प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

२०८०-०५-०५

  • A
  • A-
  • A+
Share

झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो साँझ दमक नगरपालिका-९ का ३० बर्षीय रमेश सिवालाई २ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो । यसैगरी बिर्तामोड नगरपालिका-३ बाट ४ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र  नगद नेपाली रूपैयाँ छयत्तर हजार, तीन सय पन्ध्र सहित स्थानीय ३४ बर्षीय रोशन राजवंशी र २१ बर्षीय रोहित राजवंशीलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।