फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०२-३१
- A
- A-
- A+
नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्री स्तरको) मिति २०८१।०२।१६ गतेको निर्णय अनुसार यस कार्यालयबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरी सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आगामी कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गर्नु भई फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।