प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

२०८०-०२-१८

  • A
  • A-
  • A+
Share

भोजपुरको हतुवागढी गाउँपालिका-१ को जोगीखेतमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार दिउँसो नागथानबाट हर्का तर्फ जाँदै गरेको को १ त ९०४२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भई ट्याक्टरले चालकलाई किच्दा  चालक हतुवागढी गाउँपालिका-६ का २२ बर्षीय बलराम बि.क.को घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

सम्बन्धित समाचार
मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ
२०८०-१२-०६

झापाको बिर्तामोड नगरपालिका- ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको PULSAR 150 CC को कालो निलो कलरको मे.८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका- ५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको थियो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

बसले किचेर सहचालकको मृत्यु
२०८०-१२-०६

संखुवासभाको चैनपुर नगरपालिका-६ जिरो पईन्ट स्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका-६ पात्लेखोला का ३० बर्षिय मनोज खड्का को मृत्यु भएको छ । आज बिहान साढे ७ बजे नुनढाकीबाट ईटहरीतर्फ जादै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस र चालक धनकुटाको साँगुरीगढी गाऊपालिका-१ का ३३ बर्षिय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम समापन
२०८०-१२-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वधानमा ७ कार्यदिनको मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम पहिलो समुहको समापन भएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा गत फागुन २७ गतेबाट संचालन भएको उक्त तालिमको आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको हो । समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले  तालिमबाट सिकेका सिप, ज्ञानबाट आफुलाई र खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ । साथै वहाँले प्रदेशकै महत्वपुर्ण तथा सम्वेदनशिल स्थानमा रहेर त्रुटीरहित तबरले कार्य सम्पादन गर्नु पर्ने भएको हुनाले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले यो तालिम संचालन गरिएको बताउनु भयो ।उक्त समापन कार्यक्रममा समसामयिक विषयवस्तुसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । समापन कार्यक्रममा कोशी प्रदेश सभाका कार्यवहाक प्रदेश सभा सचिव (उप-सचिव)  श्रीमान गौतमराज अमात्य सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।उक्त तालिममा कोशी प्रदेश सभामा कार्यरत रहेका प्रहरी कर्मचारी लगायत मातहतका जिल्लाहरुमा कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०८०-१२-०५

झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित हुलाकी सडक खण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । हिजो बेलुका साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको साईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका साईकल यात्री गौरीगञ्ज- ३ का ४० बर्षीय अकालु माझीको बि.एण्ड.सी हस्पिटल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो भने अन्य घाईते मोटरसाईकलमा सवार ३५ बर्षीय खोद नारायण महतो, २६ बर्षीय रतनसिंह राजबंशी र २२ बर्षीय बिकाश महतोको उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ
२०८०-१२-०५

झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ । यसै गरी हिजो दिउसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय मनिष चौधरीलाई कन्काई नगरपालिका- ८ बाट पक्राउ गरेको हो । यसै गरी हिजै बेलुका सवाँ ६ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० बर्षीय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र- २० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।