लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१५
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध (गाँजा) मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०७९ असार ८ गतेको फैसला आदेशले १ बर्ष ३ महिना कैद र ५ हजार जरिवाना तोकिई फरार रहेका बेलबारी नगरपालिका-४ का ४९ बर्षीय करुण राईलाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई कैद भुक्तानको लागी जिल्ला कारागार झापा पठाइएको छ ।