बलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते ।
२०७९-११-२१
- A
- A-
- A+
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-३ स्थित भित्रि सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १२ घाईते भएका छन । आज बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउदै गरेको ना.१ ज ८४८३ नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरी दुर्घटना हुँदा चिसंखुगढी-३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी निरीक्षक देबेन्द्र दास सहितको टोलीले गाडीको चालक सहित १० जना घाईतेहरुलाई उद्घार गरी उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरद्धारा काठमाण्डौ र २ जनालाई एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको छ भने मृतक लाशलाई समेत पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको छ ।