फरार प्रतिवादी पक्राउ
२०७९-०८-२०
- A
- A-
- A+
सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०६।१६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार प्रतिवादी बिराटनगर महानगरपालिका-६ का २८ बर्षीय शेखर कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) को प्रहरी टोलीले पक्राउ गरेको छ । खोज तलासको क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ परेका कामतलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात सम्मानित अदालतले कैद भुक्तानको लागी जिल्ला कारागार मोरङ पठाएको छ ।