-१७

झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका कन्काई नगरपालिका-४  का २१ बर्षीय सन्जय चौधरी र ३० बर्षीय रोशन चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ का २९ बर्षीय उगेन दर्जीको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी बिट मेचिपुल झापाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.३ प ७८११ नम्बरको मोटरसाईकलमा सवार रहेका हल्दीबारी गाउँपालिका-२ का २४ बर्षीय कमल विश्वकर्मा र २० बर्षीय प्रतिक तामाङलाई १ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  सुनसरीको ईटहरी-५ का २५ बर्षीय जीबन लिम्बु र बर्षीय २६ को सुमन लिम्बुलाई २ ग्राम ५१ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-१२-१६

झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका झापाको कनकाई नगरपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-१० का २८ बर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ स्थितबाट कन्काई- ४ का २३ बर्षीय सलिम आलम र २७ बर्षीय मुस्ताक अन्सारीलाई ९ सय ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने सोहि दिन लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका- ६ मेचीपुलबाट २ ग्राम ब्राउनसुगर सहित भारत ठाकुरगंज गलगलियाका ३२ बर्षीय मोहम्मद मुन्नालाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-१२-१५

मोरङ र धनकुटा जिल्लाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे धनकुटा नगरपालिका-६ स्थितमा बागमती प्रदेश ०१-०२६ च ८९९२ नम्बरको पिकअप गाडी अचानक बेक्रफेल भई सडक साईडमा रोकी ग्यास लोड गर्दै गरेको बागमती प्रदेश ०१-००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिदा ग्यास लोड गर्दै गरेका ट्रक चालक सिराहा लाहान गोलबजार घर भई धनकुटा गुठिटार बस्ने ३० वर्षिय निरज ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप चालक धादिङ सिद्धलेख-३ का ३८ बर्षीय चेत बहादुर विशुँखेलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-७ स्थिमा मे.१ ख ३३७२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल पछाडि सवार  ईटहरी- ८ की ४४ बर्षीया मन्जु कटुवालको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने मोटरसाईकल चालक २१ बर्षीय अमित कटुवालको सोहि अस्पतालमा उपचार भईरहेको भएको छ । घटनामा संलग्न ठक्कर दिने बस र बस चालक मोरङ पथरीशनिश्चरे- २ का ३७ बर्षीय टेक बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको छ ।

हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते
२०८०-१२-१५

झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु  भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया पबित्रा भेटवाल रहेका छन् । हिजो बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका  श्रीमान ६२ बर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा  पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थियो भने घाईते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८०-१२-१५

मोरङको बिराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे बिराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर १० का ३९ बर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने बिराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित भारत जोगवनीका ३२ बर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ ।

“दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ
२०८०-१२-१४

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा मोरङको बेलबारी नगरपालिकाको सभाहलमा उक्त कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा प्रमुख अतिथि खापुङले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने प्रमुख अतिथि खापुङ तथा उक्त कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाकी उप-प्रमुख नितु थापा कोईरालाले “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको औपचारिकरुपमा शुभारम्भ गर्नु भएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रमुख अतिथि खापुङले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरी  कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको वताउनु भयो । वालबालिकाहरुसंग आमाहरुले वढी समय दिनुका साथै उनिहरुको वानी व्यहोराको समेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोरा छोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा वानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमा हरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको तथा यो कार्यक्रमले लागू औषध दुर्व्यसनीबाट हुने अपराध न्यूनिकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने वताउनु भयो । यो अभियान आजैका मितिबाट कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा  लागु गरिने छ भने  स्थानिय स्कुल कलेजका विधार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका वासिन्दा, लागू औषध सेवन कर्ता, अन्तराष्ट्रिय सिमानासँग जोडिएका बस्तीका वासिन्दाहरु, लागुऔषध प्रभावित स्थानिय तह हरूमा नेपाल प्रहरीले स्थानिय निकायका बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी निरन्तररुपमा संचालन गर्ने छन । कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाकी उप-प्रमुख नितु थापा कोईरालाले नेपाल प्रहरीले युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन  शुभारम्भ गरेको “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रममा स्थानिय तहको सदैव साथ र सहयोग रहने बताउनु भयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नवराज कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले लागुऔषध दुर्वसनी विरुद्धको सचेतना सम्वन्धि प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, महिला प्रतिनिधिहरु संचारकर्मी, विभिन्न संघ संस्था आवद्ध आमा समुह, लागु औषध दुर्व्यसनी विरूद्ध सुधार गृहका प्रतिनिधि, स्थानिय बुद्धिजिवि, व्यवसायी तथा स्थाननियवासीहरुको उपस्थिति रहेको थियो ।

आवास भवन तथा भान्सा घरको उद्घघाटन
२०८०-१२-१४

इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गर्नु भएको छ । आज दिउँसो एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । नव निर्मित आवास भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ आवास भवन प्रहरीलाई प्राप्त भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो । भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना भई थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने बताउनु भयो । यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद राई,  केराबारी गाउँपालिका प्रमुख सुमन मिरिङचिङ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गणका गणपती प्रहरी उपरिक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नबराज कार्की, बिभिन्न संघ सस्थाका प्रमुख, राजनितक दलका प्रतिनिधि लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । आवास भवन तथा भान्सा घरको उद्घघाटन मोरङ, २०८० चैत १४ गते । इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गर्नु भएको छ । आज दिउँसो एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । नव निर्मित आवास भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ आवास भवन प्रहरीलाई प्राप्त भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गर्नु भयो । भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना भई थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने बताउनु भयो । यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद राई,  केराबारी गाउँपालिका प्रमुख सुमन मिरिङचिङ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गणका गणपती प्रहरी उपरिक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नबराज कार्की, बिभिन्न संघ सस्थाका प्रमुख, राजनितक दलका प्रतिनिधि लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।