प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

झापाको बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाँउपालिका-४ ईलामका २७ बर्षीय सुरेश लिम्बुलाई १६ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिर्ताबजार सडक खण्डबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८१-०१-२६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आदै गरेको को.१ ज २१७८ नम्बरको यात्रुबाहक बलेरोमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २४ बर्षीय दिपक मुडेलले अम्लिसो कुचो भित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ के.जी. ४०० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।  

अनियन्त्रित भई ट्याक्टर भिरबाट खस्दा १ जना बालकको मृत्यु ८ जना घाईते
२०८१-०१-२६

ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका-४ डुम्रिसे स्थितमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाईते भएका छन् । आज बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जादै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि करिव १५ मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय किरण तामाङको ९ बर्षीय छोरा श्री सिदेश्वरी मावि डुम्रिसेमा अध्ययनरत मानस तामाङको घटनास्थलमै मृत्यु भएको  तथा दुर्घटनामा घाईते भएका स्थानीय १२ बर्षीय शिखर काङलिवाको स्थानीय क्लिनिकमा उपचार भईरहेको , अन्य  ११ बर्षीय साईमन तामाङ, १३ बर्षीया सुष्मा तामाङ, १३ बर्षीय दिपेन्द्र तामाङ, १३ बर्षीया अनिषा बिश्वकर्मा, १४ बर्षीया मुना बिश्वकर्मा, १२ बर्षीया मनिषा तामाङ, र १५ बर्षीया गुञ्जना तामाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएको छ । घटनामा संलग्न चालक फरार रहेकोले खोजतलास भईरहेको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८१-०१-२५

इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ बर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नंम्बरको अटो सहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै प्रहरी चौकी तिनघरे इलामबाट खटिएको प्रहरी टोलीले सुर्योदय-११ स्थितबाट लागुऔषध गाँजा ४ के.जी. ६०० ग्राम सहित स्थानीय ३१ बर्षीय देबेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

अवैध सामान बरामद
२०८१-०१-२५

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो दिउँसो साढे ३ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेमा  ईटहरीबाट धरानतर्फ जाँदै गरेको को. १७ प २८१५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट VCTS लगायत अन्य बिलबिजकहरु समेत नरहेको अवस्थामा अन्दाजी ६ लाख ८६ हजार ६३० रुपैँया बराबरको बिभिन्न कम्पनीको ४४ थान मोबाईल बरामद गरेको हो । त्यस्तै झापा र मोरङका बिभिन्न स्थानहरुबाट अन्दाजी २ लाख बराबरको भन्सार छलीका लत्ता कपडा,बिभिन्न किसिमका पेय पदार्थ तथा खाध्यन्न लगायतका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । अबैध रुपमा बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०१-२४

मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ बर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ बर्षीय दुर्गा प्रसाद फुयाललाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआए सगै खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक केरावारी- ४ का ३१ बर्षीय सुविन राई र पछाडी सवार केरावारी- ५ का १९ बर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।