प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

४१२ रोपनी क्षेत्रफलमा लगाएको अन्दाजी १ लाख ७८ हजार भन्दा बढी अबैध गाँजा खेती नष्ट

२०८०-०६-२१

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्लाका बिभिन्न स्थानका करिव ४१२ रोपनी क्षेत्रफलमा अबैध रुपमा लगाएको अन्दाजी १ लाख ७८ हजार २५० भन्दा बढी गाँजाका बोटहरु नष्ट गरेको छ । जिल्लाका बिभिन्न स्थानहरुमा अबैध रुपला लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले जिल्लाका शहिदभुमी गाउँपालिका, साँगुरीगढी गाउँपालिका र पाख्रीबास नगरपालिकाका बिभिन्न स्थानहरुहरुबाट उक्त परिणामको गाँजाका बोटहरु नष्ट गरेको र बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तर संचालन भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  


सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।