प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोबाईल तथा गरगहना चोरीमा संलग्न २ जना पक्राउ

२०७८-०८-२५

  • A
  • A-
  • A+
Share

मोबाईल तथा गरगहना चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-५ का १८ बर्षिय कल्याण श्रेष्ठ र धरान उप-महानगरपालिका-२२ का २८ बर्षिय मन कुमार बि.क. रहेका छन् । २०७८ मंसिर २४ गते झापाको मेचिनगर नगरपालिका-९ का माधव प्रसाद घिमिरेको घरबाट नोकीया मोबाइल १ थान, संगीता लिम्बुको घरबाट  आईटेल कम्पनिको मोबाइल १ थान र शोभा देवी ढुंगानाको सुनका गरगहना चोरी भएको जानकारी प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट तत्काल प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा मेचीनगर नगरपालिका-१० बाट चोरी भएको गरगहना र मोबाईल सहित उनिहरूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।