प्रतिबन्धित औषधी ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०१-२०
- A
- A-
- A+
उदयपुर, झापा, सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १९ गते बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ बाट खटिएको प्रहरी टोलिले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय सुमन राईलाई निजकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट, ट्रमाडोल गरी २ सय २ ट्याब्लेट र ब्राउन सुगर १२ मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो । त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको प्रहरी टोलिले मेचिनगर नगरपालिका-६ का २९ वर्षीय दिपक मल्लिक,२५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र २१ वर्षीय बिजय भुजेललाई १ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका-१० का २१ वर्षीय अनमोल राईको घरबाट लागू औषध गाँजा २ सय ५९ ग्राम, औषधी कोलिवन र ट्रामाडोल गरी ७ सय ३६ ट्याब्लेट सहित नियनत्रणमा लिएको छ ।